हिजोको कम्पनिले दिएको सरप्राइज मेरो जन्म दिनको सेलिब्रेसन र एकैचोटी मेरो जागिरको पद्दोन्नतीको सरप्राइज को खुशी अनी जादा आउँदा दुई घण्टाको लामो यात्राले गर्दा थाकेर बेलुकी कतिबेला निदाएछु थाहै पाइन, अहिले बिहान जब मेरो झ्यालको सानो खिड्किनिबाट बाहिरको सुर्यको किरणको प्रकाश भित्र मेरो कोठामा छिरेर मेरो शिरानी हुँदै मेरो आँखामा ठोकिन आइपुग्दा मात्रै बल्ल बिहान भएको थाहा पाए, जिउलाई तन्काउदै टेबलमा राखेको सानो घडीलाई हेरे बिहानको सात बजिसकेको रहेछ, त्यसपछी उठेर झ्यालको अरु बाँकी पर्दा पनि हटाएर रुमलाइ पुरै उज्यालो बनाए, पूर्वमा पारी क्षितिजमा सुर्य जुन जुलाइको मध्य गर्मिलाई पार गरेर अक्टोबर महिनाको दोश्रो हप्ता तिर प्रबेश गर्दै गर्दा बिस्तारै सुर्य पनि आकाशमा कलिलो हुन लाग्दैथियो,सँधाझै बिहानै सुर्य चर्किएको थिएन, शायद अब बितेको दुई महिना अघिसम्मको मात्रै प्रचन्ड गर्मी र ह्युमिडिटी अब केही नरम र केही मलिनो हुन लागेको थियो, शायद अब बीस्तारै हिउद लागेको संकेत गर्दैथियो सुर्यको मलिन्ता र पारीलो मौसमले, बाहिरको हलुका चिसो हावा र चराहरुको मसिनो चिरबिर गर्ने आवाज हरुले, यसरी बिहानै सुर्यको किरण मलिनो हुनु चराचुरुङ्गी कराउनु अनी बाहिर कम्पनिको केटाहरु ब्याड मिन्टन र भलिबल खेल्दै गरेको देख्दा त्यो स्फुर्तिमा घरदेशमा पनि हिउद पलाउदै गएको अनुभुती र नजिकै दसैं तिहार आउँदैगरेको आभास दिलाउथ्यो, हामी बस्ने बिल्डिङको अगाडिपट्टी भलिबल र बास्केट्बल खेल्ने कोर्ट थियो, त्यहा सबैजना खेल्दै थिए भने कोही चै जिउ मर्काउदै बिहानैको ब्यायाम गर्दै उफ्रदै र कम्मर मर्काउदै होहल्ला गर्दै थिए, म भने अझै पनि उठेर बेडमै बसेर मोबाइल बाट दसैं भित्रीदै गरेको आभासमा मालाश्रीको धुन सुन्न मन लागेर युट्युबमा धुन खोजेर बजाउदै भित्तामा पुन सिरानीको अडेसा लगाएर मन्त्रमुग्ध भैरहेकोथिए, मालाश्री धुन बजिरहेको थियो, म आँखा चिम्म गरेर घरमै पुगेको कल्पनामा चुर्लुम्म डुबेको थिए, यसरी आँखा चिम्लिएर एकाग्रतामा हराउदा म भने बाल्यकालको बर्सौ अघिको दसैं तिहार नजिकिदै गर्दाको रौनक्तामा हराउदै थिए, पुन एकपल्ट त्यही समयमा डुल्दै थिए, आहा कती सुन्दर समय थियो, कती स्वच्छ हावापानी र बातवरण थियो, गाउँघरमा अहिले जस्तो त त र म म गरेर कसैमा दुश्मनी वा इर्श्या डाहा झै झगडा हुन्नथ्यो चाहे हामी जुनसुकै जातिधर्मका भए पनि गाउघर छरछिमेकमा नातागोता साईनो लगाएर हास्ने बोल्ने चलन थियो, न कसैलाई कसैको डर हुन्थ्यो, न कसैलाई कसैको बैमनस्यता र रिस राग नै हुन्थ्यो, साच्चै भन्ने हो भने त्यो बेलाको समाज इस्टमित्र आफन्त छिमेकी सम्झिदा आजपनी त्यो समयको लोभ लागेर आउछ, तर अहिले समय संगै गाउ छिमेकको त के कुरा गर्नु आफ्नै एउटै पेटबाट जन्मिएका दाजुभाइ दिदिबहिनी भित्र पनि दुस्मनी र इर्श्या बाहेक केही छैन शायद यो बद्लिदो समय र भौतिक बिकासको बिलासिता र चरमउपयोगीताले पनि होला ।
उ बेला जब बर्षा ऋतु सकिएर शरद ऋतु प्रबेश गर्दै गर्दा बारीभरी फुलेको कोदोको फुलले दसैं नजिकैदै गरेको आभास दिन्थ्यो, बेलाउती पाकेर मगमग बास्ना आउँदा दसैंकै झल्को दिन्थ्यो, घर आँगनको डिलभरी मक्खमली र सयपत्रीको मसिनो र सुन्दर कोपिलाहरु बयस्क हुनैलाग्द र घर पछाडिको गल्लिको बाटको डिलभरी कात्ला र भित्तामा उभिएका रातै फुलेका लालुपाते फुलहरुले पनि दसैं नै भित्रीदै गरेको संकेत दिन्थ्यो, जब अन्नबाली र फलफुल हरुले दसैंको संकेत गर्थ्यो अनी घटास्थापना को दिन देखी नौरथाको सुरुवातबाट गाउभरिको मान्छेहरु भेला भएर स्कुल बाटोघाटो चौतारो हरु सफाइ गर्ने बाटको दुबैछेउमा पलाएको झार बोटबिरुवा काटेर बाटोघाटो सफा पर्ने चलन थियो, हरेकको घरको आईमाई केटाकेटिहरु घर सिङार्न लाई सेतो माटो रातो माटो, गेरु रङको माटो र कालो माटोको खानि खनेर बोक्नेको लर्को नै लाग्थ्यो, र बीस्तारै सबैको घर घरमा दुलही झै चिटिक्क घरलाइ सिङार्ने काम हुन्थ्यो, जब घर सिङार्ने काम अन्तिम तिर आइपुग्थ्यो तब गाउँको युवाहरु रातभरी लिङ्गे पिङको लठारो बाट्नलाई बाबियो काटेर ल्याएर रातभर लगाएर बाट्थे र लठारो तयार पार्थे र लठारो बाटिसकेपछी गाउको कसैको बाँसहुने हरुकोमा गएर बास काटेर ल्याएर फुलपातिको दिन पूजा आजा गरेर लिङ्गे पिङको लिङ्गोलाई टिको लगाएर पूजा गरेर पिङ ठड्याउने चनल थियो, र गाउको बुढापाका नत्र कन्याकुमारि बालिका बाट पिङको उध्घाटन गराइन्थ्यो, अलिक सक्ने हरुलेचै जंगलमा गएर सालको काठ काटेर ल्याएर रोटे पिङ बनाउने चलन थियो, साच्चैनै त्यो समयलाई सम्झिने हो भने आजको हाम्रो समय जस्तो होइन कि, त्योबेलाको चोखो पवित्र र पापरहितको स्वर्ग झै महसुस हुन्थ्यो, त्योबेलाको भाईचारा अपनत्व र आत्मियता अहिलेको समाज र युवा पिढिमा कहाँ बाट पाइयोस र, एकाबिहानै मालाश्रीको धुन र बाहिरको घमाइलोपनले दसैं भित्रीएको कल्पना गर्दागर्दै मत निकै पर अतितमापो पुगिसकेछु, आँखा चिम्लिएर मस्त त्यो समय संगै मिठो कल्पनामा हराएछु, एक्कासी ल कफी पिउने होइन सर भन्दै रुमको पार्टनर भाईले कफी र ब्रेड लिएर आउँदा मात्रै झसँग भएर पुन आँखा खोल्दै जिउ तन्काउदै भने, ओहो भाई कतिछिटो हो, मत अझै बेडमैपो छु, हिजोको थकाईले गर्दा आज अलिक अबेलासम्म निदाएछु, भाईले जवाफ फर्कायो, केही फरक पर्दैन सर आज बिदा होनी हाम्रो, आरामले बीस्तारै उठे पनि भयोनी, कहापो जानुछर, फर्साइलो पाराले भाईले उत्तर दियो, हुनपनी हो आजको दिन कतै जानु थिएन न अफिस न कुनै टेन्सन बीस्तारै उठे पनि हुन्छ, हप्ताभरिमा आज मात्रै त हो आराम गर्न पाउने पनि मैले जवाफ फर्काए, हुनत आज बिदाको दिन मात्रै होइन म प्राय डिउटी जाने दिनपनी घडीको आलाराम बजेर पनि उठ्नै जागर गर्दिनथिए अझै एकछिन सुत्न पाएपनी हुन्थ्यो झै गर्थे, तर मेरो रुमपार्टनर भाई भने सँधै उस्लाई बिहानै चार बजेतिरनै उठेर हातमुख धुएर नास्ता तयार गरेर चिया कफी बनाएर पाँच बजिसक्दा चिया कफी र नास्ता बनाएर पनि म बेडमा सुतेकै अव्स्थामा ल्याइ पुर्याइसक्थ्यो साचिकै जागरिलो र फुर्तिलो थियो उ, परदेशमा त चार बजे देखी उठेर तढकभडक गर्ने मान्छे झन आफ्नो घरमा त आईमाई केटाकेटिलाई सुत्नै दिन्न होला जस्तो लाग्थ्यो मलाई चै, भाईले टेबलमा कफी र फ्रान्च तोस बनाएर ल्याएको ब्रेड राख्दै भन्यो ल सर फेरी सेलाउछ उठ्नुहोस् अब खाउ भन्यो, मैले भने हैन मत बेडमैछु हातमुख धुएर आउछु है तपाईं खाँदै गर्नुहोस भने तर भाईले पुन ठट्टा गर्दै भन्यो फेरी, आ.. सर केकोलागी धुने होर, रातभरी कतै गाको होइन क्यारे, हात आफ्नै हो मुख आफ्नै हो, खाएर पछी धुए पनि हुन्छ भन्दै खितितिती हस्यो, मैले पनि लाज पचाउदै भने होत ? ल खाउनत उसोभए मैले आफ्नो सरम लाई लुकाउदै कफी र ब्रेड खान थाले, बिहानैको ताजा कफी पिउदै बेडमा बसेर मस्त हुनुत शायद घरमा श्रीमतिले पनि यतिको सुखत दिदैन होला हौ भाई भनेर जिस्काए किनकी म बेडमै हुँदा उस्ले हरेक दिन कफी र नास्ता बनाएर ल्याइसकेको हुन्छ अनी त्यो लबस्तरो पनलाई लुकाउन म उस्लाई श्रीमती भन्दा पनि राम्रो जागरिलो हुनुहुन्छ भनेर फुर्काउदै आफ्नै सरम छोप्ने कोशीस गर्दै थिए, भाई फेरी एकपल्ट गललल हास्यो, भाई बुटवल तिरको मगर केटो रे साह्रै सिधा र मिजसिलो छ, सँधै जागरिलो, र मलाई केही गर्नै दिदैन थियो, भन्थ्यो आ... सर हजुर बस्नुहोस् यती जाबो काम त म आँफै सकिहाल्छु नि भन्दै अगाडि आँफै गर्न तम्सिने, अफिसमा पनि मेरो हरेक कामलाई सघाउथ्यो, उ चै हाम्रो अफिसको अफिस ब्वाइ थियो तर सबैले मन पराउथ्यो उस्लाई, सानो होचो छोटो कदको मगरको छोरो साचिकै जागरिलो फर्साइलो र हलुका र सफा मन को थियो, अफिसमा पनि सबैलाई रिझाएर काम गरेरै सबैको प्यारो थियो उ, सबैको प्यारो र काम रिझाएरै आफ्नो तनखा महिनाको पच्चिस सय पुराएको थियो उस्ले, नत्र प्राय जसो हरेक कम्पनिमा अफिस ब्वाइको तलब सात सय रियल देखी बार सय रियल सम्म मात्रै हुने गर्छ, उस्को काम र मेहनत ले यो प्रमाणित गरेको थियोकी मान्छेको लागि यदी कोही प्यारो हुन्छ भने उस्को ब्यक्ती संग होइन ब्यक्तिको काम संग प्यारो हुन्छ भन्ने प्रमाणित गरेको थियो, दुबैजनाले गफ गर्दै नास्ता र कफी खाइसक्यौ ।
यतिकैमा मेरो मोबाइलमा मेसेजको नोटिफिकेशन आयो, मोबाइल हेरे ट्विटरको डिएमा मा मेसेज आएकोरहेछ, डिएम उही हिजोको अन्जान मान्छेको मेसेज रहेछ, मेसेजमा थियो शुभप्रभात सर अनी शुभप्रभात लेखिएको अक्ष्यर संगैको लाइनमा कफिको कप, स्टिकर र फुल अनी हातको नमस्ते गरेको स्टिकर पनि संगै पठाएको थियो, शुभप्रभात हजुर ! मैले जवाफ पनि फर्काए, मेरो उत्तर पुग्ने बित्तिकै पुन अर्को मेसेज आयो, सञ्चै हुनुहुन्छ, मैले जवाफ फर्काए ,हजुर सञ्चैछुत, हजुरलाई कस्तोछ नि ? मैले पनि औपचारिकता पुरा गरे, उताबाट पुन जवाफ आयो, सञ्चै भनुम अहिलेसम्मत बाचिएकैछ, हरेस खाएर मर्न पनि त नसकिने, उस्को निरास लाग्दो जवाफ थियो, उस्को जवाफलाइ पुन मैले अर्को प्रश्न तेर्साए किननी हजुर यती निरास त्यो पनि यती बिहानै, मेरो मेसेज जतिछिटो उता पुग्थ्यो त्यतीनै छिटो जवाफ आउथ्यो, कहाँ बिहान हुनु एघार बज्न लागि सक्यो यहाँ त, खानपिन गरेर घरधन्दा सकेर एकछिन आराम गरेर बसिरा हो,उस्को जवाफ आउन भाउदा नभ्याउदै अर्को प्रश्न गरी ए साची सर कुन ठाउमा रे अहिले। उस्ले उत्सुक्ता ब्यक्त गरी, उस्को प्रश्नमा मुसुक्क हासेको इमोजी पठाउदै मैले भने गरीबहरु कहाँ जान्छन, हजुर लाई थाहाछ, उस्ले जवाफ फर्काइ खै कहाँ कहाँ जान्छन, मलाईत थाहा भएनत सर, यती जान्ने भएत म यहाँ नेपालमा कहाँ हुन्थेर सर, उस्को ठट्टा सहितको उत्तर थियो, पुन मैले उस्कै जवाफलाइ समातेर अर्को प्रश्न पठाएँ कहाँ हुनुहुन्थ्योर तपाईं, के चन्द्रमामा पुग्नुहुन्थ्यो, मैले छक्क परेको र हासेको दुइटा इमोजी पठाउदै भने, हाम्रो संबाद निकै लामो चल्ला जस्तो छ, हामी दुबैको संबादले केही रहस्य र र केही रमाइलोपन थपिदैथियो, यतिकैमा उस्ले फेरी पुरानै प्रश्न दोराउदै भनी खोइत मेरो प्रश्नको जवाफ त आएनत, कि हामीलाई भन्नु हुन्न र ? भन्न नहुने हो भनेत ठिकैछ भन्नु नभन्नु तपाईंको बिचराको कुरा हो, मैले त सोद्नुथियो सोधी दिए बस यतिनै हो तर मन नदुखाउनुहोस् है के के सोधी यस्ले भनेर, उस्को कुरा गराइको शैलिमा उनी नारी पात्र थिन अनी सवाल केही घुर्काइमा, उस्को घुर्काइमा लाग्थ्यो हामी धेरैपहिले देखिको घनिस्ट साथीहौ, त्यसैले उ मलाई निर्धक्क भएर घुर्काएको शैलिमा उत्तर खोजिरहेकी थिन, धेरै प्रश्न उत्तर नगरनुहोस् है नत्र फेरी पछी गाह्रो होला, मैले हासोमै उत्तर पठाएँ, उनिपनी केकम, बुझेर पनि नबुझे झै होकी वा नबुझेरै अर्को जवाफ फर्काइ कस्तो गाह्रो होर, छोटो सवाल अनी सवाल जस्तै छोटो उत्तर फर्काए मायाको, साथै हासेको र लाजएको दुइटा इमोजी पनि पठाएँ, उस्ले त्यो इमोजिको खासै ख्याल गरिन जस्तै लाग्यो र पुन सोधी मायाको ? अनी कस्लाई नि तपाईंलाई कि मलाई, मैले जवाफ दिए, दुबैलाइ, उताबाट हासेको इमोजी आयो हाहाहा.. मैले पनि हासेकै इमोजी पठाएँ हाहाहा, दुबैको हासेको इमोजी पछी दुबैतर्फ केहीछिन मौनता छायो, उताबाट उस्ले पनि केही मेसेज पठाइनन, मैले पनि केही पठाइन, म उतैबाट केही आवोस भन्ने चाहन्थे, केहीछिन मेसेज को पर्खाइमा बसे, तर दशपन्द्र मिनेट कुर्दा पनि मेसेज आएन, त्यसैले उठेर अबचै वासरुम छिरेर नुहाउनुपर्यो भन्दै के उठ्न मात्रै लागेको थिए पुन अर्को मेसेज आयो, सरि है, मेसेज गर्न ढिलो भयो, उस्को मेसेज आको देख्ने बित्तिकै फेरी रोकिएर उस्को मेसेज पढे,अनी सोधे मैले पनि, अनी कता हराउनुभाकोनी यत्रोबेर ? यतिका कुर्दा पनि आउनुभएन अनी मत अफ हुन लागेको थिए, है ? उस्ले जिस्काउने भावमा है मात्रै पठाइ अनी मैले पनि उम भनेर जवाफ फर्काए, फेरी उस्ले केही भाव फेर्दै बोली केको उम नि खुरुक्क नबोलेर, अनी फेरी हाहाहा, यो उम, है, हाहाहा मा निकै आत्मिय र रोचक संबाद महसुस गरिरहेको थिए मैले, मानौ धेरैपहिले देखी परिचित छौ हामी दुबै, तपाईंले मलाई मोहनी लगाउनु भएजस्तोछ, मेरो सब्जी नै डड्यो अनी फेरी हासेको इमोजी हाहाहा, अघी मैले भनेकैत होनि,गारो पर्ला है भनेर, विश्वाश नै गर्नुभएन, कस्तो लाग्योत हामी गफिएको धेरै भएकोछैन तर तपाईं मेरै कारण ले सब्जी नै डडाउने भैसक्नुभो, मैले हासेको इमोजी पठाउदै भने,होलाहोला खुब, उस्ले आत्मिय पोखी, किन होइनत बाँदर केही असहज हुँदै जवाफ फर्काए मैले पनि, लगत्तै जवाफ आयो को बाँदर नि म कि तपाईं, ? मलाई यो बाँदर भनेको मन पर्दैन है अहिलेनै भन्देकोछु, बरु भौमान भन्नुहोस्न है उस्को त्यो बाँदर सम्बोधन संग थोरै आपत्ति र केही मायालु आग्रह थियो, हस आज देखी हजुरलाई भौमान नै भने खुश, मैले प्रश्न गरे, ओ एम जि,उस्ले अचम्म मान्दै उत्तर फर्काइन, तर मैले गरेको अहिलेको सम्बोधन्ले भने उस्को मुटुमै छुएको महसुस गरे, किनकी ओ एम जि भनेर उ त्यो सम्बोधन संग निकट्ता महसुस गर्दै लजाएको जस्तो महसुस गरेको थिए मैले, उस्को ओ एम जि पछी अरु कुनै मेसेज आउछकी भनेर कुरे तर पाच मिनेट बितिसक्दा पनि मेसेज आएन, मेसेज न आएपछी म पुन दोश्रो पल्ट बाथरुमा जानलाई तौलिया र साबुन टुथ्पेस्ट तयार गर्न लागे, मोबाइल चार्जमा राख्दै बाहिर निस्कन मात्रै के लागेको थिए पुन अर्को मेसेज आयो, ओ हेलो हजुर अफ हुनुभाको कि कता बिजी हुनुहुन्छ, त्यो दिन खै मलाई पनि के भएको थियो कि उस्को मेसेज आउने बित्तिकै नुहाउन जान लागेको मान्छे पनि रोकिएर पुन उस्को मेसेजको जवाफ फर्काएको थिए, हजुर, हैन म यतैछु हजुरलाई नै कुर्दै बरु तपाईंपो कता हराउनुभो, मेरो जवाफ जाने बितिकै उताबाट पुन सरि भन्दै मेसेज गरी, मैले ल ल भोभो सरि भन्नुपर्दैन, मित्रतामा नो सरि न एक्स्क्युज ओके, मैले आफ्नो राय राखे, उस्ले उताबाट हस भन्दै हातको औलाको थम्सप पठाउदै भनिन, हजुरको समय कस्तोछ, डिस्टर्ब पो गरेकी सरि है, उस्को मेसेज लगतै मैले रिसाएको भावमा उत्तर फर्काए, फेरी सरि ? अघिनै मैले भनेको हैन नो सरी नो एक्स्क्युज भनेर, अनी फेरी किननी यो केकोलागी हो सरि चै, उताबाट हासेको इमोजी पठाउदै भनिन, त्यस्तो होइन, मित्रतामा सरि नै माग्नुपर्ने नभए पनि औपचारिकता त निभाउनै पर्योनी होइनर ? प्रश्न गरी, मैले अँ होला खोइ मलाई त थाहा छैन, अलीक अन्जान रुखो र घुर्काएको शैलिमा जवाफ फर्काए, रिस त नाकको टुप्पो मै छ कि क्याहो, साहित्यकार हरुत रिसाउदैनन भनेको सुनेको थिएत, हाहाहा, फेरी हाँस्दै मलाई फुर्काउन खोजी, लगतै मैले जवाफ दिए, त्यैत साहित्यकार हरु त मान्छे नै होइन, उनिहरुत ढुङ्गा का हुन अनी कहाँ रिस उठ्छ र है भौमान, लगत्तै फेरी जवाफ केरे केरे फेरी भन्नुहोस्त, उस्को म माथिको प्रश्न थियो वा उत्सुक्ता मैले केही बुझ्न सकिन, त्यसैले लाटो जवाफ फर्काए अनी केत, मेरो छोटो अनुतरित शब्दले उ अचम्मित भएको इमोजी पठाउदै भनिन होइन होइन, मेरो आसाय त्यो हैन, हजुरले कती मिठो तरिकाले भौमान भनेकोले मज्जा लागेर सोधेको फेरी, उस्को कुरा टुङिन नपाउदै पुन मैले जवाफ फर्काए, ल अनी अघी भर्खर मात्रै बाँदर नभन्नु मलाई भौमान भन्नु भाको हैन आँफैले, मैले अन्जान बनेर प्रश्न गरे, हो, त्यही भएरत तपाईंको मुखबाट सुन्दा कस्तो आनन्द आयो, एक पल्ट फेरी भन्नुहोस्न प्लिज, उस्को अनुरोध संगै मैले छोटो उत्तर दिए फेरी, ओके भौमान खुश, उस्ले उम गर्दै मुटुको इमोजी पठाइन, मैले जिस्किदै ठट्टाको पारामा अर्को बाण हाने धेरै यो मुटुको इमोजी पठाउने होइन है मत अर्काको सम्पत्ति होनी, उनिपनी के कम, जवाफ तुरुन्तै फर्काइ हालिन, म पनि त अर्कैको सम्पत्ति हुँ नि, म चै कुन चै ब्यापिरिले बैना नमारेको खजना हुँँ र ? गललल हासोको इमोजी फेरी दुबैजना हाहाहा, यतिकैमा उस्ले भनी साची म एउटा कुरा सोधुम हजुरलाई, एउटा होइन दुइटा सोध्नुहोस किनकी मेरो उत्तर दिने डायरीमा एउटा मात्र प्रश्नको जवाफ छैन, ठट्टा गर्दै म कुरालाई लम्ब्याउन चाहन्थे, किनकी मलाई उ संग संबाद निकै रमाइलो लाग्दैथियो, लगतै उस्को जवाफ आयो, है, कुरा गर्न त कस्ले सकोस हजुर लाई, कवी न पर्नुभो, हाहाहा, हाँस्दै उस्ले भनी ओके म सोध्छु तर टार्न वा झुट बोल्न नपाई हैत, मैले हुन्छ हस भनिदिए, पुन उस्ले प्रश्न गरी, हजुर नढाटी भन्नुहोस्त हजुरको राधा छकी छैन, ? मलाई उस्को यो सवाल अनौठो लाग्यो, र उल्टै प्रतिप्रश्न गर्न मन लाग्यो उस्को प्रश्न संग, कस्तो राधा, म कोही राधा त चिन्दिन, मैले अन्जान बन्दै कुरोलाई लम्ब्याउन र खोतल्न लागे, उताबाट उस्ले जवाफ फर्काइ, कठै म बिचरा, हजुरले राधा भनेको बन्दै बुझ्नुहुन्न है, कती सोझो मान्छे के हजुरत, कुलो र पानी दुबैलाइ बङाएर हासिया जस्तै बनाउने, ब्यङ्य गरी, मैले छोटो जवाफ फर्काए, हो भन्या मैले बुझिन के कस्तो राधा, को राधा, उता बाट आस्चर्य मान्दै कसम राधा भनेको हजुरले नबुझ्नु भाकै होत, मैले उस्ले सोध्न खोजेको कुरा बुझिसकेको थिए, तैपनी अन्जान बनेर म भन्दै थिए, कि म उसैको मुख बाट कुरा ओकलौ भनेर, होके मैले बुझिन, हामी दुबैजना कुरा गर्दैगरेको बिचमा अचानक राधा भनेर सोध्नुभो मैले बुझिन के, अलिक बढीनै सोजोपना देखाए मैले, उस्ले उता बाट पुन बोली, ओके मैले सोध्न खोजेको राधा चै हजुरको कुनै प्रेमिका छकी छैन राधा के राधा, कृष्ण जि को राधा के, गोकुलको राधा बुद्धु, लामो हासो फेरी, हाहाहा, मैले लामो श्वास तानेको भावमा भने ओ गड कुरो त्यस्तोपो, म सोझोलाई केथाहा त नि यस्तो कुरो, कठै साह्रै सोजो नी, हजुर, खुब मेरै मुखबाट ओकल्न लाग्नु भा हैन, मैले नबुज्या जस्तो, उस्ले कुरा पैलै बुझिसकेकी रहिछे, मैले उस्लाई पंगु बनाए भन्ठानेकोत उल्टै उस्ले नै पो मलाई पंगु बनाएर अन्जान बनेर बेलिबिस्तारमा सोद्धै रैछे, मनमनै काउकुती लाग्यो मलाई, अनी मैले पुन जवाफ दिदै आफुलाई र उस्लाई हामी दुबैलाइ छल्न खोजे, आजसम्म जिन्दगीमा गोपिनी कस्तो हुन्छ थाहा छैन, झन राधा त हुने कुरैभएन, त्यसैले घरमा एउटी रुक्मिणी छे बस, मेरो जिबनको रुक्मिणी राधा मिरा गोपिनी जे भने पनि तिनै हुन, मैले थोरै सालीन उत्तर दिन के खोजेको थिए, उस्ले उताबाट जवाफ फर्काइ हालिन, खुब मलाई ठीक्क पार्नुहुन्छ हैन, अझ कविता र हजुरको पत्र कथा सुनिसकेपछी कती डिएम आउदो होलान गोपिनिहरुको अझ राधा छैन रे, उस्को जिज्ञासा र भनाइमा कतै उनी म प्रती प्रेममा पो परिन कि जस्तो भाव महसुस भएको थियो मलाई, कथा बाचन सकिएपछी सबैले गरेको टिप्पणीमा पनि बिशेष गरेर महिला दिदिबहिनीहरुले दिनुभएको टिप्पणीमा उस्लाई कताकता जलन भएको महसुस गरे मैले, किनकी उस्को प्रश्नहरु र जवाफहरुमा बिस्तारै उ म भित्र समाहित हुँदै गरेको प्रेमिल गन्ध आउथ्यो, मलाई के भनौ भनौ भो, अलिक केही असहज र अफ्ठ्यारो हुँदै सोधे मैले पुन, तर हजुरले सोध्नु भाको चै किन नि ? आज होइन कुनै दिन भनौला, मेरो प्रश्नको जवाफ दिदै मेरो कौतुहल लाई अधुरो छोडि, तर अब भने म हरेको उस्को कुरा गराइमा आनन्द महसुस गर्दैथिए, मैले उस्लाई मेरो मेसेज छोडेर बेपत्ता हुने निस्ठुरी अन्जान बिम्ब देख्न थाले र उस्को शब्द शब्दको प्रतिक्ष्या गर्न थाले, मानौ म कुनै अबोध बालकले भोकाएको बेला आफ्नो आमाको स्तनपान कुरे झै, मलाई उस्को हरेक कुरा गराइले एकातिर तान्दै थियो भने अर्को तिर दिनको १२ बज्न लाग्द पनि मैले ब्रस सम्म नगरि उसै संग गफिएर बस्दै थिए, बाथरुम जानलाई पनि अर्को मनले हतारिदै थियो, तैपनी खै उस्को कुन चै त्यस्तो चुम्बकीय सक्तिले लगतार उनैतिर तानिरहेको थियो, म गफीदै गए, हामी दुबैजना गफिदागफिदै बिहानको समय गएको पत्तै भएनछ, अचानक रुमको साथीले किचेनबाट खाना बनाइसकेर भित्र आएर तौलियाले सरिरको पसिना पूछ्दै भन्यो, हैन आज नुहाउने बिचार छैन कि क्याहो, मान्छे त अझै मोबाइलमै पो रैछत, म उस्को अनुहार हेरेर अलिकती लाज लुकाउदै फिस्स हासेर टारिदिए, मलाई उस्को भनाइको ब्यङ्य भन्दा त्यो अन्जान मान्छे संगको च्याटले तानिरहेको थियो, आनद दीरहेको थियो, त्यो बेला समयको ख्याल र उस्ले जिस्काएको भाव भन्दा पनि उल्टै मलाई डिस्टर्ब गरेको महसुस भएको थियो र मन मनै भने ह्य के बोलिरहेको होला, आज मलाई पहिलो चोटि अरुकसैको एउटा च्याटको केही घण्टाको संबादले बर्सौ देखी संगै बसेको साथी अर्गेलो महसुस भएको थियो, पुन अघिको जस्तै निक्कैबेर उस्को मेसेज आएन, मलाई अत्यास भो, दुई तीन चोटि हेलो हेलो हाइ लेखे कुनै जवाफ आएन र मेसेज सिन गरेको हरियो सिग्नल पनि देखिएन, त्यसपछी अब चै पक्कै उ अफ भैहोलि भन्ने सोचे, तर अफ भए पनि त कम्सेकम बाइ त भनेर जानुपर्छ, यत्रोबेर बोलेर एकपल्ट जान्छु गए है बाइ सम्म पनि नभनी गै, अलिकती रिस पनि उठ्यो मलाई, मैले पनि नेट बन्द गरेर मोबाइल लाई चार्जमा राखेर नुहाउन बाहिर निस्किए,
घन्टौ सम्मको हाम्रो हाम्रो च्याटिङ्ग संबाद पछी जब उ अफ भएर सवाल जवाफहरु आउन बन्दभयो, अनी चै, अब आउदिनन होला भनेर म श्यामपु टुथपेस्ट ब्रस र तौलिया लिएर बाथरुम नुहाउन छिरे, बाथरुम बाट नुहाइसकेर पुन रुम फर्किए, यतिन्जेल सम्म दिनको साँढे बार्ह बजाइ सकेको थियो, साथी बेडमा पल्टिएर युट्युबमा गीत सुन्दै रहेछ, म भित्र छिर्ने बित्तिकै साथीले बेडबाट उठेर हाँस्दै भन्यो, मोबाइलमा अझै बस्नै छकी खाना खाने अब, बिहान कहिले बेडमा अबेला सम्म नबस्ने मान्छे आजत बेडमै एघार बजाउनुभयो कतै माल भेटउनु भयोकी केहो, उस्ले जिस्काउदै भन्यो, मलाई मनमा अलिकती चोट पर्यो, चाहे आफ्नै घरको श्रीमती किन नहोस वा बाहिरको कुनै महिला साथी, मलाई कुनैपनी छोरीमान्छे वा महिला मित्रलाई माल भनेर कसैले बोलाएको वा भनेको मन पर्दैन, त्यसैले टार्दै भने त्यस्तो होइन, एउटा साथी हुनुहुन्थ्यो लामो समय देखी भेट भएको थिएन आज फेसबुक मार्फत भेट भयो र कुरा लम्बियो, दुबैको खोजखबर गर्दागर्दै समय गएको पत्तै भएन, मैले त्यो माल भनेको शब्दलाई टार्दै झुट बोले साथी हो भनेर, दिनको मध्यान्य सम्म खाना खनलाई मलाई कुरेर बस्नुपर्दा साथीलाई निक्कै नै भोक लागिसकेको थियो, शायद अलिअली त् उस्लाई भित्र भित्रै रिस उठेको पनि हुनुपर्छ, किनकी घरको श्रीमतीले झै बिहानै उठेर चिया नास्ता कफी बनाएर, बेडमै ल्याइदिनुछ, अझ खाना पनि बनाएर ठीक्क पार्नुछ अनी उल्टै भोक लागेको समयमा खान पनि नपाउदा र साथीलाई कुरेर बस्नुपर्दा रिस पनि कस्लाइ पो नउठोस, यदी उस्को ठाउँमा म भएको भए र यतिको मैले नै गर्नु परेको भए मलाई पनि अबस्य रिस त उठने नै थियो, मैले यही भाव बुझेर र साथीको अनुहारमा देखिएको थोरै रिस र थोरै भोकाएको नियाउरो र मलिनो अनुहार देखेर आँफैले माफि माग्दै भने, सरी है भाई अलिक ढिलो भो आज, तिमीलाई भोक लागि सक्यो होला मैले गर्दा तिमीलाई पो अलिक अफ्थ्यारो पारीदिए मैले उस्को रिस शान्त पार्नलाई केही चिल्लो दल्दै फुर्काउन खोजे आफ्नो औपचारिकता पोख्दै, उस्ले पनि निधार खुम्च्याउदै भन्यो हैन केहीछैन कहिलेकाही यस्तो हुन्छ, बरु तपाईं लुगा फेर्नुहोस् म खाना पस्किदै गर्छु, यतिभनेर म उ भान्स कोठा तर्फ लाग्यो र म पनि पानीले भिझेको शरीर तौलियाले पुच्दै कपडा फेरेर खाना खानु लागे भान्सा कोठा तिर, दुबैजनाले खाना खाइ सक्यौ र मैले भाडाकुडा मस्काएर पखालेर राखे साथीले किचेन सफा गर्यो, त्यसपछी काम सकेर दुबैजना आफ्नो रुमामा गयौ ।
आज शुक्रबारको दिन कम्पनिको सबै कामदारको बिदाको पनि दिन आजको दिन सबैले मार्केट गएर हप्ता भरिको खाने सामलतुमलको जोहो गर्नुपर्छ, आफ्नो भान्सामा सकिएको सबै सामनको लेखाझोखा गरेर हप्ताभरिलाई पुग्नेगरेर चामल, नुन तेल सब्जी चिकेन माछा केके चाहिन्छ किचेन मा चाहिने जती सामनको हप्ता भरिको जोहो गर्नपर्छ नत्रत अरु दिन त बिहान डे डिउटी हुनेहरु बिहान पाँचबजे उठेर हिंडेको बेलुकी सात बजे मात्रै रुम आइपुग्छन, त्यो पनि दिनभरिको थाकेको शरिरले आँफै खाना बनाउने नुहाउने लुगाफाटो धुने र भोली पल्टको लागि प्लास्टिकमा खाना प्याक गरेर फ्रीजमा राखेर भोली बिहानको लागि ठीक्क पारेर सुत्नुपर्छ र बिहान हुन पाउदा नपाउदै आँखा मिच्दै झोलामा खाना बोकेर पुन उस्तै सँधा झै नित्यकर्ममा लाग्नुपर्छ, र नाइटमा डिउटी हुनेहरुले पनि बेलुकिको पाँचबजे हिंडेर भोलिपल्ट रुममा पुग्दा सात बजिसकेको हुन्छ, त्यसैले हप्ता भरिको सामन खरिद गर्न हामी नजिकैको सानो बजार नारिया भन्ने ठाउमा गयौ, हप्ता भरिको गोरुजोताइको काम गरेर थकित भएको शरीर हप्तामा एकपल्ट बजार जान पाउनु पनि जेलबाट छुटेको कैदी झै स्वतन्त्र र गोठमा बाधेको पशुले फुस्किएर बालिनाली खाए जस्तै कोही सामन किन्ने, कोही फोटी खिच्ने, कोही घरमा कल गर्ने त कोही आफ्न मायालु प्रीयसि हरुलाई कल गर्नमै मस्त र ब्यस्त रहन्छन, भने कोही चै बिदाको दिनको मौका छोपेर हप्ताभरिमा थोरै मिठोमसिनो खाने भनेर होटल तिर छिरेर चिकेन ब्रुस्टेट र नेपाली इन्डियन पारीकार हरु खान छिर्छन, कोही चै मार्केट आकोबेलामा घरमा पैसा पठाउनलाई ब्याङ्कमा लाइन लाग्छन, त्यो मद्धे म पनि आफ्नो सबै किनमेल र काम सकेर सपिङ महलमा सामनको सजावटहरुको फोटो खिच्न थाले र ति साजाइएर राखेको फोटोको तस्बिर ट्विटरमा ट्विट् गर्दै क्याप्सन लेखे, आज नाकमा फुली लाउने संग डेटिङ्ग गाको गोजिनै रित्तो भएछ, ठट्टा गरेर पोस्टिएको ट्विटमा छिनभरमै साथीहरुले रिट्विट र कमेन्ट गर्न भ्याइसकेछन्, कसैले ल बधाईछ सर, आज हजुरकै दिन रहेछ, लेखेका थिए भने कसैले, पख्नुहोस्न यता तपाईं नाकमा फुली लाउने संग घुम्न जाने अब म उता नेपालमा म्याडमलाई भनेर पोल लगाइ दिनुपर्ला हाहाहा आदी लेखेका थिए, आजको ट्विट र कमेन्टले मलाई फेरी त्यही पुरानै दिनमा फर्काएर लग्यो, किनकी सुरुवाती दिनमा उस्तै खालको तस्बिर उस्तै क्याप्सन लेख्दै पोस्ट गरेकोथिए, उस्ले आजको साथीहरुले गरेको कमेन्ट जस्तै गरेकिथिन, को नखरमौली होनी नाकमा फुली लाउने चै, उस्को थोरै केही आरिस र केही डाहापूर्ण कमेन्ट थियो ट्विटमा, मैले जवाफ फर्काएको थिए, छ एउटा कोही किन भन्नु पर्यो मैले हजुरलाई, मैले गरेको कमेन्टको प्रतिउत्तरमा केही नलेखी रुएको इमोजी पोस्टले रिप्लाई गरिन, त्यस्पछी भने मन अलिक खल्लो भयो मलाई, र सोचे अनी कतै मनपो दूखाएकी जस्तो भान भो, माफ माग्दै मैले डिएममा स्पष्टिकरण पठाएँ, सरि, प्यारो मान्छे त्यो त ट्विटरमा हासोको लागि मात्रै पोस्ट गरेको हो, यहाँ कहाबाट केटी मान्छे पाउनु ? संगै घुम्नुत दुर कि बात अनुहार सम्म हेर्न पाइदैन, यो मुस्लिम देशहरु मद्धेको सबैभन्दा कडा नियम भएको देश हो, मलाई घाटी कटाउनु छ कि केहो, विश्वाश लाग्दैन हजुरलाई आफ्नो मान्छे संग पनि, मैले आश्वासत पार्न खोजे की म कुनै महिला मित्र संग घुम्न गएको थीन भनेर, तर उनी मेरो कुरा मान्ने पक्षमा कहाँ थीन र, उल्टै घुर्काउदै मेसेजको रिप्लाई गरिन, कुन्नी मलाई केथाहा पाउछ कि पाउदैन, म त्यहा आएर देखेको छैन क्यारे, केही जलन केही पिडा तर उस्को म प्रतिको माया प्रस्ट झल्किन्थ्यो कि उ मलाई माया गर्छ तर विश्वाश गर्न सक्दैन, हुनसक्छ उस्ले कयौ नराम्रा कुराहरु सुनेको हुनुपर्छ परदेशिहरुको बारेमा, पर्देशमा हुने पुरुषहरु पर्देशमै भएका अन्य देशका नागरिक केटीहरु संग भुलेर आफ्नै घर श्रीमती छोराछोरी र आफ्नो मायालु हरु भुल्छन भनेर, अझ कतित बिहे नै गरेर बसेको समाचार र खबरहरु पनि सुनेको हुनसक्छन, त्यसैले मेरो कुरामाथी संका जताउदै भनेकी थिन उस्ले, पुन मैले जवाफ फर्काए, यो मलेशिया वा बर-दुबइ होइन जहाँ केटाकेटी संगै बस्न सकोस वा बिहे हुन सकोस, विश्वाश गर्नुहोस् म हजुरको पारीजात हुँँ, हजुरको सोचाइमा आउन सक्छ म नकार्दिन तपाईंको भावनालाई, किनकी तपाईंले त्यस्तै सुन्दै र पड्दै आएको हुनुहुन्छ तर पारीजात पारीजात नै हो, आजसम्म म यो नारिजाती संग नजिकिएर बहकिएको वा बाटो बिराएको ब्यक्ती होइन र हुन पनि सक्दिन, मैले अझ विश्वाशत बनाउन खोजे, उताबाट त्योरै विश्वाश र केही संका रोप्दै भनी खै होला छोटो जवाफ थियो उस्को, उस्ले मलाई डिएमा मा त्यती लामो पत्र झै मेसेज लेख्नु अघिनै लख काटी सकेको थिए कि उनी मलाई बिस्तारै प्रेम गर्दैछिन, जुन उनी आँफैलाई प्रेममा छु भन्ने छनक सम्म थाहा थिएन, त्यसैले त केही डाहा र रिस पोख्दापोख्दै भएपनी हामी असल साथी मात्रै हौ भन्ने रट लगाउन हरेकदिन लागिपरेकी थीन, तर हकिकतमा उनी मेरो मायामा एकप्रकारले आफ्नै मान्छे हुनुको उन्को प्रेमिल स्पर्स गर्ने उस्को हृदयको अन्तरकुनामा म बिझी सकेको थिए, जुन उस्लाई थाहै थिएन वा थाहा भएर पनि थाहा पाउन चाहन्न थिन, देखाउन चाहन्न थिन, वा भन्न चाहन्नथिन, जुन कुरा मैले पनि थाहा पावोस र दुबैजना झन गहिराइमा डुबोस भनेर, तर उस्को मुखले पारीजात म हजुरलाई प्रेम गर्न थालेकीछु नभने पनि उस्को हरेक सवालहरुले थाहा पाइसकेको थिए कि म कसै संग बोल्दा वा मेरो लेख रचना माथि टिप्पणी हुँदा अरु नजिकेको महसु गर्थी र रिस उठ्थ्यो उस्लाई, मेरो प्रसम्सा र स्पेसमा दोहोरो संबाद वा टिएल को दोहोरो प्रतिउत्तरले उस्लाई भत्भति पोल्थ्यो, असैय हुन्थ्यो, भने त्योनै उस्ले मलाई प्रेम गर्दैछिन भन्ने प्रमाण थियो र प्रेममा जब महसुस हुन्छ भने त्यो भन्दा अर्को ठुलो प्रमाण नै के चाहियोर ? यसरी आजको किनमेल सकेर पोस्टाएको त्यो तस्बिर र कमेन्टहरुले फेरी मलाई धेरैदिन पछी उस्को सम्झना सिनेमाको रिल झै मस्तिस्क भरी छाएर आएको थियो ।
दिनभरिको किनमेल सकियो, सबैजना आ-आफ्नो हप्ता भरिको खजना किनमेल सकेर पोकापन्टुरा बोकेर बसको पार्किङमा भेला भयौ र आ आफ्नो सिटमा बस्यौ, ड्राइभर पनि मार्केट गएकोले फर्किएकै रहेनछ, केहीबेरको पर्खाइ पछी ड्राइभर पनि आइपुग्यो, हामी चढेको बस बिस्तारै हामीलाई बोकेर हाम्रो बासस्थान तर्फ हुइकियो, एक घण्टाको लामो यात्रा पछी कोक्रोमा नानी झोलिदै निदाए जस्तै निदाउदै आइपुग्यौ हामी, सबैजना आ आफ्नो झोला तुम्बी बोकेर गाडीबाट झर्यौ, बेलुकिको साँढेसात बजी सकेको थियो, रुममा पुगेर सामान हरु थन्काएर हतार हतार गर्दै दुबैजना रुम पार्टनर मिलेर खाना बनायौ, उस्ले आफ्नो लागि बिहानको लागि खाना प्लास्टिकमा प्याक गर्यो मैले पनि आफ्नो लुगाफाटो युनिफर्म मिलाएर सनिबारको रातको डिउटिको लागि तयार गरे, त्यसपछी बल्ल खाना खायौ र बिहानको झै मैले भाडा माझेर धुइपखाल गरेर थन्काए, उस्ले किचेन सफा गार्यो र बल्लतल्ल पौने नौ बजे तिर बेडमा पुगियो, बेडमा पुग्दा दिउसोको दिभरिको मार्केट घुमाइ, आउँदा जादको बसको हल्लाइ र थेचारै ले थाकेर आँखामा निन्द्रा परिसकेको थियो तर आज बेलुकी घरमा पनि कल नगरेकोले एउटा कल गरेर सुत्नु पर्यो भनेर कल गरे, कल रिसिभ नभएपछी घडी हेरे नेपालको बार्ह बजिसकेको रहेछ रातिको, अनी सुतिसक्यो होला भनठानेर कल काट्दै सुत्न लागेको थिए, फेरी अलिकती भएपनी फेसबुक र ट्विटर तिर आँखा घुमाउन मन लागेर आयो, मोबाइलमा डाटा अन गरे, फेसबुक हेरे, फेसबुकमा केही नोटिफिकेसन र कसै कसैको फोटो र तस्बिर पोस्ट भएको बाहेक केही देखिन, अनी फेरी ट्विटर तिर छिरेर हेरे, ट्विटरमा छिर्ने बित्तिकै रिट्विट र कमेन्ट धेरै बसेको रैछ, सबैलाई रिप्लाई र लाइक गरेर डिएम तिर प्रबेश गरे, डिएममा केही साथीहरुको शुभरात्री मेसेज रहेछ सबैलाई रात्रीकाली अभिबादन रिप्लाई गरे, त्यही मद्धे त्यही अन्जान मान्छेको मेसेज पनि रहेछ, मेसेज हतार हतार खोले, मेसेजमा के होला भनेर उत्सुक्ताले गाज्यो अनी बिस्तारै मेसेज पढ्न थाले, मेसेजमा लेखेकी थिन उन्ले ।
ओ हेलो, हजुर अफ भैसक्नु भएको हो, सरी है हजुर, अघी बोल्दा बोल्दै बत्ती गएर वाइफाइ अफ भएको थियो, बाइ पनि भन्नु पाइन, अनी सुन्नुहोस्न एउटा कुरा सोध्नु थियो हजुरलाई, ओके तपाईं त अफ जानुभाको जस्तोछ, ठिकैछ तपाईं अफ नै भए पनि मेरो केही कुराहरु राख्छु तपाईं संग अन्लाई आएपछी उत्तर दिनुहोस् है ल, उनको एकलौटी मेसेज मकैको फुल फुटे झै फुटेको रहेछ, ल सुन्जुहोस् हैत म भन्छु, उस्ले यो शब्द संगै उस्को मनको भावना लेख्दै गएछिन मैले चुपचाप् पढन थाले, तपाईं जिबन र जगत लाई कसरी बुझ्नुहुन्छ, तपाईंको नजरमा जिबन केहो, यदी जिबन बुझ्नुहुन्छ भने चराचर जगतमा हाम्रो महत्व केहो, के जिबन भन्नु नै चराचरजगत हो,? वा चराचरजगत भन्नु चै जिबन हो ? कि एउटा सिर्फ प्रकृतिको रचना वा सृस्टि मात्रै हो ? यदी मैले तपाईंलाई सोधेको बिषय वस्तुहरु एक आपसमा नियम बाझिन्छन वा मिल्छन भने प्रेम जरुरी छ कि छैन, यदी प्रेम जरुरी छ भने हरेक गरिएका प्रेमहरुमा किन धोका असफलता, बैराग्यता नैरस्यता वा मान्छे यहासम्म कि आत्माहत्य सम्म गर्छन, जुन आफुले गरेको प्रेम पाउदैनन वा असफल हुन्छन,यदी प्रेम जरुरी छैन भने मथुरा निबासी भगवान बिष्णुको अवतार मानिएका स्वयम कृष्णले किन राधा संग प्रेम गरे ? अनी राधाले कृष्णलाई ? यदी प्रेम जिबनमा जरुरी छ भने वा प्रेम जिबनको सास्वत सत्यहो भने कृष्ण र राधा बिच गरिएको प्रेममा किन रुक्मिणिले बैबाहिक पत्निको रुपमा प्रबेश गरी जहाँ राधाले महत्व पाउनु पर्ने होइन र ? कृष्णले गरेको राधा प्रतिको प्रेम भौतिक आकर्सण वा संगै हाँस्दै खेल्दै हुर्केको भएर त्यो बालापनको मित्रताको आत्मियता मात्रै अंकुरण भएको होकी, तर आत्मियता लाई प्रेम संग तुलना गर्न मिल्दैननी हैन र ? अनी प्रेममा सम्बन्ध वा सम्बन्धमा प्रेम अपरिहार्य छकी छैन ? यदी छ भने राधा संगको प्रेम हुँदाहुँदै कृष्णले रुक्मिणी सहित सातजना युवतिहरु संग किन विवाह गरे, वा एकहजार सात जना युवती हरुसंग मनको सम्बन्ध किन निभाए, यदी प्रेम एउटा वा एकजना संग मात्रै हुन्थ्यो भने कृष्णलाई त्यत्रो युवतिहरुको प्रेमको आवश्यकता किन ? के त्यो एउटा सक्तिशाली र सुन्दर राजकुमार भएकै कारण ले कृष्णले आफ्नो चाहना र इच्छाले मागेको र आँखाले देखेको सुन्दरी जती सबै उस्को समभोगको भौतिक आवश्यकता मात्रै थिएननर ? अनी राधा संगै जन्मी हुर्की खेली गरेको आफ्नै सखि शुशिलाले कृष्णलाई गरेको एकलौटी प्रेम चै प्रेम होइन ? जस्ले कुरुक्षेत्रको लडाईंमा कंशको युद्धलाई हराउन कृष्णको निम्ती साहादात वीरंगना प्राप्त गरेकी थिन प्रेमकै खातिर, अनी के त्यो चै प्रेम थिएन ? अनी मिराले गरेकी निस्वार्थ प्रेम के थियोत ? ल योत मानी लिउ आज भन्दा पाचहजार बर्ष अगाडिको ईतिहास थियो, खैर यस्लाई एकछिनको लागि थाती राखिदिउ, आधुनिक सभ्यता सुरु भए देखी यताको आधुनिक प्रेम गर्ने जोडी हरुकै कुरा गरौ, यदी प्रेम अपरिहार्य होइन भने मान्छे किन प्रेमकै निम्ती ज्यान र राज्य सम्म गुमाउछन, अनी प्रेम अपरिहार्य हो भने, यहाँ त्यस्ता कयौ उधारणा हरुछन जस्ले हाम्रो आजको आधुनिक समाजलाइ नै गिज्याउछ, जात धर्म बर्ग बर्ण लिङ र छुवाछुत को भेधभाव किन आउछ, अझ इतिहासलाइ नै हेर्ने हो भने त्यस्ता कयौ घटना छन जस्ले तिनका प्रणय दिवस वा मृत्यु वार्षिकिमा, आज पनि उतिकै महत्व पाएकाछन इरानका अन्धा कवी रौदकी प्रेमको असफलता कै कारण गजलकार कवी बनेका थिए, रोमियो जुलियट भ्यालेन्टाइन हरु त्यसैको असफल प्रेमको उपज हुन, अरब सभ्यताका लैला मजानु तिनैका असफलताका उधारणा हुन, उसोभए अब हामी यसरी हेर्न सक्छौ कि प्रेम गरिनु हुन्न ? गरिनु हुन्न भने किन यो हरेक लाई आभाश हुन्छन अनी त्यसैको बलमा मान्छे किन प्रेममा चुर्लुम्म डुब्छन र जिबनलाई सुन्दर उपहारको देन ठान्छन, म केहीदिन देखी यस्तै यस्तै कुराहरुले गुम्सुम छु म यो गुम्सुम बाट बाहिर निस्कन चाहन्छु वा मैले सोचेको र तपाईंलाई गरेको प्रश्न हरुको सान्धार्भिक्ता जायज छन कि छैनन म् जान्न चाहन्छु तपाईं बाट किन कि तपाईं त भावनामा बगेर कथा लेख्ने मान्छे पक्कै पनि तपाईंले मेरो उत्तर भेटउनुहुनेछ र मलाई मेरो प्रश्न खुल्दुली र उत्सुक्ता मेटाइ दिनुहुनेछ, र, मेरो प्रश्न लाई निरास बनाउनुहुनेछैन ।
माथिको उस्को यतिलामो प्रश्न मन लगाएर पढे, दोराएर पढे, उस्को प्रश्न गराइ नै यती गम्भिर थियो कि आज सम्म मैले यस्ता प्रश्नहरु कतै सुनेको वा सामना गर्नै परेको थिएन, उस्को प्रश्नको जवाफ हरुको हरेक रुप हुन सक्थ्यो, हरेक अर्थहरु निक्लन सक्थ्यो, उस्को प्रश्नको एक एक सवाल को जवाफ हरुको अलग अलग व्याख्या र उचारण हुन सक्थे, साच्चिकै यती गहकिलो र गहिरो कुरा गर्न सक्छे मैले त कल्पनामा सोच्न पनि सकेको थीन, उस्को हरेक प्रश्न हरुको जवाफ तीन तरिकाले दिन सकिन्थ्यो, एउटा भावनात्मक, दोस्रो व्यबहारिक र तेस्रो अध्यात्मिक भएर जवाफ दिन सकिन्थ्यो, तर उस्ले गरेको सवाल र त्यस्को हरेक अंसको उत्तर दिने म संग क्ष्यमता थिएन, न भावनात्मक न ब्यबहारिक नत अध्यात्मिक नै, जिबन जगत र प्रेमलाई परीभाषा गर्न सक्ने त्यत्रो क्ष्यमता भैदिएकोभए शायद म आज कुनै कन्भेन्सन हलमा मोटिभेस्नल स्पिच दीरहेको हुन्थे होला, उस्को प्रश्नको जवाफ दिन सक्छु कि सक्दिन भनेर म आँफैलाई डर लाग्यो, उस्को प्रश्न हरु झट्ट सुन्दा हास्यस्पद र भावनात्मक भएर दिन सकिन्छ जस्तो लागे पनि उस्को प्रश्न हरु सबै तत्थ्यसंगत थिए, ईतिहास संगत थिए, र पौरानीक संगत थिए, यहाँसम्म कि हरेक सवाल को जवाफ आँफै उत्तर दिएर उत्तर भित्रै अर्को प्रश्न जन्म दिएकी थिन उस्ले, म दोधार भए के गरौ कसो गरौ भयो, उस्ले जसरी सोचेको छ मलाई त्यसरी उत्तर दिन सकिन भने वा उत्तर दिने शैली मिलेन भने उस्ले के सोच्ली मलाई झन हतास भयो, अत्यास लागेर आयो उस्को प्रश्न पड्दै जादा म आँफै उत्तरहरुको खोजिमा गम्भिर बन्दै जादै थिए, कहाबाट सुरु गरौ, के भनेर सुरु गरौ, कसरी उस्को चित्त बुझ्दो जवाफ दिउ मलाई त रिंगटा नै चलेर तीन भाउन्न भएर आयो, तैपनी मन र मस्तिस्कलाई काबुमा राख्दै केहीछिन सुस्ताए र लामो श्वास तानेर उस्को उत्तर दिने कोशीश गरे ।
जिबन चराचरजगत प्रक्रिती र प्रेमलाई बुझ्ने सबैको आ आफ्नै ढङ्ग वा बिचार हुन्छन, हरेकले यि सबैको आफु अनुकुल व्याख्या गर्छन्, त्यसैले तपाईंले खोज्नु भएको अन्तरआत्माको उत्तर ठ्याक्कै त दिन नसकुला तर मैले बुझेको र मेरो तर्फबाट मेरो मस्तिस्कले जे भन्छ जे अर्थ्याउछ जती सक्छ त्यती भन्ने कोशीस गेर्नेछु, कृपया माफ गर्नुहोला, ल सुउनुहोस, तपाईं कसरी बुझ्नुहुन्छ जिबनलाई ? कसरी लिनुहुन्छ प्रेमलाई तर म यसरी लिन्छु, यसो भन्दै मैले आफ्नै बुझाई यसरी लेख्दै गए उस्को मेसेज बक्स भरी, प्रेमका रुप र व्याख्या अनेकौ हुनसक्छन, र तिनलाई हरेक ब्यक्तिले आफु अनुकुल व्याख्या गर्छन, ति सबैको अलगलग रुप र भौतिक्ता त म यहाँलाई भन्न नसकौला तर मैले चै प्रेमलाई तीन तरिकाबाट मुल्याङ्कन वा व्याख्या गर्नसक्छु, ति हुन, पहिलो भावनात्माक प्रेम, प्रेम आँफैमा सुन्दा मिठो कर्णप्रीय र सुन्दर लाग्छन, अनी प्रेम कहिले गरिदैन यो आँफै हुन्छ र आँफैहुने एक प्रकारको मस्तिस्कको, मनको, सिधै हृदय संग सम्बन्ध राख्छन, यो भावनात्मक गरिने प्रेममा मनुस्य जातिले एकले अर्कालाई हेरेर देखेर महसुस गरेर वा लामो समय सम्म संगै हिड्दा बस्दा, खादा बोल्दा बिस्तारै उस्को कार्यशैलिले आकर्शण बढाउछ र उस्को ब्यक्तित्व लाई प्रेम गर्न थाल्छन, जहाँ जात धर्म बर्ग लिङ्ग वा छुवाछुत, उचोनिचो ठुलोसानो भन्ने हुन्न, त्यहा नितान्त भावनाले मात्रै काम गरेकोहुन्छ, यसरी भावनाले गरिने प्रेममा एकले अर्काको दिल लाई छुन सकेका हुन्छन, बुझ्न सकेका हुन्छन, तर सामाजिक मान्यतामा बर्जित हुन्छन अपबाद बाहेक, त्यसैले यस्ता प्रेमहरुमा जस्ले युद्ध लड्न सक्छ, संघर्ष गर्न सक्छ, तिनै केही प्रेमहरु सफल हुन्छन, जस्ले समाजमा बिद्रोह गर्न सक्दैनन त्यस्ता प्रेमहरु असफल हुन्छन, दोश्रो व्याबहारिक प्रेम, जो विवाह पस्चात बैबाहिक सम्बन्धले एकले अर्कालाई बुझ्न अवसर दिन्छ र साचिकै दुई आत्मा प्रती प्रेम जाग्रीत गराइदिन्छन तिनिहरुले चराचरजगत लाई पनि मद्धत पुग्छ, त्यो भन्नु नै अर्को मनुश्य पिढिको जन्म वा उत्पती हुनु हो जस्ले सृस्टिको नियमलाई निरन्तरता दिन्छ, वा भावनात्मक भन्दा व्याबहारिक भएर गरिने प्रेममा सोचबिचार र भोली त्यो प्रेम विवाहमा पारीणत हुने सम्भावना भए जिबन चलाऊन सजिलो हुने भौतिक र आर्थिक पक्षलाई जोडेर गरिन्छ, ति र त्यस्ता ब्यबहारिक प्रेम हुन मेरो नजरमा, अब कुरो रहयो अध्यात्मिक प्रेम, अध्यातमले प्रेमलाई सँधै पूजा गर्छ, प्रेमलाई सँधै उच्चकोटिमा राखेर हेर्छन जस्तै कृष्णले राधालाई गरेका थिए वा मिराले निस्वार्थ कृष्णलाई, जहाँ न भौतिक शरीर बास्ना थियो न कुनै आर्थिक धन दौलत, नितान्त आत्मा केन्द्रीत थियो ।
यिनै प्रेम संगै जिबनको पनि व्याख्याछन, जिबन आँफैमा सुन्दर हुँदाहुँदै पनि अरबौ प्रश्न हरुको सुरुङ हो जिबन, जस्लाई हामी जिबन यही हो भनेर ठ्याक्कै भन्न सक्दैनौ, बस यती मात्रै भन्न सक्छौ कि जिबनलाई बुझ्न सके जिबन सुन्दर र स्वर्ग झै छ, अनी बुझ्न नसके अनकन्टार र अँध्यारो छ, अझ अध्यात्मिक भएर जिबनलाई यसरी बुझौ कि, जीवन ईश्वरकाे वरदान हो ,मानिसको सर्वश्रेष्ठ प्राणी भन्नेहरुले नै बुझ्ने काेशिश गरेका छैनन, मान+ईश=मानिस हुन्छ ,अथवा ईश्वर संग संपर्क नभए सम्म सर्वश्रेष्ठ भन्ने अधिकार छैन, यो अन्दाजी वा यो शरिरले लगाएको अर्थ होइन, उनै श्रीकृष्णबाट पाएकाे शिक्षा हो, चराचर जगतका सबै प्राणीको रचनाकार उनै ब्रमाण्डनायक राम वा कृष्ण हुन ,प्रकृतिका होइन, भगवान वा ईश्वरलाई नबुझी प्रेमको परिभाषा केवल माया हो, माया र प्रेम फरक कुरा हो, प्रेममा धाेका खादैन ,धाेका खाने मायाको गुण नै हो, धाेका खान्छन् तर त्यसलाई कसरी लिन्छन् ? काेहि मायाले धाेका खाएर भगवान भक्तितिर खुशी हुन्छ भने उ भाग्यमानी हो, तर यस्ता भाग्यमानी कम नै भेटिन्छन, भगवानले आफुतिर आकर्षण नगरी मन उनितिर जादैन, मायाबाट धाेका खादैमा जीवन असफल हुदैन ,भगवानबाट विमुख हुनु नै मानिसको जीवन असफल हुनु हाे, श्रीकृष्णकाे अस्तित्व नै सामान्य बुझाइले बुझ्न सकिने कुरै होइन, याे शरिरले उनलाई संपर्क गर्ने र शिक्षा पाउने अबसर पाएकाे हरुले मात्र उनलाई भेट्न वा बुझ्न सक्छन, हामीले उनी प्रति बनएका धारणा कत्ति पनि मिलेको छैन, राधा उनको प्रेमिका होइन ,उनलेेत केवल जादु गरेर बनाएको नारी हो, खास प्रेम अथवा भगवान संग गरिने प्रेमको नियम अनुसार मिरा श्रीकृष्णकाे प्रेमि वा भक्त हो, माेहनाश गर्ने शक्तिलाई माेह अथवा मायाबध्दहरुले गरेको हिसाबकिताब कत्ति मिलेको छैन, उनको भनाइ अनुसार त्रेताकि सबरि द्वापरकि मिरा आज यो शरीर पाएकि छे, सबरि प्राथमिक स्तरकि भक्त थिईन, अथवा हनुमान बराबर कि थिईन, तर नारी हुनाले कसैले पुछेन,त्यो भन्दा अलि माथिल्लो श्रेणीमा मिरा पुगि तर अर्जुन बराबर हुने अबसर पाएकि होइन, अब अर्थात यो जुनिमा अर्जुन बनाउने आश्वासन दिएर साधनारत राखेका छन, त्यसैले प्रेम शब्दको बुझाई लौकिक दृष्टिले बुझ्ने भाव नै होइन ,अलौकिक भाव हो प्रेम, भक्तिले उत्पन्न हुने भाव "प्रेम"लाई जथाभावी अर्थ लगाइएको छ, कृष्णलाई समेत राधासंग जाेडेर अनेकौं लाञ्छना लागेका छन, माेह अथवा माया र प्रेम एउटै आँखाले हेर्ने गरेकोले भ्रम फैलिएको छ, त्यसैले मैले जानेको र बुझेको माथिको तपाईंले छोड्नुभएको प्रश्नको जवाफ कती पाउनुभो भएन तर एउटा कुरा सत्य होकी इश्वर वा देवता नभेटी माया वा प्रेम भेटिदैन, त्यसैले एउटा भनाइ नै छ"जति लामो डाेराे बाटे पनि गाँठो एउटै"भने झैँ प्रश्न जति धेरै भए पनि उत्तर एक छ, ईश्वरीय शक्तिलाई बुझ्न माेक्ष अथवा मायाको क्षय हुनुपर्छ अनि हृदय निवासीसंग संपर्क हुन्छ ,उनले मात्र सत्य जवाफ दिन्छन, यती लेखिसकेर मैले मेसेज सेन्ड गरे, यतिन्जेल सम्म रातको साडे बार्ह बजिसकेको थियो, दिनभरिको मार्केटको थकाई र रातभरीको अनिदो थपिएर होला निन्द्रा देबिले पनि मलाई छपक्क छोपिसकेको थियो, अन्त्यमा गूड नाइट हजुर भन्दै नेट अफ गरेर बेडको शरणमा परे त्यसपछी कतिबेला निदाए थाहै पाइन ।
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २८,२९ र ३० असोज २०७८
तदनुसार- १३,१४ र १५ अक्टोबर २०२१
No comments:
Post a Comment