बिस बिर्ष अघी
तिमी मेरो गर्भमा आउँदा
मलाई पस्चताप थिएन
कि, आज तिमी
हिंश्रक बन्छौ भनेर
अनी मलाई
यो पनि थाहा थिएन कि
वृद्ध आमा देखी लिएर
दुई बर्षे बालक सम्म
बलत्कार गर्छौ भनेर
त्यसैले आज मलाई
आफ्नै रगत संग
घृणा लागेकोछ
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//
तिमी यो नबिर्स
तिम्रो कुदृस्टी पर्नु अगाडि
कोही नारी हुनु भन्दा पहिले
उ तिम्रो आमा पनि हो,
र, आज तिमी
त्यही आमालाई
बलत्कार गरिरहेको छौ,
जुन कोख बाट
तिम्रो उत्पती भएको हो,
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//
शायद तिमी बिर्सदैछौ
तिमीले सयर गर्ने यि साधन हरु
तिमीले लगाउने ब्रान्डेड कपडा र अत्तर हरु
तिमीले खाने यि चौरसी ब्यञ्जन हरु
तिमीले बस्ने सिमेन्ट र इटका महल हरु,
तिमीले घमन्ड गर्ने यो शरीर
यि सबै बिलासिता
यो सन्सारमा आउनु अघी
तिमी तिनै नारिको कोखमा
बास बसेको हौ,
त्यही नै तिम्रो पहिलो संसार हो,
पहिलो घर हो,
एउटा नारिको रगत चुसेर
त्यो गर्वसाय भित्र हुर्किएका हौ
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//
तिमिले बलत्कार गर्ने
तिमीले घमन्ड गर्ने
ति अंगहरुको बिकास
यिनै गर्भ भित्र बनेका हुन
तै पनि कसरी तिमी
बलत्कारी हुन सक्छौ
आफ्नो पुरुसार्थ छुपाउन
कसरी हत्यारा बन्न सक्छौ
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//
एउटी नारिको कोखबाट जन्मिएर
अर्को नारिको अस्तित्व मेटी रहदा
शायद तिमीलाई लाग्दो हो
तिमी बहादुर हौ
वीर हौ
पराक्रमी हौ
तर तिमीलाई मेरो गर्भको प्रश्न
तिमीले आफ्नै ममाताको
बलत्कार गरेर
आफ्नै कोखको हत्या गरेर
कुन चै युद्ध जित्यौ ?
र बहादुर भयौ ?
के तिमीले
पुर्खाले लडेको युद्धमा
नालापानी, काँगडा र टिस्टामा
बिरता पोख्यौ ?
कि कालापानी र सुस्तामा रगत पोख्न गयौ
आखिर कुन चै युद्ध जित्यौ
र, अहंकारले तिम्रो छाती फुलाउछौ ?
अनी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//
त्यसैले तिमीले अहम्ता देखाउनु अघी
तिमी पुरुष भएर हैन
कर्तब्य निश्ठ बाउ भएर हेर
प्रेमिल अनी आदर्श पती भएर हेर
चेलीको/छोरीको
सुरक्षा कवज भएर हेर
तिम्रो पहिलो घर
मेरो कोख
असुरक्षित हुँदा
ति राक्षस हरुको बध गर
अनी बल्ल तिमीलाई
छोरा भन्न सकुँला
नत्र तिम्रो यौन पिपाशु आत्मालाई
र, तिमी लाई
कदापी सन्तान भन सक्दिन
तिमी मेरो कोख बाट जन्मनुको
गर्ब गर्न सक्दिन
किनकी तिम्रो पिपासु पन्जा हरुले
आफ्नै काख चिथोरी रहदा
म मामातामयी हुन सक्दिन
किनकी, म बिबस हुनेछु
तिम्रो अस्तित्व मेटाउन
दुर्गा भवानी र काली बनेर
अनी तिमी आँफै भनत
तिमीलाई
म कसरी छोरा भनुम//
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २४, भदौ २०७८
तदनुसार- ९, सेप्टेम्बर २०२१
No comments:
Post a Comment