जब यादहरुको ज्वारभाटा हरु समुन्द्रको छाल बनेर उर्लिन्छ तब मनको कुना कुनामा सुनामी आउछन र प्रतीक्षाको घडी सकिन्छन, फुट्छन टुट्छन र मनको बाध भत्केर छताछुल्ल हुन्छन आज मलाइ पनि उस्को सम्झनाले सताउदा यादहरुको चाङ्ग हरुले सर्लक्क निलेकोछ, जसरी सामुन्द्रीक ज्वाराभाटामा सुनामी आएर एउटा सुन्दर बस्ती तहनस बनाउछ, उसैगरी मेरो पर्खाइको त्यो पहाडहरुमा पैरो गएकोछ, लाग्छ हिउँ पहिरो गएर छ्यो रोल्पा ताल फुट्न लागेको बाध झै भएकोछ यो तनको बाध र मनको पर्खाल दुबै उस्तै, साच्चै नै यो यादहरु पनि अनौठा हुदारहेछन, जति भुल्न कोशिश गर्यो उति बल्झिएर आइदिने, जति मनलाइ बहलाउन अन्तै मोड्न खोज्यो उति फर्किएर आउने र यो मन भित्र ठोकिने, अनेक तरिकाले भुल्न र बिर्सन खोजेपनि मनको किनारामा समुन्द्रको छालले यताबाट उता र उताबाट यता हानेर अग्लिएको छाल हरु जस्तै अग्लिए पछि आखाको डिलबाट तिनै सम्झना र यादहरुको सुनामिले भदौरे भेल र हिउदको शीत झै बनेर जताततै बर्सिने रहेछ आज आएर बल्ल बुझ्दैछु एउटा मान्छेको मायाले कति फरक पार्दो रहेछ भनेर ।
उस्ले शंदेश पठाएदेखी मैले रिप्लाइ दिएको पनि आज अठार दिन पुगेछ, मेरो दैनिकिमा पनि धेरै परिवर्तन आइसकेको छ, दिनभरिको मेरो ब्यस्तता अब नाइट डिउटिमा परिणत भएकोले गर्दा दिनभरी सुत्नु अघि बेलाबेलामा मोबाइलको मेसेज चिहाउदै बस्नु र निदाइ सकेर पनि झसङ्ग झस्कदै बिउझदा मोबाइलको नोटिफिकेसन हेर्नू र उस्को मेसेजको आसा गरेर डिएम हेरेर निरासा बन्दै पुन राती डिउटि छ सुत्नुपर्छ भन्दै जबर्जस्ती निदाउन खोज्छु, तैपनी मन मान्दैन, नहुदा केही थिएन हुदा झन पीडा हुने रहेछ यो मायारुपि जीवन पनि, बरु यो भन्दा राम्रो त जीवन एक्लै बाच्दा ठिक थियो, न कोहि आउने अभिलाषा न कोहि गुमाउनु को पिर, न कोहि छोडी जाला भन्ने डर, हिजो उ नहुदा पनि हासेरै बाचेकै थियो यो ज्यान, आज उसैले प्रेमको अनुभूति र प्रश्न हरुको थाक लगाएर बेपत्ता हुदा पलपल र हरक्ष्यण छाती भत्भती पोलाएर जिउनु परेकोछ, बाहिरी आँखाले जलेको रानी बन देखिए पनि भित्री जलेको मन नदेखिने रहेछ, तैपनी छिनभरमै सल्केको डढेलो झै भित्रभित्रै हृदय लाई जलाएर राख बनाएर आफ्नै प्रेमको यादहरुको हत्यामा आँफै साक्षी र मलामी बन्नु परेकोछ ।
आखिर समय न हो, हातमा जतिसुकै महंगा र किम्ती घडी लगाए पनि हातमा बाधिएर बस्ने र रहने भनेको त त्यो भौतिक सम्पती मात्रै हो, जुन हाम्रो हातमा कसैले देख्दा महंगो घडी देखिएला, त्यस्को मूल्य कति हो भनेर सोधिएला वा यती हो भनेर घमण्ड ले भनिएला तर घमण्ड गर्न नसकिने र बाधेर छोपेर वा चार दिवालमा बन्दी बनाएर राख्न नसकिने भनेको त मृत्यु र समय मात्रै रहेछ, हो साच्चिकै स्पेस को दुनियाँमा प्रवेश गरेर उ संगको चिनजान र निकटा पनि ७ महिना पूरा गरेर आठौ महिनामा प्रवेश गरिसकेछ, बेपत्ता भएर दुई महिना पछि उ फर्किएर गरेको खोपी शंदेश पनि महिना पुग्यो र म स्वयम् आफैले पनि उस्को शंदेशको जवाफ फर्काएको यो अठारौ दिन पुग्दा पनि सिन नगरेको सिम्बोल र कुनै इमोजी खोजखबर न आउदा पुन उस्तै गरेर मन अतालिन सुरु गरेकोछ, मन भत्भती पोल्न थालेकोछ, कताकता उकुसमुकुस भएर पेट हुडल्किएर आएझै हुन्छ, सम्झिन्छु उस्ले दिलाएको त्यो आभाष र उस्ले गरेको संदेश अनि संदेश मा पोखिएको हरेक शब्द शब्द केलाएर हेर्छु प्रेमिल लाग्छन तर तिनै प्रेमिल बिम्बहरुले आज बिछिप्त बनाएकोछ, साच्चै भन्ने हो भने यो श्वास भएको ज्यान शरीर भएर पनि ढालिएको सालको बूढो रुख सरि निर्जीव मुढो झै अचेत र चेतना बिहिन भएको छ आत्मा, साच्चै नै कसैको अधुरो मिलन र अपुरो प्रेममा बाच्नु पनि आफै आत्महत्या गरे जतिकै हुने रहेछ त्यो कुनै अपराध मा अदालतले सुनाएको मृत्युदणड भन्दा कम को भएको छैन ।
भनिन्छ सबै संग राम्रो बोल, राम्रो संग हास, संगै रहुन्जेल यादगार समय बिताउ ताकी आफ्नो मान्छे दुइदिनको लागि कतै जादा पनि तिनै यादहरुले जिउन सिकाउन र ती यादहरु केही पिडादायी हुन्छन तैपनी मिठासपुर्ण हुन्छन तिनै यादहरुले मान्छेलाई समय पर्खन र समय बिताउन साथी बनिदिन्छन, अनि भनिन्छ यहाँ मरेको मान्छे कहिले फर्किदैन उस्को याद सिवाय तर यहाँत कहिलेकाही जिउदो मानिस पनि गएपछी फर्किएर आउदैनन तैपनी तिनै संग बिताएका पलहरु लाई आफ्नो साथी सम्झेर सम्झनामा भुल्नुपर्छ, फर्किएर आउने कल्पनामा आशाको दिप जलाएर बस्नुपर्छ, नत्र यहाँ जीवन कहाँ उज्यालो बन्छ र, मीठो सपना देखाएर जानेलाइ त सजिलो छ तर बिछोडिएर बस्ने वा बिदाइमा हात हलाएर बर्सौ सम्म बाटो कुरेर बस्ने लाई पो थाहा हुन्छ पर्खाइको पीडा कति हुन्छ भनेर, हो आज मलाई पनि यस्तै भएकोछ, एउटा संदेश पठाएर सवाल हरु छोडेर उत्तर हरुको प्रतीक्षामा बिदा भएको उ आज यतिका दिन सम्म पनी उपस्थित नहुदा पहिले झै मन हरु बेढङ्गले बतासिएका छन, बिरहको कोइली र पानी नपाएर छट्पटिएको काकाकुल झै बिरक्तिएर बतासिएर बेग हानौ झै भएकोछ, यस्तै बोझिलो मन हरु लिएर म बेलुकीको रात्रीकालिन डिउटिको लागि आफ्नो कामको लागि अफिस तर्फ लागे, उस्तै रफ्तारमा त्यो उराठा लाग्दो सडकमा फुङ्ग उडेको मनलाइ हुइकाएर सपनाको मैदानमा अवतरण गर्नु थियो मलाई ।
एक घन्टाको लामो यात्रा पछि अफिस पुगेर एटेन्डेन्स मेसिन मा फिङ्गर प्रीन्ट गरेर डिउटिको हाजिर जनाए, र मोबाइल अफिसको टेबलमा कम्प्युटर अगाडि राखेर म एकछिन वासरुम छिरेर अनुहार पखाल्न तर्फ लागे, किनकी एक घन्टाको लामो यात्रामा हावाले हानेर अनुहार अस्पट महसुस भएको थियो, मुख धुए फ्रेस भएर भित्र अफिसमा छिरे, कम्प्युटर अन गरेर सबभन्दा पहिले फेसबुक खोलेर उस्को प्रोफाइल चिहाउन मन लाग्यो, सम्झिए कतै गएको वा ब्यस्त भएको नत्र यदि बिरामी नै भएको भए पनि केही क्याप्सन हरु वा तस्बिर हरु नत्र कसैले शुभयात्रा त कसैले get well soon भनेर लेखिएको कुनै न कुनै पोस्ट हरुत अवस्य हुनेछन भन्ने सोचेर फेसबुक खोलेर उनको वालमा प्रबेश गरे, तर त्यहा यस्तो भैदियो कि नसोचेको भयो, सोचे मैले कतै मेरो नेट सर्बर पो स्लो भयोकी भनेर रिफ्रेस गराएर पुन हेर्न खोजे, तर वालमा प्रोफाइल तस्बिर बाहेक केही देखिन, नया त कुरै छोडौ पुराना पोस्ट हरुपनी पुरै हटाएको वा प्राइभेसी गरिएको हो केही देखिएन, मैले केही थाहा पाउन सकिन, कि मैले बुझ्न सकिरहेको थिन आखिर के भैरहेकोछ भनेर, एक महिना अघि मात्रै हेर्दा पुराना पोस्ट र कयौ असरल्ल छरिएका उन्को तस्बिर हरु थिए फेसबुकको वालभरी, मन झन हतास भयो, झन मनमा अनेकौं उथलपुथल कुरा हरु तछाडमछाड गर्दै खेल्न थाले, हुने कुरा पनि सोच्न बाध्य भए र नहुने कुरा पनि सोच्न बाध्य भए, उ कतै गएको वा ब्यस्त भएको देखि लिएर उस्को असवस्थ्य र मृत्युु सम्मका पर सम्म गएर सोच्न भ्याए, हातमुख ओठ तालु सबै चिसो भएर सुक्यो, केही चक्कर आएझै महसुस भयो, आखाको सामुन्ने केही देखिन तीन भाउन्न भएर आयो, एकाएक मनमा अचाहिदो आधिहुरी बेजोडको आयो, म आफैले आफैलाइ सम्हाल्न सकिरहेको थिन कि म के गरुँ वा कसो नगरुं, मस्तिष्कले केही सोच्न भ्याएको थिएन, तैपनी मेरो नेटको समस्या होकि भनेर मोबाइल मा डाटा खोलेर मोबाइल बाट फेसबुक लग इन गरेर हेर्न खोजे तर त्यहाबाट पनि केही देख्न नसकेपछि हाता लाग्यो शून्य हुँदै एकपल्ट लामो श्वास तानेर सुस्ताउदै सोचे, किन उस्को सबै पोस्ट हरु गायब भए किन प्रोफाइलको एउटा तस्बिर बाहेक अन्य तस्बिर हरु किन निकालिए वा प्राइभेसी गरिए आफै प्रश्न गरे मन भित्रै, र डर लाग्दो बिम्ब हरु आए मेरो मन भित्र, त्यसपछि केही सीप नलागेर काम सुरु गर्नु अगाडी नै आफुलाइ निरास हुँदै कम्प्युटरको अगाडी दुई हात राखेर हातको नारिमा शिर झुकाउदै एकछिन दिमाग र मनलाइ रेस्ट गराउन खोजे र बिस्तारै त्यही सुस्ताएर थोरै पातलो निन्द्राले च्यापेछ मलाई र म निन्द्राले केही झकाएछु ।
कस्तो कम्प्युटरको अगाडी ढल्केकै अवस्थामा निदाएर कति छिटो सपना देखेछु, सपनामा कतै अग्लो भिरको टुप्पोमा दुबै संगै थियौ, उस्ले जिस्किएर पारिजात म यहाबाट खसे भने के गर्छौ भन्दै जिस्काउदै थिन, भिरको तल गहिराईमा माथी बाट बगेर आएको हेर्दै डर लाग्ने हरियो निलो पानीको निर परेको भुमरी भएको नदि थियो, उ म सङ्ग जिस्किदै थिइन, जिस्किदा जिस्किदै अचानक उस्को खुट्टा चिप्लिएर भिरमा खस्न पुगिन म आफ्नो पुरै शरीर भुइमा सुताएर आफ्नो शरिरको बल लागाएर उस्को एउटा हातमा समातेर माथी तान्न खोज्दै थिए, तर केही गर्दा पनि नसकेर हात थाकेर अचानक चिप्लियो, उ तल पहरमा खसिन, उ झर्दा उस्को शरीर म भएको तिर अनुहार थियो, उस्ले एउटा हात दिएर पारिजात भनेर चिच्याउदै हावामा तैरिदै खस्दै गयिइन, म चिच्याएर रुदै थिए, म आफ्नै मुटु आफ्नै शरीर बाट निस्किएर गए झै श्वास नै बन्द होला झै गरेर हिक हिक गर्दै रुदै उ खसेको आखाले टोलाइ रहे टोलाइ रहे, म त्यो भयंकर ठूलो दुर्घटना ले गर्दा केही बोल्न सकिरहेको थिइन, अचेत जस्तै बन्दै थिए, उ बिलाइ कहाँ झरी, कहाँ खसीन, कहाँ बेपत्ता भै, अनि म एक पल्ट डाको छोडेर रुए, अचानक मोबाईल मा लगतार आएको मेसेजको आवाजले बिउझिए, बिउझदा अफिस को टेबलमै निदाएको रहेछु, शरीर थररर गरेर कापी रहेको रहेछ अनुहार र घाँटी भरी पसिनाले निथ्रुक्क भिजाएको रहेछ, बिउझदा आफैलाइ केही असहज भयो र पुन चिसो पानीले अनुहार धुएर फ्रेस हुँदै अफिस भित्र छिरे, पुन अर्को मेसेजको नोटिफिकेसन को आवाज आयो, मोबाइल हेरे केही मेसेज देखिन र मनलाई भारी बनाउदै ट्विटर खोले अचानक डिएम को हरियो सिग्नल्ल देखे, अनि आशाले थोरै दिप जलायो मेरो मनमा केही हलुका र फ्रेस भएझै खुशिको भावमा हतार हतार भित्र प्रबेश गरेर हेरे कतै उसैको डिएम होकि भनेर तर निरासा भन्दा केही हात लागेन त्यो ग्रुप सेयरिङ्ग डिएम को नोटिफिकेसन रहेछ, मनलाई फेरि भारी बनेर स्पेस तिर प्रबेश गरे त्यहा पनि आशा लाग्यो कतै स्पेस मा आएर कुरा पो गर्दैछ कि भनेर, तर..तर त्यहा पनि निराशा भन्दा केही थिएन मेरो लागि, तैपनि मन लाई गाठो पारेर साथीहरू संग स्पेस मा आफुलाई भुलाउन थाले र स्पेस सुन्दै कम्प्युटर खोलेर अफिसको काम सुरु गरे, यतिकैमा स्पेस बाट बोलावट भयो सर केही सुनाउन हजुरको पनि भएदेखी माथी आउनुहोस्न, म अलिक काममा ब्यस्त भएकोले गर्दा स्पिकरमा जान सकिन र म सुन्दै काम गरिनै रहे तर पुन फेरि बोलावट भयो सर प्लिज माथी आउनुहोस्न, यो माथिबाट होस्टले बोलएको थियो, होस्टको बोलावट नसकिदै तुरुन्त नारी आवाज आयो पारिजात सर वहाँ हामीले बोलाउदा आउनुहुन्न, वहाँ लाई बोलाउने अरु कोहि नै छ, वहाको आफ्नो मान्छेले आएर बोलाए पछि मात्रै माथी आउनुहुन्छ, यो मलाइ पुरानो चिन्जानको साथिको नाताले ब्यांग्य थियो तर साचिकै जाने झै गरेर वहाँँले भन्नुभएको थियो, म झस्किए, अरे कसरी थाहा भयो वाहालाई साच्चिकै जस्तो गरेर म एकछिन त के भनम नभन भो तल लिस्टनर बाटै बोलौ झै आभास भएर आयो, यसरी धेरै चोटि बोलावट भएपछी म काम गर्दै भए पनि स्पिकरमा पुगे र सबैलाई नमस्कार गरे, नमस्कार है मेरो सबै जनालाई, उताबाट पनि नमस्कार को जवाफ आयो सबैबाट अनि मैले पुन सवाल थप्दै आफ्नो कुरा लाई अगाडी बढाए, ओके आज म संग खासै त्यस्तो त केही छैन तर एउटा सानो कविता छ आज त्यही सुनाउछु है भने र सुनाउन थाले मेरो आफ्नो कविता को शिर्षक बाट, र मेरो कविता यसरी सुरु हुन्छ बाकी सबै चुपचाप सुन्न थाले मानौ त्यहा कुनै ठूलो भब्य साहित्यक समारोह भए झै म सुनाउदै गए ।
लुक्छौ किन बादलुमा
लुक्छौ किन बादलुमा छेक्छ चन्द्रमाले
नआउ तिमी ताराबनी तड्पाइदिन्छ सम्झनाले ।
पुर्णिमाले आंखा खोल्यो चन्द्र हांसी रहयो
क्षितिजमै रहयौ तिमी डाहा लागि रहयो ।।
नाची रहयौ आँखा भित्र बिज्यो परेलिमा
हासी रहयौ ओठ भित्र फुलको तरेलिमा ।
सम्झनामा किन आउछौ रात गोधुलिमा
सपनिमै झस्काइ दिन्छौ संधै अधेरिमा ।।
आउछु भन्थ्यो तारा सधैं बादलुले छल गर्यो
पर्खिबसे क्षितिज पारी रात त्यसै झर्यो ।
प्रित लायौ फुल बनी पस्यौ चन्द्र बनी
दियौ चोट छाती भरी घोच्यौ काडा बनी ।।
सम्झना त धेरै हुन्छ चोट एउटै हुन्छ
छोडि जाने बिर्सिजान्छ बस्ने एक्लाई रुन्छ ।
कहिले आयौ चन्द्र बनी कहिले तारा बनी
बादलुमै छोडि गयौ झरी रैछौ भनी ।।
नदेउ अब छाती भरी मायालुको आस
जान्छौ अन्तै यात्री बनी गर्छौ अन्तै बास ।
माया साट्यौ मुटु सित नलाउ भन्दा प्रित
सोला बनाइ चडाई गयौ गयौ अन्तै सित ।।
पत्थर लाई पूजा गरे इस्वर होकी भनी
आराधाना गरी रहे एक्लाई मुर्ख बनी ।
तिमी होइनौ भाग्य कोर्ने कोर्छ बिधताले
कर्म लेख्छ पसिनाले हुन्न तिम्रो सहायताले ।।
ढुङ्गा पुज्नु ब्यर्थ रैछ दियो जल्नु पनि
ब्यर्थ रैछ परायलाई आफ्नो भन्नु पनि ।
मांया भन्नु प्रित रैछ प्रित भन्नु मुटु
मुटु भन्नु चोट रैछ खान्छ कुटु कुटु ।।
उस्को अनुपस्थितिको थोरै रिस, अनी धेरै पिडा, कविताको माध्यमद्वारा आफ्नो बह पोखे, पोखे के भनौ मनमा अनगिन्ती गुम्सिएर बसेको उ प्रतिको भढास पोखेर आफुलाई शान्ता पार्ने कोशीश गरे, कतै मन थोरै भएपनी शान्ता हुन्छकी भनेर, तर मनैत हो, उहुँ ! कहाँ हुन्थ्योर ? मन्ले यादहरु बोकेर हानेको बेगले रोकिने छाटकाट देखाएन, चैत्र बैसाखको आधिहुरीझै बेग हानेर मडारिदै आउन थाल्यो, छिनभरमै मन अशान्त भएर मनभरी कुहिरिमन्डल छाएर आयो, उस्को त्यो अभाव मेटाउन यतिका कविता सुनाएर पनि मन थामिएन, बरु उल्टै रातको त्यो चकमन्नतामा याद हरु झन पोखिन थाले, उता स्पेशमा सबैको रमाइलो हासो चलेको छ, तर यता मलाई भने त्यस्ले कुनै प्रभाब पारेको छैन, फिटिक्क छुएको छैन त्यो होहल्लाले, त्यस्पछी दिक्क मान्दै जान्छु पनि नभनी स्पेस बाट चुपचाप बाहिर निस्किए, रातभर गर्नुपर्ने कामहरुको थाती राखेर म आफु बसेको चेयरको लक खोलेर लिङ्गे पिङ्ग झै चेयरमै अगाडिपछाडि शरीरलाई झुला बनाउन लागे, दुबै हातको औलाहरु बाधेर छातीमा राखेर माथि सिलिङ्ग तिर आँखा घुमाउदै अफिसको घडीको कर्कस लाग्दो रफ्तारलाई नियाली रहे, घडीको सेकेन्ड काटा जोडतोडले दौडी रहेकोथियो, उस्लाई कही पुग्नुथ्यो, शायद कुनै गन्तम्ब्यमा पुग्नु थियो होला उस्लाई, कसैलाई भेट्नु थियो उस्लाई, रत उ यो मध्यरातमा पनि कर्कस आवाज बोकेर आफ्नै सुरमा सिङ्गै रातहरुलाई खर्लप्प बोकेर दौडी रहेछ, निरन्तर निरन्तर, अनी सङैको सेकेन्ड काटाले यती हतारमा दौडी रहदा उसै संग बसिरहेको मिनेट काटा र घण्टा काटा लाई भने कुनै हतारो थिएन, उस्लाई कही पुग्नु थिएन, सुस्ताएर कछुवाको गतिमा चलिरहेको मिनेट र घण्टा काटालाई मनमनै प्रश्न गरे मैले, तिम्रो कुनै डिउटि छैन, वा कोही तिम्रो पर्खाइमा छैन र यती अल्छि गरेर हिडिरहेको छौ, यदी तिम्रो प्रतिक्ष्यामा कोही हुन्थ्यो भने तिमी पनि आफ्नो गती लाई बढाउथ्यौ होला, कि कसैलाई प्रतिक्ष्या गराएर तड्पाउदै हिडिरहेको छौ सुस्त गतिले, घडीको दुबै काटाले मलाई कुनै जवाफ दिएन, र म पुन वाक्क भए, फेरी उतै मोढिए जहाँ उस्को यादहरु थियो, उन्ले पनि एउटा मेसेज छोडेर गएदेखी त्यही घडीको दुई काटा झै आजको यतिका दिनसम्म आउने कोशीश गरिन, आजसम्म मलाई तड्पाएर, पलपल सम्झनाका तिरहरुले घोपी रहेकोछ, म रात्रीकालिन डिउटिको घडीको कर्कस संङ गुनासो गर्दै भने, यदी यो संसारमा कोही निशठुरी छ भने तिमी दुई हौ, जो तिमीहरुलाई उस्लाई झै कुनै मत्लबै छैन अरुको बारेमा, न पिर छ तिमीहरुलाई न सोच्ने नै सक्छौ दोश्रोको बारेमा, तिमी हरु निस्ठुरी हौ, ढुङ्गा हौ, ए ए ! ढुङ्गा मात्रै हैनौ तिमीहरु, तिमीहरुत हृदय नै नभएको झुलो र चकमक अरुलाई जलाउने दल्छिन पत्थर हौ पत्थर, जसरी उ गएदेखी आज सम्म कुनै संदेश लिएर फर्किनन, उ पनि त पत्थरको मुटु भएको निस्ठुरी हुन, पापिनी हुन, छातीमा रगत बग्ने मुटु नभएको हुन, बिल्कुनलाई निर्जिब सुकेको सालको ठुटा झै, नत्र कोमलको फुल झै कोमल हुन्थ्यो भने आजसम्म कतिपल्ट आएर पारीजात तिमीलाई गाह्रो होला है पछी, भनेर जिस्काउथी, तर आज यतिका दिन सकिदा पनि आएन त्यसैले तिमीहरु र उनिमा कुनै भिन्नत छैन, यस्तै यस्तै मनभरी कुरा खेलाउदा खेलाउदै कल्पनामा बर्बराउदा बर्बराउदै रातको दुई बजे तिर पुन अफिसको टेबलमा शिर राखेर कतिबेला निदाए फुस्स थाहै पाइन, शायद यही पिडा अनुभव गर्नकै लागि भएपनी उ प्रतिको मलाई एउटा यस्तो पनि प्रेम भएको रहेछ क्यारे ।
रचना- अर्पण योन्जन शिरिष)
मिती- १ र २ असोज २०७८
तदनुसार- १७ र १८ सेक्टेम्बर २०२१
No comments:
Post a Comment