असोज २१, बिहीवार २०७८ तदुनसार अक्टोबर ७ का दिनदेखी नेपालीहरुको घरघरमा घटस्थापना सुरु भएसंगै दसैं भित्रीएकोछ, आ-आफ्नो गच्छे अनुसार किनमेल र दसैंको बन्दोबस्तिको सुरुवात भएकोछ, घरघरमा नौरथ लागेर प्रतेक दिन बिहान र बेलुकी नवदुर्गाको पूजाआराधाना सुरुभएकोछ, हरेकको घरमा दसैंको रौनक भित्रीएसंगै हर्सौल्लास र खुशीले छाएकोछ, गएको बर्ष तिज र दसैंतिहार कोरोना जस्तो विश्वामहामारिले अक्रान्त बनाएर खासै रमाइलो भएको थिएन, गएको बर्षको चाडपर्बहरु, हरेकको घरमा मृत्युले आफन्त गुमाएर देशै सोकाकुल भएको अवस्थामा थियो, तर यो पल्टभने केही छिटफुट बाहेक लग्भग सामान्य अवस्थामा मुलुक फर्किदैथियो, मान्छेहरु प्राय सबै ब्यस्त हुँदैथिए, कोही किनमेल र घरआगन सफासुघर सरसफाइ गर्नमा ब्यस्त हुनथालेका थिए, शायद त्यसैलेहोला फेसबुक र टुइटरको भित्ता दसैंको शुभकामना बाहेक खासै स्टाटस र टुइटहरु पोस्टिएका छैनन, स्पेस तिरपनी कयौ मान्छेहरु को भिडहुने र रमाइलोहुने क्रम पनी प्राय सुन्सान जस्तै भएकोथियो, एकाध स्पेसतिर बाहेक मान्छे नै हुन्नथ्यो, त्यसैले रातभरीको अनिदोलाई भोलिपल्ट बिहानभरी बोलेर गुडनाइट भनेर बिदाभएकी चन्द्रा पनि पनि ब्यस्त बनेकी आज १५औं दिन बितिसक्दा पनि आएकिथिनन, नौरथ सुरुभएदेखी बिहान र बेलुकी गूडमर्निङ सर र गूडनाइट सर बाहेक खासै केही मेसेझरु गरेकिछैनन, बेलाबेलामा अकलझुकल अफलाइन मेसेज छोडेकी हुन्थिन, सर सरि है, दसैंले गर्दा हजुरलाई समय दीन सकिरहेकी छुइन, ब्यस्त छु, बिहान उठ्नु नुहाउनु अनी बिहानबेलुकी चोखोनिधो गरेर पूजा गर्नु, हरेकदिन घरलाई सफाइ गर्नु, बिहान बेलुकी खानापिना खाजा बनाउनु, पाहुना बिदा गर्नु कामको चटारोछ, हामी छोरीमान्छेलाई त भगवानले पनि घरको धन्दा र चुलोचौका गर्नको लागि नोकरनै बनाएर पठाएको जस्तैलाग्छ, तर नगरि पनि नहुने सर, फुर्सद भएपछी म आँफै कल गर्छुनी है, उस्को बिनम्र सहितको छोटो मेसेज हुन्थ्यो, हुनपनी हो, केही अपबाद बाहेक, हरेक घरका लोग्नेमन्न्छे हरुलाई चाडपर्ब होस् या अन्य समय कमाएर ल्याएर पैसा फुत्त फ्याकिदिए भैगयो, बाँकी घरको आइमेइ मान्छेले नै सम्पूर्ण व्यबहार धान्नुपर्छ, छोराछोरी हेर, सासुससुरा हेर, लोग्ने हेर, पाहुनापात हेर, गोठको गाइबस्तु बाख्रा हेर, वारि र खेतमा पाकेर पहेलै भएको अन्नबाली हेर, आइमाइ मान्छेको दुइटा हातले सबै जिम्मेवारि निभाउनुपर्छ, नौरथ सुरुभएदेखी सुरुभएको देबिको पूजा हैन दुइटा हातले सबै काम भ्याउने भएर तिनै आइमाइ मान्छेहरुको पूजा गरेको जस्तो लाग्छ मलाई । सायद यिनै हाम्रा श्रीमती आमा छोरिचेली देबिको अवतार हुनुपर्छ, नत्र उस्तै शरीर र दुइहात भएका पुरुषुहरु दिनभरिको एकलग काम मात्रै भ्याएर आउछन, तर तिनै नारिहरु सम्पुर्ण मेलापात र धन्दा सकेर ओछ्यानमा पुग्नुपर्छ,
उता चाडपर्ब दसैंतिहारको रौनक्ता भित्रीएसंगै यता परदेशमा पनि मन अमिलो हुन थाल्छ, जतिजती समय नजिकदै टिकाको दिनआउछ उतिउती मन धमिलो हुँदैजान्छ, अनी जुनदिन टिकाकोदिन सबैजना टिका लगाएर फेसबुकको वालभरी फोटोहरु पोस्ट्याउछन अनी ति फोटोहरुमा लाइक कमेन्ट गर्दै समय जान्छ, शायद यो मेरो मात्र बिबस्था हैन, हरेक परदेशिको बाध्यताहोला, हरेकको घरको युवा परदेशिएको कथा होला, अनी ति लाखौंको कथा भित्रको एउटा पात्र म पनि हुँँ, हरेक साल परिवारलाई ढाटे झै अर्कोसाल पक्कै आउछु भन्दै बाचा गर्दै बर्सौ बर्ष बित्छ, बितेकोछ, त्यसैले पनि कहिलेकाही परिवारमा निकै बेमेल संबादहरु हुन्छन, सानोतिनो झगडा हुन्छन, तर उनिहरु बुझ्दैनन कि यो सबै बाध्यता हो रहर हैन भनेर ।
गर्दागर्दै यो बर्षको दसैं आयो भन्दाभन्दै जान पनि लाग्यो, आज दसैंको अन्तिम दिन कार्तिक ३, शुक्रबार २०७८, तदनुसार २०,अक्टोबर २०२१, को दिन, कोजाग्रत पुर्णिमा, ब्रत, कार्तिक स्नान र आकाशदिप दान आरम्भ असोज शुक्ल पुर्णिमा, दसैं सकिएकोछ, आकाशमा सम्साँझ नै पूर्ण गोलाकार जुन देखिएकोछ, मौसमले बिस्तारै हिउँदलागेको जनाउ दिदैछ, बिहान र बेलुकी केही चिसो र बिहान उठ्दा हलुका शित झर्न थालेकोछ, बिहान बिहान केहीदिन देखी डम्म हुस्सुपनी लाग्न थालेकोछ, आज शुक्रबारको दिन हाम्रो साप्ताहिक छुट्टी, हरेक हप्ताको शुक्रबार झै हाम्रो बिदा, त्यही बिदाको मौका छोपेर दिनभरी लुगाकपडाको सरसफाइ, हप्ताभरिको खान पुग्ने सामलतुमलको बन्दोबस्ती, किनमेल सकेर बेलैमा क्याम्प फर्कियौ हामी, आजभने धेरै दिनपछी पहिलोपटक खाना बनाउने पालो थियो मेरो, खाना बनाए, सबैजनाले खायौ, खाना खाइसकेर कोही बाहिर कम्पाउण्डको ग्राउन्डमा खेल्दै थिए, कोही क्याम्पको