गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, September 12, 2021

कथा-भाग-४, एउटा प्रेम यस्तो पनि ।

सँधा झै दिनभरिको थकान बाट लखतरान परेर बेलुकी मरेको बिरालुको चालमा रुम फर्किनु र खाना बनाएर भोलिको लागि तयार हुने मनस्थिती बनाउदै बेडमा पल्टिएर कित युट्युब हेर्नु कित फेसबुक नत्र ट्विटरको स्पेस छिर्नु मेरो नियमित दिनचर्या नै थियो, त्यसैले आज पनि सबै सोसियल मिडिया हरु चाहरे कतै मन अडिएन, जता छिरेर हेर्छु दिक्क लाग्छ, उराठ लाग्छ, निरास र रंग हराए झै लाग्छ, रातको त्यो चकमन्नतामा रुमको त्यो सुन्सानमा ए सि को स्वा...... गरेर आउने एकोहोरो आवाज र टेबल घडीको एकोहोरो टिक टिक कर्कस भन्दा अरु केही सुनिदैन, मलाई झन त्यो एसी र घडीको कर्कस आवाजले दिक्दारी बनाउथ्यो, अनुहारमा पसिना आए झै चिटचिहाट महसुस हुन्थ्यो, थाहै नपाई नजानिदो पाराले कुनै चिजले मलाई भित्रभित्रै उकुसमुकुस र गुम्सुम बनाइदै थियो, बेडमा पल्टेर यता फर्कन्छु उता फर्कन्छु मनमा फिटिक्क चैन छैन, किन किन यो छट्पटी पछी मलाई एफ एम रेडियोमा हिन्दी गित सुन्न मन लाग्यो रातको एघार बजी सकेको थियो तैपनी आँखामा फिटिक्क निन्द्रा आएको छैन, र मैले रेडियो खोले, रेडियोमा जोयालुकास र लुलु हाइपर मार्केट द्वारा प्रायोजित हिन्दी गितको कार्यक्रमा चलिरहेको रहेछ गित बज्यो म सुन्सान त्यो एक्लो कोठाको मजा लिदै गीत सुन्न थाले गीत एकोहोरो बज्दै थियो । 
   
शीशे का समंदर
पानी की दीवारें
शीशे का समंदर
पानी की दीवारें

माया है, भरम है
मोहब्बत की दुनिया
इस दुनिया में जो भी गया
वो तो गया!

गित लगतार एकतमासले एक धुनले सर्गम पोखेर बज्दै गयो अनी म पनि तिनै गितको भावमा संगसंगै बग्न थाले डुब्न थाले र सम्झे साचिकै यो अन्जान मान्छेको मायामा तड्पिएर वा एक कौतुहल्ता र उत्सुक्ता बोकेर एउटा कुन चै त्यस्तो आशा बोकेर रमाउन परेकोछ, आखिर जुनकहिले भेट हुने सम्भावना पनि छैन, जुन चाहेर पनि कुनै दिन, कुनै पल एउटै छाना मुनी वा एउटै चुलोचौका र भान्सा गरेर एक गास खाना खाउला जिबनको सुखदुख साटौला भन्ने सानो र झिनो आशा दुर कही क्षितिज सम्म देखिदैन अनी कुनै भरोसा छैन, फेरी पनि त्यही मायाको निम्ती किन यती धेरै म डुबी रहेकोछु किन बगी रहेकोछु सुसाउदै बगेको त्यो सप्तकोशी झै निरन्तर निरन्तर कल्पनाको पारी सिमाना सम्म । 

साच्चै यो प्रेम केहो ? यो माया मोह केहो ? के मायाको अनेकौ रुप रंग हरु हुन्छन ? माया प्रेमको कुनै त्यस्तो जात धर्म बर्ग लिङ्ग बर्ण र भौगोलिक सिमाना हुन्छ ? के विवाह पस्चात पनि कसैलाई परिवार र सन्तान भन्दा बाहिर कुनै अर्को दोश्रो ब्यक्ती संग पनि प्रेम हुन्छ ? गितको तरंग संगै म आफुले आँफै भित्र कयौ प्रश्न हरु गरिरहेकोछु, जुन प्रश्नहरुको जवाफ हरु सदैब असम्भव पनि छन, यदी सम्भव छन त केवल दुबैको परिवार लाई बिखन्डन र तोदफोड गर्नुबाट छ, यदी दुबैको पारिवारिक जिबन बैशाख १२ को महा बिनासकारी भुकम्प जस्तै प्रलय हुने गरेर भुइकम्प जिबनमा ल्याउनु हो भने कती प्रश्नको जवाफ आउन पनि सक्छ, निस्कन पनि सक्छ, तर ति सबै गर्ने हाम्रो नैतीकता ले दिदैन न् मलाई न उस्लाई, फेरी किन यती बिघ्न सम्झना हरु, याद हरु, किन यती धेरै तड्पाइ हरु अनी किन यती धेरै उ आउछ कि भनेर मेसेज बक्स र स्पेस तिरा आँखा र कान दुब्बै बिछ्याउनु ? सोच्दा सोच्दै म अवाक्क हुन्छु आफु आफैदेखी, र केही मौनतामा भुलेर फेरी लामो श्वास तानेर अर्को तरिकाले सोच्छु पुन उस्तै गरी । 

यो बिछिप्त सोचाइ बाट, ब्यग्र उत्थलपुथल मन मस्तिस्क बाट थोरै बाहिर निकाल्ने कोशीश गर्दै जिबन र दर्शनको सुखानुभुती गर्न खोज्छु, चराचर जगत मा हामी हरेकले हरेकलाई प्रेम गरिरहेको हुन्छौ यो प्राकृतिक र दैबिक हो, प्रेम गरिदैन यो आँफै हुन्छ, त्यसैको उपजको एउटा पाटो हौ हामी पनि, त्यो भन्दा बाँकी धेरै अरु केही होइन, यो सान्सारिक माया हो, मोह हो, यस्मा कोही अछुतो छैन, र हामी दुबैको बिचमा जुन प्रेम अंकुरण हुँदैछ त्यो पनि एउटा यसैको रुप हो, वा क्ष्यणिक आकर्सण हो वा भौतिक बिकर्सण हो, यसरी नै सोच्दैछु म फेरी, हुनत नसोचेको नदेखेको कुनै पनि चिज बस्तु वा ब्यक्ती माथि लगाव लाग्न गयो भने त्यो आँफै आफ्से आप आकसर्ण् बड्न जान्छ, जती हास्यो बोल्यो जती आपसी संबाद हरु हुँदै जान्छ स्वाभाबिक रुपले मान्छे अरु नजिक हुन्छ, आखिर मनुस्यले पालेको जिबजन्तुमा त दैनिक उस्को सामु गएर खानपिन घास खोलेफाडो दियो भने अलिक दिन बाट त्यही ब्यक्ती लाई खोज्छ, कतै आयोकी खाने कुरा खोले घास कुडे केही ल्यायो कि भनेर गाई बस्तु बाख्रा बिरालो कुकुर जेहोस् त्यो सँधै आफ्नो खाना दिने मान्छे लाई देख्ने बितीकै नजिकिन खोज्छ, पुच्छर हल्लाउछ खुटामा आएर लुट्पुटिएर हाम्रो पाउमा आएर माया दर्शाउछ आफ्नो पन देखाउछ भने हामी त मान्छे हौ आखिर त्यही नियमले गर्दा हामी नजिक भएका हौला त्यो भन्दा पर र अर्को कुनै सम्बन्ध हामी बिचमा छैन, उस्ले पनि त यो मेसेज पठाउन अघि त भन्थिन, सँधै हामी असल साथी हौ एकले अर्का लाई इज्जत गर्छौ मित्रता भन्दा माथिको सम्बन्धमा हामी जाने छैनौ भनेर तर तिनैले दुई महिनाको गुप्ताबस पछी म तिम्रो प्रेममा हराएको छु मलाई गाह्रो भयो त्यसैले म टाढिन र नभेटिन लाई तिम्रो आवाज र तिम्रो कविता बाट टाढा बस्न आँफैलाई छुटाउन खोजे तर सकिन प्लिज महाराज आँफै भन के तिमी मैले झै प्रेम गर्छौ ? म झै तिमी पनि तड्पियौ भनेर कयौ प्रश्न हरुको जवाफ किन खोजी वा किन मागी ? कुरा यहाँ पनि छ कि हामी असल मित्रता मात्रै हौ भने यि प्रश्न हरुको अर्थ के ? अनी यो तड्पाइ हरुको अर्थ के ? दुबैलाई देख्न आसक्ती हुनुको अर्थ के ? अँह जता बाट जसरी मन बुझाए पनि मैले आफुलाई फिटिक्क बुझाउन वा सम्झाउन सकिन जती उत्तर दिने प्रयास गर्छु उती प्रश्न हरुको ओइरो लाग्छ मेरो मस्तिस्क भित्र मन उतिकै बतासिन्छ उतिकै पेट हुँडारिएको महसुस हुन्छ उतिनै ऐठन भएर आउछ उफ...! म अवाक हुन्छु पुन यि उत्तरबिहिन प्रश्न हरुको लागि । 

उस्को खोपी शंदेशको जवाफ कोरी पठाएको पनि आज हप्ता दिन बिती सक्यो, आज यतिका दिन सम्म मेसेज सिन गरेको सम्म देखाएको छैन, हरेक दिन उस्को डिएम गएर हेर्छु जसरी कुनै जमनामा हुलाक पोस्ट अफिसमा कुनै लाहुरेको पत्रको पर्खाइमा लाहुरेनी मायालु जोडीले बिछिप्त बनेर दैनिक पोस्ट अफिस धाए जतिकै, बस फरक यतिछ त्यो समयमा लाहुरेनी आफ्नो लाहुरेको मायाले कोरिएको पत्र पाउन दैनिक जसो पैदल हिंडेर पोस्ट अफीस धाउनु र हल्करा लाई हरेक साँझ बिहान दाई हाम्रो घरका कुनै चिठ्ठी आयो भन्दै सोध्नु र अहिलेको आधुनिक टेक्नोलोजिको जमनामा सेकेन्ड भरमा आँखा झिमिक्क गर्दा मेसेज आदान प्रदान हुन्छ कुनै पोस्ट अफिस नधाइकिन, तैपनी किन उसैले आसाय ब्यक्त गरेको खोपी शंदेशको जवाफ दिदा पनि हेर्न किन आइन, के उस्लाई मेरो कुनै मेसेज आयोकी भनेर हेर्न मन लागेन ? मनमा कुनै चंचल्ता वा कौतुहल्ताले छुएन होला, किन यतिका दिन सम्म मेसेज सम्म हेरिन, आखिर किन यसरी बेपत्ता भै फेरी, कि पहिले कै जस्तै उ म बाट टाढा बस्न कोशीश पो गर्दैछ कि ? अँह अँह यस्तो हुन सक्दैन, यदी यस्तो गर्दो होत उस्ले मलाई कुनै जमनाको मायालु पत्र झै किन त्यती लामो खोपी शंदेश पठाउथी त प्रशनै प्रश्नको भरेर ? यस्तो सोच्दै म आँफैलाई मन बुझाउने कोशीश गर्छु, 

म यती बेला सोच्दैछु कि अघी भर्खरै बजेको गित जस्तै यो माया मोहको दुनियाँ के सिसाको समुन्द्र जस्तै होत ? जहाँ पाउ राखेर हिंड्न अग्नी परिक्ष्या दिनुपर्छ, जसरी सिसा भएको पानीको समुन्द्रमा हिंड्न गाह्रो र कठिन हुन्छ त्यो पानीको दिवार भित्र, जहाँ शिसा फुटेर पैतलामा काट्न सक्छ, बिझ्न सक्छ, यदी जसोतसो रगत बगाएर भएपनी हिंड्ने कोशीस गरियो भने त्यो समुन्द्रको पानीको दिवार भएको कठिन यात्रामा तैरिएर यात्रा पार गर्न सकिएला त, ? कि यो माया माया नभएर कतै भ्रम त हैन, ? यो प्यार मोहब्बतमा जो डुब्छ दुनियाँमा सबै प्रेम गर्ने जोडी हरु माथिको बजेको गीतले भने जस्तै जो प्रेमको जालमा डुब्छ त्यो त गयो खत्तम भयो भनेजस्तै सकियो, के यस्तै होत दुनियाँमा प्रेम गर्ने हरु ? यदी यस्तै हो भने लाखौं करोडौ प्रेम गर्ने हरुले कसरी पार तरे होलान र पार लाए होलान, म छक्क पर्छु सोचाइमग्न हुन्छु, हो मलाई थाहाछ जिबनको भोगाइ हरुमा अनेकौ दु:खकस्ट र हन्डर हरु आइपर्छन, जस्तोसुकै किसिम को भए पनि त्यस्लाई पन्छ्याउदै अगाडि बड्नु चै बुद्धिमत्ता र ज्ञानी अनी साहसी हुन जान्छ, तर जस्तोसुकै तरिकाले भएपनी आफुले आँफैलाई बुझाउन सम्झाउन गाह्रो हुनेरहेछ, आज उस्को हप्ता दिनको गैल हाजिरले म यस्तै भएकोछु, आखिर मान्छेको मनै त हो बाधेर कहाँ राख्न सकिन्छर ? चाहेर पनि छातीको चारदिवाल भित्र रगत बग्ने मुटुको भल्भ हरु बन्द गरेर रोक्न नसकिने, यादै त हो आइदिन्छन आँफै, जब यादहरुको ऐना आँखाको नानी भित्र देखिन्छ मनको मस्तिस्क हुँदै तब उस्को जुन झै शितल मुहारको आकृतिले झस्काउछ, एक्लोपन हुँदा पनि त्यही आक्रिती आएर गफ गरिरहेको हुन्छ, म आँफै एक्लो भएर पनि एक्लो हुन्न म संग गफ गर्ने कुरा गर्ने मिठामिठा मायाका अनुभुती हरु सेयर गर्न उ सम्मुख बसेकी हुन्छे, मुसुक्क हसेर पारीजात कती निको छौ है महाराज, तिम्रो हासो तिम्रो चिम्से आँखा तिम्रो नेप्टो नाक अनी त्यो ठुलो अनुहार नै किन मेरो दिमाकमा बिम्ब बनेर बस्छौ किन यती प्यारो हुन्छौ मेरो लागि उ फुर्काउछिन मलाई, कुनै सेतो भुइ भएको भित्ता मा अडेशा लागेर घुडा माथि आफ्नो दुबै हातको औलाहरु खप्ट्याएर घुडा माथि राखेर हातको पन्जामा आफ्नो चिउडो अड्याएर निरवत भएर चुप्चाप कुनै डिस्टर्ब नगरि उस्लाई नियाली रहेको हुन्छु, उ मेरो सम्मुख उस्तै पोजिसनमा आफ्नो घुँडा माथि दुबैहातले बाधेर  बसेकी हुन्छे कि कालो केश राशी, बिचमा अर्ध सिन्दुरको धर्को, दुई आखी भौको बिचमा गोल्डेन रंग मिसिएको रातो टिका, कपाल लाई पछाडि क्लिप ले च्यापेको, सानो चुचो अग्लो सलक्क परेको नाक, अनी त्यही माथि लगाएको उस्को सेतो रंगको पावरवाला चस्मा, चस्माले सालीन र सोझी देखिएको उस्को मुहार अनी गोलो भरिलो घाटी, टम्म मिलेको छाती देखिएको, चियाको तिनपाते हुन लागेको मुना झै खिरिलो दुई मधुर ओठ, गलाभरी एक झुप्पा रातो तिलहरी भएको पोते, टिक्टिके बुट्टा भएको रातो टिमिक्क कसिएका ब्लाउज माथि केही खैरो हलुका बुट्टेदार सारी, लाग्छ उस्को आकृतिले कुनै एउटा नामी मोडल वा ठुलो नाम चलेकी लेखिकाको झै छबी झल्किने अनुहारको मोहोडा, झन कानको सानो गोल्डेन कलरमा बिचमा सेतो इउँ भएको टपले धपक्क बलेकी गहुँगोरी, मानौ मेरो अगाडि कुनै स्वर्गको परी बसेकी छिन, शब्दमा बयान गर्न नसकिने उस्को सुनदरता आहा साचिकै कुनै दरबारको माहारानी झै देखिन्थिन उनी । 

ओहो म कल्पना मै डुबेछु, कल्पनामै म उस्लाई देखेर हासिरहेको रहेछु, नियाली रहेकोछु, कल्पनामै उ म संग र म उ संग प्रेमिल संबाद हरु गरिरहेको रहेछु, अचानक मोबाइलको घन्टी बज्यो झस्किएर बिउँझीए, त्यो तितो तर मिठो कल्पनाको दुनियाँबाट, फोन ड्राइभर को रहेछ, बिहान अलिक ढिलो आउछु दाई तयार भएर बस्नु है भन्न लाई कल गरेको रहेछ, मैले हुन्छ भनिदिए, एकैछिन मा मोबाइल मा टुँ टुँ गरेको आवाज आयो शायद उस्ले त्यती भनेर उताबाट कल काटेछ, साच्चै कल्पना को सागर पनि कती गहिरो हुनेरहेछ, जहाँ जती डुब्यो उती डुबदै जान मन लाग्ने, जती डुब्यो उती नयाँ नयाँ सुनौलो सपना हरु सजिदै जाने मस्तिस्क भित्र जो पुरा हौन वा नहौन तर सपना नै सहि कती मिठो हुने आहा म आज यतिका दिन सम्म उस्को मेसेजको प्रतिउत्तर कुर्दै बिताए शायद यो एउटा तितो यथार्थले भरिएको मेरो लागि मिठो सपना झै कल्पना थियो । 

कयौ कथा उपन्यास पढेर सोच्थे आखिर मान्छे कसरी यसरी मरिहत्ते गरेर प्रेम गर्न सक्छन, के कथामा लेखिए जस्तै, उपन्यासमा पढिए जस्तै कुनै गितको अन्तरामा सुनिए जस्तै, फिलिममा फिल्माइए जस्तै यती आसक्ती हुनेगरेर पनि प्रेम पनि हुनसक्छर म सोचमग्न हुन्थे, कहिलेकाही ति सामाग्रीहरुमा पढिएका देखियाका पात्रहरुको कथा सम्झिएर अनौठो लाग्थ्यो आँफैलाई कि यस्तो प्रेम हुँदो होत कस्तो हुन्छ होला, हुनत मान्छेको जिबनमा जो जती बचेँकाछन ति सबै माया प्रेमले कुनै न कुनै माध्यम द्वारा बाधिएरनै जीएकाछन, मान्छेको भौतिक शरीर आज सम्म जिबित र अस्तित्वमा रही रहनु पनि प्रेम नै हुन, यदी दुनियाँमा मान्छे भित्र कुनै पनि चिज बस्तु वा मान्छे मान्छे बिचमै प्रेम नहुदो होत आज सम्म यो मानबिय सभ्यता र मान्छेको अस्तित्व नै मेटिसकेको हुन्थ्यो होला यो संसार बाट जसरी भिमकाय प्राणी हरुको अस्तित्व मेटियो यो सन्सारबाट डाइनोसोर को अस्तित्व मेटीए झै, एकतर्फी सोच्ने हो भने प्रेम सुन्दर छ, मिठोछ, भावयुक्त्त छ, अनन्त छ, अजय अनी अमर छ रत, संसार जिबित छ, नत्र नैरश्या र बिरक्तिले मान्छे आत्माहत्या गरी सक्थे, अर्थात मरिसक्थे दुनियाँ नामोनिसाना निमेटा भैसक्थे, यदी प्रेम नभैदिएको भए यो सन्सारबाट यो प्रिथिबी बाट मान्छेको अस्तित्व के हुन्थ्यो होल, आफुले आँफै प्रस्नै प्रश्न गरेर दिक्क हुन्थे बेलाबेला आँफै, हो उस्को आगमन पछी र उस्को खोपी शंदेश पछी म यस्तै प्रश्नै प्रश्न हरुको भकारी खानि भएकोछु, उत्तर बिहिन प्रश्न हरुको उत्पादक भएको छु जहाँ मार्सल र रबिन्सको क्रय बिक्रय र मुल्य र बजार भाउको अस्तित्व र त्यस्को माग र ह्यासको मुल्याङ्कन हुँदैन, कुनै तुलो, किलो वा ग्राममा जोखिदैन जस्लाई मापन गर्न सकियोस । 

सुनेको थिए प्रेमले मान्छेलाई मिहेनती र परिश्रमी हुन सिकाउछ, अत्माबिस्वासी हुन सिकाउछ, एउटा बाटो मा मान्छेलाई मान्छे भएर हिंड्न सिकाउछ, प्रेमले अनेकथोक सिकाउछ, अरुत अरु सबैभन्दा मुख्य कुरो मानिसलाइ जिउन सिकाउछ, हो मैले यस्तै जानेको थिए तर आज पहिलो चोटि थाहा पाउदैछु कि प्रेमले बाँच्न सिकाउछ क्षितिजमा देखिने आशा र भरोसा लाई लिएर, तर आशा लिएर बाँच्न मात्रै होइन यस्ले मृत्‍यु सरहको जिबन पनि दिन्छ, जो अहिले छ बर्तमानमा मान्छेलाई पलपल मारेर जिउदो राख्ने रहेछ, किनकी मैले जतिपनी मेरो आफ्नै साथीहरु देखे जो मायामा डुबेका हुन्थे उनिहरु एक आफुमा भेट्न नपाउदा तड्पिएको सुनाउथे, बैरागिएका सुनाउथे, संसार सकिएको सुनाउथे, आफुले प्रेम गरेको प्रेयसी अरु कसैको हुने कल्पना त टाढाको कुरा केही दिन ब्यस्त र टाढा हुँदा पनि आफ्नो प्राण नै छिनेर लगेको झै देखेको थिए र सुनेको थिए, हो मलाई पनि आज यस्तै भएकोछ, उस्को आगवमन अगाडि म जुन नर्मल अवस्थामा बाचेको थिए आज त्यो भन्दा दोब्बर उस्को अनुपास्थिती मेरो लागि सजाय जस्तै भएकोछ, कसैको हत्या पछी सुनाइएको मृत्‍युदन्ड जतिकै भएकोछ, ताकी मनमा लागि रहन्छ उ मेरै सम्मुख होस, मेरै आँखा अगाडि बसिरहोस, यदी मैले कुनैबेला आँखा चिम्लिएछु भने पनि उ मेरो आँखाको रानी भित्र कैद होस, र म सोच्दैछु प्रेमले प्रेमिल हैन इर्श्यालु हुन सिकाउदैछ मलाई, हो आज म यस्तै महसुस गर्दैछु अनी प्रेमलाई जिबनदान भन्दा पनि धेरै तड्पन पिडा र मृत्‍युतुल्य महसुस गर्दैछु, र म यस्तो चिजलाई मापन गर्दैछु कि यदी मान्छे मर्छ भने दुई कारणले मात्र यो दुनियाँमा मर्न सक्छ, त्यो जो हामीलाई थाहै नदीइ आउछन र जान्छन, माया र मृत्‍यु मात्रै यस्तो चिज रहेछ जस्लाई हामी न बोलाउछौ न कुनै निम्तो नै दिन्छौ, बस यो कतिबेला र कसरी कुन मोडमा कुन उमेरमा आउछ थाहै नहुने रहेछ, मृत्‍यु आउछ मान्छेको जिबन चुडेर लिएर जान्छ, तर प्रेम आउछ त सिर्फ शरीर मात्रै लिएर जादैन यस्ले जिउदो मुढा बनाएर राखिदिन्छ, निर्जिब बस्तु झै बनाइ दिन्छ, आउछन एक पाहुना जस्तै तर जान्छन सँधैको लागि पर्मानेन्ट बनेर, जस्ले प्रेम गर्ने मान्छेको माया संगै दिल लिएर जान्छन, जलाएर जान्छन, र सँधै दुखाइ रहन्छन, र अझ यसरी भनुम शरिरमा श्वास हुँदाहुँदै पनि मृत्‍युले झै जिउदो मान्छेको धड्कन लिएर जान्छन, 

समयले रातको १२ बजाइ सक्यो, अहँ आँखामा निन्द्रा फिटिक्क आउदैन, मनभरी यस्तै चाहिदा नचाहिदा भावना हरु खेलाउदा खेलाउदै ओछ्यानको दुबै किनरा कोल्टदै बित्छ, म निदाउने असफल प्रयास गर्छु, घरि आँखा खुला गरेर त घरि आँखा बन्द गरेर उस्को याद हरु भुल्ने जमर्को गर्छु, उमहुँ ! हुँदैन फिटिक्कै, यसरी नै आजको रात छर्लङ्ग होला जस्तो छ, मन्मा अनेकौ तर्कना हरुले जबर्जस्ती डेरा जमाएर बसेकोछ जति बल गर्दा पनि निदाउनै सकिन, गित निरन्तर बजी रहेको थियो, खै कुन कुन कुन्नी,? यसरी छट्पटिमै बिहानको कतिबेला ३:४५ भएछ टेबलको घडीले उज्यालो भएको संकेत गर्‍यो, आँखा झिमिक्क नगरि डिउटी जाने संकेत गरेको घडीको खबरदारी संङै उठेर नुहाइवरी पुन सँधा झै आफ्नो युनिफर्म लगाएर आफ्नो दैनिक नित्यकर्म तर्फ लागे मन भारी पारेर, मन अझै शान्ता भएको थिएन, डिउटी जाने बसको यात्रा छुट्यो, अगाडि पटिको रेगिस्तान हरुको उजाड लाग्दो बलौटे मरुभुमी छिचोल्दै लम्पसार परेर सुतेका कालोपत्रे सडक माथि गाडी कुदी नै रहयो कुदी नै रहयो मेरो मन झै एकतमासले ।   

 
  
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २७,भदौ २०७८ 
तदनुसार- १२, सेप्टेम्बर २०२१

No comments: