रात्रीकालिन डिउटी, अत्यास लाग्दो बातावरण, अनी केही छट्पटाहट र रेल गाडी झै तन्किरहेको दिक्क लाग्दो समय, हाउजिङ्गको आफ्नै अफिसमा कुर्सिमा बसेर सुस्ताइ रहेको छु, बाहिर गेटमा बेलाबेलामा सेक्युरिटिको आवाज अनी बेला बेला कुदने गाडीको एकोहोरो ध्वनी, हामी बस्ने क्यापको पछाडि पटी केही भुस्याहा कुकुरहरुको एकोहोरो घ्वाङ्ग घ्वाङ्ग गर्ने भुकिरहेको आवाज र मेरो अफिस कोठाको अगाडि पट्टी रिसेप्सनको भितामा झुन्ड्याइेको घडीको टिकटिक आवाज बाहेक अरु केही छैन, छत केवल यतिका दिन बितिसक्दा पनि फर्किएर कुनै मेसेज खोजखबर नगरेकी उस्को याद अनी एक सुसुप्त प्रेम त्यो हिजो थिएन र आज भएर पनि छैन झै, साच्चैनै कसैले भन्थ्यो, जसरी बादल जती बर्सिए पनि आकाश कहिलै नरितिए जस्तै जती सम्झिए पनि वा बिर्सन खोजे पनि नरित्तिने उस्को याद हरु, अनी बिशाल समुद्रको बिचबाट एक अंखोरा पानी फ्याखेर जमिनमा घोप्टाएर फ्याके पनि समुन्द्र नरितिए जस्तै नरितिने उस्को यादहरु, आजको यतिका दिन बितिसक्दा पनि आँखाको समुन्द्रमा पोखिरहेकोछ निरन्तर कुनै चलचित्रको काहानी झै, अनी उस्तै उकुशमुकुस भएर आउछ मनको तलाउमा उस्तै ढलपल ढलपन हुने गरेर, हो याद हरुको भनेका यस्तै हुनेरहेछन, जो जती भुल्न र बिर्सन खोजेपनी हृदयको बाटो हुँदै मस्तिस्क भरी छाउछ उनी, ट्विटरको स्पेस मार्फत झुल्केकी उनी मेरो प्रसम्सक र आइडल हुँदै जिबनको प्रेमिल स्वप्लिन हुन आइपुगेकी थीन, जिबनको उत्तार्धमा चालिसौ बसन्त पार गरेपछी आएको अर्को घुम्तिमा भेटिएकी थिन उनी, जिन्दगीको यात्रा गर्दा गर्दै आधा बाटोमा पुग्दा एउटा असजिलो र साँघुरो घुम्तिमा साइट दिदा ठोकिएर भेटिएकी हुन उनी, मेरो हरेक कविता कथा र पत्रहरु बाचन भैराख्दा होस् वा भैसकेर मेरो रचना माथि टिप्पणी भैराख्दा त्यो भन्दा पनि पहिले उस्को भावनाहरु मेरो डिएम भरी पोखिएका हुन्थे, जहाँ उनी प्रेमिल भावहरु संगै मेरो तारिफ नै तारिफमा स्खलित भएकी हुन्थिन उनी, कहिलेकाहित उस्को प्रसम्सा र म प्रतिको उस्को समर्पण देखेर म आँफै डराउथे, छक्क पर्थे, एउटा कुनै अन्योल्तापूर्ण दुर्घटना हुन्छकी भनेर, उस्को प्रसम्सा गराइमा हरेक शब्द शब्दले मलाई कतै लज्जित त कतै प्रेमानुभाव महसुस गराउथिन, उस्को हरेक भावनाहरुले मलाई हरेक दिन हरेक पल्ट एउटा नयाँ उर्जा थपिएको महसुस हुन्थ्यो, मलाई पनि केही लेख्ने र केही गर्ने आँट र हिम्मत पलाएर आउथ्यो, खै कुन्नी के थियो त्यस्तो उनिमा, म आँफै पनि रचना बाचन सकिएपछी उस्को टिप्पणी नसुनी चित्तै बुझ्दैनथ्यो, कयौले प्रसम्सा पोखेर गरेको टिप्पणीमा पनि जब सम्म उस्को टिप्पणी आउँदैनथ्यो तब सम्म मलाई लाग्थ्यो कहिन कही अधुरो छ मेरो रचना मेरो साहित्य आदी यस्तै महसुस हुन्थ्यो, उनी लेख्थिन पारीजात नरिसाउनुहोस है मेरो प्यारो मान्छे, हजुरले यसरी ट्विटरको स्पेस्मा मात्रै सिमित भएर बस्नु हुन्न, केही लेख्नुहोस केही गर्नुहोस, बरु म छु तपाईंको पछाडि यदी कुनै केही सहयोग जुटाउन पर्छ भने पनि म त्यो गर्न तयार छु, साथीभाइ गुहारौला, कुनैन कुनै माध्यम जुटाउला तर बिन्ती गर्छु कविज्यु यसरी गुमनाम भएर नबस्नुहोस् है यो स्पेसमा मात्रै सिमित भएर, उस्को प्रसम्सा पछी लज्जित महुस गर्दै कतै मायाको इमोजी र कुनै मेसेज माथि लजाएको वा हासेको इमोजी पठाएर प्रतिकृया दिदै म जवाफ फर्काउथे र लेख्थे, जसरी तपाईंले लेख्नुभएकोछ, जसरी तपाईं भन्नु हुन्छ त्यसैगरि म त्यो लेभलको हैन, जती तारिफ गर्नुहुन्छ तपाईं र लगायत साथीहरुले, तर त्यस्को लायक वा हकदार छुइन म, मेरो मेसेज उता उस्को डिएममा पुगी नसक्दै जवाफ पठाउथिन उनी, र लेख्थिन, तपाईं भन्नुहुन्छ म त्यो लेभलको होइन, जती तारिफ गर्छन् म त्यस्को लायक होइन, मेरो शब्दले मेरो बोलिले मलाई लाग्दैनकि शायद कसैलाई छुन्छ, र कसैलाई आनन्द देला जस्तो लाग्दैन भनेर, तर सत्यता यो होकी तपाईंले चाहेर वा नचाहेर या कुनै पारिवारिक कारणले होला शायद आफुले आँफैलाई कहिले चिन्दै चिन्नु भएन वा चिनेर थाहा पाएर वा बुझेर पनि चिन्ने बुझ्ने कोशीस नै गर्नुभएन, एकपल्ट आफुले आफुलाई झाकेर हेर्नुहोस कि म भित्र केछ र त्यस्तो साथीहरुले यतिधेरै प्रसम्सा गर्छन भनेर, यदी साचिकै हजुरले आफ्नो खुलेको नाङ्गो आँखा खोलेर हेर्नुभयो भने देख्नुहुनेछ कि तपाईं के हुनुहुन्छ भनेर, उस्को जवाफ सरासरती पढेर फेरी लजाउछु र जवाफमा पठाउछु, खुब बाँदर ! अर्कालाई माथि चढाउन आउछ होइन ? संगै लजाएको र हासेको इमोजी पठाउछु, उता बाट उनी रिसाएको रातो इमोजी पठाउछिन, अनी म उस्को भनाइ लाई काट्न नसकेर अरे बाबा हजुरले भन्नुभएका सबै सत्य हुन मैले बुझे मैले आँफैले आँफैलाई चिने भो अबत ? खुश होइन कि अझै रिसाइ रा? यती भनिसक्दा मुटुको इमोजी पठाउछिन पाँच वटा, एकपल्ट स्पेसमै सानेको पत्र बाचन् भैरहदा उस्ले डिएम गरेकिथिन वाह ! साहित्यकार ज्यु माने मैले हजुरलाई, मलाई तपाईं प्रती साचिकै डाहा लाग्यो, कास त्यो तपाईंको पत्र बुझ्ने सानेको आमा को पात्र मै हुँँ र मै हुन पाएपनी हुन्थ्यो, जतिजती हजुर पत्र भित्र बगी रहेको हुनुहुन्थ्यो उती उती म हजुरको न्यानो अंकमालमा हुन्थे, खै किनहो कुन्नी बाँदर तपाईंलाई तारिफ अरुले गरेको देख्नै नसक्ने भएकोछु, अरुको तारिफ संग मलाई जलन हुन थालेको छ, कि म कतै त्यो सानेको बा लाई नगुमाउ, जतिजनाले तपाईंको तारिफ गर्छन् नि म कल्पिरहेको हुन्छु कि हरेकले तिम्रो शब्द र तिम्रो आवाजमा पत्थरको मुटु हुनेहरुले पनि मन पगालेर मन मनै हजुरलाई नभनी मन भित्र सजाएर कयौपटक हजुरसंग कल्पनाको दुनियाँ बाटै मदहोसिमा संभोग गरिरहेका हुन्छन, हजारौ मायाको बिजारोपण गरेर हजारौ पटक आत्मिक समागमनमा त्यो शब्द र आवाजमा आनदित भैरहेकाछन, माया र विश्वाशका हजारौ सन्तति जन्माइ सकेका हुन्छन, त्यती सक्तिछ तपाईंको लेखाइ र बाचन गर्ने शैलिमा, त्यसैले तपाईं आँफैले चिन्न नसकेको कस्तुरी हुनुहुन्छ बाँदर, उताबाट यतिलामो टिप्पणी थियो मेरो डिएममा, म छक्क परे, मेसेज पढिसकेर केही असहज लज्जाबोध महसुस गर्दै हासेको इमोजी मात्रै सेन्ड गरे मैले, यसरीनै प्राय उनी मेरो प्रसम्सा मा समय खर्चिन्थिन ।
तेइस चौबिस बर्षको कलिलो लक्का जवान हुँदानहुँदै दुई सन्तानको बाउ र श्रीमतिको जिम्मेवार श्रीमान भएर तिनिहरुको सुख शान्ती र भौतिक आनन्दको संसार खोज्दै हिंडेको पनि आज ठ्याक्कै सत्र बर्ष बिती सकेछ, सन्ततिको सपनाको महलहरु ठड्याउन पर्देशको यो मरुभुमिमा आफुलाई जोताउदा जोताउदै कर्तब्य र जिम्मेवारीको बोझले घट्दै गएको उमेरको खुड्किलोले कयौ दिन महिना बर्ष र सालहरुको बषन्त फेर्दै रहर हरुको जिउदो तिलान्जली दिएर अर्को दिन बिउझाउदै जन्माउने कोशीस गर्छु हरेक अर्को बिहानी, भनिन्छ कर्तब्य र जिम्मेवारीले थिचेको छोराको पासपोर्टको पाना हरेक साल भिसाले भरिदै घर फर्कने काठको बाकस र प्लास्टिकको कफनको जोहो गर्दै बित्छ रे अनी छोरीको सिउदोको सिन्दुरले रंगिनु र पराइको घरमा अन्माएर गएपछी जन्मिएको माइती घरको आँगन टेक्नु पनि कफन बाधेझै हुन्छ रे, किनकी यि दुबैलाइ बिरानो ठाउँ, बिरानो शहर, बिरानो देश, बिरानो आगन, अनी नयाँ चुनौती संग खेलेर कर्तब्य र सम्बन्ध दुबैलाई बराबर निभाउनु पर्छ रे, त्यसैले सिन्दुर लगाएको छोरी र पासपोर्टमा भिसा लागाएर परदेशिएको छोराको पिडा अनुहारको ओठको मुस्कानमा होइन एकान्तमा लुकाएर रुएको आँखाको आशुलाई सोध्नु रे पिडा र् जिम्मेवारी केहो भनेर ।
हो मलाई पनि कर्तब्यले बाधेर जिम्मेवारीले थिचेपछी परदेशीएको बर्सौहुँदा पनि बिहेगरी नौडाडापारी दिएको चेलीझै आफ्नो घरदेशको आँगन नटेको बर्सौ भयो, यसै बिचमा परदेशको एक्लोपनले सिकाएको पाठ र सामाजिक सन्जालले सिकाएको कयौ पाठ बाट मैले जिबनको यो उत्तार्धमा उस्लाई प्रेम गरेको हो जुन आज मेरो हृदय भित्र राज गरेर बसेकीछे उ, रत आज घरिघरी उसैको झझल्को र सम्झनारुपी यादहरुले गिजलेकोछ मलाई, त्यसैले होला आज उनका यादहरु पनि आत्मिय लाग्छन, उनको तस्बिर मंसिर पुसको जाडोको चिसो शितको थोपा झै नबिझाउने सालीन र सितल लाग्छन र मस्तिस्कको बाटो हुँदै आँखाको नानी भित्र टुप्लुक्क आइदिन्छन अनी धित नमरुन्जेल बसिदिन्छन दिलको कुनै कुनामा सुसुप्त बनेर, र आँफै भन्न मन लाग्छ कास.... तिम्रो यादहरु पनि तिमी जस्तै भैदिए शायद आज म तिम्रो प्रेमको आभास र अनुभुती गर्न पाउने थीन होला किन भने जसरी सवाल हरुको थुप्रो लगाएर बेपत्ता भएकीछौ र तिमी आज सम्म फर्किएर आएनौ शायद ति यादहरु पनि उसैगरी बेपत्ता भैदिन्थे होलान, यदी त्यस्तो भैदिए कम्सेकम पल पलमा मैले तिम्रो बाटोको प्रतिक्षा गरेर तड्पिनु त पर्दैन थियो होला, अनी यसो भन्दैमा यदी सम्बन्धमा तितोपना नहुदो होत, माया प्रेममा पिडा भन्ने चिज नहुदो होत फेरी सम्बन्ध र प्रेमको पारीभाषा नै अर्कै भैदिन्थ्यो होला, शायद यस्को महत्वनै हुन्थेन होला, किनकी परिभाषा र महत्व बिनाको कुनैपनी चिज वा वस्तुको मुल्य शायद गौण बनिदिन्थ्यो होला, र अर्को कुरो प्रेम कहिले पनि धन सम्पत्ति दौलत, रुप रंग र बर्ण संग गरिदैन, योत भावना संग गरिन्छ, आत्माको आत्मा संग गरिन्छ, जहाँ दुबैको शरीरले भन्दा हृदयले काम गरेका हुन्छन, अनी जहाँ हृदयले काम गर्छ त्यहा प्रेम शितल भैदिन्छ, सालीन भैदिन्छ,अमर भैदिन्छ, अजर भैदिन्छ, पवित्र भैदिन्छ, जहाँ मन छुएर प्रेम गरिन्छ, त्यहा तन कहिले आउँदैन तन जब आउछ र तन छुएर सकिएपछी प्रेम खल्लो लाग्छ, निरस लाग्छ, प्रेम आँफैमा अपवित्र भैदिन्छ र सम्बन्धमा दरार आइदिन्छ, त्यसैले मेरो यो कथा पढ्नेहरुलाई भन्न मन लाग्छ,सारिरिक सुन्दरता लाई भन्दा मान्सिक सुन्दरता लाई महत्व दिनुहोस, किनकी गुलाबको फुल हरु खोजिखोजी चुडिन्छन तर तुलसिको बिरुवा खोजी खोजी रोइपिन्छन, हो तिमी यदी कसैलाई माया गर्छौ भने, अथवा भित्रै हृदय देखी मन पराउछौ भने उस्को रुप र सुन्दरता लाई होइन उस्को गुण र उस्को भित्री सुनदरता लाई प्रेम गर जसरी तुलसिको बिरुवाको गुण लाई चिनेर रोप्ने गर्छौ तिमी ।
रातको यो कहाली लाग्दो समय अनी अफिसमा म एक्लै हुँदाको अवस्था भएर पनि होला यस्तै यस्तै अनेकौ नानाभाती सम्झेर र कल्पना गरेर हरेक रात बित्छ आजभोलि मेरो, बेलुकी डिउटी आउनु र आउने बितिकै मोबाइलको नोटिफिकेसन हेर्नु कम्प्युटर खोलेर फेसबुक लग इन गर्नु र उस्को वालमा कुनै क्याप्सन वा स्टाटस अपडेट आयोकी भनेर चिहाउनु मेरो डिउटी भित्रकै अर्को डिउटै झै भएको थियो, मोबाइल को ट्विटर र फेसबुकको उनको वालमा केही नदेखिदा मनभरी एक अनौठो पिडा बोकेर मन अमिलो र धमिलो बनाउनु मेरो परमानेट दैनिकी भएको थियो, अनी उस्ले छोडेर गएको डिएम र उस्ले गरेको म संगको संबाद हरु हेरेर पढेर चित्त बुझाउनु बाहेक अर्को म संग कुनै बिकल्प वा बाटो पनि थिएन, थियो त केवल आफुले आँफैलाई दुखाएर रुनु वा आँफैलाई सम्झाउनु त्यो भन्दा सिवाय अर्को बिकल्प पनित थिएन म संग, एउटा ट्विटरको स्पेस र डिएम बाहेक उ संग कम्युनिकेसन हुने कुनै फोन नम्बर वा मेसेन्जर भाईबर इमो र व्हाटस एप्स हरु कुनै पनि माध्यम थिएनन, त्यसैले बेलाबेला त मनमनै भन्थे उस्लाई, प्यारो महाराज प्लिज फर्किएर आइदेउन, बरु म चाहन्छु, कि तिमी संग जस्तोसुकै भए पनि सम्बध निभाउन कोशीस गर्नेछु, बरु तिमी संग झगडा होस, रिस होस, तिमी कसै संग स्पेसमा बोल्दा जलन होस, मलाई असहज लागेको सबै परिस्थिती बरु सहुँला, तर यसरी गुमनाम भएर नबस बिन्ती गर्छु किनकी बरु म तिम्रो रिसलाई प्रेम गर्न सक्छु, तिमी खुलेर हासेको बोलेको अरु संगको यो सबै कृयाकलाप सहन सक्छु तर आज तिमी नहुनुको पिडा सम्झेर किन यस्तो सम्बन्ध को सुरुवात गरेछु भन्ने पछुतो झै कहिलै नहोस ।
चालिस कटेपछी बुढेशकालको माया प्रेम अनौठो र मिठो हुन्छ रे भनेको सुनेको थिए, शायद ति भनाइहरु ठिकै हुनकी ! किनकी गाउँघरमा ठट्टामा बोलिने बुढापाका का यस्ता बोली र उखान हरु आज म आँफै माथि लागु भएको महसुस गर्दैछु, यिनै महसुस र यादहरुको तिम्रो आकृतिलाई भुलाउन रातभरीको काममा आफुलाई ब्यस्त राख्ने र बनाउने कोशीस गर्छु, तैपनी मन अन्त नमोडिदा आँफैलाई फ्र्सटेसन भएको जस्तो महसुस हुन्छ, अनुहारमा एकप्रकारको चिटचिहाट पन भएको महसुस हुन्छ, शरीर आलस्यता ले गाजेको आभास हुन्छ अनी म बिस्तारै आफ्नो दुनियाँ र मेरो त्यो पारिवारिक जन्जाल लाई म बाट निकालेर छुट्दै गएको अनुभुती गर्छु र वाक्क बनेर दिक्क मान्दै अफिस बाट उठेर अफिसको पेन्ट्री रुममा छिर्छु, कफिम्याट लगाएर कफी बनाउछु र कफिको गिलास र चुरोटको खिल्ली औलिको बिचमा च्यापेर बाहिर फ्रेस हुनलाई निस्कन्छु, अनी ढोकाको बाहिर पट्टी भर्र्याङ्ग मा बसेर आकाश नियाल्दै कफिको चुस्की संगै सिगरेटको धुवाको सर्को उडाउछु, केही थोरै राहत भएको महसुस गर्छु, र चुरोटको ठुटा बाट सल्किदै रित्तिदै गएको मेरो सपना लाई आकाश तिर नियालेर फ्याक्ने कोशीस गर्छु, आकासमा पूर्ण गोलाकारको चन्द्रमा पश्चिम तर्फ दौडिरहेको देख्छु, आकासको त्यो पूर्ण चन्द्रमाले भर्खरै पुर्णिमा गएको दर्साउथ्यो शायद उ पनि कुनै आफ्नो अभुतपुर्ब प्रेमलाप पछी रात हरु संग भागने चेस्टा गरिरहेको थियो, र छिटोछिटो पश्चिम क्षितिजमा अस्ताउन म्याराथुन हरुको धावन मार्ग नापिरहेको थियो, तिनै द्रिश्य र कल्पनामा गिलासको कफी सकिएछ, हातको चुरोटको ठुटो सल्किएर दाहिने हातको औलिको फेद सम्म पुगेर नङ्गको थोरै भागलाइ पोली सकेको रहेछ, थाहा पाए तातो भयो अनी त्यो चुरोटको ठुटो फ्याकेर पुन अफिस भित्रै आफ्नो टेबलमा फर्किएर बसे ।
साच्चै यो खटपट र छटपटी म उ भित्र चाहिदो भन्दा अलिक बड्तै डुब्दै गएको प्रमाण थियो, मैले क्ष्यणिक समयमै उस्लाई माया गर्दै गएको अनुभुतिको प्रमाण थियो, यहाँ सम्मकी कल्पनामै म उस्लाई भन्न थालइसकेको रहेछु, प्यारु तिमी बाहेक अरु कोही आउने छैन मेरो जिबनमा, तर मृत्यु मात्रै एउटा यस्तो चिज हो जो म चाहेर पनि तिमी बाट अलग रोक्न सक्दिन त्यसैले म मृत्यु बाहेक अरुलाई मेरो जिबनमा न आउन दिनेछु नत आँफै जानेछु, बस तिमी मात्रै एउटा त्यस्तो ब्यक्ती हुनेछौ जहाँ तिमी निर्धक्क राज गर्न सक्नेछौ, तिम्रो प्रसम्साले मात्रै यती गहिरो सोचमा डुबाएको होइन मलाई, मलाईत तिम्रो ति खोपी सन्देश हरुले डुबाएकोहुन, यदी तिमी गुमनाम नै हुनुथ्यो भने ति मिठामिठा शब्दहरुको चाङ्ग हरु थुपारेर किन मलाई तौलिन खोज्यौ ? के आजभोलिको समबन्धहरु भनेको भौतिक साधनको डिभाइस को ब्ल्युटुथ जस्तो नजिक संगै हुँदा कनेक्ट हुने र टाढा हुँदा सर्चिङ्ग फर न्यु डिभाइस भने जस्तै हुन र? के मेरो अनुपस्थितिमा वा म नहुँदा वा मलाई ति प्रश्न हरुको ओइरो लगाएर मेरो मन तौलिएर हराउन कस्ले हक दियो तिमीलाई, शायद तिमीलाई थाहा छैन होला जिन्दगी एउटा किताबको पाना जस्तै हो, जो पल्टिदै जादा जिबनको एक नयाँ अध्यायको सुरुवात हुन्छन, तर तिनै पानहरुको एउटा च्याप्टर छुट्यो भने यहाँ पुरै जिन्दगी छुट्छ, त्यस्लाई सम्हाल्दा सम्हाल्दै पुरै जिन्दगी बित्छ, तिमीले यो बुझेको रहेनछौ शायद अहिलेसम्म, मलाई थाहाछ यहाँ हरेक कती सम्बन्ध हरु जोडीन्छन, वा जोडीनु अगाडि नै छुटिन्छन, अनी मलाई यो पनि थाहाछ कि सोचेको भन्दा जिबन सँधै अलग र भिन्न हुन्छन भनेर, जुन हामी सोच्छौ वा देख्छौ ति सबै सहि हुँदैनन, किनकी हामीले सोचेको र भोगेको जिबन बिल्कुलाई बिपरित र फरक हुन्छन, त्यो तिम्रो मेरो वा अरु कसैको मान्छेको गल्ती होइन, त्योत भाग्यमा लेखिएको हो, तर यसो भन्दैमा कसरी तिमी भाग्य संगै यती छिटो निस्ठुरी भएर हराइदिन सक्छौ, यदी तिमी हराउनु नै थियो भने किन आयौ मेरो जिबनमा कयौ आशाहरु बोकेर अनी किन देखायौ सपनाहरु, हेर सन्सारमा कसैको पनि सम्बन्ध हरु एक्लै टिक्दैनन तिनलाई टिकाउन लाई एक्लो प्रयासले हुनेभए एउटा सुन्दर घर बनाउदा बालुवामा किन सिमेन्ट र पानी मिसाउन पर्थ्यो होलार, तिमीलाई त के थाहा जब देखी तिमीले प्रेमको ऐना देखायौ तब देखी तिम्रो सन्सारमा डुबेको छु म, हराएकोछु म, तिमी भित्रै हरेक कल्पना र सम्झनामा जुन तिमी चाहेर पनि सोच्न सक्दैनौ कि ति सपना हरु कती मिठाछन भनेर, तिमीलाई थाहा छ, तिमी कसैको सिउदोको सिन्दुर हौ भन्ने जाँदा जान्दै पनि तिम्रो सन्देश हरु पढेर नरोएको रात छैनन, तिमीलाई नसम्झेको कुनै पल वा दिन छैनन, अनी आँफै भनत महाराज कसरी भुल्न सक्छु र म तिमीलाई यो मुटु भित्र सजाएर, जिबन जगत लाई म राम्ररी बुझ्छु महाराज, जिबनको पाठ मलाई कसैले पढाउन पर्दैन किनकी जन्मे देखी अहिलेसम्म आफ्नै जिन्दगी र आफ्नैले धेरै पाठा सिकाएकछन, त्यसैले म् तिमी माथि धेरै गुनासो त गर्न सक्दिन, तर म् आँफैले यसो भनेर आफ्नो मन शान्त पारीरहदा किन बुझ्दैनन मेरो आफ्नै मनले, किन बुझ्ने प्रयास गर्दैनन मेरो मुटुहरु, कि तिमी हिजो मात्र झुल्किएर मलाई अनुभुती दिलाएको हौ भनेर, हुनत मेरै मन उस्तो हो कि ? म सबै दोश तिमीलाई मात्रै कसरी दिउँ, किनभने आउने मान्छेले के थोरै प्रेम जताएको थियो आज उसैको लागि दिन महिना गर्दै आँफैलाई देबदास बनाएर राखुँ, हुनत यहाँ मान्छे आफुलाई कर पर्दा र सर पर्दा मात्रै नजिकिन्छन र आवश्यकता नपर्दा टाढिन्छन, अझ यसरी भनौ कि यो दुनियाँमा आफ्न भन्ने कोही हुँदैनन, त्यसैलेत मसानघाटको चितामा जलाउदै गरेको लाशलाई हेर्दै आफ्नैले सोध्छन, अझै कतिबेर लाग्छ भनेर, केही समय अगाडि मृत्यु भएको आफन्तको छातीमा घोप्टिएर रुएको आफन्तको मुखबाट त यस्तो निस्कन्छ भने तिमी त पराइको हौ, जस्लाई मैले आजसम्म न देखेकोछु न कुनै कलमा दोहोरो संबाद नै गरेका छु, सिर्फ डिएमको तिम्रो प्रसम्सा मेसेज र स्पेसको त्यो आवाज बाहेक थियो नै केर म संग, कुनै पल वा सम्झना अनी प्रमाण हरु, शायद महसुस हुँदा भावनामा बहकिएर ति खोपी संदेश हरु लेख्यौ होला, र सर नपर्दा वा निन्द्राबाट बिउझे झै बिउँझीएर मैले गलत गरेछु भन्ने लागेर शायद टाढिने तिम्रो राम्रो प्रयास होला ।
कल्पनामा डुबेर भावनाको भावसागरमा बग्दै गएछु म, रात्रीकालिन डिउटिको त्यो सन्नटामा उस्कै बिम्ब हरु कोरेर उस्को छाया संग प्रश्न हरु गर्दागर्दै कतिबेला बिहान उज्यालो हुन लागेछ, बिहानको तीन बजायो घडीले, अनी बल्ल आँखाले निन्द्रा लागेको संकेत गर्यो, सोच्दासोच्दै शरीर र मस्तिस्क दुबै थाकेर सुस्ताएको थाहै भएन, अनी फेरी उठेर अर्को एउटा एक कप कफी र सिगरेट लिएर रित्याउन लागे आफ्नै अब्यबस्थित बिचलित मनहरु लिएर, निमेश भरमै कफी र चुरोट रित्याएर पुन अफिसमा छिरेर केहीछिन भएपनी कुर्सिमा झकाउन मन लाग्यो र मोबाइलमा कैशर उल जफारिले को शब्द भएको गुलाम अलिको स्वरको एउटा हिन्दी गीत लाएर कानमा इयरफोन लगाए अनी कुर्सिमै निदाउने कोशीस गरे, गीता बजी रहेको थियो, निरतर निरन्तर.......!!!
हम तेरे शर में आए हैं मुसाफिर कि तरह
सिर्फ इक बार मुलाकात का मौका दे दे
हम तेरे शहर मे.........!!!
मेरे मंजिल है कहाँ मेरा ठिकाना है कहाँ
सुबह तक तुझसे बिछड कर मुझे जाना है कहाँ
सोचने के लिए इक रातका मौका दे दे
हम तेरे शर में...............!!!
रचना- अर्पण योन्जन (शिरिष)
मिती- ७ र ८ असोज २०७८
तदनुसार- २३ र २४ सेक्टेम्बर २०२१
No comments:
Post a Comment