बिल्डिङ्गको अध्यारो भितामा छल्लिदै अडेसा लागेर फोनमा ब्यस्त थिए, म भने बेडमै पल्टिएर टोलाई रहेको थिए, पूर्वमा देखिएको पूर्ण कदको चन्द्रमाले जिस्काउदै मेरो झ्यालको सानो प्वालबाट भित्र मेरो बेडसम्म चिहाएको थियो, शितल थियो, सम्य थियो, सालीन थियो, अनी म एकछिन त्यही जुनसंगै टोलाएछु, म केहीदिन देखी सोच्च्दै थिए कि केही लेखौ भनेर, तर के लेखौ, कस्तो लेखौ, कहाबाट सुरु गरेर कहाँ कुन बिन्दुमा पुराएर अन्त्य गरौ, मलाई कुनै जुक्ती फुरिरहेको थिएन, एकमनले सोचे स्पेस्मा बस्दाको केही अनुभको बिम्ब बनाएर लेखौकी भने, अर्को मनले सोचे चाँदनी जि उर्फ चन्द्राजीले जे सुनाउन खोज्नुभएकोछ, र आज सम्म जेजे भन्ने कोशीस गर्नुभयो त्यसैको बिम्ब बनाएर केही कथा लेखौ कि भन्दै सोचे, तर जसरी सोचेपनी मैले यसैगर्छु भनेर ठ्याक्कै निर्णय लिन सकिन, किनकी, जुन स्पेस बसाइमा भएको अनुभब र अनुभुती लाई समेटेर लेख्नको लागि पनी कस्को बिषयमा लेख्ने दोधारमै थिए, चन्द्राजी को बिषयबस्तु समातेर लेखौ भनेपनी अपुरोनै थियो, किनकी उस्ले भन्छु भन्दाभन्दै भूमिका बान्दाबन्दै सुनाउन नपाई दसैं भित्रीएर ब्यस्त बनेर केही सुनाउन सुरु गरेकै थिनन, मेरो केही लेख्ने तिब्र इच्छलाई मैले सुरुवात गर्नै सकिन र अन्तिममा एउटा मनले भन्यो कि चादनि जि उर्फ चन्द्रा जि आएपछी सबै काहानी सोध्नेछु र लेख्नेछु भनेर मनलाई पक्का बनाए र सुत्ने तरखरमा लागे ।
भोलिपल्ट २१,अक्टोबर २०२१, नेपाली मिती अनुसार कार्तिक ४, २०७८ को बिहानै निन्द्रादेबिले छोड्यो, बिस्तारै चिसो लाग्न सुरुगरेको मौसमसंगै बिहानिको पारीलो द्रिश्य थियो बाहिर, रुमको पछाडिपटिको रुखमा बसेर चराहरुले चिरबिर चिरबिर गर्दै बिहानिको संगित भरिरहेको थियो, हरेक हप्ताझै सनिबारको दिन डिउटी सुरु हुनेभएकोले सबैजना काम तर्फ लागिसकेका थिए, बाँकी क्याम्पको सफाइ गर्ने दुइजना बिजय ठाकुर र तुलसी लिम्बु सहित केही नाइट डिउटी गर्ने बाहेक कोहिपनी थिएनन, क्याम्पमा, घमाइलो मौसम संगै मलाई पनि उठ्न मन लागेर आयो, उठे, किचेन तर्फ लागे, किचनमा पुगेर कफी बनाए, दुइटा अन्डाको आम्लेत बनाएर ब्रेडको बिचमा राख्दै कफी नास्ता खाए, नास्ता खाइसकेर पुन अर्को कफी बनाएर रुमभित्र छिरे, कफिको कप टेबलमा राख्दै ब्लान्केट पट्याएर बेडको भित्तातिर राखे, त्यही ब्लान्केटको आड लगाएर भित्तामा अडेसा लागेर एउटा हातमा कफी लिदै, सुरुप सुरुप पिउदै सोच्न थाले, मैले पिईरहेको कपको कफिको बाफ उडेर रुमको माथि सिलिङमा ठोकिदै कतै बिलाउदै थियो, अनी सम्झे फेरी तिनै प्रश्नहरुको मालिकनी बेपत्ता भएको दिन खोपी संदेश छोड्दै कफिको तातो बस्फिकरन लाई प्रेमको हुलाकिको सुचकको संज्ञा दिदै लेखिकी थिईन, म हरेक बिहानी बार्दलिमा बसेर तातो कफिको बाफ संगै गुनासो गरिरहेको हुनेछु जुन बाफले पनि तिमीलाई छुएर आएको होस, जस्ले जुन बाफ र हावाले तिमीलाई छुएर फर्किनेछ म सम्म र म ति हावाहरुलाई अंकमाल गर्नेछु तब बल्ल म चैनको श्वास फेरेर हरेक दिनको सुरुवात गर्नेछु । उन्ले यस्तै के के लेखिकिथिन, उन्ले भनेजस्तै उडेर गएको कफिको बाफ अनी मलाई छुएर बहने हरेक हावाको चिसो स्पर्सले उस्लाई गएर भन्यो कि भने थाहाछैन, उस्लाई गएर अंकमाल गर्योकी गरेन थाहाछैन, अनी त्यो अंकमालमा गरेको प्रेमिल आत्मिय स्पर्समा उन्ले अनुभुती गर्न पायो पाएन थाहाछैन तर मलाई भने बेलाबेलामा उस्को अभाबले मज्जाले सताउने गर्छ, कल्पनामै अंकमाल गरेर ऐठन गराउछ, यादहरुले चिमोट्छ र सताउछ, हो तिनै यादहरुले आज पनि म बेडको भित्तामा अडेसा लागेर पिउदै गरेको कफिको बाफ उडेर रुमभित्रै कतै बिलाउदै गर्दा आज फेरी उन्को याद आएकोछ, यो याद भन्ने चिजपनी घरिघरी बराबर किन आइदिन्छ, र मनलाई बिचलित बनाएर, जान्छ, जस्लाई नत, खाली नाङगो आँखाले देखियो, नत कुनै दिन निजी कल संबादमा आएर दोहोरो आवाज नै आदानप्रदान हुन पायो, आखिर त्यस्तो कुन स्पर्स थियो र आजसम्म उस्को यादहरुले छुएकोछ मेरो मनहरुलाई, हरेकपल एक्लो हुँदा एक्लोपनमा उस्को यादहरुको स्पर्सले छुन्छ मन चिसो हुनेगरेर, जहाँ अभाब र खिन्नता बाहेक केही भेटिदैन,
एकाबिहानै उस्को यादरुले आज फेरी एकपल्ट नमज्जाले गाज्यो, सोच्दासोच्दै उकुसमुकुस भए म, बिहान बिउझदा बाहिर कराएको चरिको चिरबिर र चिसो मौसमले दिएको उमंग एकाएक अहिले उराठ लाग्दो जस्तो भयो, एक्लोभएको जस्तो, संसार सबै रित्तिएर बालुवाको मात्रै धर्ती भएको जस्तो, कुनै हरियाली यो धर्तिमै नभएको जस्तो कहालीलाग्दो भएर आयो, मनलाई अत्यास भएपछी मोबाइलमा अडियो उपन्यास हरु सर्च गरेर सुन्न थाले, युट्युबमा अच्युत घिमिरेको श्रुती संबेगमा बिपी कोइरालाको तीन घुम्ती उपन्यास भेटए, उपन्यास सुन्दै गए, लेखकको क्रान्तिकारी सोचको बिम्ब र प्रस्तुतकर्ता अच्युत घिमिरेको आवाजले सिघारिएको अडियो पुस्तक, आहा ! जती सुन्यो उती सुन्न मन लागेर आयो, सुन्दै गए झन मिठास लाग्दै गयो, सुन्दा शब्दहरु जती सरल लाग्थे तर कथाले भन्न खोजेको भूमिका उतिकै गम्भिर र गहिरो गहन थियो, कथाको शब्द यस अर्थमा सरल कि जोकोहिले पनि पड्दा वा सुन्दा सहजै बुझ्न सकिने शब्दहरुको मिलावट, अनी गम्भिर र गहिरो गहन यो अर्थमा कि कथाको बिम्ब आजको समाजले पनि पूर्णरुपमा सुइकार्न नसकेको एउटा एकप्रकारको बिद्रोह जस्तैथियो, अब बिद्रोह यस अर्थमा कि अझै पनि हाम्रो समाजको कतिपय ठाउमा र अलग जाती धर्ममा अन्तरजातिय प्रेम बिबाहलाइ सुइकार्न सकेकोछैन, अन्तरजातिय बिबाहकै कारण बिभिन्न समयमा दुर्व्यबहार, अपहेलना घ्रिणा र कहिलेकाही हत्या मृत्यु जस्ता जघन्य अपराधहरु घट्ने गरेकाछन, ति र त्यस्ता घटना घट्नु वा हुनुभनेको आजको बिकसित समाजमा पनि अन्तराजतिय प्रेम वा प्रेम विवाह बर्जित हुनुहो, असुइकार्य हुनुहो, अमान्य हुनुहो, समयले हरेक इतिहासहरु कोरिसके, भिन्न समाज र समाजको संरचना दीइसके, हरेक समयमा किसिमकिसिमको राजनैतिक परिवर्तन र प्रगतिशिल युग दीइसके, राणाहरुको बिरुधमा आन्दोलन गरेर बिपिहरुले राजातन्त्रको इस्थापनागरे, त्यसअघिको हिसाब जोड्ने हो भने पनि राणा शासन हुँदै बहुदल पञ्चायत, अनि फेरि बहुदल, लोकतन्त्र हुँदै अहिले आएर राजातन्त्र फालेर गणतन्त्र ल्याउदा सम्मपनी हाम्रो समाजले सहजै तरिकाले अन्तरजातिय विवाह, विवाह पूर्वको यौन सम्बन्ध वा विवाह पस्चातको पर पुरुष महिला बिचको यौन सम्बन्धलाई मान्यता दिनसकेको अवस्था छैन, पस्चिमि शैलिमा सुइकार्न सक्ने समाजको अझैपनी निर्माण हुन सकेकोछैन भने, त्योबेला बिपी कोइराला ले लेख्नुभएको तीन घुम्तिमा एउटा महिलाको संघर्सलाई प्रेम अन्तरजातिय विवाह र बिबाबह पस्चात परपुरुश संगको अबैध यौन सम्बन्धलाई सहज ढंगले उजागर बनाइ दिएकाछन, एउटी नेवारी समुदायको केटी ईन्द्रमायाले ब्राम्हाण समुदायको केटो पिताम्बर संग प्रेम विवाह गरेर अन्तरजातिय बिबाहले चुनौती दिएकाछन, पछी गएर राजनैतिक परिबर्तनको लागि पिताम्बर राजनैतिक जिबनमा जेल परेपछी पिताम्बरको आफ्नै साथी संग ईन्द्रमायाको अर्को प्रेमले लोग्ने हुँदाहुँदै अर्को परपुरुस संग यौन सम्बन्ध राखेर छोरीको जन्म दिएकिछिन, जस्लाई जेलबाट छुटेपछी पिताम्बरले कहिले छोरीको रुपमा सुइकार्न सक्दैन र अन्त्यमा दुबैको बियोगान्त बिछोड हुन्छ र छोरी लिएर ईन्द्रमाया पुन एक्लै जिबन ब्यतित गर्छिन, त्यसैले पनि आजभन्दा ६५/७० बर्ष अगाडिको समयमा पनि ईन्द्रमायाले प्रेम, अन्तरजातिय विवाह र यौन सम्बन्धलाई चुनौती दिएर बिद्रोह गरेकिछिन, त्यस अर्थमा पनि तीन घुम्ती आँफैमा नारी आन्दोलकको ससक्त दस्ताबेजको रुपमा हेर्छु म चै, तीन घुम्ती सुनिसकेर वा पढि सकेर कतिपयले ईन्द्रमायाको पर-पुरुषको प्रेम सम्बन्ध र उ संगको यौन सम्बन्धले चरित्रहिन सम्झिए पनि म उस्लाई साहसी महिलाको रुपमा हेर्छु, ईन्द्रमाया आँफैमा क्रान्तिकारी प्रगतिशिल महिलाको रुपमा हेर्छु, किनकी पहिलोत त्यो समयमा पनि ब्राम्हाणको छोरा पिताम्बर संग प्रेम विवाह गर्नुनै साहसिक बिद्रोह थियो उनको, अर्को उस्ले भोगेको दु:खको जिबन कमको थिएन, त्यसमाथी पनि पिताम्बरको आफ्नै साथी संगको गरेको अर्को प्रेम र यौन सम्बन्ध उन्ले आफ्नो चरित्र कम्जोर भएर गरेकि थिनन, उन्ले बाध्यता र मजबुरीबस त्यो सम्बन्ध निभाउनु परेको थियो, त्यो पनि कमको बिद्रोह हैन, आजको महिलाको तुलानामा, त्योबेला ईन्द्रमाया आँफैमा एउटा साहसिक योद्धा र प्रेमिल पत्नि वा प्रेमिका अनी बात्सल्यमय आमा थिन,
तीन घुम्तिको ईन्द्रमायाको जिबनको उतारचढाबलाई महसु गर्दै दुइघन्टाको अडियो कतिखेर सकियो पत्तै पाइन, अझै सुनौ सुनौ लाग्दलाग्दै ईन्द्रमायाको जिबनको भोगाइ र यथार्थ सकियो, कथा भित्रै मैले पनि ईन्द्रमायालाई प्रेम गर्न पुगेकोछु, एउटा कथाभित्रको दुई घण्टाको अडियो कथामा बग्दै जादा मलाई ईन्द्रमायाको संघर्स र अन्तिममा उस्ले छोरी च्यापेर एक्लै जिबन ब्यतित गर्नुपरेको सजिब चित्र झै त्यो अमुर्त जिबन संग माया लागेर आयो, दया लागेर आयो, साचिकै कथाभित्र बग्दबग्दै अहिले पनि ईन्द्रमाया निर्जिब नै होला जस्तो लाग्यो, ईन्द्रमायाको उमेरलाई मैले गुलाबी उमेरको परिकल्पना गरे, अनी संघर्श र अनेकौ दु:ख कस्ट हन्डर खाएर ईन्द्रमायाको शरीर चाउरिएको, झिनो भएको महसु गरे, गाला चाउरी परेर, पेटको छाला चाउरिपरेर पटुकाभरी लाम्टा झुन्डिएको कल्पना गरे, ईन्द्रमाया पैतिस चालीस बर्षकै उमेरमा बुढी देखिएको कल्पना गरे, अनी कल्पनामै उस्को माया लागेर आयो, उ संग विवाह गरेर उस्लाई सुख दिउँ भन्ने मनभरी नानाभाती कुरा खेल्न थालयो, उस्को संघर्शको सारथी बनौ र जिबनभरको उस्को बिद्रोहलाइ साथ दिएर जिबन साथी बनेर उस्को हराएको हासो, कलेटि परेको ओठमा फेरी मुस्कान फर्काएर ल्याउ झै भयो, फेरी अर्को मनले सोचे जस्लाई जिबनभरको जिबनसाथी सम्झेर विवाह गरेको लोग्ने र बाध्यताबस गरिएको प्रेमले निम्ताएको यौन सुखबाट आफ्नै रगतको छोरीको जन्म दिने बाउले त सुइकार्न सकेन भने म उस्को जिबनमा फेरी तेस्रो पुरुष भएर प्रबेश गर्दा मेरो प्रेमलाई के सुइकार्ला र ? सबै पुरुष शरीर र यौन अनी त्यसैको लागि मात्रै प्रेम गर्छन् भनेर गलत सोचाइपरेको हुनसक्छ उस्को दिमागमा, सँधैलाई पुरुष प्रती घृणा पलाएको हुनुपर्छ उस्को मनमा, त्यसैले ईन्द्रमायाले मेरो कुरा विश्वाश गर्न सक्ने थीनन, कथा सुनिसकेर पनि कतिबेर सम्म म यस्तै केके सोच्दै टोलाएछु, नभएको निर्जिब सरिरको परिकल्पनामा ईन्द्रमायाको मायामा परेछु, म झसङ्ग भए, अनी आँफैलाई लाज लागेर आयो, मनमनै काउकुती लागेर आयो र मुसुक्क हासे एक्लै, धत ! लेखकहरुले कसरी लेख्न सक्छन होला यस्तो कथाहरु, कहाबाट कसरी तयार पार्छन होला यस्तो बिम्बहरु, र हामीजस्तो साधारण एउटा पाठकलाइ पड्दा कथाभित्र साचिकै पात्र उभ्याइदिन्छन र हामी पनि कथा संगसगै बग्छौ, शायद असल र सफल लेखक हुनुको खुबी यही होला, यसैलाई लेखक भनिन्छ होला, यही खुबिलाई नै हामी साहित्यकार भन्छौ होला, जस्ले निर्जिब जिबनलाई पनि जिउदो बनाएर सजिब झै उभ्याइदिन्छन, ईतिहास सम्म र कालान्तर कालान्तर सम्म यो धर्ती यो दुनियाँ रहेसम्म र ति पात्र र लेखक हरु बाचिरहन्छन अनन्तकाल सम्म यो सृस्टि ध्वस्त नहुन्जेल सम्म, पुस्तौ-पुस्ता अनेकौ पिढिसम्म, शायद यही होला असल सर्जकको खुबी र सफलता भनेको ।
कथा सुन्दासुन्दै कथाभित्र बगेर कल्पना गर्दागर्दै दिनगएको पत्तै भएन, जब खालिपेटमा भोकले हुडल्किदै गएर मुख अमिलो भएपछी बल्ल भोक लागेको थाहापाए, भोकले सताएपछी कती बजेछ भनेर टेबलमा राखेको सानो टेबल घडीलाई नियालेर हेरे, तब बल्ल देखे, घडीमा अघिनै कतिबेला एक बजाइसकेको रहेछ, पेटको अमिलिदै गएको आभासपछी बल्ल समय चिप्लिएको थाहा पाए, त्यसपछी भने मोबाइल चार्जमा राखेर किचनतर्फ खाना खानु लागे, किचेनमा छिरेर फ्रीजमा हेरे, खाना बिहानै अफिसमा काम गर्ने मगर भाईले बनाएर राखेर गएको रहेछ, मेरो लागि राखिदिएको खाना फ्रीजबाट निकालेर खाना गरम गरेर खाए, भाडाबर्तनहरु सरसफाइ गरेर सबै मिलाएर राखे, दिउसोको खाना पछी पुन रुम तर्फलागे, आज सनिबारको दिन मेरो बेलुकिको डिउटी जानुपर्ने त्यसैले अघिल्लो दिन धुएको सबै लुगामा आइरन लगाउन थाले, मोबाइलमा गीत सुन्दै युनिफर्ममा आइरन लगाउदैगर्दा मोबाइलमा मेसेजको नोटिफिकेसन आएको आवाज आयो, मोबाइल हेरे, मोबाइलमा डिभिजन हेडको मेसेज रहेछ, डे-डिउटिको वर्कर क्राफ्ट क्रु कतिजना छ, कुनकुन ट्रेडको छ भनेर रिपोर्ट मागेकोरहेछ, मैले मेसेजको रिप्लाई फर्काउदै जवाफ लेखे, सर मेरो नाइट सिफ्ठ हो, मेरो हिजो अफडे, आज बेलुकिबाट रेगुलर डिउटिछ, डे-मा मुस्तफा कमल हासिम छ, म कल गरेर इन्फर्म लिएर कल ब्याक गर्छु भने, उताबाट तुरुन्तै जवाफ आयो,म आँफै कल गर्छु, जानकारीको लागि धन्यवाद भन्यो र मेसेज अफ भयो, सबै लुगामा आइरन लगाइसके, बेलुकी लगाउने युनिफर्म तयार गरेर ह्याङरमा राखे अलग्गै, बाँकी लुगा दराजको ह्याङरमा राखे, पुन बेडमा पल्टिदै टोलाए, समय कटाउनी खासै केही थिएन, अल्छि लागेर आयो मलाई, दिमाग दिक्क भएपछी टुइटर तिर छिरे, टुइटरमा खासै केही थिएन, स्पेस तिर नियाले, स्पेसमा पनि कोही थिएन, अनेकथरी र नेपाली पोस्टको स्पेस चालु अवस्थामा थियो, त्यतापनी खासै पुराना चिनेजानेका मान्छेहरु कोहिथिनन, त्यहा पनि सबै नयाँअनुहार देखेपछी खासै बस्न मन लागेन, र, केहीसिप नलागेपछी एकदुइ घण्टा भएपनी आराम गर्नु पर्यो भनेर घडीमा आलाराम लगाएर आराम गर्न तर्फ लागे ।
दिउसोको साडेचार बजेको आलाराम लगाएर सुतेको थिए, तर दुईबजेर पैतालिस मिनेट तिर मोबाइलामा कलको रिङ्गबज्यो, रिङ्ग मेसेन्जरमा आएको थियो, आँखा मिच्दै मोबाइल तानेर हेरे, कल कतारदेखी मेरो कान्छा बाजेको छोरा माइला काकाले गर्नुभएको रहेछ, वहाँहरु कान्छो हाँगा पटिको रे, हामी जेठो हाँगा पटिको नाती, हाम्रो पहाड एकैठाउमा उहिले, पाचथरको भारापा गाबिसको मादेबुङ् आठ नम्बर, अहिलेको हिलिहाङ गाउँपालिका, गाउमा सिरानमा तमाङहरुको बस्ती अनी बिचमा सुबेदी र अधिकारीहरु अनी फेरी गाउँको पुछारमा तमाङहरु, यसरी समग्रमा गाउँको बाहुल्यता तमाङ हरुको बस्ती, तमाङ बस्तिको हाम्रो खलकहरुमा अलिक नाम चलेको हाम्रो तिनै कान्छा बाजे हुनुहुन्थ्यो, सबैले सावने भनेर बोलाउथे, सावने चै यो अर्थमा कि बाजेहरुको घर अगाडिको बाटोको कात्ला मास्तिर पट्टी हरेक बर्खाको स्रावन लागेपछी पानीको मुल फुटेर कुवा बन्थ्योरे, त्यसैले सावने सावने भनेर बोलाउने गरेको रहेछ, हामी पनि बाहिरबाट बोलाउन वा चिनाउन पर्यो भने सावने बाजे र छोराहरुलाई सावने काका भनेर बोलाउथ्यौ, मैले थाहा पाएदेखी पञ्चायत हुँदा र बहुदल आएपछी पनि गाउँघरमा केही सरसल्लाह वा कचहरी कसैको झैझगडा मिलाउन पर्यो भने हाम्रै सावने कान्छा बाजेकोमा जम्मा हुने गर्थे गाउँभरिका सबै, बाजेको पूर्व पश्चिम फर्किएको ढुङ्गको घर अगाडि ठुलो आँगन आगानको तल्लोपट्टी अर्को ठुलो पाली, तिनै घर र पालिको बिचमा रहेको ठुलो आँगनमा बसेर मान्छे हरु पञ्चभलाध्मी कचहरी बस्थे ।
म झापाको सितापुरी भन्ने ठाउँ मधेसमै जन्मेको तर ४३ साल देखी ५० साल सम्म पहाडमै हुर्किएको, सानैमा पहाडजादा मलाई उकालो उरालो हिंड्न कठिन् लाग्थ्यो, उभो फर्किएर हेर्यो भने माथि भिर जस्तो लाग्थ्यो गाउघरलाई, तल उधोतिर फर्केर हेर्यो भने पहरा झै लाग्थ्यो, पछी त्यही ठाउमा बस्दै गएपछी मलाई मधेशमा हामी बसेको जस्तै समतल र हिंड्न डुल्न सहज लाग्न थाल्यो, नत्र मधेसबाट पहिलोपल्ट पहाड जादा उकालो चड्न हम्मे पर्थ्यो भने ओरालो झर्दा हुरिएर कित भुइमा बजारिन्थे कित रुखमा गएर ठोकिन्थे, म संगैको साथीहरु चै मलाई हेर्दै खुब हास्थे, एकपल्ट बाख्रा चराउन जंगलमा जादा सबैजना ओरालोमा उफ्री उफ्री जान्थे, म पनि उनिहरु जस्तै दगुरेर उफ्रीदै ओराले झरे तर शरीर लाई थाम्न नसकेर सरिरलाइ रुखमा लगेर आड लगाउन खोजे तर शरीर कहाँ रोकिन्थ्योर, शरीर हुत्तिदै गएर सल्लाको रुखमा गएर निधार बजारियो, निधारमा ठुलो चोट लाग्यो रगत बेस्सरी बग्यो, यसरी चोट लागेपछी भने दगुर्न छोडे, तर अलिक पछीपछी बिस्तारै हिंड्न सिक्न थाले, मलाई नदिखोलाको झोलुङ्गे पुलमा हिंड्न पनि आउँदैनथियो, पुलमा हिड्दा कित हुरिन्थे कित रिंगटा लागेर पुलको बिचैमा थचक्क बस्थे, सबैजनाले परपर हेर्दै हिड भन्थ्यो, तर म भने डरले पुलको दुबैतिरको फलामे तारको लठ्ट्टा समातेर पुलको भुइ हेरेर हिड्थे, जतिजती म अगाडि बड्न खोज्थे पुल र बग्दै गरेको पानी पछाडि हिंडेको जस्तै लाग्थ्यो, शरीरको गती आँफै बड्दोरैछ, र, म कहालिन्थे, अनी अरुले हात समातेर खोला वा पुल तारिदिन्थे, यती मात्रै कहाँ होर, यहाँ सम्मकी हाम्रो बोलिमा पनि लवज फरक, मेरो बोली सुद्ध नेपाली हुन्थ्यो भने काकाहरुको बोलिमा तमाङ भाषाको लवज मिसिएको हुन्थ्यो, मैले बोलेको कतिकुरा वहाँहरु बुझ्नुहुन्नथ्यो भने कती वहाँहरुले बोलेको म बुझ्दिनथिए, प्राय वहाँहरु आफ्नै भाषामा बोल्नुहुन्थ्यो तर मलाई चै बोल्न आउँदैन्थियो, सानोमा खेल्दाखेल्दै झगडा पर्यो भने वहाँहरु हाम्रै भाषामा गाली गर्नुहुन्थ्यो म कित नेपालीमा कित हिन्दिमा गाली गर्थे, तर टुटेफुटेको हिन्दिमा मैले गाली गर्दा भने यस्ले के भनेको होला भनेर ट्वाल्ल् परेर सुनिरहनु हुन्थ्यो, हाम्रो कान्छी बोजु साह्रै कडा मिजासको हुनुहुथ्यो, हामी तराइमा जन्मी हुर्केको भएर होला कित सर्ट पेन्ट लगाउथ्यौ कित भेस्ट र हाप पेन्टमा बस्थ्यौ, काकाहरुलाई त्यस्तो लुगा देखेर खुब रहर लाग्ने लगाउनलाई, तर काकाहरुलाई भने बोजुले संधै दौरासुरुवाल स्टकोट र ढाका टोपी लगाइदिनुहुन्थ्यो, त्यतिले मात्र कहाँ पुग्थ्योर दौरको तुनामा बाबरी फुलको गुच्छा सँधै बाधि दिनुहुन्थ्यो अनी निधारको अर्को कुनामा अगेनोको कालो टिका लगाइदिनुहुन्थ्यो, त्यसो गर्दा भुतप्रेत र बोक्सी लाग्दैन भन्ने मान्यता थियो उ बेलाको मान्छेहरुमा, बोजुको अगाडि काकाहरुले टोपी लगाएपनी बोजुले नदेख्ने गरेर म संगै खेल्दा बस्दा काकाहरु टोपी निकालेर गोजिमा लाएर खेलनुहुन्थ्यो, टोपी निकालेर टोपिले बिगारएको खुज्मुजिएको कपाल लाई रुपी भन्ने चराले जस्तै थुकलगाउदै कपाल लाई मिलाउने कोशीस गर्नुहुन्थ्यो, कपाललाई थुकले भिजाएर हातले थिचेर मिलाउन खोज्दा जुरेली चराको जस्तो कपाल ठाडो देखिन्थ्यो, म भने कपाल देखाउदै हास्थे, काकाहरु कपाल नमिलेकोले खिन्न जस्तो देखिनुहुन्थ्यो ।
साइनोले काका भएपनी हामी बालसखा जस्तै भएर संगै खेल्दै हुर्किएका हौ, कान्छा हाँगापटिको बाजेको छोराहरु धेरै भाई त्यसैले जेठा माइला र साइला काका ठुला भएपनी काइला, अन्तरे र जन्तरे काकाहरु हामी उस्तै उमेरका एउटै दमले थियौ, पहाडको रहनसहन र काकाहरुको हिमचिममा बिस्तारै हामी काका भतिजो नभएर साथी जस्तै भैसकेका थियौ, सानोमा खेल्दा हामी प्राय सुतुतुतु, कबड्डी कबड्डी र पुराना फाटेको मोजा भित्र झुम्रा खादेर फुटबल बनाएर खेल्थ्यौ, काहाहरुलाई म तपाईं वा तिमी भन्दिनथिए, काइला अन्तरे जन्तरे काकाहरुसंग तत मम गर्दै बोल्थे बोलाउथे, कारण हामी एउटै दौतरी थियौ, सानो उमेरमा त्यो साईनो भन्ने चिज पनि हेक्का नहुदोरहेछ, यसरी केही समय र केही अन्तरालको फरकमा जन्मी हुर्की गरेका हामी काका, काका जस्तो नलागेर साथीको जस्तो महसुस हुदोरहेछ, एकपल्ट कान्छा बाजे र बोजुहरुले काकाहरुलाई म संग नभेट्न र नखेलन चेतावनी दिनुभएछ, कारण म मधेसमा जन्मेर केही उमेरको हुर्काइ उतैभएकोले बोल्ने खेल्ने शैली नै फरक थियो, त्यसमाथी तराइमा फिल्म हेर्ने बजार घुम्ने आदत भएको म, एकदिन भागेर काका सहित केही गाउको साथीहरु मिलेर फिदिमबजारको पाण्डे फिल्महलमा पुगेको थियौ, त्योबेला दुइरुपैयामा फिल्म हेर्न पाइन्थ्यो तर दुई रुपैया निकाल्न पनि हामीलाई मुस्किल हुन्थ्यो, त्यो दिन बाजे र बजुको पैसा चोरेर काकाहरु फिल्महेर्न जानुभएको रहेछ, दिनभरी मह जोडीको दसैंको च्याङ्रा भन्ने फिलिम हेरेर बेलुकी घरमा फर्किदा बाजेबोजुले थाहापाएर काकाहरुलाई बेस्कन भरमार पिट्नुभएछ, यता मेरो पनि आमालाई पोल लाएर मैलेपनी अर्काको छोराछोरी लिएर जान्छस भन्दै आमाको दुइचार थप्पड भेटए, त्यसदिन देखी बोजुले म संग हिड्दा खेल्दा छोराहरु बिग्रन्छ भनेर भेटघाट र खेल्न सबै बन्द गरिदिनुभयो, स्कुलमा पनि अन्तरे काका अलग्गै नबोली बस्न थालनुभयो ।
यसरी साथी जस्तै भएर हुर्किएको बढेको काकाले दुईहजार पचासाल पछी दोस्रो पल्ट मेसेन्जरमा कल गर्नुभएकोथियो, पहिलोपटक पचासालमा म पुन मधेस झरेपछी मलेसियामा हुँदा दुइहजार १५/१६ तिर फेसबुकमा खोजेर कल गर्नुभएको थियो माइलाकाकाले, काकाको नाम राजेन्द्र योन्जन, आजफेरी तिनै राजेन्द्र माइलाकाकाले दोश्रोपटक कल गर्नुभएको थियो, कहिले कल नगरने मान्छेको कल देखेपछी मन अलिकती चिसो पनि भयो, कतै पहाड घरतिर अनिस्टपो भएर कल गर्योकी भन्ने तिर मन गयो, तैपनी मनमा डर बोक्दै कल रिसिभ गर्दै काकालाई दर्शन चढाए, काका दर्शन, आरामै हुनुहुन्छ, काकाले मेरो दर्शन खाएपछी उताबाट दर्शन भन्दै बोल्न सुरु गर्नुभयो, केछ कान्छा खबर, धेरै दिनभयो कुरा नभएको, म पनि नभ्याउने उता तिमीपनी नभ्याउने काका भतिजोको समय नै नमिल्ने त्यसैले अहिले अलिकती फुर्सद भएको बेला कल गरेकोनी कान्छा, कस्तोछ समय, काकाको जवाफ फर्काउदै भने, म ठिकैछु काका रुममैछु, रातिको डिउटी हो, अनी अहिले हजुर कहाँ हुनुहुन्छ काका, मैले सोधे, काकाले उत्तर दिदै बोल्नुभयो मत अहिले कतारमा छु नि कान्छा, अनी तिमी कहिले घर जानेकी गएर आएको, गएर आएको पनि तीन बर्षा हुन लाग्यो काका तर अब एक बर्ष बसेर फिनिस जाउँकी भनेर बस्दैछु मैले काकाको प्रश्नको जवाफ फर्काए, उताबाट काकालेनै सोध्नुभयो अनी कस्तोछ काम, सेलरि समयमै दिन्छनी कि कस्तोछ कम्पनी, अनी घरमा बुहारी नानीबाबु लाई कस्तोछ, काकाले सास नबिसाइ एकैपटक प्रश्न गरी भ्याउनुभयो, काम ठिकैछ, समयमै सेलरी दिन्छ, कम्पनी अहिलेसम्म त ठिकैछ, अनी घरतिर पनि बुहारी नानीबाबु सबैलाई ठिकैछ, मैले पनि सबै प्रश्नको सासकै भरमा छोटो उत्तर मिलाएर दिए, उत्तर दीसकेर पुन म आँफैले प्रश्न गरे काकालाई, अनी काका काकी बहिनी भाई हरु कता हुनुहुन्छ, जेठा चक्र काका, याम बहादुर साइला, र काइला अन्तरे झन्तरे कान्छा काकाहरु कता हुनुहुन्छ, काकाले बेलिबिस्तारमा भन्दै जानुभयो, जेठा यतै कतारमै हुनुहुन्छ, बसाइ उतै पहाड तिरैछ, साइला पनि यतै कतारमै थियो अहिले फिनिस गएर बिराटनगरमा सानो पसलससल गरेर बस्छ केटाकेटी सबै संगैछन, काइला काठमान्डौ तिर बस्छ, खै कता हो काभ्रे दोलखातिरको बुहारी ल्याएकोछ, केटाकेटी पनिछ, अन्तरे पनि त्यतैको बिहे गरेर बुहारी र नानीबाबु काठमान्डौमै बस्छन उ चै कोरियामा छ, कान्छा क्यान्सरको बिरामीले गर्दा नेपाल घर गएर बित्यो, म चै यतैछु अहिले तिमी संगै बोल्दैछु, काकाको मुखबाट सबै जानकारी पाए, काका र वहाँहरुको परिवारको बारेमा, तर कान्छा काका बित्नुभएको खबरले भने मन अलिक स्तब्ध भयो, बाँकी केसोधौ केभनौ जस्तो भयो, कान्छी बोजु पटिको छोरी नभएकोले बोजुले पछीसम्म छोरीको आसले सन्तानहरु जन्माइ रहनुभयो, छोरीको आसमा बच्चाहरु जन्मिदै गए उतिनै काकाहरु थपिदै गए, तर फुपुहरु जन्मिनु भएन, फुपुकै आसामा बोजुले सातभाई काकाहरुको जन्म दिनुभयो, कान्छा काका ४९ सालतिर होला, अन्तिम सन्तानको रुपमा जन्मिभएको, साइनोले काका भएपनी मैले काकालाई बोकेर कोक्रोमा हलाएकोछु, सानैमा देखेको तर अहिले सम्झिदा काकाको अनुहार यादसम्म छैन मलाई, अहिले देख्नै नपाई २४/२५ बर्षको कलिलै उमेरमा बित्नुभएको सुन्दा नराम्रो लाग्यो, कस्तो हुनुहुन्थ्योहोला काका भन्ने लागिरहयो, त्यसपछी काकाको कुरा सुनेर केही बोल्नै सकिन मैले, मात्रै ए, भनेर चुपचाप भए, दुबैतिर थोरै मौनता छायो, पुन मौनतालाई चिर्दै काकाले नै उतैबाट आँफै बोल्नु भयो ।
अनी कान्छा तिमीत साउदी हैन अहिले बसेको देश, मैले हो काका भन्दै जवाफ फर्काए, अनी त्यहा त तल गैरिको माइलि दिदीको छोरो भर्तिवलेको नाती जेठो बले र खोल्छापारी कान्छा दाइको छोरा कान्छा पनि त्यतैछनि, काकाको भनाइ सकिने बित्तिकै मैले अँ काका यतैछन निकै पहिले भेट भएको थियो खोल्छापारी कान्छा संग चै, अनी माइली फुपुको छोरो चै मेसेन्जरमा दुइचार चोटि कलमा कुरा भएको थियो त्यस्पछी भएकोछैन, मैले उत्तर फर्काए, भर्तिवलेको नाती भनेको चै उस्को बाजे उहिले इन्डियन भर्तिमा लागेर घाइते पेन्सन पकाएको लाहुरे बुढो थियो, उनी एक्लै हाम्रो गाउभरिको भर्तिवले बुढा थिए, गाउंका सबैले भर्तिवले बाजे भनेर बोलाउथे, तिनै बाजेका एक्ली बुहारी मेरो साइला बाजेको छोरी माइली मेरो फुपुको छोराको नाउ थियो बले, मैले पहाड छोडेर पुन मधेश झर्दा सानै थियो, कैजले पाखामा बाख्राबस्तु चराउदा हामी खुब खेल्थ्यौ अनी कहिलेकाही झगडा पनि गर्थ्यौ, तिनै कलीला फुच्छे केटाहरु अहिले हुर्किएर बिहे गरेर छोराछोरिको बाउ बनेर पर्देश आएका थिए, खोल्छापारिको कान्छा भनेको चै हाम्रो कान्छा हाँगापटिको कान्छो बडौको छोरा कान्छो थियो, उ झन सानै थियो, म मधेश झर्दा, तिनिपनी अहिले हुर्किएर बिहे भएर बच्चाको बाउ बनेर पर्देश आएको थियो, ति दुबैजना संग मेरो फेसबुकबाटै चिनजान र भेट भएको थियो ।
सानोमा म माइला काका र साइला काका अनी मेरो दाजुको लबलेटर बोकिदिने हुलाकिको काम गर्थे, माइला काका बाहेक साइला काका र मेरो आफ्नै दाजुको चिट्ठी लेखिदिन्थे, उनिहरु मस्त तरुनुहुँदा म चौध बर्ष जतिको भएको थिए शायद, मलाई सानैदेखी कविता, कथा नाटक उपन्यास चिठ्ठी हरुलेख्न खुब मनपराउथे, साहित्य केहो त्योबेलाको समयमा थाहैथिएन मलाई, तर पञ्चायत पछी भने गाउको स्कुलमा क्याम्पस पढ्ने दाईहरु र सरहरुले बर्षमा कहिलेकाही नाटक लेखेर देखाउथे, नाटक हेर्दा नाटकको कतिपय द्रिश्यमा मान्छेहरु रुन्थे, म पनि रुन्थे, यसरी कथा र द्रिश्यले मन छुदा मलाई नाटक लेख्न जागर चलेर आउथ्यो, तर कसरी लेख्ने आउँदैनथ्यो, म तीन चार क्लास तिर पड्दा बाल कविताहरुले खुब मन छुन्थ्यो, त्यसैको नक्कल गरेर मैले सुरुमा कविता लेख्न सुरु गरे, पाँच कक्ष्यामा पड्दा गाउकै एकजना नेवार बाजेको घरबाट रामायाण र मुनामदन ल्याएर पढ्न पाए, रामाण को सातौ अध्याय सम्म पड्दा म पटकपटक् रुन्थे, मलाई कथा पड्दै जादा साचिकै जिबित मान्छेहरुको परिकल्पना हुन्थ्यो, उनिहरुलाई देख्थे, जब मैले रामायाण र मुनामदन पढे त्यस्पछी भने मलाई साहित्यिक पुस्तकहरु खोजिखोजी पढ्ने हुटहुटिले छुएर हैरान बनाउन थाल्यो, आफुसंग पैसा नहुने, तर आफुभन्दा ठुला दाजुहरुसंग संगत गरेर किताब माग्दै ल्याएर पढ्न थाले, त्यसैबेला हो मैले सिक्किमे र दार्जिलिङ्गे अनी केही नेपाली साहित्यकार हरुको उपन्यास पढ्न थालेको, त्यो बेला मैले, मुग्लान, निलोचोली, नोयो, यौबन, आमा, म्याक्सिम गोर्की, देवासुर संग्राम बसाइहरु पढेको, बसाइ र मुग्लान पड्दा धेरैपल्ट रुएको थिए, नोयो, आमा र देवासुरसंग्राम पड्दा भने मलाई बिद्रोही हुन मन लागेकोथियो, शरीरमा रौ हरु ठाडाठाडा भएर शरीर सिरिङ्गग हुन्थ्यो तिनिहरुको थिचोमिचो र बिद्रोहमा, त्यसैबेला मैले सानै कलिलै उमेरमा परदेशी माइतिको अधुरो तिहार र मेरो निधार आमाको हत्केला भन्ने नाटक लेखेर गाउका काका दाई र सरहरुलाई देखाए, कथा सबैले मन पराउनुभयो, दुबै नाटक हामीले २०४८ र २०५० सालमा पहिलोपटक भारापा गाबिसको गोलेडाडा प्राभिको प्राङणमा दसैं र तिहारको माहोल पारेर मन्चन गरेका थियौ, त्यस्को सुखद मन्चन पछी सबैले मन पराएर भारापा गाबिसकै टुवा निम्न माबी र शुभङ्ग गाउबिकास समितिको निलगिरी माबी र एक्चेपा प्राबिको प्राङणमा मन्चन गरेका थियौ, मेरो १५/१६ बर्षकै उमेरमा लेखिएको नाटक जिल्लाभरी चर्चा भएको थियो रातारात म साहित्यकार भएको थिए, तर साहित्यकार भनेको केहो त्यो भने म आँफैलाई थाहा थिएन, जिल्लाभरिको धेरैले मलाई चिन्न थालेका थिए, नचिनेकाले मेरो नाम सुनेका हुन्थे, २०४६ सालको परिवर्तन पछी म सास्कृतिक मन्चको स्थानिय सद्स्य बनेर नाच्ने र गाउने काममा पनि उतिकै सकृया भएको थिए, त्यसैबेला मेरो समकालिन सास्कृतिक मन्चका साथीहरु तारा लावती, देशु सुहाङ्ग र पाचाथर फिदिमका त्योबेलाका जुझारु पत्रकार प्रेम ओझाका भाई प्रकाश ओझा अहिले रास्ट्रीय स्तरका गायग भएकाछन, देशु सुहाङ भने तत्कालिन मालेमा त्यागेर काङ्रेस भएर काङ्रेसको सकृय सद्श्य भैन, हामी भने मालेमै रहेर अहिलेका केपी ओली समुहको सरकारका भौतिक योजना मन्त्री बसन्त नेम्बाङ र डम्बर सम्हाम्फे को चुनाबी प्रचारक भएर काम गर्यौ जस्ले आज हामीलाई चिन्न त परैजावोस हाम्रो नाम सम्म पनि थाहा छैन ।
यसरी काका र दाजुको लब लेटर लेखी दिदादिदै मेरो साहित्यिक यात्रा सुरुभएको थियो, सावने माइला काका जो संग प्रेम गर्नुहुन्थ्यो आज उसै संग बिहे भएर घरजम् गरेर सुख तरिकाले बस्नु भएकोछ, मेरो आफ्नै दाजु जस्को लागि पत्र लेखिदिन्थे आज तिनै संग मेरो कान्छी भाउजु बनेर विवाह बन्धनमा बाधिएर सुखद घरपरिवार् चल्दैछ, सावने साइला काका याम बहादुर उनी गाउकै एउटी नेवारी केटी संगको प्रेम सम्बन्ध हुँदाहुँदै पनि त्यो बेलाको सामाजिक बस्तुस्थितिले गर्दा बिहे हुनसकेन तर अहिले वहाँको पनि अर्को बिहे भएर राम्रै घरग्रिहस्ति चलिरहेकोछ, यसरी अरुकसैको प्रेम पत्र लेख्दालेख्दै सुरुभएको मेरो साहित्यिक यात्रा न यताको न उताको भएर दोधारमा उभिएकोछ, न साहित्यलाई माया मार्न सके न साहित्यलाई नै अंगालेर हिंड्न सके, त्योबेलाको नाटकको पान्डुलिपी र कविताहरु कहाँ गए कता हराए, कता च्यातिएर बिलिन भए सम्झिदा पनि रुन मन लागेर आउछ, २०५० र ५१ सालतिर दुइटा उपन्यास लेख्दैथिए सर्दुखोलाको तिर र शहिद भएकी आमा भन्ने तिनिहरु प्रकाशन भएर जन्मनु अगाडिनै गर्वमै तुहिए जस्तै भएकाछन, घरमा तिनिहरुको हस्तलिखित पान्डुलिपी त थिए तर तिनिहरु पनि छन वा छैनन घरकाले राखिदिए कि फ्याकी दिए थाहा छैन, राखेकै भएपनी घुन र किराले खाएर सबै सकियो होला शायद, यसरी मेरो साहित्यिक अबसान भयो भनुम वा जिउदैछ भनुम आँफै अनुत्तरित छु आज सम्म ।
यस्तै र तिनै बिगतलाई कोट्यौदै काकालाई कुरो कोट्याए, हामी साइनोमा काका भतिजा भएपनी खुलेर कुरा गर्न सक्थ्यौ, त्यसैले काकालाई त्यो बेलाको ईतिहास कोट्याउद सोधे, अनी काका त्यो बेलाको याद कतिको आउछ हौ हजुरलाई, काकाले उताबाट हाँस्दै भन्नु भयो, हैट नकुरा गरम कान्छा अब त्यो बेलाको, बुढो भैयो, मैले हाँस्दै जवाफ फर्काए काका बूढो भैयोकि कतारमा बसेर कती सिकार गर्दै हो, मान्छेको सानैदेखी लागेको बानित कहाँ जावोस काका, मैले जिस्काउदै भने काकालाई, काकाले गलल हाँस्दै भन्नुभयो, छैन हौ कान्छा, बूढो बाघले कहाँ सिकार गर्छर अब, काका आफु पन्छिदै अर्को प्रश्न उल्टै मलाई नै तेर्साउनुभयो, अनी कान्छा तिम्रो कान्छी भेट हुन्छ कि हुन्न आजभोलि, काकाको कुरो मैले बुझी हाले, मैले नबुझे जस्तै गरेर कोहोर काका कान्छी भनेको बिर्सिएत मैलेत, काकालाई प्रतिप्रश्न गरे, काकाले हाँस्दै जवाफ दिनुभयो फेरी, हेरहेर आफ्नो बिषयमा सोद्दा त मान्छे भागन खोजेको, उही क्यात रिजालकी छोरी, काकाले अझ प्रस्ट्याउदै भन्नुभयो, मैले हास्दै जवाफ फर्काए, बिचरा म बबुरो काकु त्यो बेलाको फुच्छे केटोले कहाको त्यस्तो थाहा पाउनुहौ, न माया न लब, त्यो पनि उत मेरो दिदी हो, काकाले जस्लाई इग्गित गरेर भन्नु खोज्दै हुनुहुन्थ्यो उनी म भन्दा चार बर्षले जेठि थिन, उनी मलाई खुब असाध्यै माया गर्नी, उबेला हिन्दी फिल्मको दिल र साजनको फोटो भएको रुमाल आएको थियो बजारमा, त्यो रुमाल भित्र ल्वाङ्ग, सुकमेल, सुपारी, चकलेट र नरिवलको टुक्रा पोको पारेर हरेक हप्ता मेरो जेठि फुपुको छोरी दिदिको हातमा पठाइन्दिन्थिन, तर त्यो समयमा मलाई त्यो प्रेम थियो वा आकर्सण केही थाहा थिएन, यसरी अतितको बिषयमा काका भतिजो जिस्कदा जिस्कदै काकाको डिउटिबाट अचानक फोन आएछ, ल कान्छा रमाइलो गफ हुँदैथियो मेरो कल आयो ल अहिले लागे है म, पछी कल गर्छु नि अनी फेरी कुरा गर्दैगरौला काकाभतिजो हुन्न, मैले पनि हुन्छ काका भनेरे कल राखिदिए, दुबैको भनेजस्तो राम्रो संग बोल्न पनि नपाई बिचैमा कल काट्नु पर्यो, काका कल काटेर जानुभएपछी म बेलुकिको डिउटिको लागि तयार हुनथाले सँधाझै आफ्नै नियमित कर्म तर्फ ।
रचना- अर्पण योन्जन (शिरिष)
मिती- १८,१९ र २० कार्तिक २०७८
तदनुसार- ४,५ र ६ नोबेम्बर २०२१
No comments:
Post a Comment