गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, September 5, 2021

कथा- भाग-२, एउटा प्रेम यस्तो पनि,

समयले कती चाडै कोल्टे फेरेछ आखिर घडीको सुइन हो उस्लाई कस्ले नै पो रोक्न, सक्छर ?  उ, निरन्तर घुमी रहन्छ चली रहन्छ एक रफ्तारले प्रिथिबीको गोलो दुई ध्रुबहरु जस्तै सुर्यको परीक्रमा गरेझै, हरेक दिन टेबलमा भएको सानो घडीले मलाई झस्काउछ र उठाउने गर्छ हरेक दिनको पहिलो बिहानिमा मेरो निन्द्रालाई खल्बलाउदै, हो आज पनि बिहानै ३:४५ मा घडीको आलाराम ले उठ्न संकेत गर्‍यो, म निन्द्राबाटै छामछाम छुमछुम गर्दै घडीको आलाराम बन्द गर्ने कोशीश गर्छु तर हातले टेबलमा रहेको घडी भेटिन र आँखा मिच्दै उठेर बेडै छेउको झ्यालको पर्दा खोलेर बिहानी हुनुको अर्थ लगाउदै हाइ काड्दै अल्छि मानेर उठे, पारी क्षितिजमा अर्ध चन्द्रमा पश्चिम दौडने प्रकृयामा रहेछ, राम्रो संग उज्यालो भुइमा नखसेको हुनाले होला अर्ध जुनको मधुरो प्रकाश झ्याल बाट मेरो शिरानी सम्म ठिकियो, अनी मेरो रुम भन्दा पाँचसय मिटर पर रहेको मस्जिदबाट ईस्लाम धर्मलम्बी हरुको पहिलो हजान अल्लाह अक्बर इलाहा भन्दै एकोहोरो आवाज गुन्जिरहेको थियो, उठेर झ्यालबाट बाहिर नियालेर हेरेर जिउ तन्काउदा ओर्दा बिहानको चार बजिसकेको थियो, र वासरुम जानलाई तौलिया तयार गरेर ठीक्क के पारेको थिए अनी खै अचानक के कुरा खेल्यो मेरो मनमा र मोबाइलमा वाइफाइ अन गरेर हेरे केही कुनै नोटिफिकेशन हरु छनकी भनेर, फेसबुक र ट्विटरको सय भन्दा धेरै नोटिफिकेसन आएको रहेछ, अनी डिएम मा मेसेज बसेको हरियो सिग्नल देखे, मन कौतुहल भो मेसेजको हरियो सिग्नल देख्ने बित्तिकै डिएम तिर प्रबेश गरे र हेरे, म छक्क परे, असमन्जसन भो, के गरौ के नगरौ भो, खुशी भनौ कि के खै म अक्कनबक्क भएको थिए, बास्तबमा मानौ कुनै आफ्नो मन परेको चिज हराएर पुन धेरै दिनपछी भेटे झै मेरो अनुहारमा चमक छाएको थियो, जुन मेसेज देखेर आज दुई महिना पछी सुक्न लागेको मेरो मनको माझेरिमा फेरी हरियो आशाको दुबो पलाएको थियो, किनकी मलाई यतिधेरै खुशी दिने मेसेज त्यही थियो जुन उस्ले आज गरिकी थिइ र म पक्का भैसकेको थिएकी, यतिका दिनपछी मेसेज उसैको रहेछ, मेसेज एउटा पत्र झै निक्कै लामो रहेछ, मलाई हतार भो केछ यती लामो मेसेजमा कती खेर पढौ र कतिखेर सकौ झै भयो र उत्सुक्ता र खुशीको कौतुहल्ता बिच मैले पत्र झै त्यो लामो मेसेज पढ्न थाले, पत्रमा लेखिएको थियो । 


प्यारो मान्छे ! 

मिठो सम्झना साथै धेरै माया र अनगिनिती स्पर्स हरु पठाएकोछु तिमीलाई, मेरो घरको कौसिको कुर्सिमा म बसिरहदा मलाई छुएर बग्ने हावा हरुको एक झोका आसा छ तिमी भएको ठाउ सम्म मेरो आभास लिएर आउने छ र, तिमीलाई छुएर उ पुन फर्किएर भन्नेछ मलाई, मैले तिम्रो पारीजात लाई छुएर फर्किएकी छु भनेर, र म ढुक्क हुनेछु त्यतिबेला जतिबेला म हरेक बिहानी बार्दलिमा बसेर तातो कफिको बाफ संगै गुनासो गरिरहेको हुनेछु जुन बाफले पनि तिमीलाई छुएर आएको होस, जस्ले जुन बाफ र हावाले तिमीलाई छुएर फर्किनेछ म सम्म र म ति हावाहरुलाई अंकमाल गर्नेछु तब बल्ल म चैनको श्वास फेरेर हरेक दिनको सुरुवात गर्नेछु । 


प्यारु मलाई थाहाछ तिमी लाई सम्बोधन गर्ने कुनै त्यस्ता शब्द हरु मेरा लागि छैनन किन कि तिमीलाई सम्बोधन गर्ने उपनाम हरुको शब्द बुनेर टप्प टिप्पी तिमीलाई पहिरिदिउ तर त्यो हक म संग छैन आज सम्म, तैपनी मेरो आफ्नै मन र जिद्धिले तिमी लाई प्यारो मान्छे र प्यारु भनेर बोलाउने हिम्मत जुटाएकिछु कम्सेकम त्यती भनेर बोलाउने हक त दिन सक्छौनी है प्यारु ? ठिकैछ तिमी दिदैनौ भने पनि म आँफै भन्नेछु त्यो तिमीले चाहेर रोकेर वा बन्देज गरेर मलाई रोक्न पाउने छैनौ किनकी मैले तिम्रो भौतिक शरीर लाई भन्दा तिम्रो हृदयलाई माया गरेकिछु । 


प्यारो मान्छे म तिमी लाई कसरी भनौ मैले यो सहि गर्दैछु कि वा गलत म आँफै छुट्याउन सकिरहेकी छुइन, यो कतिको जायज हो वा नाजायज हो,मैले बुझ्न सकिरहेकी छुइन, जिबनको शुरुवातमा जतिबेला म बैंशालु थिए जतिबेला म बिस, बाइस बर्षको को उमेरको थिए त्यो बेलाको कल्कलौदो ऊमेरमा पनि मैले कसैलाई प्रेम गर्न सकिन नत मैले आभास नै गरे, तर आज जिबनको कयौ घुम्तिहरु पार गर्दै उकाली ओरालिहरुमा अनेकौ भोगाइ हरुसंगै जिबनले यतीधेरै पाठ सिकाइसकेर यतिबेला म तिमी संग  प्रेम पड्दैछु माया पड्दैछु, प्रेम भित्रको अनुभुती पड्दैछु, अझ यसरी भनुँ मेरो मस्तिस्कले र मेरो आँखा भित्र जताततै तिमीलाई पड्दैछु, तिमीलाई पढ्नु भनेको मैले आफुले आफ्नै प्रेम र जिबनको पानाहरु पल्टाइरहेकोछु, म आफुलाई तिमी भित्र अनुभुत गर्दैछु, हिजोको दिन सम्म म मेरो लागि बाच्थे भने आज म तिम्रो लागि बाँच्न थालेकोछु, मलाई थाहाछ यो समुन्द्रपारिको भौतिक दुरीबाट तिमीले कहिलै छुन सक्नेछैनौ, तैपनी तिमीले आफ्नो त्यो पौरुश्ताको कशिलो अंगालोमा बाधेर मेरो हरेक अंगहरुलाई चुमेको अनुभुती गर्दैछु, अनी यो काल्पानिक नै सही तर तिम्रो भावनात्मक हृदयमा बाधिएपछि म पूर्ण नारी हुनुको अर्थ भेट्दैछु, अनी यतिबेला म सोच्दैछु म मेरै महराजको सिउदोको सिन्दुर भएर उसैको भौतिक स्पर्स बाट मैले दुई सन्तानहरुको जन्म दिएकोछु तर पनि सिउदोमा सिन्दुर भर्दैमा र भौतिक स्पर्स र सन्तानको आमा हुँदैमा प्रेम पूर्ण नहुनेरहेछ भनेर यतिबेला बुझ्दैछु, थाहाछैन आज मलाई त्यस्तो के यस्तो मदहोसी पिलायौ र म तिमीलाई एउटा प्रेमको कथा सम्झेर पाना पाना पल्टाएर तिम्रो हृदय पड्दैछु, एउटा सुनौलो सपना पड्दैछु जुन कहिले स्कुलमा पढाईएन ति अनुभब र स्नेहहरु, तर आज खै तिमीले मलाई त्यस्तो के पाठ पढायौ र म तिम्रो हरेक बोलिहरुमा, हरेक तिम्रो भाषाहरुमा तिम्रो हरेक हासोहरुमा, तिमीले लेख्ने हरेक कविताको भाव हरुमा प्रेम गर्दैछु, तिम्रो हरेक अक्षर हरुको व्याकरण हरुमा प्रेम गर्दैछु मानौ अब म तिम्रो हरेक मन भित्रको ढुक्ढुकी लाई र तिम्रो भावना अनी तिम्रो हरेक शब्द शब्दको मायाजालमा परेकोछु, मलाई थाहाछ प्यारु यो सब गलत हो, तर म के गरम मेरो मनले मेरो मस्तिस्कले गलत हो भनेर सुइकार्नै सकिरहेकी छैन, यता बर्सौ देखी विवाह बन्धन को एउटा रथलाई तानिरहेकी छु हाशिखुशी तर आज कयौ बसन्त संगै बिताएको आफ्नै महाराज संग मेरो मन र तन बिस्तारै टुटेर तिमी संग समाहित हुँदैछु मलाई डर लाग्दैछ कतै म जिबनको यो उतार्धमा आएर तिमीलाई प्रेम गरेर गल्ती त गर्दैछुइन, म प्रश्न माथि प्रश्न खडा गरेर उत्तर बिहिन भएकोछु प्यारो मान्छे, र आश गर्छु, बिन्ती छ तिमी संग यि सबैको उत्तर हरु तिमीले मेरो मेसेज हरु पढिसकेपछी पक्कै दिनेछौ भन्ने झिनो आशा गरेकोछु किनकी आशा सिवाय अरु केनै गर्न सक्छुर प्यारो जुन म तिमीले भन्नै पर्छ भनेर कर पनि त गर्न सक्दिन, 


प्यारु तिमी लाई थाहा छ म दुई महिना सम्म तिमी संङ संपर्क बिहिन भएर बस्दा कयौ प्रश्न हरु गरी बसे आफुले आँफैलाई, कयौ नाजवाफ सवाल हरुले आँफैलाई पिडा दिइ बसे, हरेक रात संगैको जिबनसाथी मस्त निन्द्रामा हुँदा म तिम्रै बारेमा सोच्दा सोच्दै आँखा फिटिक्कै झिमिक्क हुन पाएनन, कयौ दिन आँखा बन्द नगरि उज्यालो भयो, शायद यो दुई महिन तिमी मेरो पर्खाइमा वा मेरो यादमा कुनै रात कुनै पल तड्पिएनौ होला तर यता म भने कतिखेर साँझ हुन्छ र अध्यारोको त्यो सन्नटामा आँखा बन्द नगरी तिमी लाई कल्पी रहुँ तिम्रै कल्पनामा उज्यालो बनाउँ मलाई यस्तै हतार हुन्थ्यो महाराज यस्तै हुन्थ्यो, तिमीलाई थाहैछ हामी बिचमा असल मित्रता बाहेक केही छैन भनेर बारबार तिमीलाई खबरदारी गराएर सिमा नाघ्न दीन तर यता म आँफै भने हरेक दिनको तिमी संगको संबादले नजानिदो पाराले तिम्रो बसमा परिसकेको थिए, तिम्रो मायाले मलाई अंगाल्दै थियो, र म अचानक सोच्न पुगे म गलत गर्दैछु मैले यस्तो गर्नु हुन्न भनेर तिमी बाट टाढा हुन्छु भनेर तिमीलाई खबरै नगरि तिमी बाट दुई महिना बेपत्ता हुन कोशीश गरे, तर सोचे जस्तो कहाँ हुनेरहेछ र प्यारु तिमी संङ दुई महिना सम्म बेखबर बस्नु भनेको म आँफैले बन्द कोठाको जेलखानामा कैद गर्नु झै थियो, आफुले आफ्नै मुटु आफ्नै भौतिक शरीरबाट झिकेर छुटाउनु जतिकै थियो, त्यसैले तिम्रो सामु टिएल र स्पेसमा न आएपनी लुकिलुकी आएर तिम्रो टिएल नियालेर पढेर फर्कनु मेरो दैनिकी थियो एउटा खुशी अनी पिडा संङै, र, अन्त्यमा आफ्नै दिल लाई कन्ट्रोल गर्न नसकेर आज यो मेसेज गर्न वाध्य भए, तिम्रो कुन मोहक्ताले तानेर हो कुन्नी म तिम्रो डिएममा नफर्की मलाई धरै भएन, त्यसैले यो मेसेजको अन्त्यमा सोध्न चाहन्छु यदी चाहन्छौ भने मेरो सवाल को जवाफ छोडेर राख्नेछौ भन्ने आशा बच्चाएर राखेछु, प्यारो मान्छे के यो दुई महिनामा म जस्तै तिमी पनि तड्प्यौ ? के मैले झै मेरो टिएल आयोकी भनेर चिहायौ ? के स्पेस तिर आउछ कि भनेर मेरो आवाजको प्रतिक्ष्या गर्यौ ? के मैले गरेको यो आसक्ती तिमीलाई गरेको तिमी प्रतिको प्रेम हो ? यदी हो भने प्रस्ट संङ भन प्यारु मलाई यो अँध्यारो सुरुङ्ग बाट बहिर निकाल बिन्ती छ तिमी लाई कि प्रेम गर्छु भन कि गर्दिन भन एउटा कुरा प्रस्ट भन प्यारु नत्र मलाई यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ, 

मैले धेरै पहिले एउटा कुनै उपन्यासमा पढेकी थिए

सम्झे त माया अमर छ 

बिर्सेंत माया बेकार छ ।। 

साच्चै नै प्यारो मान्छे माया जस्तो सम्झ्यो त्यस्तै नै हुन्छ होला, तर मेरो लागि मेरो माया मेरो प्रेम र मेरो जिबनको श्वास सबै तिमी भएको छौ, त्यसैले यो पत्रको भनौकी मेसेजको अन्त्यमा यस्को बिट मार्दै पुनश्च यदी गलतै भए पनि सपना र कल्पनाको भावसागर बाट तिमी लाई असिमित अशिम माया र न्यानो स्पर्स सहित अन्त्य गर्छु बिदा भए ल, 

उही तिम्रो भन्न नसकेकी तिम्रो भौमान 

तिम्रो नाम बिनाकी तिम्रो कथाकी पात्र बेनाम


पत्र श्वास भरमै कतिबेला सकियो, कती छिटो सकियो मैले पत्तै पाइन, पत्र भनौ कि मेसेजको शब्द शब्दको रस्वादन गर्दागर्दै नघाउदै अत्रिप्त हुँदाहुँदै साचिकै कतिबेला क्ष्यण भरमै पत्र टुङ्गिएको थाहानै पाइन, पत्र पढि सकेपछी मेरो ओठ तालु सबै सुकिरहेको थियो, म के सोच्ने केही मस्तिस्कमा ल्याउने केही सकिरहेको थिन, कतै खुशी त कतै धेरै डर थपिएको थियो मलाई मेरो आफ्नै पैताला मैले टेकेको धर्तिमा थियो वा थिएन मैले केही थाहा पाउन सकिरहेको थीन एकतमासले मनको ढुक्ढुकी बढेको थियो, केही नजानिदो पाराले हातको औंला हरु कापेर नौनारी खत्रक्क गले झै भएको थियो मैले मेरो आँखै अगाडि बली रहेको लाइट लाई पनि देखिरहेको थिन बिल्कुलाई मेरो अगाडि अध्यारो छाएको थियो, जती उ स्पेस र टिएल मा न आउँदा मन आतिएको थियो त्यो भन्दा धेरै उस्को पत्र मेसेज पाए पछी आतिएको थिए के जवाफ दिने के भन्ने के नभन्ने म आँफै अलमलमा परेको थिए म केही सोच्नै सकिरहेको थिन म सोच्दै थिए एउटा प्रेम यस्तो पनि हुनेरहेछ भनेर । 

  


रचना- अर्पण योन्जन (शिरिष)

मिती- २०,भदौ २०७८ 

तदनुसार- ५, सेप्टेम्बर २०२१ 






No comments: