गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, September 20, 2021

पर्खिरहेछन देउरालीहरु !!!

आधुनिक सभ्यता सुरु अघी 
हिउँदको चिसो सिरौटोमा 
बिहानिको शितको थोपा 
दुबोमा टपक्क टल्किएर 
बैश स्खलित हुँदै गर्दा 
चिसो मौसममा कठाङ्ग्रीदै 
रगताम्य महिनावरी पोखिएर
फक्रीदै गरेको लालुपातेको
बैँश पोखिदै गर्दा  
एउटा प्रेमिल आदिम जोडी 
यही देउरालीमा पाती चाडहाउधै 
घुँक्क घुँक्क रुदै छुटेका थिए //

पारी लालिखर्कको डाडामाथी 
क्षितिजको रातो लाली पोखिदै गर्दा 
एकहुल चखेवा हरु 
बतासिएका थिए उँधै उँधो 
हेवा र फेवाको दोभान हुँदै 
नदेखिने तमोरको तिरैतिर 
शायद बिरहमा छुटिएकी तिनी !
आजसम्म लेख फर्किएको देखिएन  
ति अभागी आदिम जोडी हरु //

देउरालीमा पत्थर फ्याकेर 
एक थुङ्गा फुल चढाएर 
सम्झनाको फुल रोप्दै
चाडै भेट्ने बाचा गर्दै
आँखाबाट आँशुका ढिक्का 
छल्ने असफल प्रयास गर्दागर्दै 
पछ्यौरामा टप्लक्क खसालेर  
अंगालोमा बाधिएको 
त्यो छातीको न्यानो स्पर्स चुम्दै 
बिस्तारै छुटेका थिए 
ति आदिम हत्केलाका औलिहरु //

ऋतु फर्किन्छ हरेक बर्ष 
बास बस्छ यही पाखा पखेरामा 
र, फर्किन्छ फेरी बसन्त पोखेर 
तर किन फर्किएन उसैगरी 
त्यो छाती र औलाको आदिम स्पर्स 
यौबनको फुल हरु ओइलाउन अघी 
अर्को सुनौलो सृस्‍टि किन भएन 
प्रकृतिको उच्चतम समागममा //

आदिम सभ्यतामा छुटिएका 
ति पदचाप हरु, 
आधुनिक सभ्यतामा 
युगौपछी उज्यालो हुँदा पनि 
एकहुल कुहिरो भित्र
बहकिएर उडिरहेकोछ 
खोज्दै खोज्दै 
त्यो टुहुरो बतास हरु
तैपनी भेटिएन कहिकतै 
मायालु आँखा बाट छुटिएका 
ति आदिम प्रेमिल जोडीहरु 
र, आज पनि 
पर्खिरहेकाछन देउराली हरु //



रचना- अर्पण योन्जन- शिरिष
मिती- ५,असोज २०७८ 
तदनुसार- २१, सेक्टेम्बर २०२१

No comments: