गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, October 8, 2021

कथा- भाग-७, एउटा प्रेम यस्तो पनि |

 

ट्विटरको स्पेस बसाइमा सुरुको दिनमा मनलाग्दी रचनाहरु बाचन र गीत संगितले समय कटाउनी गरेपनी पछील्लो समयमा हामीले रेडियो कार्यक्रम झै नियमित र अनुशासित श्रिङ्गखलाबद्ध बाचन र प्रसारण सुरुगरेका थियौ स्पेसमा, जस्मा जापानमा अध्ययन गर्दै गरेका एकजना भाई बिरोजीले होस्ट गर्नुहुन्थ्यो, हरेक सुक्रबारको दिन हाम्रो बिशेष श्रिङ्गखला नै चल्थ्यो, हरेक हप्ताको सुक्रबारको दिन गीत संगित, गजल, मुक्तक, कविता र पत्र शन्देश अनी छोटाछोटा कथाहरु बाचन गर्थ्यौ हामी, यसरी नियमित र नियमबद्ध स्पेस श्रिङ्गखलामा हामीले लगतार सानेको बा को पत्र श्रिखला दशौ श्रिखला सम्म सफल र रमाइलो तरिकाले सम्पन्न गरेका थियौ, हरेक श्रिङ्गखलामा मेरो पत्रको जवाफ र सानेकी आमाको भूमिकामा चितवन निबासि कलौटिमैयाले साथ दिनुहुन्थ्यो, त्यसपछिका श्रिङ्गखलामा हामीले अन्य पत्र कथा र कविता गजल गितमय बनाउथ्यौ, यसैक्रममा हामीले सत्रौ श्रिङ्गखलासम्म पुर्यायौ भने पन्ध्रौ श्रिङ्खला बाट मैले लेख्दैगरेको एउटा प्रेम यस्तो पनि कथाको भाग भाग गरेर बाचन सुरुगरे, अनी सत्रौ श्रिङ्खलामा म आँफैदुवारा लेखिएको कथाको दोश्रो भाग बाचन गर्ने पालो थियो, त्यसै मुताबिक केही साहित्यिक रचनाहरु साथीहरुले सुनाइसकेपछी कथा बाचन गर्ने मेरो पालो आयो कथा बाचन गरे, दोश्रो भाग सानो र छोटो बिषय बस्तु भएकोले चाडै सकियो, कथामाथी टिप्पणी र हासोमजाकको माहोल बन्यो, केही टिप्पणीहरु यस्तापनी थिए कि टिप्पणीमा भनिएको थियो,कथा अलिक छोटा भएको र अझै लामो हुनेपर्ने सुझाब आयो त्यो मैले पनि महसुस गरे, स्पेसको साथीहरुको प्रसम्सा र टिप्पणी अनी हासोमजाकले कतै खुशी त कतै लज्जाबोध गराउथ्यो मलाई, तर जेहोस म जस्तो सानोतिनो लेख्न र सुनाउन मन पराउने मान्छेको लागि वहाँहरुको प्रसम्सा र हासोमजाकले मलाई अझै केही लेख्ने जिम्मेवारी र उर्जा थपिएको थियो र थपिदैथियो, स्पेसको सुरुवाती दिन कयौ स्पेसहरुमा बस्यौ र सुन्यौ सुनायौ पनि, तर मैले छुटाउनै नहुने नाम र स्पेसहरु थिए जस्ले मलाई सुरुदेखी नै परिचय दिलाउन मुख्य भूमिका निर्भाह गरे, ति थिए, टिआर अर्घाखाँची र ब्रीष बहादुर रोकायको स्पेस महत्वपूर्ण रहयो, अनी मेरो रचना हरुमा उर्जा भर्नेहरुमा मैले छुटाउनै नहुने केही नाम हरुपनी थिए जस्ले मलाई उर्जा मात्रै भरेरनन वहाँहरुले हरेक हप्ता सुनेर मलाई हौसला प्रधान गर्दै हरेक हप्ता हाजिर जनाउनुहुन्थ्यो र वहाँहरु थिए, रास्ट्रीयनानी, अप्सरा पन्त, सोभ न्यौपाने, यात्री जि, करुणा केसी, राधापियारी, जग्गु तिवारी, प्रकाश घिमिरे, पवन ठटाल, सोबित पन्त र पछील्लो समय चन्द्र प्रसाइ चन्द्रमा, जयन्ती शर्मा, कन्चन पोख्रेल, सबिन केसि आदी धेरै, मैले नाम सम्झना सकेका वा नसकेका कयौ स्पेस प्रयोगकर्ता हरुले प्रत्यक्ष्य र अप्रत्यक्ष्य हौसला र उर्जा थपिदिनुभएको थियो,यसरी नै स्पेस को बसाइ र लेखन यात्राले मेरो गोरेटो समाएको होकी भन्ने महसुस हुनथालेको थियो मलाई,


आजको सत्रौ शृङ्खला साहित्यिक बसाइ लग्भग कथामाथिको टिप्पणी र हासोमजाकले बिट मार्दै हामी अन्त्यतिर आइसकेका थियौ, यसैक्रममा डिएममा मलाई नितान्त नौलो अन्जान नामको मेसेज आयो, मेसेजमा औपचारिकता पोखिएर लिखिएको थियो, सर नम्स्कार ! आजको तपाईंको कथा र प्रस्तुती सुन्ने सुनौलो मौका मिल्यो, म तपाईं जस्तो श्रस्टाको रचना सुन्न पाउनु मेरो अहोभाग्य हो, साचिकै हृदय देखी मैले भन्नै पर्छ कि तपाईंको लेखाइ र प्रस्तुतिको म बिग फ्यान भए, धन्यवाद सर तपाईं लाई यतिमिठो प्रस्तुतिको लागि, यता साथीहरुको रचना बाचन हुँदै थियो भने म चै त्यो अप्रत्यासित अन्जान ह्यान्डल बाट आएको मेसेज पड्दै अचम्म मानिरहेको थिए, म सोच्दै थिए को होला यो मान्छे जस्ले मलाई आफ्नो परिचय लुकाएर प्रसम्सा गरिरहेकोछ, म एकछिन त सोच मग्न भए, कस्ले गरेको हो मैले केही ठम्याउनै सकिन, अनी फेरी लामो श्वास तानेर सोचे कतै आफ्नो परिचय लुकाएर हुंडार ह्यान्डलबाट मेरो मन चोर्नलाई उनैत आकी होइनन? मैले प्रश्न गरे आँफैभित्र, किनकी आठ नौ महिना पहिले स्पेस सुरु हुँदा मेरो कविता बाचन सकिएपछी उस्ले पनि यसरी नै र यस्तै मेसेज गरेर मेरो निम्ती प्रसम्साको लामो शब्दहरु खर्छ गरेकिथिन, र उस्को औपचारिकता निभाउने तरिका र आज आएको मेसेजको बेहोराको प्रक्रिती ठ्याइकै उस्तै थियो, मैले तिनै कुरालाई लख काटेर केही छोटो र सटिक जवाफ मात्रै फर्काए, हस हजुरलाई यो हौसलाको लागि मुरिमुरी धन्यवाद, मैले उता स्पेस चलिरहदा यता उस्को जवाफ फर्काएको थिए, यताबाट मेरो मेसेज जाने बित्तिकै उस्ले पनि मेसेज हेरेको सिग्नल देखियो र तुरुन्त अर्को मेसेज आयो, सर एउटा कुरा सोधौ है ? मैले जवाफ फर्काए सोध्नुहोस्न, उस्ले उताबाट पुन सर्त राख्दै अर्को प्रश्न गरी, ओके म सोध्छु तर नरिसाइ साचो भन्नुहोस् है ल, उस्को आग्रह थियो बिनम्रको साथ, मैले हासेको इमोजी पठाएँ, मेरो हासेको इमोजी लगतै पुन उस्को मेसेज आयो, सर किन हास्नु भएको ? खोइत मेरो उत्तर त दिनुभएनत ? मैले पुन जवाफ फर्काए कस्तो उत्तर ? उता बाट उस्तै लगतार सवाल जवाफ गर्न थालिन, मैले हजुरलाई केही कुरा सोध्ने अनुमती मागेको थिए तर तपाईंले त केही जवाफ नै दिनुभएनत ? मैले जवाफ फर्काए ओके ठीक छ के सोध्नु हुन्छ सोध्नुहोस, उस्को प्रश्न को लागि अनुमती दिदै मैले उनैलाई सम्झिरहेको थिए जस्ले मलाई प्रश्न हरुको ओइरो लगाएर बेपत्त भएकी थिन, कतै उनि नैपो हुन्की भन्ने लख काट्दै थिए, उताबाट मेसेज आयो सर हजुरले कसैलाई प्रेम गर्नुहुन्छ हो, मैले नसोचेको र मेरो कल्पना बाहिरको अनौठो प्रश्न थियो यो उस्को, उस्को प्रश्नमा खास गम्भिर्ता त देखाइन मैले तरपनी प्रश्न आँफैमा नौलो र सपना जस्तै थियो, त्यसैले मैले आफुलाई सम्हाल्दै पुन हासेको इमोजी मात्रै सेन्ड गरेर सिम्बोलिक उत्तर दिए, उत्तर न छ भन्ने थियो, नत छैन भन्नेनै थियो, दुइअर्थी लगाउने मेरो उत्तरले शायद उस्लाई चिढ्याएको हुनुपर्छ, त्यसैले उताबाट रिसाएको जस्तो रातो इमोजी पठाएर आफ्नो भाव ब्यक्त गरी, साचिकै हाम्रो लामो समय पछीको अन्तरलालमा सुरुवाती दिनको झै उस्तै सवाल जवाफ हुँदैथियो, जसरी डिएममा पहिलो पल्ट हामीले गरेका थियौ, त्यसैले पनि पक्कै उनै हुनुपर्छ भन्दै सोच्दै थिए, तैपनी पुन आँफैले प्रश्न गरे किन र हजुर सोध्नु भएको, मेरो मेसेज उता पुग्न नपाउदै सवाल सहितको जवाफ आयो, मेरो प्रश्न को जवाफ यो होइन सर, मैले बस यती मात्रै सोध्न खोजेको हो तपाईं प्रेममा हुनुहुन्छ कि हुन्न भनेर, मैले जवाफ दिए, छैन, छोटो एउटै वाक्यको जवाफ थियो मेरो र मैले पुन उसैलाई प्रश्न गरे, किन सोध्नुभएकोनी ? मेरो प्रश्नको उत्तर दिदै मेसेज रिप्लाई गरिन हैन तपाईंको कथा सुनेपछी प्रेममा हुनुहुन्छ कि भनेर संका गरे मैले, उस्को संका थियो, मैले पुन जवाफ फर्काए साहित्य यस्तै हुन्छन, पड्दा वा सुन्दा लेखक स्वयमले भोगेका जस्तै, तर सबै कृति वा रचना लेखकको आफ्नै भोगाइ हुँदैनन केही अपबाद बाहेक, साहित्य भनेकै भावना हुन कल्पनाको सागर हुन, जती परिकल्पनामा डुब्न सक्यो जती अक्ष्यरलाई शब्दमा खेलाउन सक्यो उतिनै जिबन्त हुन्छन, पड्दा र सुन्दा हेर्दा साचिकै झै लाग्छन, तर सबै कथा काहानी लेखकको आफ्नै हुँदैनन, ति कतिपय आफ्नै त, कतीपय अरुको देखेर सुनेर वा कल्पना गरेर श्रीजना गरिन्छन, आज मैले जुन कथा सुनाइरहेकोछु जस्लाई तपाईंहरु जस्ता शुभेक्छुक र हौसला प्रधान गर्ने हरुको साथ सपोर्ट र आत्मियताले गर्दा यो कथा हैन आज कसैको जिबन्त प्रेम काहानी उपन्यास बनेर उभिने प्रयत्न गर्दैछ, बस हौसला मिलेकोछ, उर्जा मिलेकोछ अनी तपाईंहरुको फुर्काइले जिम्मेवारि  बढेकोछ, कि मैले केही गर्नैपर्छ, केही लेख्नैपर्छ, बस यतिनै हो र यसरी नै लेखेर सुनाउने प्रयत्न गरिरहेकोछु हरेक हप्ता, मैले लामो जवाफ फर्काए,


जस्ले मलाई प्रेमको प्रश्न र जवाफ बिहिनी बनाएर छोडेर लापता भएकी थिन, जसरी कुहिरोमा सयौको यात्रु बोकेर हवाइजहाजको कक्पिट बेपत्ता हुन्छ, त्यसरी नै मेरो मन मस्तिस्क र हृदयको र्याडर देखी सम्बन्ध बिच्छेद भएर हराएको पनि आज महिनौ बित्यो, तैपनी उनी आज सम्म कुनै खोज खबर बोकेर फर्किएर आइनन, अनी सम्बन्ध र प्रेम आत्मियता छोटो होस या लामो, मिठो होस या तितो, आखिर जस्तो भएपनी याद त यादै हुदोरहेछ, आजको अपरिचित ब्यक्तिको प्रश्न गराइले पुन मलाई उस्को सम्झना गर्नबाट वाध्य पारेकोछ, पुन उस्लाई सम्झना कर लागेकोछ, शायद त्यसैले होला मन भित्र केही उकुशमुकुस अनुभुती भयो, अनी अपरिचित र नयाँ ह्यान्ड्डल भएकोले होला यता डिएमको त्यो नयाँ र अपरिचित ब्यक्तिको खासै वास्ता नगरि म टिएल तिर गएर तिनै पुरानो दिनको उस्को बिम्ब कल्पना गर्दै ट्विट गरे, ट्विटमा यस्तो लेखे, तिमी कोहौ थाहाछैन, तिम्रो आक्रिती कस्तोछ थाहाछैन, तीन महिना अगाडि स्पेसमा सुनेको बाहेक तिम्रो आवाज कस्तोछ त्योपनी थाहाछैन, तरपनी कहिलेकाही अल्छि र आलस्यताले गाजेर भावनाहरु मुर्झाएकोबेला तिमीले दिने हौसला, सल्लाह, सुझाब, र प्रेरणा हरुले पनि केही उर्जा थपिदिन्थ्यो र पुन लेख्ने कोशीस गर्थे, भावनाहरु कल्पना हरु अक्ष्यरहरुलाई शब्द सँग साट्ने गर्थे, मानौ कि मेरो लेखनयात्राको लागि तिमी एउटा असल शेर्पा थियौ, दक्ष्य गाइड् थियौ र साहित्यिक यात्राहरु देखाइ रहयौ अनी त्यो तिमीले देखाएको पथहरुलाई मैले मनको सुमेरु पर्बत सम्म पुराएर सन्जीवनी बुटी खोजेर ल्याउने र मेरो हातको औली मार्फत कलम र मसी अनी कम्प्युटरको कि बोर्डहरुमा जिबन भरिरहन्थ्यौ साँच्चिकै तिमी मेरो जिबनको एउटा नजानिदो सहयात्री थियौ अनी कृष्ण को सुधामा झै थियौ, त्यसैले पनि तिमी आज जहाँछौ जस्तो अवस्थामा छौ, जस्तोसुकै परिस्थितीमा छौ सबै ठिकै र कुशल मंगल छौ भन्दै तिमीलाई मुरिमुरी धन्यवाद अन्जान मान्छे, अनी सँधै उच्चस्थानमा राख्न पाउँ तिमीलाई । 


मैले ट्विट गरेको साठी सेकेन्ड पनि हुन नपाउदै तिनै अपरिचित ब्यक्तिले मेरो डिएममा मेरो तिनै भर्खरै पोस्ट गरेको ट्विट् सेयर गरी र भनी, सर ! तपाईं झुट बोल्दै हुनुहुन्छ, तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, कसैको मोहमा हुनुहुन्छ, किनकी तपाईंको हृदय रोएको शब्द बनेर ट्विटरको भित्ताभरी पोखिदैछ, अनी बुज्दछु यस्तो कुरा किनकी तपाईं जस्तै प्रेममा डुबेर आधा मुटु चिरा पारेर हरेक रात आशुले सिरानी भिझाउने मान्छे म पनि हुँँ, त्यसैले प्रेममा बिछोड हुँदा होस् या खटपट हुँदा हरेक प्रेमिल जोडीहरुलाई यस्तै भावहरु आउछन, छरिन्छन, पोखिन्छन, सामाजिक सन्जालका भित्ता भरी, अनी रुन्छन धित मरुन्जेल एकान्त वा अध्यारो कुना खोजेर, यहाँ सम्मकी साचो हृदयले प्रेम गर्नेहरु आफु रुएर भएपनी मन शान्त पार्न खोज्छन,यदी सकेनन भने अन्तिम बिकल्प भनेको बाथरुमको बन्द कोठा भित्र गएर भएपनी आफुलाई लुकाउछन र रुन्छन, चिच्याउछन, कहालिन्छन, र आफुलाई शान्त पार्छन, यो मैले बुझेकोछु, किनकी म पनि आँफैले गरेको प्रेम देखी पटकपटक रुएकोछु अनी यस्तै अँध्यारो ठाउँहरु खोजेर आशु झारेर आफुलाई शितल र हलुका बनाएकोछु, जिबन देखी कयौपटक हरेश खानुपरेकोछ, त्यसैले पनि म बुझ्छु तपाईंको कथाको पात्र वा साहित्य जे भन्नुहोस ति सबै तपाईंको निजी भोगाइ हुन, म यो ठोकुवा गरेर भन्न सक्छु, त्यो अपरिचित मान्छे कती चाडै मेरो वालमा गएर मेरो ट्विट पढ्न भ्याएर पनि यतिधेरै ट्विटको बिसयमा बिस्लेसण गर्न भ्याइछिन, उस्को यो रफ्तार देखेर कतै अचम्म त कतौ अनौठो लागिरहेको थियो मलाई, अनी भित्रभित्रै कतै उनी नै पो हुन्की भनेर अझ बढी मनमा संका पलाउदै थियो, अनी मैले उस्को यो लामो टिप्पणी पछी पुन उस्तै कुनै नाजवाफ हुँदै सिर्फ हासेको र छक्क परेको सिम्बोलिक इमोजी पठाएर उत्तर दिए शायद उस्ले मेरो इमोजिको भाव बुझी सकेको हुनुपर्छ, उताबाट उस्ले पनि हासेकै इमोजी पठाउदै अर्को मेसेज गरिन, सर प्राय साहित्यकार हरु यस्तै हुन्छन, कित भाबुक र सेन्सेटिभ हुन्छन, कित घामड र ज्याद्रा हुन्छन, तिनिहरुलाई न काडाले घोच्छ नत घामले पोल्छ नत आगोले नै पोल्छ, यदी घोच्छ त केवल प्रेमको काडाहरुले घोच्छ कित पागलपन ले पोल्छ, त्यसैले त यस्ता स्वभावका मान्छेहरु कवी नत्र उपन्यासकार र कथाकार बनेका हुन्छन, नत्र त यि पागलहरु त्यसै कहाँ कवी बन्छन र, मेसेज संगसंगै हासेर लजाएको इमोजी पठाइन,


उस्को मेसेज पढिसकेर कुनैपनी प्रतिक्रीया नदीकिन म सोच मग्नभए, म सोच्दैथिए यतिबेला अपरिचित मान्छे भएर पनि किन यतिधेरै भावहरु ब्यक्त गरिरहेकोहोला म संग्ग, आखिर उ के भन्न चाहन्छ, के सुनाउन चाहन्छ, माथिको उस्को मेसेज पुन सर्सर्ती पढ्न मन लाग्यो र गएर दोराएर सबै मेसेजहरु पढे, अनी फेरी उस्तै सोचमै डुब्न थाले म, कथाको एउटा भाग सुनेर प्रभावित भएकी थिन वा उ साच्चिकै पिडामा छिन, साच्चिकै उ भित्रभित्रै जलेर खाग बनेकिछिन वा ग्रस्त मनस्थितिले गाजेर थिलाथिला परेकिछिन, उ केही भन्न चाहन्थ्यो केही सुनाउन चाहन्थ्यो र आफ्नो मन भित्र गूम्सिएको काहानी सुनाएर आफ्नो मन मस्तिक र शरीर लाई हलुका बनाउन चाहन्थ्यो, उस्को मेसेज पड्दा यस्तो लाग्थ्योकी उस्ले आफुले चाहेको प्यारो र प्रीय ब्यक्ती सँधैलाई गुमाएकिछिन, उस्लाई थाहाछ, जस्लाई उनी माया गर्थी आज उनै टाढा भएकोछ, उस्को माया बाट, प्रेम बाट, र भौतिक शरीर र दुरिबाट पनि टाढा भएकोछ सँधैलाई र उस्लाई त्यो पिडा भुलाउन निक्कै गाह्रो भएकोछ, पिडा भएकोछ, उस्को मुटु छातीभित्र क्ष्यतबिक्ष्यत भएर च्यातिएकोछ, जो कहिले नपुरिने वा नटालिने गरेर, र तिनै बिछोड र धोकाको पिडा सुनाएर आफ्नो मन मनै भित्र दबिएको रोदन कसैको समु पोखेर गहभरी आशु झारेर उ आफुलाई शान्त पार्न खोजिरहेकोछ, त्यसैले उस्ले एउटा कथाको भरमै मेरो प्रेम भएको वा नभएको लख काट्न पुगी, अनी आफ्नो प्रेममा आफुले पनि धोका खाएर बिछिप्त बनिसकेको जानकारी दीन, यसरी उस्को बारेमा गम्भिर भएर सोच्दा सोच्दै उस्ले आफ्नै रफ्तारमा आफ्नै गतिमा उ मलाई लगतार मेसेज गरिरहेकी रहेछिन, सोच्दा सोच्दै डिएमा भरी कतिधेरै मेसेजको ओइरो  लगाइछिन, पुन म झसंग झस्कदै उस्को मेसेज पढ्न थाले, मेसेजमा लेखिएको थियो, 


सर, जिबन एउटा बुझी नसक्नु सागर रहेछ, सागर पनि के भनुम योत अझ महासागर नै रहेछ, जुनबेला देखी बाल्यकाल सकेर आफुले आँफैलाई होस सम्हाल्न सक्ने भए त्यो बेला देखी आज सम्म जिबन देख्दैछु, भोग्दैछु तर जिबन न कहिले उत्तार्धमा पुग्यो, न कहिलै मध्यान्न नै भयो न कहिले यो भोगाइहरु समाप्त नै भए, तर आज सम्म जती यो जिबनलाई भोगे उतिनै झन भाष लाग्न थालयो, झन गहिरो लाग्न थालयो, जिन्दगीलाई बुझ्दाबुझ्दै झनझन दिनदिनै महासागर तिर धकेले झै प्रतित हुन थालयो, हुनत यो इश्वरको देन वा लीला नै होला जब सम्म जिबन रहन्छ जिन्दगीले केहीन केही नाटक गरिरहन्छ, अनी त्यो नाटकको किरायदार हामी आँफैले निभाइ रहनुपर्छ र, प्रिथिबिको यती ठुलो सन्सारलाइ रंगमन्च हामीले सम्झिनु पर्ने रहेछ, बाँकी त एकअर्काको दर्शक रहेछौ, जो हामी हरेक दिन अलग अलग किरायदारमा नयाँ नयाँ प्रस्तुती दीरहन्छौ, अझ यसरी भनौ कि जिबनको नाटक मृत्‍यु पर्यन्त आर्यघाटमा जल्दा पनि नाटकनै रहेछ, शायद त्यसैलेत होला, एउटा मरेको लास माथि कोही घोप्टिएर रोइ रहेका हुन्छन, त कोही डाको छोडेर छाती पिटेर रुन्छन, अनी कोही बिहेको जन्ती झै लावालस्कर लागेर लासको पछीपछी राम नाम सत्य हो भन्दै धान गहु मकै सिलाजौ पलजौ अक्ष्यतापाती टिका र पैसा बाटभरी फ्याक्दै आर्यघाटा पुराएर चित माथि चढाएर दागबत्ती दिन्छन अनी जलिरहेको लास हेर्दै सबैजना जिबन र मृत्‍युको व्याख्या र सास्वत जिबन जगतको पुराण सुनाउछन, एउटा लास जलेर खरानी भएर राख भएर सकिदै चिताबाट निस्किएको धुवा आकाश तर्फ फुस्स उडिरहदा बाँकी सबै रमिता हेरिरहन्छन भने आखिर ति पनित नाटकैत हुन, बस फरक यतिहोकी कुनै प्रस्तुती सुखद र शान्ता शितल मिठा हुन्छन भने कुनै प्रस्तुतिहरु जिबन भर भुल्न नसकिने गरेर असफल हुन्छौ, जुन एउटा खराब कथाको चलचित्र जस्तै फ्लप हुन्छन अनी तिनै असफल फ्लप कथाले सँधै झस्काइ रहन्छ, पोलिरहन्छ, दुखिरहन्छ, कहिले नमेटिने नभुल्ने र बिर्सन नसक्ने गरेर, साच्चैनै हिजो जिबन कती सुन्दर थियो, जुनबेला न कुनै चिन्ता न कुनै पारिवारिक जिम्मेवारी, न कुनै सामाजिक दावित्व, बस रुइ दियो आफुले चाहेको सबै कुरा प्राप्त हुन्थ्यो, थोरै र अलिकतिको झगडाले रुवाइले मिठा मिठा खाने कुरा पाइन्थ्यो, मन लागेको लाउन पाइन्थ्यो, मनलागेको खेलाउन चलाऊन पाइन्थ्यो, जहाँ जान्छु, जे गर्छु, जसो गर्छु सोचेको चाहेको सबैकुरा गर्न पाइन्थ्यो र जिबन सुन्दर थियो, अनी जब बयस्क भएर कयौ सपना देख्न थालियो, कयौ इच्छा रहर खेलाउन थालियो जिबनको चारैतिर रंगिन फुल हरु फुले झै झन ति सपना रहर इच्छा आकाङ्क्ष्या हरु जिबन सुन्दरै सुन्दर भएर आयो, यस्तो कल्कलाउदो र रहर लाग्दो उमेर जब शरिरको हरेक अंगहरुको बिकास हुँदै जादैगर्दा झन रहस्यमय र झनझन सुन्दर प्रक्रिती लाग्न थालयो, शायद उमेर नै त्यस्तै भएर होकी आफु भित्रै हरेक अंगहरु नियालेर हेर्दा आँफैलाई लज्जा र काउकुती लागेर आउथ्यो, अनी जब प्रेममा परियो झन जिबन सुन्दर र हराभरा भएर आएको बसन्त झै लाग्न थाल्यो, एकाएक किशोर अवस्थामा पलाएको त्यो खुशी प्रेमको आगमन पछी जती सुन्दर लाग्थ्यो उतिउती जिबन साचिकैनै मिठा र स्वर्ग झै प्रतित हुन्थ्यो,सोच्दै नसोचेको मोडमा पनि जिबनको खुशी हरु पुग्ने रहेछन, तर प्रेममा डुबेर पाएको खुशीमा जब तुसारापात हुन्छ, जब धोका र बैमानी हुन्छ, प्रेममा प्रेम लाई हैन, आत्मालाई हैन, तन लाई छुन खोजिन्छ, शरीर भोग्ने अभिप्राय सिर्जिन्छ, तब यसरी त्यो बैसालु उमेरमा पलाएको त्यो प्रेमालु खुशी एकाएक शिशिरको आगमन पछी मुर्झाएको त्यो पालुवा जस्तै उजाड र उराठ लाग्दो रहेछ, जिबनको हरेक पाइला पाइलामा धोका, दु:ख पिडा रोदन आशु सिवाय केही बाँकी बच्ने रहेनछ, हो मैले पनि कसैलाई प्रेम गरेको थिए गर्थे तर ति दिनहरु मेरो जिबनको कालो धब्बा भएकाछन, एउटा तितो पल भएकोछ, म भित्रको खुशी एकाएक खोसिएकोछ, मेरो इच्छा रहर सपना सबै बसाइ सरेर बिरानो भएकाछन, अहिले म साचिकै नितान्त सिउदो पखालिएको कुनै अबला नारी झै बेरंगी भएकोछु, पलाएको हरियो चिउला लुछेर ठुटी रुख जस्तै बिरुप भएकोछु, मैले उस्लाई चोखो हृदयले गरेको निस्वार्थ प्रेमको सजाय पाएकोछु जहाँ अदालतले सजाय नसुनाएको कैदी जस्तै लाचार भएकोछु, आखिर हिजो सपना बोकेर घर खेत आगन गाउ बेशी मेला पर्ब गाउदै नाच्दै उफ्रदै हिंड्ने स्वतन्त्र चरी जस्तै एकाएक पखेटा काटिएको पिन्जडाको चरी जस्तै भएकोछु, प्रेम मिठो हैन साचिकै यो तितो र बिसालु हुनेरहेछ, यस्ले न जिबन जिउन दिन्छ न मर्न नै दिन्छ, चितामा जलाउन ठीक्क पारेको लास को श्वास फर्किएर फर्किएको जिबन जस्तै बिटुलो हुनेरहेछ, हो आज मलाई जस्तो भएकोछ, तपाईंको कथा सुनिरहदा मलाई पनि तपाईं प्रती त्यस्तै अनुभुती भयो, थाहा छैन मलाई हामी एक अर्कामा कोहौ केहौ बिना परिचय आज यती धेरै आफ्नो मनको मैलो र केही भाडास हरु पोखेर आफुलाई कुन चै त्यस्तो सितल बनाउने प्रयत्न गर्दैछु, तपाईं भित्र केछ त्यस्तो कुन्नी सबै तपाईं समु आफ्नो मनको बह पोखाएर आफुलाई चिसो बनाउने कोशीस गर्दैछु,


सरसर्ती उस्को मेसेजहरु सबै पढि भ्याए मैले, पढिसकेर कुनै प्रतिकृया जनाइन यो पल्ट, यतिबेला मलाई उस्को मेसेजको भनाइहरुले सोच्दासोच्दै चक्कर लागेको जस्तो भएको थियो, आफुले आफ्नै मुटु भित्र कुनै अन्जान प्रकृयाले असहज महसुस भएको थियो, कुनै हिमालको कठिन ठाउमा अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएजस्तै भएको थियो, छातीको दाँया र बाँया दुबै कुनामा जोड जोडले कसैले मेरो छाती थिछेको जस्तो भएको थियो, मुटुमा कुनै भारिचिजले थिचेझै बोझिलो बनेर दुखिरहेको थियो, एउटा अन्जान मान्छेले कसरी यसरी आफ्नो निजी ब्यक्तिगत कुरो भन्न सक्छ म सोचिरहेको थिए, ल मानौ उस्लाई त्यो सबै घटना घटेको होस, उस्ले प्रेममा धोका खाएको होस, आफुले चाहेको जस्तो जिबनसाथी वा आफ्नो प्रेमी नपाएकोहोस, तर यो सबै उस्ले मलाई यसरी सामाजिक सन्जालको जाबो एउटा स्पेसमा सुनेकै भरमा आएर सुनाउन पर्ने त्यस्तो कारण नै के थियो, जस्ले उस्लाई पुगेको आघात माथि म बाट कुनै सहानुभुति वा सहयोग पुगोस, मैले केही ठम्याउनै सकिन, आखिर उ उस्को सबै जिबनी वा अतित सुनाएर के साबित गर्न चाहन्थी वा म बाट के हासिल गर्न चाहन्थी, र लगतार उ मेरो डिएममा भावबिहल भएर एउटा भावनामा नदी झै बगी रहेकिछे, बगिरहेकिछे, उस्को यो काहानीले म आफ्नै प्रेम भुलिरहेको थिए, उस्को यो आफ्नै जिबनमा घटेको कथा सुन्दा सुन्दै म आफुलाई नै त्यो उस्को कथा भित्रको पात्र पाउन थाले कि ! त्यो पात्र मै हुँँ झै भान हुनथालेको थियो, म पनि उस्को भावनामै डुब्न थालेछु, र सोच्दैथिए कि तीन महिन अगाडि मात्रै प्रेमको आसाय पोखेर बेपत्ता बनेकी उ आज मेरो सामु उल्टै मलाई नै दोश लगाएर मलाई धोकेबाज अपराधी घोसित गरेर उस्ले म बाट भोगेको दु:ख पिडा र कस्ट उस्को काहानी सुनाए झै प्रतित भैरहेको थियो, उस्को मेसेज भित्र म आफुलाई नै हराएर सोच्न थालेछु,

 

यतिकैमा मोबाइलको रिङ्ग बज्यो, फोन रिसिभ गरे, उताबाट हेलो दाई नमस्कार सञ्चै हुनुहुन्छ भनेर आयो, मैले पनि नमस्कार फर्काउदै अँ सञ्चैछु, छोटो उत्तर दिए, त्यो हाम्रै कम्पनिको नेपाली ड्राइभर भाईको फोन रहेछ, उताबाट उ भन्दैथियो, दाई हजुर युनिफर्म लगाएर ठीक्क परेर बस्नुहोस म लिन आउँदैछु, बिस मिनेटमा आइपुग्छु है हजुर बाहिर सेक्युरिटी गेटमा निस्किएर बस्नुहोला, उस्को कुरा सकिने बित्तिकै मैले भने भाई मेरो त नाइट डिउटिछ जान सक्दिन मात्रै के भनेको थिए उताबाट उस्को जवाफ आयो दाई त्योत मलाई खै थाहा भएन तर मलाई मेनेजरले तपाईंलाई लिएर आउनु भनेकोछ, अर्जेन्ट छ छिटो तपाईंलाई लिएर आइज भनेकोले म यताबाट गाडी लिएर निस्किने बित्तिकै तपाईंलाई कल गरेको ठीक्क भएर बस्न भन्नुलाई, यतिभनेर उस्ले कल काटिदियो, मलाई भर्खरै त्यो मेसेजहरुले डुबाएर सोच्न वाध्य बनाएको बेला, पुन अर्को फोन कल आएर झन तनाब बनायो, सोचे किनहोला केकोलागी यति हतार गरेर मलाई रेडी हुन भन्यो, के काम परेछ अफिसमा, कि कुनै गल्तिपो गरेको थिएकी झनै तनाब थपीदियो मलाई,जेहोस् हतारहतार गरेर बाथरुम गएर नुहाइओरी आएर युनिफर्म लगाएर बाहिर सेक्युरिटी गेट सम्म जानलाई तयार भए लगत्तै फेरी अर्को कल आयो कल त्यही अघी कल गर्ने ड्राइभर को रहेछ, मैले कल उठाए पुन, दाई म बाहिर गेटमा आइपुगे तपाईं तयार हुनुभो, मलाई प्रश्न थियो उस्को, उस्को प्रश्न गराइ र हतारोपन देख्दा कुनै केही अनिस्ट भएकोछ वा मैले काम बिगारेकोछु आज अफिसमा र यतिहतास भएर बोल्दैछ उ, मैले पनि हतास भएर यस्तै सोचे, मनभरी केके तनाब हुने कुरा खेलाउदै हतारहतार बाहिर गेटमा निस्किए, गाडी आइपुगेर पार्किङमा कुरिरहेको रहेछ, गाडीभित्र छिरे र सिटमा बसे, सिटबेल्ट बाधेर ड्राइभरलाई भने के काम पर्‍यो भाई यती हतारो गरेर बोलाएको मलाई, केही कुरा चुहाइपो हाल्छ कि उस्ले भनेर प्रश्न गरे, खै दाई छिटो लिएर आइज मात्रै भन्यो, उ अन्जान बनेर उत्तर दियो, उ बाट कुनै कुरा चुहिने छाटकाट देखिन र यता आफुलाई भने अर्काको देशमा कुनै काम समयमा सकिएन र कुनै काम बिग्रेको भए कुनै वार्निङ्ग लेटरपो थमाइ दिने होकी, अर्काको देशमा सबैको सामु बेइजत पो हुने होकी भनेर मनमनै सताइ रहयो, तर आफ्नो मन भित्रको तनाब ड्राइभर लाई नदेखाइ आफुलाई कुनै डर नभएको बहाना गर्दै केचै भएछत मुले हरुले किन बोलाएछ हतारमा, तिनिहरुलाई थाहा थिएनर मेरो नाइट डिउटी छ दिउसो आराम गर्नुपर्छ भनेर, भन्दै आफुले आँफैलाई ठुलो पल्टिएको भाव पोखे र पुन भने आ जे भएपनी कामै बिग्रेको रहेछ भने पनि प्लेन को टिकट काटेर टर्मिनेसन नै गरेछ भने पनि आफ्नो घर जानेहोनी केको डर हौ, फेरी आफ्नो तनाब कम गर्नलाई उस्को अगाडि थोरै भडास पोखे जस्तो देखाए, ड्राइभर चुपचाप केही नभनी उ आफ्नै सुरमा गाडी एकतामासले १२० को गतिमा हुइकाइ रहेको थियो, गर्दागर्दै हामी अफिस पुग्यौ, अफिसको नजिक पुगेपछी झनझन तनाब बढ्न थाल्यो, आफ्नो मनलाई सम्हाल्दै अफिस भित्र छिरे ड्राइभरले गाडी पार्किङ् गराउन भवनको पछाडि लाग्यो, म भने अफिसको तल्लो तलामा प्रबेश गरे कोही थिएन, तल्लो फ्ल्याट सबै खाली थियो, अनी मनमा अनेकौ कुरा खेलाउदै मास्लो फ्लाट तर्फ खुट्टा उचाले, भर्र्याङ्ग को केही खुट्किला पार गर्दै दोश्रो फ्लाटमा पनि पुगे त्यहा पनि कसैलाई देखिन, अचम्म लाग्यो कस्ले किन र केका लागि पठाएको केही पत्तो नै पाउन सकिरहेको थीन, यतिकैमा अफिसमा चिया कफी बनाउने अफिस ब्वाइ भाईलाई देखे, केछ बाबु खबर ,सञ्चै छौ तिमी ? मैले सोधे सन्चैछु दाइ, उस्ले नमस्ते गर्दै मुसुक्क हासेर जवाफ फर्कायो, अनी पुन मैले सोधे भाई यहाँ अफिसमा मलाई कस्ले बोलाएको खोइत कोही पनि देख्दिनत प्रश्न गरे, उस्ले अघिको झै हाँस्दै जवाफ फर्कायो, सबैजना मिटिङ्ग रुममा छन दाई तपाईंलाई नै पर्खिरहेकोछन छिटो भित्र जानुहोस, उस्ले भनी नभ्याउदै म झन डराउदै मिटिङ्ग रुमको ढोका नकनक गर्दै excuse me भन्दै ढोकाको ह्यान्ड्ल लाई समाएर बिस्तारै भित्र प्रबेश गरे, मिटिङ रुम अँध्यारो थियो, म छिर्ने बित्तिकै पटटट आवाज आउँदै ढ्याम्म एउटा ठुलो आवाज सहित केही फुटेको आवाज आयो म एकपल्ट त झस्किए पनि, तर अचानक सबैले बत्ती बालेर happy birthday to you Parijat happy birthday to you भन्दै ताली पररर बजाएर मलाई स्वागत गरे, मेरो शरीर भरी रंगिन फुल र प्लास्टिकका मसिना धुलोहरु छरिए बत्तिहरु झालक र झुलुक बले, म छक्क परे एकछिनत, यहाँ के भैरहेकोछ केही पत्तै पाउन सकिन, तर मलाई हतार हतार गरेर बोलाएर उठाएर ल्याउनको कारण त बल्लपो थाहा पाए, अफिसको सबै स्टाफ र कम्पनिको मालिक सहित मलाई सरप्राइज दिन ल्याइेको रहेछ, सबैले जन्म दिनको शुभकामना दिए, जन्म दिनको केक काट्न लगाइयो, सबैलाई केक खुवाए मैले पालैपालो, यो सरप्राइजले केही भाबुक पनि बनायो र केही खुशी पनि बनायो, पर्देशमा गल्ती हुँदा वर्निङ लेटर देखी ट्रमिनेसन लेटर मात्रै होइन यसरी सरप्राइज खुशी पनि पाइदो रहेछ अहिले सोच्दै म खुशी भएकोछु, जन्म दिनको केक काटेर सेलिब्रेसन मनाइसकेर कम्पनिको मालिक बाट एउटा सेतो खाम भित्र खै के राखेर हातमा राखिदिदै हात मिलाएर भन्दै गयो, Congratulations Mr, Parijat ! We Appreciating to the company of your work, you have been promoted. i wish you success in the days to come and success in our business as well as happy birthday.  खाम समाउदै मैले पनि सबैलाई धन्यवाद दिए भने, It's my big pleasure A heartflet thank you to the owner of my company for wishing me a happy birthday today and for giving me the new opprotunity to demonstrate and serve me the responsibility of another job by believing in me and my work. त्यसपछी मैले सबैको सामु त्यो सेतो बन्द खाम खोलेर देखाए त्यस भित्र मैले कम्पनिमा रहेर गरेको कामको प्रसम्सा सहितको मेरो नयाँ कामको प्रमोसन पत्र र यहाँको पाँच हजार साउदी रियल मेरो बक्सिस स्वरुप रहेछ, पुन सबैले एकपल्ट परररर ताली बजाए, यतिकैमा सबैले बधाई दिदै बाहिरिदै थिए, र म पनि सबैको प्रसम्सा खाएर पुन ड्राइभर संग पुन रुम फर्किए, बाट भरी मेरो मनभित्र खुशीको कुनै सिमा रहेन, अघी भर्खरै मात्रै जादा केही गल्तिपो भएछकी भन्दै डराउदै गएको मान्छे अहिले मनभरी र अनुहार भरी खुशी लिएर फर्किदै थिए, त्यो खुशीको कुनै सिमा थिएन ममा, यतिकैमा पर्स बाट सय रियल निकालेर ड्राइभरलाई बक्सिस दिदै भाई धन्यवाद है भने, ड्राइभर भाईले केही अफ्ठ्यारो महसुस गर्दै त्यो सयको नोट समायो र भन्दैथियो पर्ने थिएन दाई, मैले कर गर्दै उस्को हातैमा थमाइ दिए, उ पनि खुशी भएको भाव देखे उस्को अनुहारमा , अघी जादा अत्यास लाग्दो र लामो पट्यार लाग्दो लागेको बाटो अहिले थाहै नपाई छोटिएको महसुस भएको थियो मलाई, र त्यो आज पाएको अप्रत्यासी खुशी संगै कतिखेर रुम पुगेर बेडमा डङ्ग्लङ्ग पल्टिए र जादा र आउँदाको थकित अवस्था अनी आज अचानक मिलेको त्यो खुशीले दङ्दास् हुँदै कतिबेला निदाए थाहा नै पाइन,



रचना- अर्पण योन्जन (शिरिष) 

मिती- २१ र २२ असोज २०७८ 

तदनुसार- ७ र ८ अक्टोबर २०२१

No comments: