गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, November 12, 2021

कथा- भाग-१३, एउटा प्रेम यस्तो पनि ।



आज १८, कार्तिक २०७८ लक्ष्मीपुजा सुखरात्री कार्तिक कृष्ण औसी तदनुसार ४, नोबेम्बर २०२१ को दिन यो बर्षको यमपंचक सुरुभएर आज दोश्रो दिनको तिहार लक्ष्मीपुजा, यता हामी परदेशमा डिउटी भएपनी उता आफ्नो देशमा भने हरेक नेपालीको घरघरमा हर्सौलास र खुशी भित्रीएकोछ, दसैंको पुर्णिमा देखी यो बिचमा दुई हप्ता आइन म पनि, उता चन्द्राले पनि हेलो हाइ र सन्चोबिसन्चो बाहेक कुनै मेसेज छोडेकी रहेनछिन, दुइहप्ता पछाडि सोसियल मिडिया भित्र छिर्दा फेसबुक र टुइटरको वालहरु दिपावलीको शुभकामनाले पुरै रंगिएको रहेछ, शुभकामना र घरहरु सिगारिएको फोटोहरु उस्तै गरेर रंगिबिरंगी सजाइएका रहेछन, अनी सम्झिए मैले पनि कि यो सामाजिक सञ्जालको भित्ता रंगिए जस्तै हरेकको घरको दैलो झ्याल, दलिन, बार्दली, रातै पहेलै मखमली र सयपत्री फुलको मालाहरुले सजिएर झिलिमिली बनेकाहोलान, घरको आँगन पिँढी बारीका कात्ला अगाडिपछाडि जतासुकै फुलहरु फुलेर ढकमक्क बनेकाहोलान, घर अगाडिको बारीको कात्लामा उभिएको बेलाउतिको रुखमा बेलाउती पाकेर पहेलै भएर गौथली, चमेरा र अन्य चराहरुले खाएर बेलाउतिको पाकेको जुठोफलबाट मगमग बास्ना चलेकाहोलान, बारीभरी कोदोको बाला झुलेर रमिता लाग्द भएकाहोलान, बारीको कात्लै बिच्छे उभिएका टाकिको रुखमा टाकिको फुलहरु फुलेर सेतै जगमगन भएर बैश उन्मत्त भएकाहोलान, बारीमा कोदोबारिको बिचबिचमा अलिअली भएको एउटा दुइटा मकैको पुरानो बुढोरुखमा अंकमाल गरेझै बेरिएर लहरे बोडी फलेर सेतै लटरम्म झुलेकाहोलान, घर देखी तल देखिएको बेशिमा रोपिएको धानहरु झुलेर पहेलै देखिएकाहोलान, घर अगाडिको पालीको धुरिमा बसेर त घरि टाकिको हरियो रुखमा बसेर कागले कराउदै गर्दा पिढिमा बसेर आफ्नो माइतिको लागि सयपत्री फुलको माला उन्ने दिदी र बहिनिहरुले भन्दै होलान, शुभ बोल कौवा शुभ बोल, मेरो भाई फर्की आउँदैछ परदेशबाट शुभ बोल भन्दै होलान, तर के थाहा भाईटिकाको साँझसम्म भोको पेटमा माइतिलाई कुरेर बस्ने चेलीला उस्को माइती परदेशमै भाईटिका सम्झिदै तस्बिरमै हेरेर रुदै चित्त बुझाउदैछ भनेर, शायद यो एउटा नेपालीको घरको काहानी मात्रै नभएर, यो कारीब ९० लाख नेपालीको कथा होला, घरघरको ब्यथा होला । 

बेलुकिको सबै रिपोर्टिङ्गको काम सकेर, प्लम्बर रमेश र भिनेशलाई खटाए, इलेक्ट्रीकलको लागि, फारुक र पौल डिसुजालाई खटाए, एसिको लागि प्रसान्त र राजाकुमार लाई खटाए, यसरी सबैको काम बाडफाड गरेर म आफ्नै अफिसमै बसेर घरतिरको तिहारको रौनकको झिलिमिली सम्जिदैथिए, घर सिगारिएको होला, घरको चारैतिर झिल्झिले मिलिक मिलिक गर्ने बत्तिका झल्लार हरु टागिएकाहोला, साँझ पर्दैगएपछी विवाह मन्डपमा सिगारिएर राखिएको दुलही झै घर धपक्क बलेको होला, श्रीमती र छोराछोरिले लक्ष्मीको पूजा गर्दैहोला, घरको छिमेक र परपरसम्म केटाकेटिहरु सम्साझै भैलि खेल्दै भैलिनि भैलिनि भन्दै रमाइलो मानिरहेकोहोला, टिभी रुममा ठुलो आवाजमा साउनडबक्स बाट छोराछोरिले देउसी र भैलोको गित बजाएर परसम्म सुनिनेगरेर घन्काएको होला, यदी म पनि भैदिएको भए म पनि त्यसरी नै घन्काउने थिए, किनकी मलाई पनि चाडपर्बमा ठुलोठुलो आवाजमा गित वा भजनहरु बजाउन खुब रहरलाग्छ, मन आनन्द हुन्छ, मनको रौनक्ता ठुला आवाजको गित भजन र देउसी भैलिको आवाजले शान्ता र शितल बन्छ, यस्तैमा मोबाइलको मेसेन्जरमा भिडियो कल आयो, कल रिसिभ गरे, कल छोरीले गरेकी रैछिन, ह्याप्पी दिपावली बाबा भनी, मैले पनि ह्यप्पी दिपावली छोरी भने, अनी सोधे खोइ त ममी र भाई, भाई टिभी रुममा छ, ममी पूजा गर्न लाग्नु भएकोछ, अनी ममिले बाबालाई कल गर भन्नुभो र कल गरेको, छोरीले एकैचोटी फटाफट बोली, मैले ए ! भन्दै ममिलाई फोन देउनत भने, छोरीले ममि चै लाई फोन दीइन, ह्याप्पी दिपावली बुडो, बुढी बोली, ह्यप्पी दिपावली बुडी मैले पनि भने, त्यसपछी आमा चै पूजा गर्दै जाने छोरी चै मलाई भिडियो कलमा देखाउदै बसी म अफिसको कुर्सिमै बसेर केही खुशी त केही मनलाई खिन्न बनाउदै हेर्न लागे, भिडियो कलमा हेर्दाहेर्दै पूजा सकियो, लक्ष्मीपुजा सकेर, छोरीलाई टिका लगाइदिएर पैसा हातमा राखेर ढोगी, त्यतिकैमा छोरो पनि पूजा कोठामा प्रबेश गर्‍यो, उस्लाई पनि टिका लगाइदियो आमाचै ले, तर उस्लाई पैसा दिएन, छोराले रिसाउदै भन्यो दसैंमा पनि मलाई चै पैसा नदिने अहिले पूजा गर्दा पनि पैसा नदिने, बरु मलाई दिदी बनाएर जन्माएको भएपनित हुन्थ्योनी, उस्को बालपनको नादनी पोख्यो आमा चै संग, आमा हाँस्दै भन्छे, छोरालाई पनि पैसा दिन्छ त लाटा, दिदी त अर्काको घर जाने होर पो पैसा दिन्छत, त पनि बिहे गरेर जानत अनी पैसा दिन्छु, ठट्टा गर्दै भनिन, छोरो अझै रिसाउदै थियो, मैले यताबाट देउन है दुइचार पैसा किन मन दुखाइदिएको चाडपर्बको बेला भने, आमा चैले खै कती पैसा दियो कुन्नी बल्ल खुशी हुँदै उ बाहिरियो, घरको झिलिमिली र उनिहरुको खुशी संगै म पनि टाढैबाट भएपनी भिडियो कल बाट सामिल भएर साथ दिदैथिए, हुनत हामी सानो छँदा त्यो समयको बेला घरबाट परदेशिनेहरुले यही सुबिधा पनि पाएका थिएन, बस सम्झिएर रुन्थेहोलान परिवार र चाडपर्बलाइ, तर समयको दौरान संगै हाम्रो आधा जिन्दगी बित्न लाग्द सम्म भौतिकबादी बिज्ञानले धेरै फड्को मारेकोछ, सेकेन्ड भरमा घरमै पुगेजतिकै आफन्त साथीभाइ छोराछोरी संग संगै बसेझै जोडीन सक्ने बनाइदिएकोछ, सहज र सजिलो बनाइदेकोछ, कम्सेकम सम्बध लाई नजिक बाट नियाल्न सजिलो बनाइदिएकोछ, यो बिज्ञानलाई पनि धन्यवाद दिनैपर्छ, नत्र परिवारबाट टाढा रहने म र म जस्ता परदेशिले कहाबाट कसरी प्रत्यक्ष्य हेर्न देख्न पाउथे र ? संगै नभएपनी अहिलेत कम्सेकम संगै बसेझै हेर्न बोल्न पाएकोछ, साचिकै भन्ने हो भने बिज्ञानले सदुपयोग गर्न जान्दा धेरै फाईदा दिएकोछ, त्यस्लाई सहि ढङ्गले हामीले प्रयोग गर्न जानुपर्छ नत्र प्रबिधी र बिज्ञानको दुरुपायोग गर्नाले कयौ अपराध र दुर्घटना पनि हुन्छ, कयौको यही दुरुपायोगले गर्दा घरबार बिहिन भएर परिवार छताछुल्ल पनि भएकोछन, पूजा समाप्ती भएसंगै मैले घरको आगनमा गएर घरको अगाडिपछाडि देखाउन भने, छोरीले बाहिर आगनमा निस्किएर त्यसै गरी, घर झलमल्ल भएको देखे, मन शितल भयो, घरको रंगिन द्रिश्य देखेर मन भित्र भित्रै खुशीले गदगद भयो, अनी मन मनै सोचे, कम्सेकम म आफु नभएपनी छोराछोरिको खुशी त देख्न पाएकोछु ।    

बेलुकिको रात्रीकालिन डिउटी संगै म परिवारसंगै भिडियो कलमा एकएक गरेर रमाइलो हेर्दै खुशीले दंग हुँदैथिए, यतिकैमा एकहुल ८/९ जनाको उस्तै उमेर समुहको मसिना केटाकेटी भैलि खेल्न आइपुग्यो, घरको बारान्डामा कुर्सीमा बसेर छोरीले ति ससाना बालबालिकाले भैलि खेलेको देखाइन म रमाइलो मानेर हेर्दै बसे, उनिहरु भैलि खेल्दै गए भट्याउदै गए, उनिहरुको भट्याइ थियो, ए भनन भाई हो, भैलि, रामरी भन भैलि, घरिघरि भट्याउदा भट्याउदै के भन्ने भनेर अंकनिदै रोकिदै भन्थे, छोरीले भिडियो देखाएर बस्ने, म यताबाट त्यो अबोध बालकहरुको भैलि हेर्दै हाँस्दै बसे, हासो पनि लाग्ने, रमाइलो पनि लाग्ने, कुनै एक समय थियो, तिनिहरुको जस्तै उमेरमा रातभर देउसी खेलर भोलिपल्ट हिडाइ कराइ र निन्द्राले थकित भएर फर्किदा, चिसिएको सेलरोटी, फुलको पत्र मिसिएको चामलको पोको, र केही आना-सुका पैसा मात्रै हुन्थ्यो, एकपल्ट रातभरी देउसी खेलर सातजनाले भोलिपल्ट भाग लगाएर छुटिने बेलामा ५/५ रुपैया परेको थियो हरेक एकको भागमा, चामल नलाने लाई सबैले मिलेर एक रुपैया धेरै दिने भन्ने कुरा भयो, मैले पैसामा लोभ देखाए, सबैले मिलाएर एक रुपैया थपेर ६ रुपैया बनाएर दिए, मैले चामलको सट्टा पैसा लिए, जिबनमै पहिलोपल्ट आमालाई नमागी आँफैले कमाएको थिए त्यो ६ रुपैया मैले, मलाई निक्कै नै ठुलो धनराशी जस्तो लागेको थियो, त्यो पैसालाई गोजिमा राख्दै गोजिबाट निकाल्दै पटकपटक हेर्दै पुन पट्याएर घरि सर्टको गोजिमा त घरि पेन्टको गोजिमा घरि भित्रि कट्टुको गोजिमा राख्दै निकाल्दै गर्थे, त्यत्रो पैसा हराउला भन्ने त्रासले मलाई खुब सताउथ्यो, राती सुत्दा पनि हातमा पैसा च्यापेर गोजिभित्र हात राखेर सुत्थे, त्यो ६ रुपैया मलाई लाखौंको रकम लाग्थ्यो त्योबेला, साच्चिकै सम्झिदा अहिले पनि त्यो बालापनमै फर्किएर सँधै उस्तै भैदिए पनि हुन्थ्यो झै लाग्छ, फेरी पनि त्यो साथीभाइ चाडपर्ब देउसी भैलो र त्यो ६ रूपैया राख्ने गोजी फेर्दै रातभर मुठी बनाएर सुत्न पाए पनि हुन्थ्यो, सम्झिदा पनि डाहा लागेर आउछ अझै त्यो बेला त्यो समय आहा । 

सँधै मलाई नाइट डिउटिमा बेलुकी ९ बजे पछी बिस्तारै निन्द्रा लाग्दै आउथ्यो कित काम गर्नु पर्ने भएपनी अल्छि लागेर कम्प्युटरको अगाडि झुल्दै बस्थे, कित बोर मानेर गीत सुन्दै बस्थे, तर आज भने मलाई नेपालमै आफु भएको महसु भएकोछ, छोरीले भिडियो कलमा देखाएको त्यो तिहारको रौनक्ता रमाइलोपन र केटाकेटिको हासो लाग्दो भैलि देखेर आनन्द मानिरहेको ले समय कटेको पत्तै हुँदैथिएन मलाई, बार्दलिमा बसेर छोरी छोरा र बुडी रमाइलो हेर्ने म भिडियो कलमा हेरेर रमाइलो मान्ने, मोबाइल समातेर हात गलेपछी छोराले पालो गरेर देखाउथ्यो, यसरी छोरा र छोरीले पालो गरिगरी रमाइलो देखाउने म आनदले हेरेर खुशी हुने, यस्तैत रहेछनी घरदेशी र परदेशीको कथा ब्यथा अनी रमाइलो गर्ने र खुशी हुने तरिका, ति मसिना मसिना केटाकेटिको एकहुल गएपछी एकछिनमा फेरी छिमेकी दिदी र भाउजुहरु आएर भैलिनि खेल्न थाल्नुभयो, नानी र बाबुले फेरी उसैगरी पालो गरिगरी भिडियो कलबाटै देखाए म हेर्दै बसे, छिमेकी दिदी र भाउजुहरु भैलिनि खेल्दै हुनुहुन्थ्यो ।  
भैलिनि आयौ आगन, 
बडारिकुडारी राखन, 
ए ! औशिको दिन 
गाई तिहारो भैलो ! 
   

भैलिको सुरिलो भाका गुन्जिरहेको थियो, म रमाइलो मानेर हेर्दै सुनिरहेको थिए, मानौ म अहिले नेपालमै आफ्नै घरको बार्दलिमा बसेर भैलिनि हरुलाई हेरिरहेकोछु, त्यो दिपै दिपको रमाइलो पर्ब दिपावलीको, यतिकैमा रिसेप्सनबाट कल आयो मैले घरमा छोरीलाई नानी कल राख यहाँ मेरो काम आयो भनेर कल काटे र रिसेप्सनको कल उठाए, सर एकजना गेस्ट आएकोछ, एउटा प्रब्लेम लिएर के गर्ने ? हजुर यता आउनुहुन्छ कि गेस्ट संग कुरा गर्नलाई, रिसेप्सनमा बस्ने स्टाफको यतिकुरा सुनेर म आफ्नो अफिसबाट उठेर रिसेप्सन तर्फ लागे, रिसेप्सनमा जादा एउटा रेसिडेण्ट ठुलोठुलो आवाजमा रिसेप्सनको केटोलाई गाली गर्दैरहेछ, मैले केभयो भनेर सोधे, गेस्टले जंगिदै भने मलाई पिउने पानी चाहियो अहिलेनै तत्काल एक कार्टुन, कुरा सुन्दा पनि हासो लाग्ने, जाबो पिउने पानीको लागि आधारातमा आएर जंगिदै रहेछ त्यो मान्छे, मैले सानो स्वरमा त्यस्लाई शान्ता पार्दै भने, बोस खासमा रातिको सर्भिस भनेको एमेर्जेन्सिको लागि मात्रै हो, नर्मल डेलिभरी र कामको लागि हामी नोट गरेर राख्छौ र डे डिउटी वाला लाई रिपोर्ट सिफ्ठ गर्छौ यतिबेला हामी संग टेक्निसियन बाहेक रुम सर्भिस गर्ने केटाहरुको डिउटी छैन, उनिहरुको डिउटी ६ बजेनै सकिएको हो अहिले रातको ११ बजिसक्यो, तपाईंलाई पिउने पानी नै छैन भने आएको बेला म दिनसक्छु तर डेलिभरीगर्ने केटा अहिले यतीराती दिन सक्दिन नत्र भोली बिहान ६ बजे उनिहरुको डिउटी सुरुभएपछी डेलिभर दिनेछ भनेर सम्झाए, उस्ले कती बुज्यो वा बुझेन वा बुझेर पनि मेरो कुरालाई सहजता संग लिएन उ भुन्भुनिदै गयो, मैले पनि मनमनै भने, गए जा, भन्दै पुन अफिस तर्फ आएर बसे ।


रातिको डिउटिमा खासै काम नभएपनी निन्द्राले सताएर भुतुक्कै बनाउछ, रात जतिजती छिपिदै जान्छ उतिउती शरीर सुस्ताउदै जान्छ, जती आँखालाई खुलागरेर भुलिने कोशीस गरेपनी आँखाको दुबैपरेला अघिनै कतिखेर झपक्क जोडीन पुगिहाल्छ, घरि कफी पिएर त घरि एसी पूर्णरुपमा चिसो बनाएर निन्द्रालाई भगाउन कोशीस गर्छु, कफिको चुस्की र रुममा पारेको चिसोले निन्द्रा भगाउन खोज्दा खोज्दैपनी कतिबेला टेबल र अगाडि कम्प्युटरको किबोर्डमा टाउको जोतिन पुगिहाल्दो रहेछ, यसै गरेर कुर्सिमै बसेर टेबलमै जोतिदै फेरी सम्हालिदै रातको एक बजिसकेछ, चारैतिर प्राय सुनसानछ, न कुनै चराचुरुङिको आवाज, न कुनै कुकुर भुकेको आवाज, नत बाहिर सडकमा गाडी गुडेको आवाज, बिल्कुलै सुनसान, सियो खसेपनी खत्रक्क आवाज आउने बातावरण, बाहिरको एकलट काम सकेर प्लम्बर, एसी मेकानिक र इलेक्ट्रीसियन पनि आइपुगे, स्टोरमा आआफ्नो औजार र टुल्स हरु जम्मा गरेर बाथरुम गैइ हातखुट्टा सफागरेर चिया कफी बनाएर पिउन लागे, म पनि उठेर रिसेप्सनतिर लागे, रिसेप्सनमा पनि बिल्कुलाई सुनसान सन्नटा छाएको थियो, रिसेप्सनको भित्तामा बिभिन्न देशको घडी झुन्ड्याइए पनि अलग अलग समयको संकेत गर्दै तिनिहरु दौडिएको रहेको थियो, तर आवाज भने सबैको एउटै प्रकारको थियो, मात्रै एउटै कर्कस गर्ने आवाज टिक-टिक-टिक, तिनिहरु रिसेप्सनको भित्ताको एउटै लाइनमा संगै एउटै साइजमा झुन्डिएको भएपनी तिनिहरुको समय अलग, दौडाइ अलग, पुग्नु कहिछैन तै पनि रफ्तार अलग, भागीरहेछन मानौ तिनीहरु आपसमा दौडको प्रतियोगिताछ, भित्ताको ति सबै घडीलाई हेरेर मनमनै सोच्दै भने, मान्छेले अबिस्कार गरेको बिज्ञान अनी तिनै बिज्ञान निर्मित मान्छेलेनै बनाएको तिनै घडीहरु कती सक्तिशालि छन, एउटा बन्द बक्स भित्र थुनिएर उ आफुत दगुरिरहन्छ, तर त्यस्ले संगसंगै गते, बार, दिन, महिना, साल सम्बत अनी समग्र मानिस र सन्सारलाइ नै आफ्नो बसमा राखेर चलाऊछ, कुदाउछ, जस्ले उस्को पिछा गर्दैन त्यो जिबनमा सँधै पछी नै रहन्छ, खैर जेहोस, घडीको आवाज संगै रिसेप्सनको स्टाफ पनि निन्द्रामै झुलिरहेको थियो, मोबाइलमा गीत लगाउदै, टेक्निसियन र रिसेप्सनको स्टाफलाई पनि फोन कल आउछ अलिक चनाखो भएर रेस्ट गर भनेर म पुन आफ्नै अफिसमा फर्किए, कुर्सिमा ढल्किएर आफुलाई पनि एकछिन भएपनी आराम गराउनुपर्‍यो भन्ने सोच्दै सुस्ताए, रिसेप्सनमा बजाएको राजेशपायल राइको गीत मेरो अफिस सम्म बजिरहेको थियो, निरन्तर, निरन्तर, निरन्तर । 
बाटो हिंड्ने बटुवाको 
बाटै प्यारो साथी 
सम्हाल्नुछ दु:ख पिर 
राख्दै शिरमाथी 
बाटो हिंड्ने बटुवा हुँ म हुँ बटुवा 
हजुर म हुँ बटुवा 
बाटो हिंड्ने बटुवाको 

गीत बज्दै गयो, जतिजती गीत बज्दै गयो उतिउती मेरो निन्द्रा हटेर मन बहकिन थाल्यो, आफ्नै जिबन र जिबनको भोगाइहरु मस्तिस्क भरी घुम्न थाल्यो, आखिर मान्छे दुई दिन बाच्छ वा बर्सौ जती बाचेपनि उ बिहान देखी रातभरसम्म अनी रातभरदेखी दिनभरसम्म संघर्श गरिरहन्छ, जन्मिएर रुनबाट सुरु गरेको संघर्ष जिबित हुन्जेल सम्म संघर्ष गरिनै रहन्छ, एउटा गन्तब्यबिहिन बटुवाले पुग्ने कुनै यात्राको तय नगरी हिडिरहन्छ, हिडिरहन्छ बगेको नदी झै, कर्मलाई धिक्कार्दै भाग्यलाई दोशदिदै आजसम्म म आँफै स्वयम पनि जिबनलाई तान्ने कोशीश गरिरहेकोछु, बेलुकी अस्ताएको घाम संगै भोलिपल्ट झुल्किने तिनै घामको पहिलो अर्को झुल्को संग आफुलाई घिसार्दै लतार्दै अगाडि खिच्ने कोशीस गर्छु, तैपनी कहिलेकाहित खै कहानेर जिबनले फेल खान खोज्छ र, परिवार देखी बिरक्त लाग्छ, गाउसमाज देखी बैराग्य लाग्छ, आफ्नै भबिस्य संग अत्यास लाग्छ, अनी हार खान्छ जिबनले र जिबन नै रित्याइदिउँ जस्तो लाग्छ सँधैलाई, आखिर कहिलेसम्म मान्छेले अर्काको खुशीको लागि संघर्श गर्छ, घरपरिवार, छोराछोरी श्रीमती आमा बाउ आफन्त समाज भन्दाभन्दै कहिले सम्म दु:खगरेर सुख देखाउन खोज्छ, अरुलाई खुशीमा राख्छु भन्दाभन्दै आफ्नै खुशी रितिएको यहाँ पत्तै हुँदैन, आखिरमा सबै रित्तिएक जिबन एकदिन अस्ताउछ बुढो रुख झै ढल्छ र माटोमा बिलाउछ अनी उ कहिले नफर्कने गरेर सकिन्छ, हराउछ, समाप्त हुन्छ, त्यसैले यो गितले भने जस्तै जिन्दगीलाई कहिलेसम्म बटुवा झै तानिरहने होला, उफ... सोच्दासोच्दै म निस्सासिन्छु, जसोतसो अलिकतिभएपनी आराम गर्न खोज्छु र कतिबेला थाहै नपाई सुस्ताउछु, शायद अझै गीत बजिरहेको थियो होला, तर मैले थाहा पाइन, अहिले भने म कुर्सिमा बसेर टेबलमा हातको सिरानी लगाएर टाउको राखेर निदाएछु ।

राती पौने दुई तिर निदाएको शरीर बिहान चार बज्दा बिउँझीएछु, बिउझदा टेबलमा घोप्टिएर निदाएकोले होला हात कटकट खाएकोरहेछ, घाँटिमा कस्तो अफ्ठ्यारो महसुस भएर दुखेकोरहेछ, शरीर उस्तैगरेर झमझम पोलिरहेको रहेछ, कक्रीदै बिस्तारै कुर्सिबाट उठेर शरीरलाई तन्काए, वासरुममा छिरेर चिसो पानीले हातमुख धुए, फ्रेस भएर एउटा कफि बनाएर हातमा कफिको कप लिदै रिसेप्सन तर्फ लागे, रिसेप्सनको स्टाफ उ पनि कुर्सिमै ढल्किएर उत्तानो परेर मस्त निदाइ रहेकोरहेछ, उता स्टोर रुममा टेक्निसियनहरु अझै सुतिरहेको रहेछन, रिसेप्सनको फोन कल डिटेल हेरे, धन्न रातभर कुनै इमेर्जेन्सी कल आएकोरहेनछ, त्यसपछी पाँच बजेसम्म सुतुन भनेर सोच्दै म आफ्नै अफिसमा फर्किएर रातिको कामको अपडेट र रिपोर्टहरु बनाउन लागे, कामको अपडेट र रिपोर्ट गर्न पनि समय कतिनैपो लाग्थ्यो र, एकैछिनमा कम्प्युटरको काम सकेर आफ्नो मोबाइल हेरे, मोबाइलामा केही नोटिफिकेसन आएको रहेछ, सबै नोटिफिकेसन हेरिसकेर टुइटरको डिएम तिर छिरे, डिएममा साथीहरुको सबैको गुडमर्निङ् पोस्टको जवाफ फर्काए, अनी यस्तो मेसेजमा गएर म टक्क अडिए, मलाई छक्क लाग्यो, म अझै निन्द्रामै छु कि झै लाग्यो, आफुले आँफैलाई विश्वाश नै गर्न सकिन, कतै म निन्द्रैमा त छैन भनेर हात र गाला चिमोटेर हेरे, दुख्यो अनी थाहा पाए म निन्द्रामा छुइन म साचिकै होसहावासमै छु, निन्द्राबाट बिउँझीएर बिपनामै छु, चेतनामै छु, तैपनी आँखालाई मिच्दै हेरे, कयौदिनपछी आज उस्को अचानक आएको मेसेजले म एकोहोरो भए, होस उडेकोजस्तो एकोहोरो टोलाई रहे, त्यो अचम्मित थियो मेरो लागि वा खुशी, म एकाएक आएको मेसेजले लाटा जस्तै लटिएछु र एकोहोरो मेसेज नै नखोली त्यो मेसेजको हरियो सिग्नलाई हेरिमात्र रहे बस हेरिरहे । 

सपनाबाट बिउँझीए झै झसंग झस्किए, तन्द्राबाट बिउँझीएर मैले हतारहतार मेसेज खोले, मेसेज रातको दुई बजेनै आएकोरहेछ, यहाँको दुई बजे भनेको नेपालको पौने पाँच बजेतिरको मेसेज रहेछ, मेसेजमा पहिलो शब्द हेलो हेलो गरेर दुइतिन चोटि लेखेको रहेछ, शायद उस्को दुइतिन चोटिको हेलो हेलोमा मैले यताबाट कुनै रेस्पोन्स नगरेर होला उस्ले पत्रझै लामो मेसेज लेखेर छोडेछिन, मैले मेसेज पढ्न थाले, मेसेजको सुरुवात गर्दैगर्दा कतै डर अनी कतै खुशीको सिमा रहेकोथिएन, डर र खुशीको सिमा दुबै उस्तैथियो म भित्र, डर यस अर्थमा कि कतै उ अन्तिम बिदा माग्न आएकित हैन भन्ने लाग्यो, अनी खुशी यस अर्थमा कि आज कयौ दिनपछी उस्को मेसेज आएकोछ तर मेसेज भित्रकेछ त्यो थाहाछैन केछ मेरोलागि खुशी, हासो, वा पिडा, दु:ख, आशु वा बिछोडको बेदना, तैपनी यस्तैसोच्दै मैले मेसेज पढ्न थाले, मेसेजमा लेखिएको थियो । 

प्यारो मान्छे !
मलाई थाहाछ, हजुरलाई म देखी खुब रिस उठेकोछ, सामुन्ने भएदेखी काचै खाउँझै भएकोछ, हजुरको रिसमा मेरो विश्वाश गुमेकोछ, त्यसैले बिन्ती गर्छु महाराज ! सर्बप्रथम त दुइहात जोडेर माफि माग्न चाहान्छु जस्लाई मैले यतिका दिन कुराए, तड्पाए, एउटा कौतुहल र असमन्जसमा राखे, अँध्यारो कोठामा थुनिएको कैदी झै बनाएर हजुरलाई मन बचन र बिचारले कैदगरेर कैदीझै बनाए, भावनाको कैदी बनाए, सोचाइको कैदी बनाए, मानिसिक तड्पनको कैदीबनाए, यो सबैको लागि हृदयदेखी माफि चाहन्छु, चाहेर मैले हजुरलाई एउटा अँध्यारो सुरुङ्ग भित्र राख्न खोजेको हैन, समय र परिस्थितीको परिबन्दले मलाई यस्तो मजबुरी बनायो, त्यसैले यस्ले मलाई धोका दियो नभन्नुहोला, धोका दिएको हैन राजा, मेरो विश्वाश गर्नुहोस हिजोको बितेको दिनमा जसरी तपाईंको सामु जुन आशा राखेर हाजिरभएको थिए, अनी जसरी मेरो मन भित्रको उल्झनको स्पष्टिकरण मागेको थिए, आज पनि तिनै भनाइहरुमा अडिक छु, तिनै शब्दसब्दलाई प्रेम गरेर हजुरलाई आफ्नो मन मस्तिस्क सुम्पिएकोछु बस केही समयको लागि मलाई समयले बाधेर राखिदियो, मलाई कठिन घडीमा लगेर उभ्याइदियो, चाहेर पनि मैले हजुरको सामु उपस्थित हुन सकिन र अझै पनि भन्छु मलाई माफ गरिदेउ राजा म यतिका दिनसम्म हजुरको सम्मुख उभिन नसकेकोमा, मेरो सबै गैर हाजिरिलाई माफि गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वाश गरेकोछु, यदी हजुरकी प्यारो मान्छेलाई विश्वाश गर्नुहुन्छ भने सबै भन्नेछु म, यतिका दिन सम्म किन आइन, यतिका दिनसम्म किन बेपत्त भएर गुप्ताबास झै गुप्चुप भएँ भनेर, ल म भन्छु हजुर सुन्नुहोस् है त ल, अनी शायद हजुरको रिस शान्त हुन्छ होला, मन शितल हुन्छहोला, अनी बल्ल मलाई पक्कै माफ गर्नुहुन्छ होला, तपाईंले माफ गरेपछी मात्रै म आफुलाई हलुङ्गो महसुस गर्नेछु, आफुलाई शान्त र शितल भएको सम्झनेछु, नत्र म हजुरको रिसको पराग सेर्चनले सिन्चित बनेर पिडा र तड्पनको आगोमा जलिरहनेछु, बिन्ती राजा मलाई माफ गरिदिनुहोस ।  
 
हजुरलाई पत्र मेसेज छोडेर त्यो दिन हामी जोइपोइ बजार गयौ, घरमा भोलिपल्ट सानो ग्रहदशा काट्ने रुद्री पूजा लगाउनुथियो, हामी अलिक हतार भएकोले हजुरलाई हाम्रो निजी मेसेज बाहेक अरुखबर गर्नैपाइन, भोली घरमा सानो पूजा छ म आउन पाउदिन होला स्पेस र डिएमा मा भनेर, भन्नुपर्थ्यो मैले त्यो भनिन, पछी बजार पुगेपछी सम्झिए, अनी पूजाको सरसामन किन्न अलिक हतार पनि थियो, हामी संग समय पनि थिएन, घरमा पुगेर बेलपत्ता र अन्य केके सरसामन जुटाउनु पनि थियो, त्यसैले अलिक हतारहतार भयो, बजारमा पुगेर पूजाको अन्य सामाग्री किन्दा वहाँँ ब्यस्त हुनुहुन्थ्यो, त्यही मौका पारेर हजुरलाई एउटा मेसेज छोडौकी जस्तो पनि लागेको थियो, फेरी अर्को मनले सोचे कतै वहाँले मेसेज गरेको देख्नेपो हुन्की जस्तो लाग्यो, अनी सोचे आ ठिकैछ भोली एकदिनको कुरान हो, पर्सिको दिनत मेसेज र स्पेसमा भेट भैहाल्छ नि भन्ने सोचेर फेरी मेसेज गर्ने आट पनि गरिन, सामन किनेर हतार गर्दै फर्कियौ हामी जोइपोइ, राती अबेला घरमा पुग्यौ, घरमा पुग्दा रातिको नौ बजिसकेको थियो, पूजाको सामन हतारमा थन्को लगाएर म खानापिना बनाउन लागे, वहाँ बेलपत्ता र आपको पत्ता टिप्न जानुभयो त्यतिराती, मैले खाना बनाइसकेर बस्दा रातको एघार बजाइसकेको थियो घडीले, वहाँ बल्लबल्ल आइपुग्नुभयो, घरका सबैजना खाना खाइसकेर आ आफ्नो रुममा पुग्दा झन्डै रातको बार्ह बजिसकेको थियो, त्यो दिनको यता र उताको भागदौडले थाकेर थकित भएको थिए म पनि र हजुरलाई मेसेज नगरि निदाएछु । 

भोलिपल्ट चारबजे बिहानै उठेर मोबाइल हेरे, मोबाइलमा हजुरको मेसेज देखे, मेसेज निकै लामो रहेछ र पछी पढ्छु भन्ने सोचेर पूजाको लागि घर चोख्याउन लिपपोत गर्नतर्फ लागे, घरको सफाइ सकेपछी सबैलाई चिया बनाएर दिदा पूजाको समाग्री तयार गर्दा पन्डित बा पनि आइपुग्नुभयो, पूजाको लागि होम गर्ने ठाउको रेखी हान्दै पुरेत बा ले पूजाको समाग्रीहरु मगाउन थालनुभयो, अनी छरछिमेकमा बोलाइएको आफन्त हरु पनि आउनथाले, गर्दागर्दै त्यतिकै त्यो दिन दिनभरी ब्यस्त बने, बेलुकी पूजा सकिएपछी बाइकमा वहाँ पुरेतलाई पुराउन जानुभयो, म यता दिनभरिको सरसामन थन्कोमन्को गर्नु र सरसफाइ गर्न तर्फ लागे, तर वहाँहरु दिउसोको तीन बजेनै जानुभएको बेलुकिको नौ बज्दा पनि न आएपछी फोन गरे फोन गर्दा त वहाँ हस्पिटलमा भएको खबर पाए, त्यो खबर सुन्ने बित्तिकै मेरो त हातखुट्टा नै सबै खङ्ग्रङ्ग सुकेर आयो, एकाएक तीन भाहुन्न भएर आयो तैपनी सम्हालिदै हामी हस्पिटल पुग्यौ, वहाँ पुरेत बा लाई पुराएर फर्किदा अटोरिक्सामा ठोकिएर बाइक एक्सिडेन्टमा पर्नुभएछ र देब्रे खुट्टा भाच्नुभएछ, म आतिए के गरौ कसो गरौ भए, हतार हतार डाक्टरलाई भेटेर सोधे, डक्टरले सबै ठीक छ भन्नुभो, खुट्टा मात्रै भाचिएको हो अरु केही भाको छैन भन्नु भयो तैपनी अलिकती भएपनी मनलाई शान्ता पारे, नत्रत मेरो हंसले ठाउनै छोडेको थियो, एउटा बेडमा वहाँँलाई खुट्टामा स्टिलको रड हालेर बेन्डेज बाधिदै थियो, अर्को दुइटा बेडमा अटोरिक्साको ड्राइभर र प्यासेन्जर लाई राखेर उपचार गरिदैथियो, घाइतेको परिवार सबैजना पैसा तिर्नुपर्छ, सबै औषधी दबैपानिको खर्छ बेहोर्नुपर्छ भन्दै उफ्रीदैथियो, तिनिहरु सबैलाई सम्झाएर, खुट्टाको रड लगाएर भोलिपल्ट वहाँँलाई घरमा ल्याएर राख्यौ, यसरी हाम्रो घरको दशा सुरुभएको थियो ।  

भोलिपल्टको त्यो दिन बिहान दश बजेतिर वहाँँलाई लिएर फर्किएपछी घरमा त्यतिकै ब्यस्त बने, बेलुकी वहाँँ लाई औषधी खुवाएर सुताएर सुत्न तर्खर गर्दैथिए अचानक टाउको दुखेर आयो मलाई, थामी नसक्नु भएर आयो एकाएक टाउको फुट्ला झै भयो, अगिल्लो दिनको ब्यस्तता र वहाँको एक्सिडेण्टको कारणले तनाब भएर टाउको दुखेको होला भन्ने सोचे, त्यो दिन खाना बनाएर सबैलाई दिएर म भने खाना नखाइ त्यतिकैसुते, तर बिहान बिउझदा ज्वरो हनहनी भएर आएकोरहेछ, घरमै थर्मोमिटर भएकोले आँफै ज्वरो नापे, ज्वरोत एकसय दश डिग्री आएकोरहेछ, त्यसपछी रुघामार्गी लागेको जस्तो भएर ज्वरोको साथै खोक्ने पनि हुन लाग्यो, सास फेर्दा पनि छिटोछिटो सास फेरे जस्तो हुन थाल्यो घरिघरि सास फेर्नै नसकेको जस्तो घाटी समातेको जस्तो हुनथाल्यो र अचानक गार्हो बनाएर ल्यायो, म यती बिसन्चो भएछु कि जवरोले के के बक्न थालेछु, त्यो मलाई थाहा पनि भएन, घरकाले आतिएर हतार हतार हस्पिटल लिएर आए, हस्पिटलमा सबै कल्चरको टेस्ट भयो, हजुरलाई त थाहैछ, कोरोना जस्तो महामारिले विश्वा अक्रान्त बनेकोछ यतिबेला, हरेकको घरमा सोकले छुएकोछ, म र हाम्रो घर पनि त्यो बाट अछुतो रहेर टाढा रहन सकेनौ, मलाई पनि डक्टरले कोरोनाको संका गर्‍यो, टेस्ट भयो पर्सीपल्ट तिनदिनको दिनमा मात्रै रिपोर्ट आयो, रिपोर्टमा कोरोना पोजिटिभ भएको देखायो, त्यस्पछी त, अब मेरो बाच्नु यतिनै लेखेको रहेछ भन्ने लागेर आयो, मनले हरेस खाए झै भयो, यो खबर तपाईंलाई भन्न मन लागेको थियो फेरी अर्को मनले सोचे परदेशमा भएको मान्छेलाई यस्तो कुरा सुनाउनुहुन्न, झन तपाईंलाई पनि तनाब होला भन्ने सोचे, पुन अर्को मनले भन्यो यदी म मरिहाले भने वहाँले कसरी थाहा पाउनुहुन्छ होला, धोका दियो भन्नु हुन्छ होला भने सोचे, पोजिटिभ रिपोर्ट आएपछी छिनभरमै हुने कुरा पनि सोचे नहुने कुरा पनि सोचे, म मरेपछी मेरा दुई सन्तान बिजोक भएको सम्म सोच्न भ्याए, मान्छे जब कम्जोर बन्छ आफ्नो आँखै अगाडि मृत्‍यु देख्छ त्यसपछी अनेकौ बिचार त के नानाथरी सोच्न पुग्दो रहेछ, मलाई त्यस्तै भएको थियो, तै पनि मनलाई दरो पारे सम्झाए आफुले आँफैलाई, हौसला दिए, हिम्मत दिए, आफुले आँफैलाई अनेकन तरिकाले सम्झाए, कोरोनाको पोजिटिभ रिपोर्ट आए लगत्तै मलाई क्वारेन्टाइन बेडमा राखेर उपचार गरियो, पन्द्र दिनपछी टेस्ट गर्दा नेगेटिभ देखायो र अरु एक हप्ता हस्पिटलमा राखेर घर फर्काइदियो, तर यता म उपचार गरेर घर फर्किनु उता बुढाबुढी भैसक्नु भएको सासुससुरा लाई पनि बिरामले च्यापेछ, वहाँहरुलाई पनि हस्पिटल लगेर कोरोना टेस्ट गरियो बा र आमा दुबैलाइ कोरोना पोजिटिभ भएको देखायो, अनी हस्पिटलमै राखेर उपचार सुरु गरियो तर दिन बित्तदै जादा आज भोली पर्सी भन्दै ठीकहोला भन्दा सासु र ससुराको झनझन बिरामले स्थिती बिग्रदै गयो, वहाँहरु दुबैलाइ श्वास लिन गार्हो हुँदै गयो, हस्पिटलमा पनि अक्सिजन नभएको भन्यो नर्सहरुले, चिनेजानेको सबैतिर अक्सिजनको लागि हारगुहार गरियो कतैबाट अक्सिजन पाइएन, प्रदेश हस्पिटलमा वहाँँहरुको उपचारको अर्को बिकल्प नदेखेपछी हेलिकप्टर चार्टर गरेर सासु ससुरा दुबैलाइ काठमान्डौ लिएर आयौ हामी ।  

यसरी भोलिपल्ट बिहानको दश बजे तिर हेलिकप्टर चार्टर गरेर काठमान्डौ ल्याइएपछी सिधै काठमान्डौको सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातल लग्यौ, त्यहा पनि मान्छेको हरुको भिड उस्तै, बिरामी र बिरामीको कुरुवाहरुले गर्दा अस्पातलको कुनै वार्ड र भुइ पेटी बलेसी खालिथिएन, यहाँसम्म कि बिरामीहरु प्रबेशद्वार मै भित्र र बाहिर भुइमै राखेर उपचार गराउन बिबस थिए, बिरामी निको भएर फर्किनेको भन्दा प्रतेक मिनेट नयाँ बिरामी थपिनेको संख्या झन्झन बड्दै थियो, बिरामीको आगमन संगै मृत्‍यु भएको बिरामीहरुको लास पनि उस्तै गरेर अस्पतालको पेटी र स्टेचरमा लाइन बद्ध राखिएका थिए, लासहरुको अवस्ता हेर्दा यस्तो लाग्थ्यो लासहरुको बजार लागेकोछ, हरेक लासको मोलमोलाई भैरहेछ, लासका आफन्तहरु कोही डाको छोडेर रोइ रहेकाथिए भने कोही रुदारुदा थाकेर आँखामा आशु नै सकिएर सातो गएको जस्तो एकोहोरो भएको देखिन्थे, जिबनमा यस्तो कारुणिक द्रिश्य आज पहिलोपल्ट देख्दैथिए, ईतिहासमै, सताब्दिमै यस्तो दुर्दशा कहिलै हुनेछैन, कहिले देखिनेछैन, त्यहाको अवस्था हेर्दा त्यस्तो कहाली लाग्दो र डर लाग्दो भयाभह स्थिती थियो, अन्त्यमा जसोतसो सासु ससुरा दुबैलाइ बेड भर्ना त गरायौ तर बिरामी राख्ने कुनै वार्ड र बेड थिएन, तैपनी भुइमै राखेर भएपनी उपचार गर्न वाध्य थियौ, पाँचदिन सम्मत त्यतिकै भुइमै राखेर उपचार बित्यो छैटौ दिनमा बल्लतल्ल आइ सि यु मा बेड खालिभएर बा र आमा दुबैलाइ सरुवा गरियो, आइ सि यु मा राखेर लगतार उपचार गर्दैगर्दा बिरामीको अवस्था सुध्रीएला भन्दा उल्टै झनझन नाजुक हुँदै गयो, यसरी कठिन् परिस्थितीबाट उपचार गर्दागर्दै अन्त्यमा बयालिसौ दिनमा दुई घण्टाको फरक गरेर सासुससुरा बित्नुभयो, एकातिर वहाँको एक्सिडेन्ट अर्को तिर मलाई कोरोना भएर बल्लतल्ल उठेको त्यस्माथी झन सासु ससुरालाई त्यही कोरोनाले ज्यानै लिएर गयो, बिरामी संग म र मेरो भातिजो संगम, काका ससुरा बिरध्वज आएका थियौ, वहाँँको एक्सिडेन्टले गर्दा वहाँ हामी संगै आउनु भएको थिएन, त्यसैले मैले हतास हुँदै घरमा वहाँलाई फोन गरेर बा र आमा बित्नुभएको जानकारी गराए, वहाँँ चुपचाप निशब्द हुनुभयो उताबाट कुनै प्रतिकृया आएन, शायद जन्म दिने बा र आमा एकैचोटी यो संसारबाट बिदा हुँदा वहाँँले आफुले आँफैलाई सम्हाल्न सक्नुभएको थिएन होला, सकोस पनि कसरी, आफुलाई जन्म दिने आमा बाउ मरेको खबर कुन चै सन्तानले सुन्न सक्छर, मैले पुन सम्झाउदै भने, अब जे हुने भैगयो पिर गरेर केहीहुदैन सम्हाल्नुहोस् आफुलाई भन्दै लास हामीलाई छुन र फेरी फर्काएर घर ल्याउन नदीने बताए, त्यसपछी लासलाई काठमान्डौ मै अन्त्यस्टी गरिने सल्लाह भयो, वहाँको सल्लाह मुताबिक काठमान्डौ मै लासलाई सद्गगदी गर्न भनेर हामी सबैजना सब बाहन संगै आर्यघाट लाग्यौ, आर्यघाट पुग्दा लासको ब्यबस्थापन र अन्त्यस्टी गर्ने कुनै ठाउँँ थिएन लासहरु जल्नलाई आफन्त संगै पालो कुरिरहेको रहेछन, यहाँ पनि लासको लाइन र जलिरहेको चिताहरु देख्दा यस्तो लाग्थ्यो यहाँ आर्यघाट नभएर यमराजको लोक जस्तो भान हुन्थ्यो, जिबनमै यस्तो द्रिश्य र कठिन् परिस्थिती मैले पहिलो चोटि देख्दै र भोग्दै थिए, साच्चै भन्ने हो भने अस्पतालको भन्दा पनि आर्यघाटको अझ भयाभह स्थिती थियो, त्यहाँको द्रिश्यको बर्णन गरेर सुनाउने कुनै अवस्था थिएन ।

यसरी तनाबै तनाबले गर्दा कतिदिन देखी एक गिलास चिया र एउटा पाउरोटीको भरमा मेरो सास अडिरहेको थियो, मलाई न भोक थियो, न निन्द्रा थियो, रुदारुदा आँखामा आशु नै सकिएर एकोहोरो भएर टोलाउनु सिवाय अरु बाँकी केही थिएन म संग दु:ख पोख्ने र देखाउने ठाउँ, एकातिर तनाब अर्कोतिर आँफै कोरोनाको बिरामी बाट भर्खरै उठेको मान्छे कम्जोर भएको अवस्थामा उसैत थाम्न मुस्किल हुन्थ्यो मलाई, झन गाउबाट आफन्त र चिनेजानेको साथीहरुबाट बा र आमा मरेको खबर शोध्ने र श्रद्धान्जली दिनेहरुको फोन उतिकै आएर दिक्क लगाउथ्यो, तैपनी त्यस्तो समयमा आँफै कम्जोर छु पिडामाछु भनेर मोबाइल नै सुइच अफ गरेर बस्न पनि नमिल्ने, लासलाई सदगदी गर्न पालो कुर्दाकुर्दा बल्ल पालो आयो, सदगदी सकिएपछी हामी त्यसैदिन घर फर्किन निधो गर्यौ, तर चारैतिर जतिसुकै कोशीस गर्दा पनि गाडी हामीले भेटेनौ, कोरोनाले गर्दा चारैतिर लकडाउन गरेर देशै ठप्प थियो, त्यो दिन हामी होटेलमै बास बस्यौ र भोलिपल्ट गाडीको बन्दोबस्ती गर्न लाग्यौ, गाडीको खोजी गर्दागर्दा थाकेर हैरान भएकोबेला त्यतिनै बेला बिरामी लिएर एउटा एम्बुलेन्स हाम्रै घर जिल्ला तिर फर्किदैरहेछ, त्यही एम्बुलेन्सको ड्राइभरलाई बिश हजार भाडा बुझाएर हामी घर फर्कियौ, घरमा पुग्दा बा आमाको ढिकुरो उठाएर काजक्रीया सुरु भएकोरहेछ, यसरी तेरौ दिनमा सबै कर्म सकेर एउटा कहालीलाग्दो घडीबाट त हामी निस्कियौ तर हामी सोकमा डुब्यौ दसा टार्न गरिएको पूजामा दशा टर्न त हैन झन दशा माथि अर्को दशा थपिदै गयो, परिवार गाउ हामी सबै सोकमा डुब्यौ यसै बिचमा हजुरको अर्को मेसेज आयो त्यो पनि देखे तर त्यस्तो बेलामा उत्तर फर्काउन उचित ठानिन र उत्तर दिन सक्ने अवस्थामा पनि थीन, सारिरिक र मानसिक रुपले म थाकेको थिए, छियाछिया भएर बिछिप्त नै बनेको थिए, त्यसैले मेसेज मात्रै पढेर पनि चुप्चाप बसे म ।   

प्यारो महाराज, यिनै घटना र परिस्थितीले गर्दा म समयमा चाहेर पनि तपाईं सामु हाजिर हुन सकिन, छोटो अवधिमा म संग जेजती दु:खकस्ट घटे वा भोगे ति सबैको ब्रितान्त सुनाइ सके, अब माफि दिनुहुन्छ हुन्न त्यो तपाईंको मर्जिको कुरा हो, तर मलाई आशाछ, तपाईंले मेरो अवस्ता लाई बुझ्नुहुनेछ र मलाई हिजो जस्तै आज पनि र भोली पनि माया गर्नुहुनेछ भन्ने विश्वाशत छु म मेरो प्रेम संग, किनकी मैले हजुरलाई कुनै स्वार्थ राखेर प्रेम गरेकी छुइन, मलाई तपाईंको धनदौलत द्रब्य पैसा संग प्रेम छैन, मलाई तपाईंको शरीर पाउने आशामा पनि प्रेम गरेको छुइन, तपाईंको हृदयलाई माया गर्छु, तपाईंको आत्मालाई माया गर्छु, र गरिरहनेछु सदासदा, महाराज, यि मेसेजहरु लेखिरहदा मेरो आँखाबाट आशुका कती धारा बगे म आँफैलाई थाहा छैन, यही मेसेज पनि कम्जोरिले गर्दा हात काप्दै लेखेकिछु, मानसिक अवस्ता तनाबपूर्ण अवस्थाबाट गुज्रीरहेकोछु, तैपनी तपाईंले मन दु:खाउनु होला भन्ने सोचेर लेख्ने कोशीस गर्दैछु, मेसेजहरुमा प्रेम र मायाका शब्दहरु नदेख्दा मन खल्लो होला हजुरको तर बिन्तिछ मन छोटो नगरनुहोस, मेसेजमा दु:खको समाचारहरु बाहेक प्रेमका कुरा नपोखिएपनी मनभरी प्रेम छ मलाई हजुर प्रती, मृत्‍यु शैयामा पुगेको यो शरीर भित्र बग्ने हरेक नसा भित्रको रगतको कणकणमा तपाईंको छबी घुलिएकाछन, जुन स्पेस बसाइको छोटो अवधिमै मेरो मन जितेर मलाई हजुरले आफ्नो बनाइसक्नु भएकोछ, र म हजुरकी राधा वा मिरा भएर जिबन भर रहने अनुमती दिनुहुन्छ भन्ने आशा गरेकिछु ।    

मेसेजको अन्त्यमा, आँखाभरिको सपना पठाएकोछु जो दिन र रातको कल्पना सम्झना र सपनामा म बाहेक अरुकोही नहोस तपाईंको मन मस्तिस्कमा भन्दै मेरो ह्रिदयनिबाशी प्यारो महाराज, हजुरलाई मेसेज लेख्दै गर्दा मलाई हेक्कै भएनछ, पुन मैले अर्को गल्ती गरेकोछु पुन माफ गर्नुहोला, किनकी हतास र तनाबपूर्ण मनस्थितिमा हतार हतार मेसेज गर्छु भन्दा यो पिरहरुले थिल्थिलिएको मस्तिस्कले सम्बोधन गर्नै भुलेछु, यदी यस्तो कोही बुलक्कड छभने त्यो मै हुँँ जो हजुरकी अर्धपागल प्रेमिका भएर अहिले यतिबेला माफैमाफको याचिका मागेर उभिरहेकिछु, शायद सोच्नुहुन्छहोला, कस्तो औपचारिकता पनि निभाउन नजान्ने केटी भनेर, तर मलाई विश्वाश छ मेरो हजुरले औपचारिकता भन्दा धेरै प्रेममा विश्वाश गर्नुहुन्छ जो हामी दुबैले एकले अर्कालाई गर्छौ, तैपनी मेरो महाराजलाई हृदयभरिको माया अनी सम्झना जो म हनुमान झै छाती चिरेर देखाउनत सक्दिन बस हजुरले महसुस गर्नुसक्नु हुन्छ, हजुरको कणकणमा, हजुरको मस्तिस्कभरी म बगिरहेकिछु, सदैब बगिरहनेछु, यो मेरो बाचा भयो भन्दै अर्को पटक स्पेस र कल संबादमा प्रत्यक्ष भेट्ने आशा राख्दै आजलाई बिदा हुन चाहान्छे । 

उही हजुरकी दुखी मान्छे ।
ह्रिदयी दासी । 

रचना- अर्पण योन्जन (शिरिष) 
मिती- २४, २५ र २६ कार्तिक २०७८ 
तदनुसार- १०,११ र १२ नोबेम्बर २०२१

No comments: