आँखा झिमिक्क नगरि निमेशभरमै उस्को मेसेज पढिसके, हिजो उस्को अनुपस्थितिमा उस्को अभावमा जती बिछिप्त बनेको थिए, जती आफ्नो प्यारो बस्तु हराएर निरास बनेको झै भएको थिए, मानौ युद्धमा हारेको सिपाही झै निरिह बनेको थिए, तर आज दुई महिनाको लामो अत्यास लाग्दो पर्खाइ र कुराइ पछी एउटा निरासा लाग्दो अन्तरलाल लाई चिरेर उस्को पत्र झै प्रेमिल मेसेज पाएको थिए, जुन ति प्रेमिल पत्रझै सुन्दर सपनाहरुले सजाएको म उस्को मेसेज चाहन्थे, जो आज मैले आशा गरेका, कल्पना गरेका बारंबर भावनामा डुबेका उस्को सुकोमोल हातहरुको औंला हरुले चुमी पठाएका, प्रेमिल अक्ष्यरहरुको आशा गर्थे, साच्चै नै मैले आशा मार्न लागिसकेका सपनाहरु नवजिबन प्राप्त हुनेगरेर आधुनिक टेक्नोलिजोको किबोर्ड हरु समाएर म सम्म प्रेमिल मायाको ठेली हरु पठाएकी थिन, उन्ले स्पर्स गरी पठाएको स्नेह हरु पठाएकी थिन, एस्तो एउटा बकपत्र पठाएकी थिन जो म सँधै आसक्ती बनेर पर्खन्थे आज त्यही सपना र कल्पना यथार्थमा पुरा भएको छ ।
साच्चै नै म यतिबेला केही सोच्न सकिरहेको छैन, किनकी सँधै मित्रता र त्यस्को सिमारेखा सम्झाउने र सिकाउने मलाई एउटा सालीन र गम्भिर मान्छे कसरी एकाएक प्रेमिल बन्न पुगिन ? आखिर कसरी र के कारणले म भित्र समाहित हुन चाहिन, म प्रती किन यती प्रेमको आसक्ती देखाइन, आखिर यो भौतिक शरीर संग थियो नै के अनी छनै के ? म नाजवाफ भएकोछु, यस्को उत्तर न उस्ले दिन सक्थी न म आँफै बुझ्न सक्थे, म खुशीको एउटा उमंग संगै अर्कोतिर अधुरो र मधुरो दिप झै अपुरो जिबनको भोगाइ र टुटेको सपनाहरु देखिरहेको थिए, विवाह इत्तरको यो प्रेम सम्बन्ध कुन आवश्यकता थियो र भबिस्यमा यस्को दु:खद अन्त्य कस्तो हुन्छ, आखिर हामी दुबैको खुशी र शुखी परिवार हुँदाहुँदै विवाह इत्तरको प्रेमको कुन कटुतापूर्ण वा कुन पिडादयी प्रेमको अन्त्य हुन्छ अझ भनुम यसरी यो प्रेमको गला रेटेर हत्या हुन्छ, म केही भन्न सकिरहेको थीन, म केही सजिलै अनुमान लगाउन सकिरहेको थिन, र मलाई हतास भो जान्न, र उस्ले लेखी पठाएको शंदेशहरुको अक्ष्यरहरुमा हरेक शब्द शब्दलाई पढ्न मन लाग्यो, बुझ्न मन लाग्यो, ति शब्द हरुको उन्ले भन्न खोजेको अंश हरु केलाउन मन लाग्यो, उस्को हरेक शब्द हरुको अर्थहरु केलाउन उत्सुक भए र मैले बेलुकी डिउटिबाट आएर बारंबर त्यो पत्र पढेर उस्लाई बुझ्ने कोशीश गरे, आँफैलाई त्यो ठाउँमा उभ्याएर हेरे उस्को नजानिदो तर गम्भिर प्रेमको तड्पाइ लाई बुझ्ने कोशीश गरे, र पनि म अनुत्तरित र नाजवाफ नै बनिरहे ।
जतिपटक पढे पनि बारंबर दोराए पनि म उस्को शब्द हरु संग खेल्न सकिन, सकिरहेको थिन, या म डरै रहेको थिए मानौ यती धेरै डर र त्रास जिबनमै पहिलोपल्ट भएको थियो जो मेरो अगाडि अजंगको डाइनोशर उभिएझै भएको थियो, मलाई अत्यास भो म एउटा हातमा चुरोट सल्काउदै रुमको बाहिर बार्दलिमा निस्किए, बार्दलिमा बसेर जब पूर्व नियाले र मलाई लाग्यो, चन्द्रमाले रात लाई जिस्काउदै क्षितिज संग प्रेम गरिरहेको देखे, उ रातहरु संग प्रेमिल भएर जिस्कदा तारा हरु झुम्मिएर उसैलाई हेरिरहेको देखे, म पनि तिनै रात, चन्द्रमा र ताराहरुलाई टोलाउदै उस्को आक्रिती कल्पना गर्न थाले, त्यो रात र चन्द्रमा अनी ताराहरुलाई उस्को बिम्ब देख्न थाले, र म तिनै भावहाँरुमा हराएर एकतमासले चुरोट को धुवाँ माथि आकाश तिर फुङ्ग उडाउदै उस्को अन्जान चेहेरामा म आफुलाई खोज्न थाले कतै उस्को त्यो प्रेमिल मेसेज हरुको कुनै अंशहरुमा भेटिन्छु कि भनेर, जती सम्झ्यो मलाई झन उती गाह्रोभो, उती झन ऐठन भएर आएको महसुस हुन्थ्यो र थाहै नपाई दिनभरिको त्यो तातो घाम र ह्युमिडिटिले गर्दा रातमा पनि खपी नसक्नु उधुम गर्मिले पशिना चिटचिट बगेर पिठ्युँ र हात गाला घाटी हातको पाखुरा र खुट्टाको पिडुलामा पसिनाले काउकुती लाउदै तप्प तप्प खसेर बगी रहेको रहेछ मैले थाहै पाइन, कतिबेला चुरोट को ठुटो सल्किएर सकिएछ र मेरो हातको बुढी औंला र चोर औंला डढेछ पत्तै पाइन र अचानक तातो भएको थाहा पाएर झस्किए र पुन भित्र आएर पसीना पुछेर उस्को मेसेजको जवाफ दिनलाई मोबाइलमा गीत लगाएर गीत सुन्दै मेसेज भनौ वा पत्र कोर्न थाले, मोबाइलमा गित बजिरहेको थियो त्यो मौनता लाई चिरेर ।
इनं आँखो कि मस्ति के
मस्ताने हजारोँ हे ।
इन आँखो से भबस्ता
अप्साने हजारोँ हे.......।।
मिती: २३,भदौ २०७८
स्थान: परदेशको साघुरो कोठा
समय: रातको सुन्यता केवल हजुरको सम्झना
प्रीय मान्छे,
सर्बप्रथम त, यतिधेरै अब्यक्त प्रेम हरु पोखेर स्नेही अक्ष्यर हरुको कोशेली भनौ या तपाईंको म प्रतिको त्यो प्रेमिल भावनाको लागि मेरो पनि यो म्रिदुल हृदय देखी अनगिन्ती सम्झना सहित मायाको कोशेलीहरु हजुरलाई,अनी तपाईंको यती लामो पत्र झै मेसेजको लागि मुरिमुरी आभारी छु, अनी खुशी पनी प्रकट गर्न चाहन्छु जस्ले आज कम्सेकम दुई महिनापछी भएपनी आफ्नो मनमा गुम्सिएको भावनाहरु मेरो निम्ती भनेर कोरी पठाउनु भएकोछ त्यस्को लागि पनि धन्यवाद मलाई यो सुनौलो अक्ष्यर हरुको हकदार सम्झिनुभएकोमा ।
प्रीय मान्छे, मलाई थाहाछ हजुरलाई झै भाती पुराएर पत्र त लेख्न आउँदैन तपाईंले झै शब्द शब्दमा प्रेम पोखेर मुनामदन र गौरी हरुको जन्म दिन त सक्दिन अनी म त्यसरी पनि जवाफ फर्काउन सक्दिन जुन कुनै नामी साहित्यकारले झै फुलबुट्टा भरेर कुनै कथा लेखे झै लेखुँ, कुनै उपन्यास रचे झै रचुँ, कुनै गित वा गजल कविता कोरे झै कोरुँ, ति सबै कथाहरु समेटेर एउटा सानो जवाफ के लेखेर पठाउन सकुँला र, किनकी म न कुनै साहित्यकार न कुनै भावनामा बग्न सक्ने मान्छे, त्यसैले तपाईंले चाहे जस्तो सुकोमोल र सुन्दर जवाफ फर्काउन सकिनछु भनेपनी माफ गर्नुहोस् है ल, अनी यहाँँलाई एउटा कुरा पक्का गराउछु कि हजुरको हरेक सवाल र मन भित्र उब्जिएको कुन्ठा हरुको जवाफ दिन सकुँ बस मेरो सानो कोशीश यही हुनेछ, अनी यहाँ लाई भरोसा दिलाउन चाहन्छु कि हजुरले म बाट चाहनुभएको हजुरको हरेक सवाल हरुको जवाफ दिन हिम्मत गर्नेछु ताकी पारीजातको शिरिशको फुल झै ढकमक्क फुलेर बिहान झरेर नजाउन प्रीय मान्छे ।
प्रीय मान्छे, मैले आज केही कुन्ठा र केही गुम्सुमहरु मैले तपाईंको सामु उजागर गर्नैपर्छ, केही अनुत्तरित प्रश्नको जवाफ हरुपनी खोज्नै पर्छ,
र दिनैपर्छ, जस्ले हजुरलाई र मलाई अहिलेसम्म दोसाध र कौतुहल्ता बीच अल्झाइ रहेकोछ, किनकी आउने दिनमा हामी दुबैलाइ सहज हुनेछ, हरेक संबादहरुले कुनै असमन्जस र दोधारपन खडा नगरोस त्यसैले पनि आज मैले यो सानो मेसेज मार्फत खुलस्त पार्नै पर्छ, हजुर मेरो हरेक जवाफको हरफ हरुलाई कुनै प्रश्न नगरि सुनिरहनुहोस् है ल, बस मात्र सुन्नुहोस म भन्नेछु सबै तपाईंका प्रश्न हरुको जवाफ ।
हो प्रीय मान्छे जतिबेला हामी स्पेस र डिएममा प्रत्यक्ष र अप्रत्यक्ष संबादहरु भैरहदा म तपाईंको हरेक शब्द शब्दमा हराउथे म आफुलाई तपाईं भित्र समाहित भएको महसु गर्थे र हजुरको स्नेह बाट बाहिर निस्कन बाटो नपाउदा म आफुले आँफैलाई मस्तिस्क बन्द गरेर ति भावनाका चारदिवाल भित्र खोज्थे कि म कहाछु तपाईं भित्र भनेर, हामी हरेक डिएमको संबादमा एक अर्कालाई एकाकार नहुन र एउटा असल मित्रता भन्दा माथि नजान एक अर्कालाई बिस्वास्त गराइ रहन्थ्यौ, झक्झकाइ रहन्थ्यौ, दुबैले विवाह इत्तरको सम्बन्ध भनेर आँफैलाई घरिघरि अटेन्सन दिलाई रहन्थ्यौ, तैपनी म खै किन र कसरी तपाईं भित्रको प्रेमिल भावमा डुब्थे, हराउथे र आँफैलाई खोज्न मुस्किल पर्थ्यो र मस्त निन्द्राबाट कसैले चिसो पानी छ्यापिदिएर सपनाबाट बिउझाइ दिए जस्तै तपाईं कसैको नासो हो, कसैको जिबनसाथी हो, कसैको सिउदोको सिन्दुर हो, र कसैको जिम्मेवार आमा बुहारी श्रीमती भाउजु हो भनेर झस्कन्थे र मुस्किल ले त्यो मानसपटल बाट बाहिर निस्कन कोशीश गर्थे, थाहा छैन किन म यसरी तपाईंको हरेक संबादले बग्न वाध्य हुन्थे, एक्लै बस्दा होस या तपाईंको संबादमा रहदा होस या त्यो स्पेसमा बस्दा होस जब तपाईंको बोली सुन्थे साचिकै म तपाईंको प्रेममा लिन भएको हुन्थे, हो मैले यो तपाईंले भने जस्तै देखाउन सकिरहेको थिइन, किनकी मैले मेरो भावहरु तपाईं सामु ब्यक्त गरिरहदा एउटा खराब पुरुषको दर्जमा दर्ज हुन्थेकी भन्ने लागि रहन्थ्यो, कतै तपाईंको नजर बाट गिर्छु कि भन्ने भयले सताइ रहन्थ्यो
कुनैपनी सानो गल्तिले म हजुरलाई गुमाउछु कि भन्ने डर थियो, किनकी तपाईंले दिनुभएको इज्जतलाई म जिबनभर सम्हालेर राख्न चाहन्थे, तपाईंले लगाइ दिनुभएको त्यो इज्जतको ताजलाई म आफ्नो शिरबाट छिन भरमै भुइमा झारेर कुल्चन दिन चाहन्नथे, त्यसैले पनि मैले पनि हजुरले जस्तै जानेर वा नजानेर एक सुसुप्त प्रेम गरी रहे, गरी रहे ।
प्रीय मान्छे, तपाईंको पत्र भनु वा मेसेजमा सोधे जस्तै मलाई पनि भएको थियो र तपाईंले लेख्नु भएको मेसेजमा यसरी सोध्नुभएको थियो मैले यहाँ हजुरको मेसेजको एक अंश जस्ताको त्यस्तै पस्किएको छु है ल, प्यारो मान्छे के यो दुई महिनामा म जस्तै तिमी पनि तड्प्यौ ? के मैले झै मेरो टिएल आयोकी भनेर चिहायौ ? के स्पेस तिर आउछ कि भनेर मेरो आवाजको प्रतिक्ष्या गर्यौ ? के मैले गरेको यो आसक्ती तिमीलाई गरेको तिमी प्रतिको प्रेम हो ? यदी हो भने प्रस्ट संङ भन प्यारु मलाई यो अँध्यारो सुरुङ्ग बाट बहिर निकाल बिन्ती छ तिमी लाई कि प्रेम गर्छु भन कि गर्दिन भन एउटा कुरा प्रस्ट भन प्यारु नत्र मलाई यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ, हो तपाईंले यस्तै लेख्नुभएको थियो र म तिनै शब्दहरु सापटी लिएर भन्दैछु कि मैले पनि हरेक मेसेजको हरियो सिग्नलको बाटो हेर्नु, कुनै टिएलको प्रतिक्ष्या गर्नु, वा हरेक रात हरेक स्पेस तिर हजुरको आवाजको झल्को आउनु, मेरो लागि पनि ह्जुर प्रती प्रेम भएको मिठो अनुभुती र महसुस हुँदैथिए, र कयौ रात त मैले हजुरको कल्पनामै छर्लङ्ग रात काटेर उज्यालो बनाएको थिए, तर प्रीय मान्छे तपाईं अचानक कुनै खोजखबर नै नगरि यतिका दिन सम्म जब हराउनुभो तब मलाई एकप्रकारको एक्लोपनको महसुस भयो, तपाईं प्रती प्रेम भएको अनुभुती भयो, साच्चैनै हामी एकले अर्कालाई खबरदारी गराउदा गराउदै पनि म तपाईंको मोहजालमा पसिसकेको रहेछु जुन मलाई थाहा थिएन, तर मलाई त्यतिबेला थाहा भयो जतिबेला हजुर म देखी कयौ दिन संपर्क बिहिन भएर हराउनुहुँदा बल्ल थाहा भयो कि म तपाईंलाई प्रेम गर्न थालेको रहेछु, किनकी प्रत्येक दिन, प्रत्येक पल, प्रत्येक घडी तपाईंको सम्झना गर्नु र घरिघरि टिएल डिएम र स्पेस मा आँखा लगाउनु मेरो दैनिकी नै तपाईंको प्रेममा परेको रहेछु भन्ने प्रमाण हुन, तपाईंको अनुपस्थिती मेरो लागि यस्तो बनेर आइदियो कि म जिबनको यो चालिसौ बसन्त पार गरेर पनि आज सम्म कुनै विवाह पूर्व होस वा विवाह पस्चात आफ्नै जिबनसाथी भन्दा अन्त प्रेम महसुस कहिले भएन र गरिन पनि, तर आज त्यो प्रेम गर्न वाध्य गराइदिनु भयो जुन प्रेम बैध्या थियो वा अबैध्य त्योत समयले बताउदैजाला तर यतिबेलाको लागि मैले तपाईंको हरेक बिम्ब लाई प्रेम गरेको छु ।
हो प्रीय मान्छे आजभोलि लोग्ने मान्छे हरु हुन वा महिला हरेकको प्रेम, प्रेम भन्दा धेरै भौतिक शरीर संङ हुन्छ र हुनेगर्छन, हुनपनी आजभोलि प्रेम प्रेम नभएर शारीरिक सुखको आवश्यकता पुरा गर्ने माध्यम बनेकाछन जस्ले हामी जस्तो निस्वार्थ प्रेम गर्ने हरुलाई पनि डर लाग्छ र कतै मेरो भावना र फिलिङ्स माथिको प्रेम भन्दा पनि सिर्फ एउटा बेडसम्म मात्रै पुग्ने प्रेम त होइन भनेर संका गर्न मन लाग्छ, हुनत यहाँ मान्छे कोही रुप लाई गर्छन्, कोही धनलाई गर्छन्, कोही लगाइ खुवाइ र ब्यक्तित्व लाई गर्छन् भने कोही शारीरिक आकर्शणमा गर्छन जहाँ एउटा नारिको कोमल हृदय लाई बाटो बनाएर उस्को कोमल भावना हरु संग खेलेर बेडसम्म पुराएर जब शरीर भोग्छन तब टाढीन बहना गर्छन र सँधैलाई एउटा नारी हृदय भित्र कुनै पुरुष प्रती दया माया सद्भाव इज्जत र स्नेह प्रेम मरेर जान्छ र पुरुष सँधै पिपासु भएर उभिनु पर्छ तर म यो सबैबाट बिल्कुलै टाढा भागन चान्छु किनकी म हजुरको शरीर छुन होइन हजुरको मन छुएर हजुरको ब्यक्तित्व लाई प्रेम गर्न चाहन्थे, हजुरको हृदय संग प्रेम गर्न चाहन्थे हजुरको हरेक फिलिङ्स संग प्रेम गर्न चाहन्थे र सबै भन्दा धेरै त म तपाईंको कोमल स्नेह लाई प्रेम गर्न चाहन्थे किनकी हजुरले नै भन्नुभएको होइन म असल साथी भन्दा माथि गएर प्रेम गर्न सक्दिन किनकी साथी वा मित्रताले सँधै एउटा सिमा कोरेर रख्छ तर प्रेमले शरीर माग्छ र भौतिक शुखको आवश्यकता पुरा भएपछी लोग्ने मान्छे टाढिन्छ भनेर, हुनपनी हो आजभोलिको बजारु प्रेममा एउटा नारिको कोमल शिरिर पाउन लाई बास्नाले प्रेम गर्छन् तर नारी प्रेम पाउनलाई आफ्नो शरीर सुम्पिरहन्छन तर बिचरा उस्लाई थाहै हुन्न कि एउटा झुटो र बिस्वासघाति प्रेमिबाट उ आफु लुटिरहेको छु भनेर, अनी उ यसरी लुटिन्छ कि कहिले जिबनमा रहर अनी प्रेम बोकेर उठ्न नसक्ने गरेर यहाँ सम्म कि दुबैले बिराएको बाटो बाट एउटा नारिले मात्रै जिबनभर समाज र परिवार बाट छि छि र दुरदुर भएर बाच्नु पर्छ, एउटा नारिले मात्रै दुबैको गल्तिको सजाय एक्लै भोग्नुपर्छ र म त्यस्तो हुन चाहन्न प्रीय मान्छे ।
तर म यतिबेला सोच्न सकिरहेको छैन, भन्न सकिरहेको छैन कि कयौ दिनको गैर हाजिरी बाट आज मेसेजको माध्यम दुवारा तपाईं पुन फर्किनुहुँदा मलाई कुन खुशी मिलेको छ भनेर, जुन म भाव र शब्द अनी अक्ष्यर हरुमा ब्यक्त गर्न सकिरहेको छुइन त्यती खुशी र उमंग ले छुएको छ मलाई, कालो बादल ले आकाश ढाकेर जब बर्षात हुन्छ अनी पानी रहेर खुलेको आकाश झै स्वच्छ भएर खुलेको निलो आकाश झै अनुभुती भएकोछ, शरिरमा एक प्रकारको अनुभुती चन्चलता र हलुका तरंग छाएकोछ, हराएको बहुमुल्य सामन भेटिदा जती खुशी हुन्छ मान्छे त्यो भन्दा बेसी म बड्ता खुशी भएकोछु म आज, तर यो खुशी संगै अर्को पाटोमा हामी बिच अजंगको पहाड छ, ठुलाठुला पत्थर छन, जुन पहाड र पत्थर लाई हामी कुनै पनि सन्सारको भौतिक टेक्नोलोजी मेसिनहरु लगाएर फुटाउन भत्काउन सक्दैनौ जुन अधुरै रहनेछ र हामीले सँधै कल्पना गरेर एक्ला एक्लै कुनै अँध्यारो कोठा त कतै कुनै एक्लोपन खोजेर आशुमै ब्यतित गर्नुपर्ने छ किनकी त्यो पहाड त्यो ठुलो कालो अजंगको ढुङ्गा भनेको हामी दुबैको सानो र सुन्दर शुखी परिवार हुन, जस्लाई हामी चाहेर पनि भाताभुङ्ग बनाउन सक्दैनौ र चाहन्नौ पनि यो ध्रुब सत्य हो प्रीय मान्छे ।
प्रीय मान्छे, तिम्रो हर प्रश्नको जवाफ मेरो चिठ्ठी हरुमा खोज्नु भने जस्तै तपाईंले भन्न खोज्नु भएको र सोध्न खोज्नुभएको लगभग सबै प्रश्नको जवाफ त दिइ सकेकोछु किनकी मलाई थाहाछ तपाईं आँफै यती सुन्दर र मिठो भाव पोखेर पत्र झै यती लामो र अर्थपूर्ण खबर हरु लेखेर मलाई पठाउन सक्ने मान्छे त्यसैले पनि मलाई आशाछ मेरो खबर हरुको जवाफ पक्कै पनि बुझिसकेको हुनुपर्छ तपाईंले, तसर्थ बस यसरी छोटो अर्थमा बुझ्नुहोस म तपाईं लाई प्रेम गर्न लागेको रहेछु त्यो तपाईंको अनुपास्थितिको छट्पटी र एक्लोपन ले भनिसकेकोछ, र तपाईंले सोध्नुभएको अर्को प्रश्नको जवाफ पनि दिन्छु है ल प्रीय मान्छे ल सुन्नुहोस ।
यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ ।
मैले धेरै पहिले एउटा कुनै उपन्यासमा पढेकी थिए
सम्झे त माया अमर छ
बिर्सेंत माया बेकार छ ।।
प्रीय मान्छे यो माथिको लाइन हजुरकै पत्र मेसेज बाट लिएको हुँँ किनकी मैले माथिको पंतिमा केही भन्नै पर्छ जस्तो लागेर पुन हजुरकै शंदेशको पंती यहाँ ल्याएर हजुरलाई भन्न मन लाग्यो, प्रेम कुनै उमेर समुह जात धर्म सस्कार सस्क्रिती भनेर गर्ने वा गरिने हुन्न, यो आँफैमा पवित्र शब्द हो, अपवित्र त यौन पिपासु हरुले बनाएका हुन तर मेरो नजरमा तपाईंले गर्नुभएको म प्रतिको प्रेम चोखो छ अमर छ अजर छ, प्रीय मान्छे किन कि हामी संग जिबनका कयौ रंग हरुछन तिनै रंग हरु मद्धे विवाह वा हाम्रो पारिवारिक निजी जिबन र प्रेम दुई नितान्त फरक कुरा हुन किनकी प्रेम परिवार मा मात्रै हुन्छ भन्ने छैन अनी प्रेम कुनै उमेर समुह र अबिभाहित महिला पुरुषमा मात्र हुन्छ भन्ने छैन, यो जुनसुकै उमेर र जुनसुकै अवस्था र ठाउँमा हुन्छ त्यो हामी बिचमा भएको छ अनी हामी मात्रै यस्तो प्राणी होइनौ कि त्यो प्रेम हामीलाई मात्र भएको होस यो हरेक घर परिवार र समाजमा भएको हुन्छ, बस हामीले हाम्रो नाङ्गो आँखाले नदेखेका वा नसुनेका मात्रै हौ तर हरेक लाई हरेक संग प्रेम हुन्छ परिवार भन्दा फरक आफ्नै फरक जिबन पनि मान्छेका हुन्छन त्यो आफ्नो निजी जिबनमा परिवार र समाजलाइ असर नपुर्याइ आफु खुशी हुनु वा प्रेम गर्नु एउटा सचेत ब्यक्तिको नैतीकता र ब्यक्तिगत स्वतन्त्रता को कुरा हो उस्ले कस्ले कस्लाई प्रेम गर्न हुन्छ वा हुँदैन भनेर, किनकी प्रेममा मनको भावना संगको नातामा कुनै सम्भिधान वा कानुन बुँदागत उलेख गरिएको हुदैन बस हामीले सचेत प्राणी भएर अरुलाई दु:ख नदी प्रेम गर्न सक्छौ त्यो पनि जिबनभर असल पवित्र चोखो अनी अनन्त सम्म एउटा क्षितिजमा आज अस्ताउने सुर्य भोली उदाउछ लगतार उस्तै हरेक दिन, त्यसैले मैले भन्न खोजेको कुरा हजुरले नभुझ्ने कुरै आउदैन, बुझिसक्नुभो, मैले धेरै यहाँ के भनुम र प्रीय मान्छे यो भन्दा धेरै, अन्य बाँकी कुरा त भबिस्यले हाम्रो संबादले पनि कती कुरा र कती परीघटनाले प्रस्ट्याउदै जालन ।
सानोमा प्रकाश कोबिद को उपन्यास पढ्न खुब मन पराउथे र पढेर रुन्थे पनि, तर आज आफ्नै प्रेम पढ्न मन लागेर आएको छ, यो नजानिदो आफ्नै प्रेम संग डाको छाडेर रुन मन लागेकोछ, किनकी म यतिबेला सिर्फ वा सिर्फ हजुरको प्रेममा बगेकोछु, डुबेकोछु, जती भाग्न खोजेपनी प्रेमरुपी ति सामुन्द्रीक छालहरुले मलाई अझ भित्र लगेर धकेल्दैछ कि म हजुरलाई मुटुमा राखेर आँखा भरी सजाएर राखुँ कहिले न अघाउने गरेर प्रेम गरिरहु, हजुरको प्रेमले यती भोक दिएकोछ कि मलाई सँधै त्यो भोकले सताइ रहोस प्रीय मान्छे, र आज तिनै कोबिदले लेखेको उपन्यासको पंतिको एउटा रचना यहाँ लेख्न मन लाग्यो ।
मोती दिएर आशु बटुले
हार भएन जित ।
हाँगा बाट खसेको फुल ले
भुल्न सकेन प्रीत ।।
हो प्रीय मान्छे यहाँ आशुले बटुलेका प्रीत हरुले जित्न सिकाउछ, अनी हाँगा बाट खसेको फुलले पनि आफ्नो प्रीत भुल्ल दिदैन भने हामी त सजिब मान्छे हौ, अनी यो खबरको अन्त्यमा भन्न मन लाग्यो कि सुरुवातमा हजुरले सम्बोधन गर्ने नाम को हक माग्नु भएको थियो त्यो हक हजुरलाई पुरापुरा छ, हजुर जसरी पुकार्नुहोस् जसरी सम्बोधन लगाउनुहोस् सँधै शिरोधार्य छ स्वुइकार्यछ, र सँधै त्यो नाम हरुको उपनाम अनी ति सर्बनाम हरु प्रीय हुनेछन मेरा लागि जसरी बोलाउनुहोस आँखा चिम्लेर सुनिरहनेछु, श्रवण गरिरहनेछु एउटा प्रेमको अमृत सम्झेर ।
लत, प्रीय मान्छे मेसेज निक्कै नै लामो भयो होला पढ्न झर्को लाग्छ होला बिन्ती छ झर्को नमानी पढेर उत्तर दिनुहोस् है ल, अहिले लाई यो कम्प्युटरका किबोर्ड हरु थकाई लागेर सुस्ताउन लागेकाछन बिदा हुन्छु मिठो र प्रीय प्रतिउत्तर हरुको ब्यग्र प्रतिक्षा मा यो कल्पनाको भाव सागर बाट हजुरको इच्छा मुताबिक हजुरलाई तिनै हावा र हजुरको तातो कफिको बाफको उश्ण संगै धेरै धेरै स्नेह र चुम्बन हरु पठाएकोछु जुन तपाईं चाहनुहुन्थ्यो, सहस्र स्विकार्नुहोस है ल, पुन स्पेस र डिएम मा भेट्ने र ति मधुर ध्वनी हरु सुन्ने सुनौलो आशा राख्दै अहिले लाई बिदा हुन्छु ।
उही हजुरलाई माया गर्ने
पारीजात
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २३,भदौ २०७८
तदनुसार- ८, सेप्टेम्बर २०२१
No comments:
Post a Comment