परदेशी जिबन न हो, सँधैको दैनिकी एउटै हुन्छ प्राय, लाइनमा बसेर बिहान डिउटी जाउ, लाइनमै बसेर बेलुकी फर्क अनी बेलुकी फर्किएर खानापिन बनाउ, भोलिपल्टको लागि तयार गर, प्लास्टिकमा खाना हालेर चिसो फ्रीजमा राख, अनी हरेकदिन फ्रीजमा राखेको खाना बोकेर जाउ, अनी डिउटिमा त्यही खाना खाउ, कहिलेकाहित, टमटर अलिक बढी भएकोछ भनेत दिनको बार बजे खानाखादा सब्जी गनाएको पनि हुन्छ, अझ बिशेष गरेर गर्मी मौसममा खाना गनाएर सबै फ्याक्नुपर्छ, त्यसपछी खल्लो पानी र चिया कफिको भरमै दिन काट्दै खाली पेटनै बस्नुपर्छ, यस्तै रातिको डिउटी गर्नेहरुको पनि हालत उस्तैनै हुन्छ, बेलुकी जाउ बिहान फर्क, जिबन एउटा चक्र भनेजस्तै हाम्रो दैनिक कर्म पनि एउटै गतिमा, एउटै शैलिमा र सँधै एकैनासले दिनरात बित्ने गर्छ, हरेक दिनको एउटै आउजाउ दैनिकी संगै आज पनि रातभरीको डिउटी सकेर भोलिपल्ट उसैगरी सँधाझै एक घण्टाको लामो यात्रापछी, रुम पुगे, रुममा पुग्दा गाडीको थकान र रातभरीको अनिदोले खत्रक्क थाकेको हुन्छु, हतार हतार गरेर युनिफर्म फेरे, वासरुम छिरे, हातमुख धुए, फ्रेस भएर बिहानको नास्ता तताएर खाए, त्यसपछी अगिल्लो दिनको धुन बाकिरहेको आफ्नै केही लुगाहरु बाल्टिमा भिजाएर छोडे, पुन भित्र आएर बेडमा बसे, प्राय म डिउटी हिंड्न अघी र डिउटी बाट फर्किनु अघी अनी रुमपुगेर सुत्नु अघी घरमा कल गर्नेगर्छु सँधै, यो हरेक दिनको दैनिकी जस्तै कल गर्नुपनी मेरो नियमित काम भित्रैपर्छ, त्यसैले बुडिको मेसेन्जरमा कल गरे, कल रिसिभ भएन, पुन नम्बरमा डायल गरे, नम्बरबाट पनि कल नउठेपछी छोरीको मोबाइलमा कल गरे, छोरीले कल उठाउदै बाबा भनी, मैले हजुर भन्दै कलको रिप्लाई, गरे, अनी कस्तोछ तिमीलाई, सञ्चै छौ, छोरीले सञ्चै छु को भावमा उम मात्रै गरी, पुन मैले भाई खोइत भने, भाई ठुलोममिकोमा गाकोछ भनी, मैले ओके भन्दै ममी खोइत भनेर सोधे, ममी लुगा धुदै हुनुहुन्छ भनी, बाबा सुत्नुहुन्छ रे भन ममिलाई मैले भने, बाबा सुत्नुहुन्छ रे ममी भन्दै उस्को ममी चै लाई फोन लगेरदीइन, मेरी बुडी धुदै गरेको लुगा छोडेर हातको चिसो उस्को कम्मरको दुबैभागमा पुच्छ्दै फोन समाएर, कोठामा प्रबेश गर्दै बोल्न थालिन, कस्तोछ हजुरलाई, ठिकैछ, भर्खर डिउटी बाट आएर सुत्न लागेको मैलेभने, सन्चोबिसन्चो र खानपिन भाको छ छैन भनेर सोधखोज भयो दुबैतिर, दुबैतर्फको खोजखबर सकिएपछी मैले कुरालाई अगाडि बढाउदै भने, अनी अरु केछ भन, सबै ठिकैत छ नि, उनी केही अड्किएर बोली, अरु के हुनु, जे हुनुपर्ने त्यो छैन, जे नहुनुपर्ने त्यो भैरहेकोछ, उस्को बोलिमा केही निरासा भाव जस्तो देखियो, मैले उस्ले भन्न खोजेको कुरा लख काटिसकेको थिए, किनकी नजिकै घर भित्र दसैं भित्रीदैथियो, त्यही चाडपर्बको समयमा मेरो अभाव खड्किन्छ उनिहरुलाई सँधै, हरेक साल उसैगरी जसरी यो भन्दा अगाडिको बितेको सालहरुमा भएकोथियो, मैले कुरोलाई टार्दै भने, के हुनुपर्ने अनी के नहुनुपर्ने, सबैत छ, पैसा छदैछ, दसैं भित्रीदैछ, लुगाफाटो, किनमेल, पाहुनापात गर्जो टार्नुपर्ने हैन, त्यसको लागि घरमै पैसा छदैछ, बाँकी नपुगे म पठाइदिउला अर्को हप्ता हाम्रो सेलरी हुँदैछ, मैले निमेशभरमै सास नबिसाइ भने ।
उताबाट केही जवाफ आएन, उ चुपचाप सुनिमात्रै रही, हामी भिडियो कलमा भएकोले उस्को अनुहारको रुपरेखा प्रस्ट देखिन्थ्यो, उस्को अनुहार एकाएक मलिन देखियो, अनुहारमा ज्योति निभेको जस्तो चमक थिएन, हेर्दाहेर्दै भाबुक हुँदै आँखाभरी आशु टप्लक्क खसाइन, त्यसपछी भने मैले अलिक मलिन हुँदैभने, पिर नगर, म नभएत केभो नानीबाबुहरु छदैछन, राम्रो संग टिका लगाउनु, रमाइलो गर्नु तल माइतिमा आमाहरुकोमा बेलुकी जानु, यस्पाली संगै नभएत के भयो, अर्को सालत म तिमीहरु संगै भैहाल्छुनि, किन केको पिर गर्छौ, मैले केही शान्तावना पारामा भने, अनी उस्ले म तिर पुलुक्क हेर्दै भनिन, हजुर आँफै भन्नुहोस्त, सँधै पैसाले मात्रै हुन्छ, तपाईंले हरेक महिनाको पठाएको तनखाले मात्रै सबै कर्महरु पुरा हुन्छन, बिहे भएको यतिका बर्षमा जम्मा चार दसैं मनाएको बाहेक आज कती बर्ष भो संगै चाडपर्ब नमनाएको, याद छ हजुरलाई, तपाईं परदेशिनु भएको आज सत्र बर्ष भयो, न दसैं, न तिहार, न संघार्न्ती, न नयाँ बर्ष, छोराछोरी जन्मिएपछी आजसम्म हजुरले कतिपल्ट टिका लगाइदिनुभयो, तपाईंको हातको टिका मेरो निधारले नपाएको कतिभयो, सानोमा छँदा बाबा कहिले घर आउनुहुन्छ भनेर रुवाउथ्यो, अहिलेत तपाईं बिना पनि बानी परिसकेछ क्यारे छोराछोरिलाई, बाबा दसैंमा आउनुहुन्न भनेर कहिले सोध्दैनन, हरेकदिन जतिजती ठुला हुँदैछन केटाकेटी उतिउती तपाईंबाट टाढा हुँदैछन, हरेक दिन तपाईंको महत्व घट्दैछ नानीबाबुको दिमागमा, हरेकदिन जसो फोन गर्नुहुन्छ मेसेन्जरमा, दसैंतिहार घर भित्रै भित्रीसक्यो, कुनैदिन सुन्नुभयो हजुरले नानीबाबुले बाबा कहिले आउनुहुन्छ भनेर भनेको, बोल्दाबोल्दै फेरी आशु टप्लक्क खसाइन, आफ्नो काधमा झुन्डिएको सलको छेउ तानेर आशु पुछी, म अवाक भएर उस्को कुरा सुनिरहे, चुपचाप् निशब्द, सुन्नुको बिकल्प थिएन म संग, हुनपनी हो, विवाह गरेको एक्काइस बर्ष पुग्दा परदेशमै सत्र बर्ष बिताइसके मैले, आज जान्छु, भोली जान्छु, पर्सी जान्छु भन्दाभन्दै बर्सौबर्स बितेकोछ, त्यसोत हरेक जसो दुईदुई बर्षमा घर बिदामा नगएको पनि हैन, अघिल्लो बर्षमात्रै घरपुगेर फर्किएको हो, तर जतिपटक घर गएपनी कहिले चाडपर्ब कुनै मेला उत्सब परेन, कुनैदिन श्रीमती र छोराछोरिको जन्मदिन संगै बसेर मनाएकोछैन, तर यो सबै हुनुमा मेरो मात्रै गल्ती वा दोश पनिहैन, सन्तानकै शुखसान्ती र सुन्दर बबिस्यको कल्पनामा काधमा जिम्मेवारीको भारी बोकेर परदेश हिंडे, काँधभरी कर्तब्य बोकेर सुख किन्दा किन्दै जिबनले चालिस हिउदा कटेको पत्तै भएन, लक्का जवान हुँदा कालो कपालमा बिदेशिएको अहिले कानको जरिनेर कपाल फुल्न थालेकोछ, आँखा र निधारको बिचमा छाला चाउरी पर्न थालेकोछ, शरीरको हरेक अंगमा दु:खाइहरु थपिएकोछ, रातभर कम्मर कटकट खाने र घुँडा दुख्ने समस्याले छुएकोछ, टाढा सम्म देखिने केही साना द्रिश्य र मसिना अक्ष्यरहरु धुमिलो हुन थालेकोछ, यस्को अर्थ जिन्दगीको रुख बिस्तारै बुढो हुँदै गएर पाउला हरु छिपिएर पातहरु झर्ने तर्खरमा छन, जिबनले भोगाइको बैसाखिहरु च्यापेर सपनाहरु हरेक दिन लंगडा भएकोछ, अपांगता भएकोछ, रहरहरु मुर्छित भएकाछन, कतिपय अवस्थामा चाहेर वा नचाहेरै मनको हरेक त्रिस्णाको तिलान्जली दिनुपरेकोछ, म सोच्दासोच्दै एकोहोरो भएर टोलाएछु, शायद उताबाट उस्ले कतिपल्ट हेलो हेलो भनिहोली, तर मैले केही नसुनेर उस्ले कल काटेको हुनुपर्छ, त्यसैले मैले बाइ भनेको पनि नसुनी अघिनै कल काटिसकेको रहेछ ।
एक्काइस, बाइस बर्षको कल्कलाउदो खाउखाउ लाउलाउ भन्ने उमेर, श्रीमानको न्यानो अंगालोमा रमाउने एउटा बयस्क सपना, हुर्किदै गरेको त्यो कलिलो बैश, चिचिला बस्दै गरेको कयौ मिठा रहरहरु, जती खाएपनी नअघाउने त्यो मिर्गत्रिस्णा, साउन भदौको उर्लेको खहरे झै इच्छ आकांछ्या हरु, हरेक सनिबारको दिन नत्र महिनामा एकैपल्ट मात्रै भएपनी बयस्क जोडी हात समाएर हिंड्ने डुल्ने घुम्ने रहर हरेक नवयौबना नारीमा हुनु कुनै अनौठो कुरा हैन, यो हरेकमा हुन्छ, त्यो हुनुमै बिपरित ध्रुबपटी माया मामता स्नेहाता र आत्मियता अझ प्रगढ हुने एउटा श्रीङ्खला हो, दुई प्रेमिल जोडी श्रीमान श्रीमती बिचको सम्बन्ध मजबुत हुने सेतु पुल हो, जस्ले गर्दा प्रणय बन्धन अझ मजबुत बनाउन मद्धत गर्छ, तर त्यही उमेरमा सबै सपनाहरुको तिलान्जली दिएर कर्तब्य निभाउन हिंडेको श्रीमानको मेहेनत र योगदान लाई साथ दिनुपनी एउटा असल जिबनसाथिको कर्तब्य हो, किनकी दुबैको समझदारीले मात्रै एउटा सफल र सुखी परिवार बन्दछ, दुबैको समझदारीले मात्रै घर घर जस्तो बन्छ चाहे त्यो झुपडिको होस या महलको, यदी सम्बन्धमा सम्झौता वा एक अर्कालाई सहयोग नगरने हो भने, एकले अर्कालाई विश्वाश गर्न नसक्ने हो भने चाहे त्यो सुनको महल नै किननहोस कुरुक्षेत्र जस्तो खरानीहुन केही बेर लाग्दैन ।
एकातिर बैबाहिक जिबन, सुन्दर परिवार, राजकुमार र राजकुमारी जस्ता सन्तान, मेरो प्रतिक्ष्यामा बाटो कुरेर बस्ने मदनको मुना झै श्रीमती अनी मेरो कर्तब्य, मेरो माया मेरो प्रेम, उनिहरुको लागि हिजो जस्तो थियो आज पनि उस्तैछ र भोली पनि उस्तैरहनेछ, तर पनि भनेको बेलामा चाडपर्ब मेला उत्स्ब र जन्म दिन आदी आउँदा साथ दिन नपाउदा भने मन धमिलो हुन्छ, कताकता कागतीको चुक झै मन अमिलो हुन्छ, यता परिवार संगको माया मामाताले मन कटक्क खान्छ भने उता म अरुकसैको सम्झनामा, यादमा मोहमा डुबेर गल्ती गर्दैछु कि भन्ने महसुस गराउछ बेलाबेलामा, जुनबेला देखी स्पेसमा बस्ने बानी लाग्यो मलाई एकहिसाबले भन्ने हो भने कुनै कुलतको संगतमा लागेको सन्तानले ड्रग्स खाएर त्यस्को कुलत छोड्न नसकेको जस्तै मलाई स्पेसको लत लागेको थियो, त्यो भन्दा पनि कठिन मलाई कसैको अद्रिश्य मायाले तानेको थियो, एकोहोरो बनाउदै थियो, चाहेर वा नचाहेरै म हरेकदिन उस्को मेसेज र स्पेसमा उस्को आवाजको ब्यग्र प्रतिक्ष्या गर्थे, अब यस्तो अवस्थामा कहिलेकाही म आँफै सोच्थे मैले मेरो परिवार प्रती गरेको माया होकी बदमासी वा बैमानी, या म परिवारको प्रेमबाट बिस्तारै बिमुख भएको होकी आँफै खोट्याउन सकिरहेको थीन, आखिर मलाई नपुग्दो के थिएन, अरब जस्तो ठाउमा बसेर पनि चित्त बुझ्दो र परिवारलाई सुखशान्ती संग पाल्न र धान्न सक्न्ने मनग्गे कमाएकै थिए, राम्रै कमाइ पनि थियो, चाडपर्ब आउँदा परिवार संगसंगै बस्न मनाउन नपाएपनी साथसहयोग पाएकै थिए, तैपनी त्यो अन्जान मान्छेको कुन चै त्यस्तो मोहले तान्दै थियो मलाई, उ संगको कुन चै त्यस्तो समिप्यता थियो जस्ले उस्को कल्पना र उस्को याद नगरि रहन सक्दिन थिए म, उता घरमा चाडपर्बमा संगै बस्न नपाउदा र मनाउन नपाउदा आशु बगाउने श्रीमती अनी यता उसको हरपलको हरक्षणको याद अनी माया आखिर कुन चै मोहनीले खिच्दै थियो मलाई हरेक दिन उनितिर, मैले जती सोचे पनि उत्तर भने पाउन सकिन, जतिजती उत्तर खोज्थे उतिउती उस्को याद र मोहले तान्थ्यो मलाई, यो मेरो हार थियो वा लाचारी, वा परिवारको विश्वाश प्रतिको गद्धारी, यतिका दिनसम्म म अनुत्तरित नै छु ।
अघिल्लोदिन बेलुकी चन्द्राले भोलिपल्ट केही कुरा सुनाउने भनेर बिदा भएकिथिन, तर अहिले सम्म चन्द्रा आइनन, रातभरीको अनिदो डिउटी आँखामा झपक्क निन्द्राले च्यापेर कतिखेर सुतौ झै भएको थियो, तर अघिल्लो दिनै चन्द्रले आफु र आफ्नो कृष्णको लब स्टोरी सुनाउने संकेत गरेकिथिन, त्यसैले पनि चन्द्रा आउलिन कि भनेर म नसुती पर्खिरहेको थिए, बिहानको सात, आठ हुँदै नौ बज्यो तर चन्द्रा आइनन, बिहानको नौ बजेसम्म पनि चन्द्रा न आएपछी म लुगा फेरेर टेबलमा राखिएको सानो टेबल घडीमा बेलुकीको चार बजेमात्रै उठने आलाराम राखेर बेडमा पुगे, एसी खोलेर ब्लान्केट ओढेर सुत्न मात्रै के लागेको थिए, चन्द्र झुलुक्क टुइटरको डिएममा मेसेज लिएर झुल्की, ओइ मान्छे सुत्नुभो, मेसेजको आवाजले सुत्नै लागेको मान्छे पनि फेरी टाउको उठाएर मोबाइल हेरे, मेसेज चन्द्रा कै रहेछ, हामी केहीदिन देखी मात्रै हो मेसेजमा दोहोरो संबाद हुनथालेको, तर केहीदिनको संबाद भएपनी चन्द्राले बोल्दाबोल्दै हामी दुई बर्सौ देखिको असल साथी हौ जस्तै आत्मिय बनाएकी थिन मलाई, उस्को बोल्ने शैली र हरेक कुरा गराइको अन्दाजी आफ्नै पुरानो मित्रझै गरेर बोल्थी, निर्धक्क बोल्थी, कुनै कुरा सहजै सेयर गर्न सक्ने भएकी थिन, हाम्रो केही दिनको संबादमै, साच्चै भनौभने यत्रो दिनसम्म पनि हामी डिएममा मेसेज गरागर गरेर बोले पनि आपसी ब्यक्तिगत परिचय भने भएकै थिएन, त्यसैले हिजो राती म आँफैले उस्को परिचय मागेको थिए, उस्ले पनि हिजो मात्रै आफ्नो नाम चादनी अर्थात चन्द्रा भएको बताएकी थीन, घर नवलपरासी नाम चन्द्रा भन्दै, तर पनि परिचयपुर्ब नै उनी मलाई कहिले सर त कहिले भौमान अनी कहिले ओइ मान्छे भनेर आत्मिय पारेर सम्बोधन गर्थिन, कहिलेकाहित लाग्थ्यो उस्को सम्बोधनले भन्न खोजेको र सुनाउन खोजेको कथाको पात्र त्यो कृष्ण मै होकी जस्तो कन्फुजनमा राखिन्दिन्थिन, चन्द्राको मेसेजको जवाफ दिदै मैले भने, छैन सुतेको म हजुरलाई नै कुर्दैथिए, उनले उताबाट जवाफ फर्काइ किन नि त्यस्तो नसुतेर कुर्नु पर्ने मलाई, अन्जान बनेर मेसेज फर्काइ, अनी गएको राती भोली म आउछु है के के सुनाउछु भनेर कस्ले भनेकोनी, मैले, जवाफ फर्काए, उताबाट उस्ले हासेको इमोजी मात्रै पठाइन, मैले पुन जवाफ फर्काए, अब हासेरै मात्रै बस्ने होकी कुरा पनि गर्ने हो, उस्ले तुरुन्त जवाफ फर्काइन, कस्तो कुरा गर्नु, म संग त केही छैन, हजुरको भए आँफै भन्नुहोस्न केछ हजुरको, उ अझै अन्जान बन्ने कोशीस गर्दैथिन, मैले तुरुन्तै जवाफ फर्काए अनी गएकोराती कस्ले होनी, मेरो र मेरो कृष्णको लीला सुनाउछु भनेको, सुनाउनुहोस्न अब, मेसेज सिन गरेर उ कतै ब्यस्त बनी वा केही सुन्सान चुपचाप बसिन, केही जवाफ फर्काइनन, म उस्को जवाफ आउछ कि भनेर कुरेर बसे तर मेसेज आएन, मैले पुन मेसेज गरे, ओ हेलो, हजुर अन्लाइन मै होकी अफ भैसक्नु भएको, उताबाट पुन मेसेज सिन गरेको हरियो सिग्नल देखियो, यस्को मत्लब उ मेरो मेसेज पड्दैथिन, तर मेसेजको रिप्लाई भने गरिनन, मलाई अलिअली रिस पनि उठ्यो, आफु भने उसैले केके सुनाउछु भनेकोले अहिलेसम्म पर्खेर बसे उ भने मेसेजको रिप्लाई पनि नगरि पड्दै बस्ने, मलाई झन रिस उठ्यो, र लेखे, हजुर नबोल्ने हो भने मत सुत्छु है, बाइ सि यु टुमरो, अहिलेभने लगत्तै मेसेजको उत्तर फर्काइन, पर्खनुहुहोस्न भौमान, मेरो राम नजिकै हुनुहुन्छ, उस्को मेसेज पढेर एक्लै मुसुमुसु हासे म, र उस्लाई पनि हासेको संकेत पठाएँ, उताबाट उस्ले पनि हासेको संकेत गर्दै इमोजी पठाउदै मेसेज लेखिन, कस्तो अभर पार्ने के हजुरत, मेरो राम आउनुभएको थियो, अफिस जानलाई वहाँको ब्याग तयार बनाउदै थिए, उस्को मेसेज आएसंगै मैले जवाफ फर्काए, मलाई के थाहा त नी, त्यहा के हुँदैछ भनेर, के म ज्योतिसी होर सबै देख्नलाई, हेरन रिस त नाकोको टुप्पोमै छ खुब, फेरी आत्मियता पोखेर जवाफ फर्काइन, के हजुरको फुर्सद मिलेको छैन अझै, मैले सोधे, नाइ नाइ अब फुर्सदै फुर्सद हो दिनभरी, बरु हजुरको पो नाइट डिउटी गरेर आउनुभएको थाक्नु भाको होला सुत्ने पो होकी, उस्ले आसाय ब्यक्त गरी, अँ त्यैत अब सुत्छुनी म, यतिखेर सम्म मान्छेलाई कुराएर, मैले भने, ओके उसोभए कुरा गराउनत, उस्ले भनी, कुरोको चुरो समात्दै मैले सवाल गरे, अनी हिजो के भन्छु भन्नु भएकोनी, म त्यसैलाइ कुरेर बसेको हो खासमा अहिलेसम्म, उताबाट उस्ले है मात्रै जवाफ फर्काइन, पुन उस्को है लाई रिसाउदै भने, केको है नि, छिटो भन्ने कि नभन्ने, बाफरे कत्रो घुर्काइ होके, भन्छु के भन्छु तर कसरी भन्ने मेसेजमा अफ्थ्यारो हुन्छ लेख्नलाई लामो हुन्छ कथा, धेरै छ मनको कुरा भन्नलाई, उसोभए कलमा आउनुहोस मैले भने, तर कसरी उस्ले सोधी, पुन मैले जवाफ फर्काउदै भने ह्वाट्स एप चलाऊनुहुन्छ, उम चलाऊछु उत्तर फर्काइन, उसोभए नम्बर दिनुहोस् म एड गर्छु, त्यता कलमा कुरा गरौला मैले भने, उस्ले हुन्छ भन्दै तुरुन्तै नम्बर पठाइन ९८४२०...... मैले तुरुन्त नम्बर एड गरे व्हाटस एपमा सर्च गरे नाम तर आएन, मैले पुन मेसेज गरे, खैत ह्वाट्स एपमा त देखाएनत हजुरलाई त, उस्ले पुन अर्को नम्बर पठाउदै भनी यस्मा एड गर्नुहोस्त यस्मा पो होकी, उस्ले पुन अर्को नम्बर पठाइन, ९८४२.... ,यो पल्ट पनि उस्को नम्बर देखाएन ह्वाट्स एपमा, मैले तुरुन्तै मेसेज गरे फेरी, खैत आएन हजुरको त, उस्ले उताबाट मेसेज गरिन, हजुरको नम्बर दिनुहोस् म एड गर्छु, मैले तुरुन्त नम्बर पठाएँ ००९६६५७२५९.... उस्ले उताबाट तुरुन्तै एड गरेछिन, ह्वाट्स एपमा मेसेज आयो ।
हामीले नम्बर साटासाट गर्यौ, उस्ले एड गर्दै ह्वाट्स एपमा मेसेज गरिन, हाइ, नमस्ते हजुर, फ्रम नवलपरासी, डु यु नो, ? मैले हाँस्दै जवाफ फर्काए, यस यस आइ नो नमस्कार, नमस्कार फर्काउदै मेसेजमै भने मैले, नम्बर एड गर्ने बित्तिकै ह्वाट्स एपमा देखाउनु पर्ने होइनर, तर कसरी आएनत मेरोमा, मैले जिज्ञासा राख्दै कुरालाई अगाडि बढाए, ढङ्ग धेरै भएर होलानी हाँस्दै मेसेजको जवाफ फर्काइन, होला होला भन्दै मैले पनि रिप्लाई फर्काए मेसेजमै, ह्वाट्स एपमा कल मार्फत बोल्ने भनेर एड भएको हामी दुई अझै मेसेजमै गफ गर्दैथियौ, कलको आसय तर्फ इङित गर्दै भने मैले, समय कस्तोछ हजुरको कल गरुम कि नाइ, उस्ले हाँस्दै मेसेज फर्काइन हाहाहा के भन्नेनी कल गर्दा, मलाईत लाजपो लाग्यो, कलमा बोल्ने भन्ने बितिकै पहिलोचोटी अलिक असहज नै महसु हुदोरहेछ, मलाई पनि कल त गर्ने तर कलमा के भनेर कुरा गर्ने के भन्ने सोच्दै अफ्थ्यारो महसुस गर्दै थिए, उताबाट पुन मेसेजमै संम्सय पोखी, समय छ भन्नु कि छैन भन्नु, पानी पर्दैछ बाहिर, काम छैन, पानी परेको बेला बोल्न मिल्छत होलानी, अनी बोल्नै भनेर नम्बर साटेको होइनर, उस्ले उल्टै प्रश्न गरी, प्रश्न लगतै अर्को मेसेज गरिन, भौमान मलाईत लाज लाग्दैछ, कल गरेर भन्ने चै केनी फेरी, आइ लब यु भन्न् नमिल्ने, नमस्कार सिस भन्छुनी, अरु के भन्नु, रिसाउछ कि भन्दै हासेको र लजाएको दुबै स्टिकर पठाउदै अलिक सहज बनाउदै मेसेज सेन्ड गरे, लजाएको इमोजी मिसाएर उस्ले पुन उताबाट बाँदर खुब लेखी, बोल्दाबोल्दै उस्ले अर्को आत्मियताको शब्द फ्याकी, हाम्रो संबाद भएदेखी आजसम्म सर, भौमान, ओइ मान्छे र बाँदर सम्म पुराएकिथिन मलाई, उस्को सम्बोधन पनि अचम्मको घरिघरी फेरिरहने, तर जतिपटक फेरेपनी मायालु स्नेही सम्बोधन हुन्थ्यो उस्को, उस्को पुन अर्को मेसेज आयो, माया नै नभएपछी त के बोल्नु हौ, हौ भन्दै पुर्बेली लवज टिपेर अर्को ठट्टाको मेसेज पठाइन, मैले पनि उस्को आसाय जान्न चाहन्थे कि आज उ के भन्न् गैरहेकोछ, उस्को मुखबाट मैले के सुन्न पाउने हो भनेर कौतुहल्ता थियो, त्यसैले अन्जान बनेर जवाफ फर्काए, कस्को माया हौ फेरी, उस्कै लवजमा प्रश्न तेर्साए, मेरो आसायको जवाफ आउछ भन्ने थियो मलाई, तर मेरो प्रश्नको जवाफ नदीई उस्ले आँफैले कल गर्ने कुरोको प्रसंग अगाडि बढाइन, लुनत सुभसाइतमा किन ढिला गर्नु, लजाएको इमोजी फ्याकेर मेसेज गरी, यो इमोजी पनि कतिसजिलो जहाँ पनि जतिबेला पनि रिसाएको, हासेको लजाएको, रुएको, माया गरेको सबै इन्नोसेन्ट भाव ब्यक्त गर्न मिल्ने, कतिपय मन र तनको अनुभुती इमोजिबाटै बुझ्नुपर्ने, अनी इमोजिको हरेक स्टिकरले हरेक बिम्बको प्रतिनिधित्व गर्ने त्यो हामीले बुझ्नु पर्ने र भएको र पठाएको इमोजिले बुझ्नुपर्ने कि उसलाई लाज भएकोछ, माया भएकोछ, रिसाएकोछ, बिरामी भएकोछ वा उ कुरा गर्न वा बोल्न लालयित छ भनेर बुझ्नुपर्ने, कतिपय मुखले भन्न खोजेर पनि भन्न नसकेको भाव इमोजिले सजिलै बताइदिने र हरेक संबादमा इमोजिको इमोसेन्सले बुझ्नुपर्ने, कि के भन्दैछ वा के हुँदैछ भनेर, उस्को आसाय संगै मैले पनि केही लजाएको भावमा मेसेज गरे, कसरी कल गर्नु, मेरोत हात कामेको जस्तै भयो, साचिकै मलाई त्यस्तै भएको पनि थियो, एउटा अन्जान मान्छे संग कलमा बोल्दा के भन्ने होला कसरी बोल्ने होला लाज त मलाई पनि भएको थियो, मेरो मेसेज पढे लग्गतै मेसेज गरिन, लेडिज फस्ट, उन्ले आँफै पहिला कल गर्ने आसाय राखी, म अलिकती ढुक्क भए मैले केही बोल्नु नपर्ने भयो पहिला, उनि नै पहिला बोल्ने छिन, म ढुक्क भए ।
उस्ले कल गरिन, हाम्रो पहिलो पटक कल संबाद भयो, मैले कल रिसिभ गर्दै हेलो नमस्कार भने, उस्ले नमस्कार पनि नफर्काइ बोलिन उम हजुर केछ खबर, मानौ नमस्कारको औपचारिकता पनि पुरा नगरि साधारण तरिकाले उस्ले संबाद सुरु गरेकिथिन, उस्को संबादले लाग्थ्यो हामी सालौ देखी छिन छिनमा कुरागर्ने साथी हौँ, जहाँ औपचारिकताको जरुरत पर्दैन, पुरानो मित्रवत व्यबहार जस्तै, मैले ठिकैछ भन्दै जवाफ फर्काए, अनिकेछ खबर, सञ्चै हुनुहुन्छ, मैले सोधे उताबाट कुनै जवाफ आएन, सोचे बोल्नेबेलामा कुन चै आइपुगेछ क्यारे, फेरी बोल्न नपाईने भो यस्तै सोच्दै कुरेर बसे, तर लगत्तै टुरुक टुरुक गरेको आवाज आयो यसो मोबाइल हेरेकोत अघिनै कतिबेला कल ड्रप भैसकेको रहेछ, केही बोर मान्दै मोबाइल हेर्दै भने, थुक्क ! यतिबेलै मान्छेलाई पनि आउनुपर्ने, केले गर्दा कल ड्रप भएको थियो थाहा थिएन, तर मोबाइललाई हेर्दै मोबाइल लाई नै गाली गरे, लगतै रिङ्ग बज्यो, टिरिङ्गग.... उताबाट चन्द्राले नै कल गरेकिथिन, पुन मैले कल रिसिभ गरे, हेलो केभो, मान्छे आको हो ? हैन बत्ती गयो, उस्ले भनी, अनी अहिले केबाट त, मैले सोधे, डाटा खोलेकोनी अर्काको पोइ संग बोल्नलाई, त्यती भन्दै खितिती हासिन, कल संबादमा ठट्टा गर्दै पहिलोचोटी उस्को हासो पनि सुन्नपाए मैले, नारी आवाज कोमल ध्वनी शुरिलो मिठो आवाजमा उस्को हासो आहा कती सुन्दर, मनमनै सोचे, उस्को अर्काको लोग्ने भन्ने ठट्टाको लाइनलाई समाएर जवाफ फर्काए, आफ्नो हुनलाई त पहिलाई भेट्नुपर्छनी, अहिले अर्काको सम्पत्ति भैसकेपछि अर्काको पोइ भन्नपाईन्छ ? मेरो कुराले खित्का छोडेर हाँस्दै जवाफ फर्काइ, त्यस्तो है, बिचरा म ! अनी आफु चै मलाई नहेरेर कता मुन्ट्या थियोनी त्यो बेलामा, आँफैलाई सदासयता पोख्दै मलाई ब्यङ्य कसी, मेरै भाग्य फुटेको होलानी बाहुनिको पोइ हुन नजुरेको, नत्र यतिबेला म बाहुनको ज्वाँई भाको हुन्थेहोला, हाँस्दै जवाफ फर्काए, कुरा पनि कती आको हो के क्षेत्रीनिको पोइलाई, पुन हासिन उनी, संगत नै क्षेत्रीबाहुनको भएपछी मेरो केको दोश, है, गर्दै छोटो उत्तर उस्को, अनी आज सुत्ने हैन, बाहुनिको कुरामा मख्ख परेर आफुलाई नबिगार कान्छा, निन्द्राले सतायो होला सुत्नु पर्दैन अब, उ पुन बोली, त्यही बाहुनिको बोली सुन्न नपाएर कती तड्पिएर बसेका होलान, धन्य मत भाग्यमानी रहेछु कम्सेकम बोलित सुन्न पाएकोछु अनी कसरी सुत्नुनी यस्तो बोली सुन्न छोडेर, मैले जवाफ फर्काए, पुन खितितिती हाँस्दै, त्योत हो माइतिको गाउको उबेलाको ठकुरी मगर र गुरुङ केटा देखी आफ्नै जातका केटाहरु हामी संग बोल्न भनेपछी मरिहत्ते गर्थे, त्यतिबेलाको कुरा के गर्नु अहिले झन दुइजनाको आमा भैसक्दा पनि लाइन मार्न छोड्दैनन मुर्दार हरु, धन्न तपाईंले त कोटा पाउनुभएको छ, लामो हासो फेरी हाहाहा, ए अझ कोटापो ? हाँस्दै प्रश्न गरे मैले, कोटा नभएर केत नत्र त यहाँ कतिजनाले मर्छु झै गरेर मेसेज गर्दा पनि बाल मत्लब देको छुइन, हजुरले त बरु दुई दुईवटा नम्बर पाउनुभो भन्नुन, भोट्या छोरा कम्तिको बाठोछ, भएन भन्ने बहाना गरेर नम्बर लीराखेको हैन एप्स्मा कल रिसिभ नगर्दा यता नम्बरमा गर्नलाई, पुन उस्तै हासो हाहाहा ।
कलको पहिलो भलाकुसरी हाम्रो, निक्कै रोमान्चक ठट्यौली गर्दै कुरा लम्बिदै थियो, शायद थाकेको तन र गलेको मनलाई प्यासपूर्ण नमिठोगरी नारी आवाजको अभाव थियोकी कुन्नी, घन्टौसम्म बोलिरहुँ, कुरा चलिरहोस, उ बोलिरहोस, म सुनिरहुँ झै भएको थियो, मरुभुमिको छातीमा तिर्खाएको ककाकुल एक अंखोरा पानीमा रमाएझै उस्को रेलाठट्टा र मधुर संबादमा रातभरको निन्द्रा र आफ्नो थकान पनि भुल्दै थिए मैले, केही दिनको मेसेज संबाद र आज मात्रै भर्खरै कलसंबादमा जोडीएको हामी, यती नजिक र यती खुला महसुस गरिन कि उनले आफुलाई पिसाबले च्यापेर हैरान भयो ल म सु गरेर आउछु पर्खनुहोस् सम्म भन्न भ्याइन, एकमनले त मेरो सट्टा पनि गरेर आउनुहोस है भन्दै जिस्काउन मन लागेकोथियो, तर जिस्काउन सकिन, मनले जितेर भनेको भएपनी शायद खासै रिसाउदैनथिन होला, किनकी हामी एकलेअर्कालाई घनिस्ट साथीको रुपमा सुइकारीसकेको थियौ, बढीमा हस भन्थिन वा हाँस्दै जान्थिनहोला, तर मेरो आफ्नै मनले आफ्नो सिमाना ननाघ भन्यो र मनलाई बसमा राख्दै हस म पनि पानी पिएर आउछु है भन्दै ढाटे, अनी बाथरुमतर्फ लागे, किनकी मलाई पनि अघिनै देखी पिसाबले च्यापेर हैरान भएको थिए, तर भन्न नसकेर सहेर बसिरहेकोथिए, मैले पनि त्यही मौका छोपेर ओके हस जानुहोस म पनि पानी पिएर आउछु है भनेर पिसाब फेर्नतर्फ लागे, बाथरुममा पिसाब फेर्दा पनि एक्लै मनमनै मुसुक्क हाँस्दै सोचे, मनमा अलिकती पनि पाप नभएको मान्छे नत्र जोकोहिले कहाँ यसरी खुलेर बोल्न सक्छ र एउटा नचिनेको अन्जान मान्छेसंग, यस्तै सोच्दै मलाई भने अलिअली लाज लागिरहेको थियो, अनी दिमागमा के कुराले छुयो कुन्नी पुन मुसुक्कै मुस्कुराउदै रुम फर्किए ।
दुबैजना पिसाब फेरेर आएपछी पुन हाम्रो संबाद सुरुभयो, अहिलेको संबाद भने स्पेस बसाइको प्रसंग निस्कियो, स्पेसमा को कस्को आनिबानी कस्तोछ बाट सुरु भएर को कस्को लभ परेको छ भन्ने सम्मको लख काटेकै भरमा अरुको कुरा काटाकाट भयो, दुबैले अन्दाज गरेकै भरमा उस्को लभ उ संग र उस्ले उस्लाई लब गर्छ भनेर भन्नसम्म भ्यायौ हामीले, मैले पनि जिस्काउदै सोधे उस्लाई, हजुरको चै कोसंग परेकोछ नि भन्न मिल्छ, मेरो प्रश्नले खितितिती हाँस्दै उल्टै मलाई प्रश्न गरिन, तपाईंको भन्नुहोस्न पहिले, मेरोत तपाईंले नसोधे पनि भनिहाल्छुनी, म अकमकिदै केही सम्हालिएर जवाफदिए, छ एउटी बाहुनी, ओहो बाहुनी पो, आस्चर्य प्रकट गर्दै हाँस्दै सोधिन, उम बाहुनी छोटो उत्तर थियो मेरो, उत्सुक्ता सहितको फेरी अर्कोप्रश्न, कोहोनी त्यो बाहुनी, सुनौत हामी पनि, मैले हाँस्दै जवाफ दिए, बाहुनकी छोरी, बाहुनकै बुहारी , घर परासी हाल काठमान्डौ, देखेको छुइन, मिठो बोल्छे, स्वतन्त्र बिचार, खुला सोच, मनकी असल, बौदिक्ताले धनी, प्रीय छिन उनी, पहिलेपहिले डिएम बाट अन्जान बनेर मेसेज गर्थ्यौ अहिले कलमै बोल्न सुरु गरेकाछौ, संक्षिप्तमा जवाफ दिएमैले, शायद कुरो बुझिन कि कुन्नी खितिती हाँस्दै भनिन, अनी बाहुनिलाई पनि थाहाछ त हजुरले माया गर्नुहुन्छ भनेर, खै थाहा छकी छैन तर भनेको पनि छैन, मैले जवाफ फर्काए, ए उसोभए बेलैमा भनिदिनुहोस् है मनको कुरा नत्र अरुको बारीमा फुलेपछी टिप्न पाइन्न फेरी, पछुताएर हेरिरहनुको बिकल्प हुन्ननी भबिस्यमा, जवाफ संगै उस्तै हासो हाहाहा, फुलत अर्काको बारीमा फुलिसकेकी हुन तर अहिले फुलिसकेपछी यही स्पेसले देखाइदियो फुल, मैले टठ्ठा गर्दै जवाफ फर्काए, फुलिसकेको भन्नाले अर्काको बुढी ? आस्चर्य मान्दै प्रस्नबाचक शैलिमा सोधिन, मैले पुन जवाफ फर्काए, उम अर्काको बुढी, अब यो उमेरमा कलिलो बिस बाइसे खोजेर कहाँ पाउछुत नि, त्यो पनि म बुढोलाई तरुनी कहाबाट मिलोस, मनमा तरुनोपन भएपनी ज्यान त बुढो भैसक्योनित, अनी यस्ताले तरुनी पाउछु भनेर सपना कसरी देख्नु, हाँस्दै मेरो जवाफ थियो, राम साचिकै भन्नुभाको होकी आफ्नो दु:ख पोख्नुभाको यतिसारो, फेरी गललल हासिन, अब नभएपछी अहिलेलाई दुखै सम्झिनुहोस्न, उत्तर फर्काए मैले, मनकारीहरुले उद्वार गरेपनी त हुनेनी, मान्छेहरु आफ्नो मनको कुरा पोख्न सक्छन, तर मरिगए म पनि तिमीलाई मन पराउछु भन्ने होइनन कोहिकोहिले, यस्ता निसठुरिको पछी लागेर म कहिले उभोलाग्नु, जिस्काए मैले, कठै बिजोग छ मान्छेको, दु:खपनी अनेक थरिका, सन्तान थरिथरिका भने जस्तै, फेरी हासिन हाहाहा, हासोको फोहोरा पनि रोक्न नपाउदै अर्को सवाल गरिन, म केही गर्न सक्छुत हजुरको लागि, भो पर्दैन भन्दै मैले आफ्नो भाउ बढाए, बढाए के भन्नु उस्को मन चोर्न खोजे, मनमा सोच्दै थिए, एउटिले प्रेम देखाएर प्रश्नहरुको थाक लगाएर बेपत्ता भएको धेरैदिन भएको छैन, अर्कोले के खुशी देवोस मलाई, मनमनै सोचे मैले, दुखेको मनमा खुशी भन्दा धेरै चोटको सम्झना आउनेरहेछ, यादहरुको पहाड उभीनेरहेछ, बरु दुखेको घाउमा थोरै भएपनी मलमपट्टी लगाइदिने साथी भेटेको महसुस भएकोथियो तर प्रेमको नजरले उस्लाई हेर्नसक्ने थीन म, हुनत मलाई थाहा थियो उस्ले पनि आफ्नो दुखेको घाउको केही पाप्राहरु उप्काउदै मलाई देखाउन चाहन्थ्यो, पिडाहरुको कथा सुनाउन चाहन्थ्यो, सुनाएरै आफुलाई शान्ता र सितल बनाउन चाहन्थ्यो, जस्को लागि म बिस्वासिलो पात्र भएर आएको थिए उस्को असलमित्र बनेर
कल संबादपछी आजकोदिन निरन्तर गफ भैरहयो हाम्रो, रातभरी नसुतेको निन्द्रापनी कता भाग्यो भाग्यो, बरु उल्टै सरिरमा चन्चल्ता र हलुका महसुस भएर आयो, शायद त्यसैले पनि होला, हाम्रो गफ अझै छोटिने छाटकाट देखिदैन, अझै गफ लम्बिदै जादैछ, यसैक्रममा मैले कुरालाई अगाडि बढाउदै सोधे, ए साँची हजुरले हिजो एउटा कुरा भन्नुछ भन्नुभएको थियोनी त्यो केहो, मैले कुरोको बिट घुमाए, उताबाट हाँस्दै उत्तर फर्काइन, बाफरे ! हेरहेर, कती हतार परेको हो मान्छेलाई, लगतै मैले जवाफ फर्काउदै भने, अनी हतार पर्दैनत मान्छेलाई, कतै त्यो मान्छे मै हुँँ कि भन्ने परिराछ आफुलाई चै, हाँस्दै उताबाट है कठैबरा, हाहाहा छोटो जवाफ, अनी उसैले कुरा थपी फेरी, धेरै हतार गर्नुहुदैन के, हातर गरेको कुनै पनि काम राम्रो हुँदैन, समय लागोस तर राम्रो होस थाहाछैन हजुरलाई ? खै होला मलाई थाहा भएन यस्तो कुरा, मैले केही रिसाएको भावमा भने, फेरी उसैले कुरोको मेसो मिलाउदै भनी, अस्ती हजुरले दोश्रो भागको कथा बाचन गर्नुभयोनी, त्यो सुनिरहदा कतिपय ठाउँमा यस्तो लाग्यो, त्यो पात्र मै हुँँ र मेरो कृष्ण, आधासरो कथामा त मै हुँँ कि ! जस्तो लागेको थियो, अनी फेरी हासो, हाहाहा, भनिन्छनी देखेकोले हुँदैन लेखेको चाहिन्छ भनेर, शायद त्यसैले होला, उ मेरो दिलमा लेखिएकोछ, दिमागमा लेखिएकोछ, मनमा लेखिएकोछ, मुटुमा लेखिएकोछ, रहेनछत केवल त्यही एउटा भाग्यमा, जो उस्को भएर जिबनभर सिउदोमा सिन्दुर र गलामा पोते लाएर उस्को हुन सकिन, त्यसैले पनि घरिघरि उस्को यादहरुले सताइरहन्छ, सम्बन्ध जस्तोसुकै होस, राम्रो वा नराम्रो याद त यादै हो, जो हरेकको जिबनमा केहीन केही यादहरु हुन्छन, बस कुनै मिठो त कुनै तितो, उनी संग पनि मेरो तितोमिठो दुबै यादहरुछन, तितो यो अर्थमा कि हामी दुबैले एकलेअर्कालाई प्रेम गर्छौ भन्ने जान्दाजान्दै पनि कहिले भनेनौ, जो जिन्दगीभर याद रहिरहन्छन एउटा तुस बनेर, कास भनेको भए ! भनेको भए र यो कास जिबनभर खट्किरहनेछ मलाई, शायद मलाई मात्रै हैन उस्लाई पनि, अनी मिठो यो अर्थमा कि म आज कसैको सिउदोको सिन्दुर र कसैको धर्म पत्नी भैसकेर पनि हिजो जस्तै आज पनि उतिकै र उस्तै माया गरिरहन्छु, शायद यसैलाई भनिन्छ होला, प्रेम माया वा मोह जेभनेपनी, उनी बोल्दैगइन, बोल्दैगइन, म सुन्दै गए, उ अझै भन्दैथिन, कहिलेकाहित यस्तो लाग्छ, बाउआमाले जन्माइ दिएपछी, जब हुर्कियौ ठुलो भयौ, सहि गलत केहो छुट्याएर आँफै निर्णय लिन सक्नेभयौ अनी यो सबै गर्नसक्ने जिन्दगी चै आफ्नो रे, तर हामीले जिउनुपर्ने चै अरुको लागि ! खुशी रहर र सपनाहरुको तिलान्जली दिएर खोक्रो आदर्शबादी समाजको चौरास्तामा दागबत्ती दिनुपर्ने, चितामा जलिरहेको खुशी देखेर आफुलाई र आफ्नै मनलाई बन्दकी राखेर टुलुटुलु हेरिरहनुपर्ने, रहर, सपना, इच्छाहरुको सामुहिक अन्तिम दहन भैरहेको, हो, खुशीहरुको पहाड देखेकोछु, सपनाको सागरहरु देखेकोछु, माया, प्रेम, सद्भाव, रहर र सपनाहरु आफ्नै अगाडि उभिरहेको देखेकोछु, तर पनि ति सबै खुशी हरुलाई आहा ! भनेर अंगाल्न सक्दिन, किनकी प्रेममा प्राप्ती नै जिबनको अन्तिम सार्थक्ता होइन, त्यस्लाई हेरेर अनुभुती गर्नु, महसुस गर्नु, चिम्लिएका बन्द आँखाले पनि देखेर अन्तरह्रिदयलाई छाम्न सक्नु नै जिबन हो, प्रेम हो, बिनास्पर्स गरेर गरिने अनुभुतिनै आत्मासन्तुस्टिनै लिनु दिनु र जिउनु पनि हो जिबन, शायद यिनै अभाव भित्रको प्राप्ती हामी दुबैकोलागि उ सँधैको लागि मेरो कृष्ण होर, म उस्को सँधै राधा भएर रहनेछु, अनी हामी दुबै आजिबन भनिरहनेछौ कि ! हामी दुबैको बिचको त्यो अभावभित्र हरेक शब्दको पछाडि एटलिस्ट र सिर्फ कास यि दुई शब्दहरु हमेसा हाम्रोलागी एकअर्काको प्रतिद्वन्दी भएर उभिनेछ, यही एटलिस्ट र कास आज जिउने बहाना भएकोछ, किनकी हामीले एकलेअर्कालाई प्रेम गर्छौ भन्ने महसुस जाँदाजान्दै पनि ब्यक्त गर्न सकेनौ वा यो समाज संग युद्ध गर्न सकेनौ ।
बोल्दाबोल्दै उनी अचानक बिचैमा केहीबेर रोकिन, पुन लामो सास तान्दै बोल्न सुरु गरिन, म सुन्दै गए, उनी भन्दै गैन, जाडोमा प्रीय लाग्ने घाम पनि मौसम बद्लिदै जादा मन पर्न छोड्छन, त्यस्तैनै अहिलेको प्रेम पनि शरीर नसाटिदासम्म प्रीय लाग्छन, घन्टौसम्म बोलीरहुँ झै लाग्छन, कहाँ देखौ र कहाँ भेटौ झै भैरहन्छन, तर जब भौतिक शरीरको अस्लील स्पर्सपछी बिस्तारै मन्पर्न छोड्छन, टाढिदै जान्छन, र अन्त्यमा अस्लील प्रेमको हत्या भएरै छाड्छन्, समाप्त हुन्छ, यस्तो प्रबिर्ती अझ बिशेष गरेर नारी पात्रमा भन्दा पुरुष पात्रमा बढी मात्रमा छ, हो त्यस्तैनै अहिलेको नयाँ पिढिका युवायुवतिले प्रेमलाई शरीर संग यौन साट्ने र बैशको भारी बिसौने माध्यमा बनाएकाछन, तर हामीले गरेको त्यो बेलाको प्रेम छुनत परै जावोस आँखाले सिधै हेर्दा पनि कसैले देख्योकी भन्ने भय हुन्थ्यो, आमुने सामने परिहाले डर र लाजले कयौदिन मुटु काप्थ्यो, कौतुहल्ता छाउथ्यो, मन मस्तिस्क र सरिरमा कयौ दिनसम्म तरंग छाउथ्यो, एकातिर बाउआमा आफन्त ले देख्यो कि भन्ने डर अर्को तिर गाउघरको कसैले देखेर के भन्ला भन्ने पिर तर प्रेम, प्रेमनै रहन्थ्यो, चाहे त्यो स्पर्स बिनाकोहोस, वा एककोस टाढैबाट आँखाले नियालेर होस, तिनै चोखो प्रेमको कारण आज मेरो साथमा राम र कृष्ण दुबैछन, म आँफैलाई धेरै भाग्यमानी सम्झन्छु, मेरो सिउदोको सिन्दुरको हक राख्नेलाई राम सम्झन्छु जस्ले मेरो शरीर संगको हक उसैले मात्रै राख्न सक्छ, अनी मनको भावलाई छुन सक्ने मेरो प्रेमलाई म सँधै कृष्ण सम्झन्छु जो उ बाहेक अब मेरो जिबनमा कोही आउन सक्नेछैन अनन्तकाल सम्म आजिबन, उनी बोल्दाबोल्दै उन्को कुरा बिचैमा काटेर मैले भने तपाईं साह्रै भाग्यमानी, भाग्यमानी मात्रै हैन महाभाग्यमानी त्यो सौभाग्य दुनियाँमा कमैले मात्रै प्राप्त गर्नसक्छ तर मेरो नजरमा त कृष्ण यौनपिपासु, नक्कले केटी घुमाउदै हिंड्ने छद्ममभेषी बिम्बको रुपमा हेर्छु, मैले यतिभनिसक्दा मेरो कुरो बिचैमा काटेर अब्जेक्सन लगाउदै बोली उ, तर म फरक ढंगले देख्छु कृष्णलाई, राधा लीलालेखन सुन्नुहोस पुरै अनी चिन्नुहुन्छ कृष्ण केहो भनेर, उनी अलिक रिसको भावमा जंगिदै बोली, शायद मैले कृष्ण प्रती गरेको कटाक्ष्यले उस्लाई केही थोरै रिस उठेको हुनुपर्छ, उनी अझ अगाडि भन्दै गइन, मायालाई प्रेमको संज्ञा दिनेहरुले कृष्णको बदनाम गरेकाछन, रुक्मिणी संगत सारिरिक सम्बन्ध नराख्ने कृष्णलाई राधासंग जोडेर आफुलाई तुलना गरेर कृष्ण र राधाको सम्बन्धलाई बदनाम गरेकाछन भाको यतिमात्रै हो, बरु कृष्ण प्रती तपाईंलाई केही सम्सय भए लीलालेखन पुरै सुन्न अनुरोधगरे, कृष्ण प्रतिको सम्मान र उस्को प्रेम प्रती उस्को कती विश्वाश छ भन्ने उस्को लामै व्याख्या गराइले बताउथ्यो, उनको भनाइ प्रती म मौन हुँदै मनमनै भने आज देशमा त नेताले मात्र परिबर्तनको नारा लगाएकाछन, दिनदिनै हत्या हिंसा, बलत्कार चोरीडकैती भएकोछ, दिनदिनै सत्य हराएर असत्यको जित हुँदैछ, त्यसैले जबसम्म असत्यको नाश भएर सत्यले स्थान पाउदैन जुन परिबर्तनको लागि जरुरी छ, त्यस्तै भाव ब्यक्त गर्ने माध्यमा भनेको साहित्य हो, त्यो क्षेत्रमा सत्य छैन, किनकी साहित्यले जती प्रेमको अर्थ बुझ्छ त्यो भन्दा कयौ लाखगुना धेरै प्रेम इश्वरको स्वरुप हो, मायाले गर्दा इस्वर देखी बिमुख छ संसार भने असली प्रेम सन्सारले कहाबाट पावोस ।
रेलाठट्टा र हासोमजाक गर्दागर्दै अन्त्यतिर आइपुग्दा उनी निकै भाबुक र गम्भिर हुँदैथिन, मैले घडी हेरे, ओहो दिउसोको एक बजिसकेछ, मनमनै सोच्दै भने, अबत सुत्नुपर्छ नत्र भरे राती गाह्रोहुन्छ भन्ने सोच्दै उन्लाई भने, चन्द्रा जि, हजुर बोल्दाबोल्दै बिचैमा रोके है मैले, हेर्नुहोस्न यता दिनको एक बजिसकेछ रातिको डिउटिछ अब हजुरको मिलेछ भने भरे राती नत्र भोली फेरी बोलौन है, त्यसो गरे कसो होला? कुरालाई टुङ्याउन खोज्दै मैले असाय प्रकट गरे, चन्द्राले पनि आतिदै भनिन, ला....! मैले त बाबुलाई खाजा खुवाउनै बिर्सेंछु यता चार बज्न लागिसकेछ, हस हजुर पनि आराम गर्नुहोस म पनि खाजा बनाएर खुवाउछु केटाकेटिलाई, हस्त सर बाइ सि यु, हाँस्दै गूड्अनाइट भनिन, मैले पनि हस बाइ भन्दै कल काटे, उनीपनी तुरुन्तै अफलाइन भैन, अनी म पनि सुत्न तर्फ लागे, त्यसपछी रातभरको थकाई र निन्द्राले गर्दाहोला, कतिछिटो भुसुकै निदाएछु ।
रचना- अर्पण योन्जन (शिरिष)
मिती- १३, १४ र १५, कार्तिक २०७८
तदनुसार- २९,३० र ३१ अक्टोबर २०२१
No comments:
Post a Comment