गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, November 19, 2021

कथा- भाग-१४, एउटा प्रेम यस्तो पनि ।



भोलिपल्ट बिहान डिउटी सकेर रुम फर्किएपछी युनिफर्म खोलेर रुममा बस्दा लगाउने एउटा भेस्ट र लामो खालको हाप सुरुवाल लगाएर हातमुख धुएर फ्रेस भए, वासरुम बाट रुम फर्किए, अनी बेडको बेडसिठ मिलाउदै ब्लाङ्केट निकालेर सुत्न तर्खरमा लागे, बेडमा पल्टिएर सुत्ने प्रयत्न गर्दागर्दै फिटिक्क निदाउन सकिन, किन किन बिहानै प्राप्त गरेको उस्को मेसेजले दिमाग घुमिरहयो, यता पल्टन्छु उता पल्टन्छु फिटिक्क निदाउन सकिन, घरिघरी उस्को मेसेजले भनेको कुराहरु मनमा ताजा छाया बनेर आइदिन्छ, एउटा द्रिश्य झै, मन मस्तिकमा माथिङ्गल घुमी रहन्छ, सिनेमाको रिल झै, आफ्नै अगाडि उ उभिएर आफ्नो बिलौन भनिरहेकिछे, म बेडको एउटा छेउमा बसेकोछु, उ बेडको अर्को दिसातर्फ बसेर म तिर फर्किएर मेरो दुबै हात समातेर दुबै आँखाको परेलिको डिलभरी आशु झारिरहेकिछे, बर्खाको खहरेझै उस्को दुबै नयनबाट अश्रुधारा झर्दैछ, मानौ यतिबेला श्रावण भदौको मौसम हो र आकाश कालो बादलले डम्म ढाकेर बर्षात भैरहेकोछ निरन्तर निरन्तर ।

मुटुको चालको गती बढाउदै निमेश भरमै पढि टुङ्याएको उस्को मेसेजले चिमोट्छ घोच्छ, र छाती समातेर ऐठन गराउछ, रातभरको निन्द्रालाई बोलाएर जती सुत्न कोशीस गर्दा पनि म असफल भैरहेको छु, केहीसिप नचलेपछी ब्लान्केट ओढेर घोप्टी परेर अनुहार छोपेर निदाउने कोशीस गर्छु, तर हुन्न, घरी छड्के परेर अनुहार छोप्छु घरी आँखा चिम्लेर आफ्नो मनलाई अँध्यारो बनाउन खोज्छु तैपनी हुन्न, बरु उल्टै जती बिर्सन खोजेपनी स्‍मृतिको पानामा धुमिल हुँदैगएको उस्को आक्रिती, बिस्तारै रंग उड्दै गएको मस्तिस्कको ऐना भित्र मेटिदै गएको उस्तै यादहरु, प्रतेक दिनको प्रतिक्ष्यामा बितेका थकित आँखा भित्रका उनी आउने क्षितिजहरु बादल झै फुङ्ग उडेका अतितहरु, बर्सौ धुलाम्मे माटोको कणहरुले पुरिएर मुस्किलले चिन्न गार्हो भएको सिसाको फ्रेम भित्रको कुनै पुरानो तस्बिर झै पहिचान मेटिन लागेको, त्यो पनि उनी हो होइनन ठम्याउन गार्हो हुनैलागेको सिमित पहिचानको आधारमा हृदय भित्र उभिएकी उनी, आज महिनौ पछी उस्तै प्रेम बोकेर आज फेरी एउटा लामो मेसेजको माध्यम द्वारा आएकिछिन, महिनौ पछीको उस्को मेसेजको उपस्थितिले मनमा बेग्लै खुशीको उमङ त दिएको थियो नै, तर त्यो खुशीको उमङ संगै मनभरी पिडाको पहिरो गएको थियो म भित्र, बिना मौसम, बिना सिजनमा, हरेकदिन झरिरहने कृष्णभिरको पहिरो झै, उस्को फिर्ती आगमनको सुखद खबर संगै उस्को दु:ख दर्द, पिडा, पिर ब्यथा अनी छोटो समयमै उस्ले भोग्नुपरेको अकल्पनिय यथार्थ जो सुन्दा पनि सपना जस्तै लाग्ने, उस्को मेसेज पड्दै जाँदा कुनै तीन घण्टाको कसैको जिबनकथा माथि बनेको चलचित्र भन्दा कमको थिएन ।

मेसेज पढिसकेपछी यस्तो लाग्थ्यो यसरी कसरी हुन गयो, जिबनमा कल्पनै गर्न नसकिने अकल्पनिय यती ठुलो दुर्घटना कसरी घट्न पुग्यो, सोच्दा पनि हर-कोहिको माथिंगल घुम्ने खालको समाचार थियो उस्को, बिहान डिउटी सकेर रुम आइपुगेर पनि उस्को मेसेज दोर्याइ तेर्याइ कतिपल्ट पढे म स्वयमा लाई थाहा थिएन, मेसेजलाई जतिपल्ट पढ्यो उतिपल्ट अकल्पनिय एउटा सपना जस्तै दुर्घटना थियो उस्को जिबनको, डिएम भित्र आएको इन्बकसको मेसेज जतिपल्ट पढ्छु उतिपल्ट उस्को मेसेजले दिनुपर्ने खुशीको ठाउँमा उल्टै मनभरी बिस्मात पोखेको थियो, तर उस्को कुनै खोजखबर नआउँदा म भने यत्रोदिन सम्म उनी फर्किएर न आएकोमा मनमनै कती रिसाए, कती मुर्मुरिए, निस्ठुरी बैगुनी धोकेबाजको संग्या दिदै कती ठुलो आरोप लगाए, यथार्थ र वास्तविकता लाई नबुझी घ्रिणा गरे, तर जब उस्को खबर पाए, सबै बुझ्ने मौका पाए तब उस्लाई गरेको रिस र घ्रिणा अब म स्वयमलाई फिर्ता भएको थियो, म आफुले आँफैलाई गाली गरे, कराए, रिसाए, चिच्याए, आँफैलाई आत्माग्लानी पोखेर आफुले आफ्नै दुइगालामा थप्पड लगाए, साचिकै भनौ भने म एउटा पागल झै आफुले आँफैलाई बेप्रबाह गाली गरेर आफुलाई शान्ता बनाउने प्रयत्न गरे । 

बारम्बार उस्को मेसेज पढेर म आफ्नो खुशी खोजिरहेको थिए, तर जती प्रयत्न गर्दापनी म आफु भित्रको खुशी भने भेट्नै सकिन, बरु दोर्याइ तेर्याइ उस्को मेसेज पड्दा कतिपल्ट अश्रुधारा बगे मैले थाहै पाइन, आफुलाई रोक्ने कोशीस गर्दागर्दै पनि भक्कानिएर आएको मनभित्रको आँधि-बेहेरिलाई रोक्न सकिन, छातीभित्र एकप्रकारको ज्वालामुखिको ज्वाराभाटा गएझै लाग्थ्यो, घाँटी मुनिको भाग पुरै आगोले भतभती पोलेको जस्तो भएकोथियो, सय डिग्रीको भन्दा माथिको रफ्तारमा ज्वरो आएझै टाउको हनहनी भएको थियो, महिनौ पछीको उस्को आगमनले दिएको खुशीको तुलानामा  कयौ गुना पिडा र ग्लानी भरिएको थियो म भित्र, सामुन्द्रिक ज्वारभाटाले उर्लिएको एउटा प्रलयकारी बिनासकारी बिध्वम्स जतिकै भएको थियो मेरो मन भित्र, जती कोशीस गर्दा पनि कहिकतै चैनको सुख थिएन म भित्र, दोश्रो विश्वायुद्धमा अमेरिकिहरुले जापानको नागासाकी र हिरोसिमा हानेको परमाणु एटम बंम जतिकै घातक र क्ष्यत्बिक्ष्यत भएको थियो म भित्रको म, एटम बंमको क्रुर प्रहार पछी ईतिहासमै आज सम्म कतिपय ठाउँमा हरिया रुख बोट बुट्यान अन्नपात उम्रन पनि मुस्किल परेको रुखो माटो बनेको नागासाकी र हिरोसिमा जस्तै बनेकोछ मेरो छाती, साचिकै भन्ने हो भने, म उस्को पुनर्गमनको खुशीयालिमा भन्दा उस्ले भोग्नुपरेको तनाबपूर्ण एक दुर्घटनाले स्तब्ध भएको थिए, उस्को दु:ख र कस्टको अगाडि मैले उस्लाई गरेको प्रेम सानो र तुच्छ लागेको थियो किनकी यो जानेर सुनेर वा बुझेर पनि शान्तावनाको दुई शब्द बाहेक अरु केही दिन सक्ने र गर्नसक्ने हैसियत थिएन ममा, यतिबेला मलाई लाग्दैछ कि ! म एउटा अजङ्गको पहाडमा गएर जोडले ठोक्किएर किङ्कर्तब्यमुढ भएकोछु, टाढाबाट देखिने कालो र लाटो पहाड भएर उभिएकोछु, यस्तो अवस्थामा म न पत्थर भएर खडा हुन सकेकोछु नत ढुङ्गामा कुदिएको मुर्ती भएर उभिन सकेकोछु, किनकी पत्थर भनौ भने पहराको बिचबाट चुहिने शिलाजित भएर पग्लन सकेको छुइन, जो मेरो मन यतिबेला ढुङ्गा झै भएको थियो, मुर्ती भनौ भने मर्दिरको देब हुन सकिन, जहाँ देबहरुलाई हेर्न सक्ने मेरो अध्यात्मिक मुटु हुँदाहुँदै पनि यतिबेला म मुर्ख मनुस्य जस्तै अकन्टार र अकिन्चन भएर उभिएको थिए, यस्तै पिडै-पिडामा आफुलाई सम्हाल्दै मन-मनै सम्झाउन खोजे, जिबन एउटा चक्र हो, जो प्रक्रिती जस्तै फल्छ, फुल्छ ओइलाउछ र झर्छ, त्यसैले जिबनले भोग्ने तिनका घटनाहरु कालखन्ड हुन, जिबनले भोग्ने भोगाइहरु साध्य हुन, अनी तिनका यात्रा अवधी मात्रै कृया हुन, यसरी आफुले आँफैलाई सम्झाएपछी भने केही मन सितल भएको अनुभुती गरे । रातिको अनिदो र थकाईले म मनमा कुरा खेलाउदा खेलाउदै अहिले भने बल्ल थाहै नपाई निदाएछु । 

हाम्रो प्रेम भएको बर्सौ बितिसकेको थियो, जतिबेला हाम्रो प्रेमको सुरुवात भएको थियो त्यो बेला हामी अहिलेको यो अवस्थामा आइपुग्छौ मैले कल्पना पनि गरेको थीइन, जतिबेला हाम्रो जुन ढङ्गले जसरी भेट भएको थियो त्यो बेला मैले उनलाई देख्नत परै जावोस सपनामा सम्म देखेको थीइन, आज पनि सम्झिदा अचम्म लागेर आउछ, एउटा कुनै चलचित्रको काहानी कथा झै लाग्छ, कुनै कथा वा उपन्यासको काहानी झै लाग्छ, सम्झिदा यस्तो लाग्छ कास त्यो समय फेरी फर्किएर आइदिए पनि हुन्थ्यो झै लाग्छ, भला ही त्यो बेला मेरो जिबनको वास्तबिक्ता र अवस्था नजुक भएपनी उनी संगको भेट कुनै फिलिमको हिरो हिरोनिको पहिलो भेटको द्रिश्य भन्दा कमको थिएन, हो हाम्रो पहिलो भेट आज भन्दा पाँच बर्ष अगाडि धारनको बुढासुब्बा मन्दिरको बाहिरपटिको फलैचामा भएकोथियो, मंसिर पुषको धरानको चिसो मौसम, पानमारा देखी टाढा छितिजमा देखिने झापाको पल्लो कुनाबाट बिहानको रातोलाली झुल्किए झै लाग्थ्यो त्यो बिहानिको सुर्य, बिहानिको सुर्यको पहिलो किरण धर्तिमा पाइला सर्दै गर्दा बुढासुब्बाको जंगल र बाँसहरुले छलिएर कतैकतै बिस्तारै भुइमा पोखिदै थियो, हिउदको त्यो बिहानको पाँच छ बजे तिर प्राय झिसमिसेनै हुन्छ, तर पनि बिहानको चार बजे देखी नै मन्दिरको घण्टा हरुको सुन्दर र मनमोहक एकोहोरो टङ्ग टङ्ग गर्ने आवाज र मन्दिरमा बजाइएको संख हरुको सुरिलो ध्वनिहरुको सुरुवात हुन्छ, बुढासुब्बा मन्दिरको अगाडिपटिको बाँसै बाँसको अग्ला-अग्ला झ्याङ्ग मा चराचुरिङ्गगिको चिरबिर चिरबिर गर्ने आवाजहरुको बिहानिको त्यो सुनौलो संकेत संगै हुन्छ, मन्दिरमा दर्शन गर्न आउने दर्शनआर्थिको लागि फुल, अछेता, अगरबत्ती, प्रशाद र रंगिबिरंगी मालाहरु बेच्ने पसलेहरुको चहलपहल बिहानको ३/४ बजे देखिनै सुरुहुन्छ, बिहान हुनु अगावै सबै पसलेहरुले पसलको आ-आफ्नो अगाडि सरसफाइ र धुलो मार्नलाई पानी छ्यापेर चिटिक्क पारिसकेका हुन्थे, त्यस्तै अन्य फोहोरमैला सफा गर्नलाई नगरपालिका बाट खटिएका कुचिकार हरु सरसफाइ गर्नलाई आइपुगी सकेका हुन्थे, दर्शनअर्थिको लागि नास्ता खाजाभुजा बेच्नलाई होटलवाला हरुको त झन बिहानिको पहिलो डाकबाटै कामको बन्दोबस्तीको सुरुवात हुन्थ्यो, जब उज्यालो भएर मानिसहरुको भिड बड्दै जान्थ्यो पसलेहरुको एक आपसमा हानथाप नै चल्थ्यो आ-आफ्नो होटलमा खाना र नास्ता खुवाउन र बेच्नको लागि, ति द्रिश्यहरु संग मेरो पुरानो दोश्ती बनिसकेको थियो, ति हरेक द्रिश्यहरु मेरो लागि कुनै नौलो थिएन, त्यहाका हरेक ब्यक्ती र तिनका व्यबहार अनी त्यहाको हरेक द्रिश्य संग मेरो पुरानो सम्बन्ध भैसकेको थियो, त्यहाको हरेक चालचलन देखी म कुनै अन्जान थीइन, हरेक बस्तुस्थिती संग म पुरानो भैसकेको थिए, भक्तजन हरुलाई फलफुल बेच्ने लाइन्को तल्लो पट्टी मानिसहरु बस्ने केही खुला ठाउँ र फलैचा बनाइेका थिए, तिनै खुला ठाउँ र फलैचाको बिचभागमा त्यो चिसो मौसमको जाडो भगाउनलाइ फोहोरमैला जम्मा पारेर आगो बालिन्थ्यो, धुलो लागेर महिनौ देखी नधुइएको कलेटी परेर शरीरमा छुदापनी चिसो महसुस हुने च्याएतिएको केही खप्टिएर लगाएको सर्ट अनी भित्रपट्टी टाउजर र पेन्ट, उनिको फाटेको पुरानो खास्टो ओडेर हरेक बिहान म पनि त्यही बातवरणमा घुल्मुलिन्थे र मंसिर पुषको जाडो छल्न म पनि त्यही बालिएको आगो ताप्न भेलाभएको भिडमा थपिन्थे र घाम माथि न आउन्जेल सम्म आगो तापेर बसिरहन्थे । 

यसरी मन्दिरको त्यो हरेक बिहानिको रमणिय र रमाइलो द्रिश्य संगै बिहानै त्यहा पुग्नु र दिनको ११/१२ बजे सम्म मन्दिर पेरिसरमै सानोतिनो कसैलाई काम सघाउनु, अनी उनिहरुले दयाले दिएको खाने कुराबाट पेट भर्नु वा केही सानोतिनो सहयोग गरिदिए बापत भक्तजनहरुले दिएको दश बिस रुपैयाले केही किनेर खाएर पेट पाल्नु मेरो दैनिकी दिनचर्या थियो, पसलहरुको सामन भक्तजनलाई बोलाएर बेचाइदिए बापत पसलेहरु दुइचार पैसा दिन्थे, भक्तजनहरुको चढाउन ल्याइएका कुखुराहरुलाई हेर्दिनु र पानीहालेर कुखुराको फोहोर खुट्टा धुइदिन सहयोग गरेबापत केही गोडादसेक पैसा मिल्थ्यो र तिनै पैसाले बिहान बेलुकिको छाक टार्नु मेरो बाध्यता थियो, मेरो यो दैनिकिको सुरुवात पनि कम अचम्म र पिडादयिको छैन, सानैमा बुवा बित्नुभयो, बुवाको मृत्‍यु पछी केही सालपछी आमा अर्कै ब्यक्ती संग बिहे गरेर जानुभयो, आमाले अर्कै संग बिहे गरेर जादा एक दिदी र एक दाजु अनी मलाई पनि संगै लिएर जानुभएको थियो, आमाको दोश्रो बिहेपछी आमाको दोश्रो लोग्ने अर्थात हाम्रो दोश्रो झट्केलो बाउ पनि दिनभरी घर बनाउने मिस्तिरिको काम गर्ने, बेलुकी भएपछी रक्सिले मातेर आउने र आमालाई र हामीलाई तथानाम गाली गर्दै रातदिन कुटपिट गर्ने, बेलुकी भएपछी पिटाइ खानु पर्ने भयले हामीलाई सताउथ्यो, आफुले पिटाइ खानु परेपनी हामीले पिटाइ खानु नपरोस भनेर बेलाइमा खाना खुवाएर हामीलाई छिमेकिको घरमा सुत्न पठाउनु हुन्थ्यो,हरेक गर्मी अनी जाडो केहो हामीलाई केही थाहा हुन्नथ्यो सँधै उस्तै लाग्ने हामीलाई, गर्मिमा न सितल छाहारी जाडोमा न न्यानो ओत र लुगा, बाउको मृत्‍यु पछी आफु र छोराछोरिको हेरबिचार र सुखसान्ती हुन्छ कि भनेर दोश्रो बिहे गर्नु भएको आमाले दोश्रो लोग्ने बाट पनि कहिलै सुख पाउनुभएन, बेलुकी भएपछी पिटाइ खानु र छोराछोरिले पनि पिटाइ खालाकी भन्ने पिरले छोराछोरी लुकाउदैमा हैरान हुन्थ्यो आमालाई, आखिर आमाको माया न हो, दोश्रो बाउ बाट हामीले पिटाइ खादा आमा फाटेको मैलो मजेत्रोले मुख थुनेर हिक्क हिक्क गर्दै आफ्नो रुवाइलाई रोक्ने कोशीस गर्नुहुन्थ्यो, रुएको थाहा पाए कान्छा बाउले आमालाई अझै रुन्छेस भन्दै पिट्ने, यसरी नै हाम्रो गाली र पिटाइ संगै दोश्रो बाउ संग जिबन बित्दै जादा एकदिन दमको बिरामले आमालाई पनि यो संसारबाट लिएर गयो, त्यसपछी त हामी झन नितान्त टुहुरा भयौ, दिदिले कलिलै सानै उमेरमा आँफैले रोजेको बिहे गरेर जानुभयो, आखिर मागी बिहे गरेकै भएपनी कस्ले पो बिहे गरिदिन्थ्यो र, कोनै पो थियो र हाम्रो आफन्त भन्ने, जती थिए आफन्त भन्ने ति सबैले बुवाको मृत्‍यु पछी हेला गरेर जग्गाजमिन हडपेर हामीलाई बेघर बनाएर आमालाई दोश्रो बिहे गर्न वाध्य बनाएका थिए । 

आमाको मृत्‍युपछी केहीदिन त कान्छा बाउ संगै बस्यौ हामी तर रातदिन काममा लगाउने र खानै नदीइ भोकै सुताउने र सताउने गरेपछी सहन नसकेर त्यसदिन देखी दाजु भागेर कता गयो आजसम्म कुनै खोजखबर छैन, आज सम्म बेपत्ताछ, यहाँछ त्यहा छ कुनै टुङ्गो छैन, म पनि भागेर यही बुढासुब्बा मन्दिरको आडभरोसामा आएर जिबन चलाऊन थाले, केटाकेटी उमेरमा सुरुका दिनमा त कतिको पकेट पनि मारियो तर त्यसरी चोरिगरेर पैसा कमाउदा कैले मानिसहरुले पिट्ने त, कहिले पुलिसले लगेर थानामा थुन्ने र बेस्सरी पिटेर छोडिदिने, यसरी रातदिन अरुको र पुलिसको पिटाइ खान थालेपछि मैले बिल्कुलाई चोर्न छोडिदिए, बरु होटल र पसलहरुमा अनी भक्तजन हरुलाई काम सघाएर पैसा माग्न थाले, यसरी काम गर्दा सबैले माया गरेर पैसा दिन थालेपछि मैले त्यसदिन देखी कहिले पकेट मार्ने वा चोर्ने काम गरिन, संगै साथीहरुले चोर्दा पनि गाली गर्न र रिसाउन थाले, मेहेनत को कमाइ खाउ सबैले माया गर्छ भनेर सिकाउन थाले, साथीहरु पनि मेरो परिबर्तित ब्यबहारले गर्दा बिस्तारै टाढिदै गए, र, अन्त्यमा म एक्लै भए, त्यसैको बाबजुद आज पनि यही बुढासुब्बा मन्दिरको पेरिसरमा कसैलाई सघाउछु र पैसा लिन्छु अनी खाने कुरा किनेर खान्छु त्यही पैसाले, कहिलेकाहित भक्तजनहरुले पनि खाना किनेर खुवाउथे, यतिबेला आजभोलि मलाई लाग्छ, कसैलाई काम सघाएर पैसा मागेर जिबन गुजारा चलाऊनु शायद पाप होइन होला, काम गरेर पैसा माग्नु वा मेहेनतले पेट भर्नु यदिकसैले पाप सोच्छ वा भन्छ भनेपनी सहि कम्सेकम मैले कसैको चोरिन, कसैलाई ढाटिन, यहाँ हामी जस्तो अनाथ र गरीबको नाम भजाएर देश अनी जनतालाई लुटेर खाने कयौ महाजन हरुछन, समाजसेवा गर्छु भन्ने ढोङ्गिहरु हाम्रो नाम लिएर सरकारको ढुकुटी बाट लाखौं खाएर घर सम्पत्ति जोड्छन, कम्सेकम एक पेट र दुई छाकको लागि कसैको पेट मारेर खानु परेकोछैन मैले, यसैलाई म कर्म मान्छु र धर्म पनि ।  

यसरी नै हरेक दिनको मेरो दैनिकिमा त्यसदिन पनि बिहानै मन्दिरको घण्टा बज्यो, संख बज्यो, बाँसको झ्याङ्गमा चराचुरुङ्गी कराउन थाल्यो, बेपारिहरुको चाहलपल सुरुहुन थाल्यो, त्यसदिन पनि शायद बिहानको पाँच बजेको हुनुपर्छ पूर्वाञ्चल शैक्षिक भ्रमण लेखिएको ब्यानर टागेर एउटा बस आएर पार्किङमा अडियो, एकहुल केटाकेटिहरु बासघारिको चराचुरुङ्गी जस्तै हल्ला गर्दै बसबाट निस्किएर मन्दिर तिर लागे, कोही मन्दिर तर्फ लागे भने कोही फलफुल चढाउन फलफुल र प्रशाद अनी मालाहरु किन्न लागे कोही फोटो खिच्न तर्फ लागे, उहित त हो, मेरो सँधैको काम, भक्तजनहरुको सरसामन र जुत्ताचप्पल कुरिदिनु, कुखुरा परेवाको खुटा धुइपखाली गरिदिनु, त्यस दिन पनि म त्यो हुललाई छोप्दै दगुर्दै गएर जुत्ताचप्पल र झोलाहरु सस्तैमा कुरिदिने बताउदै कराउन थाले, कसैले यस्ता खातेहरुले त लिएर भाग्छ नदिनु भन्दैथिए, कसैले हैन केही हुन्न यिनिहरु यस्तै काम गर्छन् मन्दिरमा, लादैन यही राखुम नत्र फेरी भित्र मन्दिरामा छिर्न दिदैन भन्दै एकभारी जुत्ताचप्पल र ब्याग लत्तकपडा कुर्न दिए, उनिहरु सबै भित्र दर्शनको लागि छिरे, मन्दिरको दर्शन सकिएपछी फोटो खिच्ने र टिकटक बनाउन लागे, यतिकैमा एउटी तरुनी केटी मेरो नजिकै आएर सोधी यहाँ टोइलेट कहाछ, मैले नजिकैको होटेलमा लगेर देखाइदिए, होटलवालाको अनुमती पछी उनी टोइलेट सकेर आइन र मलाई पचासको नोट झिकेर दिदै भनी, धन्यवाद तपाईंलाई सहयोग गर्नुभएकोमा, मैले पैसा लिन इन्कार गर्दै भने, यो सामन कुरिदिए बापतको मात्रै लिन्छु, म टोइलेट भनिदिएकोमा लिन्न, उनी मुसुक्क हाँस्दै भनिन, कती राम्रो मन भएको मान्छे तपाईं, तर मैले यो तपाईंकै लागि दिएको हो लिनुहोस, दिएको कुरा फिर्ता गर्नुहुदैन, उनले मुस्कुराउदै दिएको पचासको नोट अफ्ठ्यारो मान्दै समाते र धन्यवाद टक्र्याए, खै किन हो कुन्नी सबैजना आआफ्नै धुनमा मस्त रहेकोबेला उनी भने म संगै गफ गर्न मस्त भैन , कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ, किन यहाँ बस्नुभएको, आफन्त छन कि छैनन आदी धेरै कुरा सोध्न भ्याइन, जिबनमा मैले जस्तो भोगे जन्म देखी आजसम्म मैले पनि बिना हिचकिचाहट सबै बताए, खै किन हो कुन्नी मैले पनि एउटा अन्जान मान्छे संग सबै निर्धक्क बताइ दिए, मानौ हामी सानोमा छुटिएका साथी बर्सौ पछी यो अवस्थामा भेटिएकाछौ, बर्सौ पछी भेट हुँदा हामी हाम्रो एक अर्काको दु:खसुख साट्दैछौ, एकअर्कालाई आआफ्नो दु:ख बिसाएर दुखेको मनको घाउमा मलमपट्टी लगाउदैछौँ, यतिबेला यस्तै महसुस भएको थियो मलाई, हामी दुबैजना गफ गर्दागर्दै उस्को सबै साथीहरु भेलाभए, सबैलाई आआफ्नो सामन बुझाए, सबैले दश बिस रुपैया गर्दै डेढ सय जती मिलाएर दिए, सबैजना गाडीमा चढे, उनिले ल अब हामी जान्छौ राम्रो संग बस्नुहोस् है भन्दै आफ्नो पर्सबाट पाँचसयको नोट निकाल्दै मेरो हातमा दिदै भनी, मैले केही सहयोग गर्न सक्छु भने भन्नुहोस् यो मेरो फोन नम्बर हो, कहिलेकाही फोन गर्न सक्नुहुन्छ, मेरो हातमा सानो कागजको टुक्रा थमाइ दिदै भनेकी थिन, थाहाछैन अचानक आएको त्यो भ्रमण समुहको उनिमा के त्यस्तो हृदय थियो, उस्ले मलाई के सोची, एउटा अन्जान मान्छे ले मेरो आफ्नै मान्छेले झै किन यो मानबियता देखाइ, म छक्क परे, किनकी सडक जिबन बिताए देखी मलाई आजसम्म कसैले यसरी मानबिय ढङ्गले कुरा गरेका थिएनन, उस्को सदसयता र कुरा गराइ अनी व्यबहार हेर्दा एकदिनको पाहुनाको जस्तै थियो, भद्र, सालीन, मायालु, हेर्दा लाग्थ्यो उनी साह्रै दाँयालुछिन, उनको हृदय ठुलोछ, सानी पातली खिरिलो सरिरमा टिमिक्क परेको पहेलो कुर्था, चुरिदार सल्वार अनी पहेलै रंगको सल, कपाल काटेर कुमसम्म मात्रै आउने सिलिक्क परेको कालो कपाल, पावरवाला सेतो चस्मा, अनी हातमा सानो लेडिज घडी, र दाँयाँ हातमा कालो सानो ब्याग, कुनै हिरोइनको भन्दा कमको आक्रिती थिएन उनमा, गाडीको रफ्तार बिस्तारै अगाडि बढ्यो, जतिजती गाडीको रफ्तार बड्दै अगाडि जान्थ्यो उतिउती उनी गाडीको झ्यालबाट अनुहार निकालेर पछाडि फर्केर हात हलाउदै बाइ भन्दैथिन, म चुपचाप उनी गएको बसतिर हेर्दै मुसुस्क्क हाँस्दै हात हल्लाइ रहे, गाडी एकछिनमा घरहरु र रुखको बुट्यानहरुले छेलियो, अद्रिश्य भयो, त्यसपछी भने म झसंग झस्किदै सम्हाले आफुलाई, खै के सोचे मैले कुन्नी, मन बोझिलो भयो, के गुमाएको के हराएको जस्तो महसुस भयो, जिबनमा आज पहिलोचोटी मैले आफुले आँफैलाई एक्लो भएको महसुस गरे । 

त्यो दिन मलाई दिनभरी नै कस्तो कस्तो नरमाइलो लागिरहयो, आज पहिलोपटक मलाई एउटी नारिको कोमल्ताले छुएको थियो, उ गएको पल सम्झिएर, त्यो दिनभरी नै घरिघरी उस्को पहिरन र उस्को बोलिको झन्कारले सताइरहयो, अनेकौ दु:खकस्ट झेलेर हुर्किएपनी आज पहिलो चोटि मलाई एक्लोपन महसुस भएको थियो, कसैको अभाब र यादले सताएको थियो, तर मन पनि कस्तो अचम्मको हुँदोरहेछ, जो हावाको झोका झै आएर आधी झै भएर छिनभरमा बिलाएर जाने मान्छेको लागि दिल र दिमाग दुबै धमिलो भएको थियो, जस्को न कुनै नाम न कुनै ठाउँ ठेगाना, उस्को लागि आजदिनभरी नै बिरक्ती बनेर बित्यो, दिनको एकबजे पछी मन्दिरको सरसफाइमा सघाएर बेलुकी साँझपख धरान तिर जानलाई म बुढासुब्बा मन्दिरको चोकबाट दन्तकालि मन्दिरतर्फको उकालो जादै थिए, त्यही उकालोमा दिउसोको तिनै एकहुल केटाकेटिहरु फोटो खिच्न र बिजयपुरको डाँडाबाट धरान र तल इटहरी बजार अनी पस्चिममा देखिने कोशी ब्यारेजको झिलिमिली मनमोहक रमणिय द्रिश्य अवलोकन गर्न र हेर्न ब्यस्त देखिन्थे, म उकालो उक्लिदै गए, पछाडिबाट अचानक नारी आवाज आयो, ओहो तपाईं त्यही दिउसोको साथी होइन ? अझै यतै हुनुहुन्छ, नारी आवाज आएको तर्फ हेरे, आवाज तिनै दिउसोको सुन्दर युवतिको थियो, हजुर यतैछु, खासमा म यहाँबाट अलिक तल दन्तकाली मन्दिरको छेउको घरमा भाडामा बस्छु तर अहिले चै तल धरान हिंडेको साथीहरु भेट्न, मैले जवाफ फर्काए, ए हो मलाई पनि लानुहोस्न, म पनि जान्छु, मलाई जिस्काउदै भनी उस्ले, म एकमनले त झसँग झस्के पनि अब कहाँ लानेहोला भनेर, तर आफुलाई सम्हालिदै भने जानुहुन्छ त आज म पुरै धरान बजार घुमाइदिन्छु हजुरलाई, हजुर त हाम्रो पाहुन हुनुहुन्छ किन नलानु, ए होर अनी पाहुनालाई घरमा लानु पर्दैनत ? पुन उस्को प्रश्नउक्ती, म के भनौ नभनौ अक्कनबक्क बने, उस्को भनाइलाई केही असहज हुँदै टोलाई रहे, तर मेरो मौनतालाई चिर्दै उनी आँफै बोलिन, किन चुपचाप् ? लानपर्दैन, हामी यहाँ एउटा होटलमा बसेकाछौ, आज हाम्रो नाइटको बसाइ यही हुनेछ, किनकी यहाँबाट मधेश नियाल्न सजिलो हुनेरहेछ रातको झिलिमिली, बोल्दाबोल्दै उनी एउटा ढुङ्गाको आड लिएर बस्दै मलाई पनि बस्ने ईशारा गर्दै भनिन, बस्नुहोस्न यतै कि बस्नु हुन्न म संग, उस्को अनुरोधलाई शिरोधार्य गर्दै थोरै अफ्ठ्यारो मान्दै म उनी बसेको ढुङ्गामा छेउमा गएर संगै बसे, र दुबै गफ गर्न लाग्यौ, गफ पुन उही दिउसैको प्रसंगबाट सुरुवात गरिन, कुनै अदालतको कठघरमा उभ्याएको अपराधीलाई झै मेरो बाल्यकाल मेरो हुर्काइ मेरो अतित सोद्धै थिन, मानौ उनी कुनै मुद्धाको वकिल हुन र उनी मेरो अपराध माथि बहस गर्दैछिन, उनले पनि आफ्नो सबै कुरा बताइन, घर चितवनको माडी, नाम स्‍मृति सुबेदी, घरकी कान्छी छोरी अनी बाबाको प्यारी छोरी, कक्ष १२ को पढाई सकेर कलेजबाट अन्तिम भ्रमणमा ल्याइेको रहेछ, कुनै दु:खकस्ट भोग्न नपरी सुखमा हुर्केकी रहेछिन, उस्को जिबन र मेरो आकाश र जमिनको फरक थियो, उनी बिरामी हुन्छिन भनेर तातो दुध पिएर हुर्केकी, म बाँच्नको लागि चिसो पानी मात्रै खाएर हुर्किएको, छोरी बिसन्चो होला भनेर कयौ चौरासी ब्यन्जन खानाको मुख बारेर हुर्केकी, म बाँच्नकै लागि हात थापेर झुठो खाना थापेर खाएर हुर्किएको, उनी न्यानो डसना र पस्चिमे शैलिको न्यानो सिराक ओढेर हुर्किएकी, म जिउनकै लागि धर्तिलाई ओछ्यान र ढुङ्गा लाई सिरानी बनाएर खुला आकाशको सिराक ओढेर चिसो सिरेटोमा हुर्किएको, साचिकै यही धर्तिमा पनि मान्छे अलगअलग तरिकाले बाच्दो रहेछ, जिउदो रहेछ, मान्छे मान्छे बिचमा पनि यतिधेरै फरक पर्दोरहेछ, म उस्को कुरा सुनेर पहिलोपटक अनुभुती गर्दै थिए फरक जिबनको फरक भिन्नता, कोही सुखसुबिधा भोग्नकै लागि जन्मिएका जस्तै, अनी कोही सिर्फ जन्म र मृत्‍यु भोग्नकै लागि मात्रै जन्मिएका जस्तै, जस्ले प्रकृतिलाई नकार्न नसकेर बाध्यतामा खाली पेट र नाङ्गो सरिरमा जिबन जिउदा रहेछन । 

हामी गफ गर्दै गयौ, हाम्रो गफ निकै लम्बिदै गयो, एक अर्काको निजी जिबन र भोगाइ हरु सुनाउदा सुनाउदै रातको एघार बजिसकेको थियो, दुबैको निजी जिबनको भोगाइलाई उस्को त के भोगाइ भनौ, उस्को त सुखैसुखको सुनकेसरी रानीको कथा जस्तै थियो, भोगाइको ब्यथा त मेरो मात्रै थियो, उनको साथीहरुले नौ बजेतिरै स्‍मृति स्‍मृति भन्दै बोलाउदै थिए, हामी बसेर गफ गर्दै गरेको ठाउबाट उ बसेको होटल नजिकै रहेछ, त्यसैले साथीहरुले बोलाँउदा पनि म एकछिनमा आउछु तिमीहरु जादै गर भन्दै पठाइन, रात छिपिदैगयो, रातको चकमन्नतामा झ्याउँकिरी र लाटोकोसेरोको एकोहोरो आवाज मात्रै आउन लाग्यो, कस्तो बेजोडको सुन्सान रातमा बर्खाको जस्तै झ्याउकिरिहरुको आवाजले सुन्यतालाई बिथोल्ने काम गरेको थियो, रातको सुन्यता र रातको लम्बिदै गरेको समयले शरीर पनि चिसिदै गएको थियो, बाटोको पोलमा बलेको बत्तिको मधुरो प्रकाशले हामीलाई एकअर्काको अनुहार ठम्याउन अलिअली मात्रै मद्धत गरेको थियो, रातको लम्बिदै गरेको त्यो चिसोमा हामी एक अर्कामा निक्कै नजिक भैसकेका थियौ, एकअर्काको हाम्रो शरीर अब एकजस्तै भैसकेको थियो, जतिजती म मेरो कथा ब्यथा सुनाउदै जान्थे उतिउती उनी आँखाभरी आशु झार्थिन, म जानेर पनि अन्जान बनेर नजाने झै अवाक्क बनिदिन्थे, र केहीबेर मौनतामा चुपचाप बसिदिन्थे, अनी फेरी उनी आँफै त्यसपछी केभयो भन्नुन भन्दै कुरालाई अगाडि बढाउथिन, म मौनताको क्रमभंग गरेर कथाको अर्को अध्याय सुरु गर्थे, त्यो पनि आफ्नै जिबनको, आफ्नै भोगाइको, एकदिन, एकपलको त्यो भेट र सानो संबादले खै कसरी उस्को मन छुएको थियो, दिउसोको सानो भेट अनी अचानक बेलुकिको त्यो भेट एउटा सम्योग नै थियो, जो हामी फिलिमहरुमा देख्ने गर्छौ, हो अनायसै भएको हाम्रो भेट र सामिप्यता त्यस्तै कुनै फिलिमको कथाको एक भाग जस्तै थियो, गफैगफमा उस्ले अंकमाल गरी, बत्तिको मधुरो प्रकाशमा मेरो निधारमा चुम्बन गरी, उस्को चुम्बनको बदलामा म मुर्ती झै बसिरहे, कुरैकुरामा, उस्ले मेरो नाम राज न्वारन पनि गर्न भ्याइहालिन, राज, तपाईं भित्र एउटा असल मान्छे छ, तपाईं भित्र भएको त्यो असल मान्छेलाई शायद म प्रेम गर्छु, थाहा छैन त्यो प्रेम हो वा अरुकेही, तर मलाई एउटा कुरा पक्का भयोकी म तपाईंको असल साथी हुन सक्छु, जिबनभर एउटा मित्रताको भूमिका निर्बाह गरिरहन सक्छु, यो जिबन रहला नरहला वा फेरी हाम्रो भेटहोला नहोला तर मेरो मन मस्तिस्क भित्र तपाईं सँधै रहिरहनुहुनेछ, सम्झिरहनेछु, कुनैदिन तपाईंलाई मेरो आवश्यकता महसुस भए मैले देको नम्बरमा कल गरेर निर्धक्क भन्न सक्नुहुनेछ, म हरपल सहयोग गर्ने कोशीस गर्नेछु यो मेरो बाचाभयो । 

पहिलो भेटमै एउटा अन्जान मान्छे हामी तर आपसमा एकाकार भएका थियौ, मैले बुझ्न सकिरहेको थिन कि यो हाम्रो भेट एउटा सपना थियो वा सम्योग, कुरा गर्दागर्दै रातको एक बज्यो मौसम निक्कै चिसो भयो, हामीले टेलिफोन र पत्र मार्फत भेटहुने बाचा गर्दै अहिलेलाई छुट्ने निधो गर्यौ, हामी दुबैजना बसेको ढुङ्गाबाट उठेर एकले अर्कालाई एकनिमेसले नियाल्यौ, अंकमाल गरिन उस्ले, म आफ्नो दुबै हात उस्को पिठ्युमा हलुका बाधेर आफुलाई त्यो लाजबाट लुकाउने कोशीस गर्दैथिए, अलिक जोडले अंकमाल गरन कि डर लाग्यो, उनी मुसुक्क हाँस्दै मेरो हातलाई पछाडि लगेर कस्दै भनिन, मधुरो उज्यालोमा उस्को सेता दातहरु टलक्क टल्किएको देखियो, उनको मधुरो मुस्कानमा हराउदै उस्ले भने जस्तै गरे, उस्को दुबै कम्मरमा आफ्नो हातले च्याप्प कसे, उस्ले मेरो दुबै गालामा मोइ खाँदै दुई ओठहरुमा टोकी, मैले असहज हुँदै अनुहार हटाउन खोजे तर सकिन, म त्यो चिसो मौसममा पनि बाफिदै थिए, मेरो छातीको धड्कन एकतमासले बड्दैथियो, तर मैले आफुलाई सम्हाल्दै भने अब जाने हैन, उस्ले जवाफमा उम मात्रै गर्दै टाउको हल्लाइन, त्यसपछी हामी दुबै अंगालोमै कसिएर दश मिनेटमै उस्को होटलमा पुग्यौ, होटलको मुल ढोका बाहिर पुगेर बत्तिको उज्यालोलाई छेलेर पुन एक अर्कालाई कसेर अंकमाल गर्यौ, दुबैले एक आपसमा चुम्बन गर्यौ, भ्रमणबाट फर्किएपछी फोन गर्नुहै भन्दै दोर्याइन, मैले हस हुन्छ गर्छु भन्दै उत्तर फर्काए, छुट्नेबेलामा पुन मेरो टाउको उनितिर तानेर कानको फेदैमा सुस्त तरिकाले भनिन राज आइ लब यु, उस्को आइ लब यु मा केही बोल्नै सकिन, म खङ्रङ्ग सुकेको रुख जस्तै बने पुन, जिबनमै पहिलो चोटि एउटा नारी भित्र एकाकार हुनुले हो वा डरले मेरो दुबै हात र खुट्टा लुग्लुग कापिरहेका थिए, अंकमाल सकियो, दुबैको चुम्बन सकियो, त्यसपछी भित्रपट्टी भएको पाले दाइलाई बोलाएर भित्र गइन, एकैछिनमा गेटको ड्यम्मा आवाज आयो, गेटको भित्रबाट ताला लागेको आवाज पनि आयो, खटक्क, होटलको भित्रपट्टी अझै होहल्ला चलिरहेको थियो, बाहिरैबाटै नियाले सबैजना नसाको तालमा नाचिरहेका थिए, मैले कम्पाउन्डको पर्खाल बाट स्‍मृति लाई चिहाउन कोशीस गरे तर देखिन, त्यसपछी भने म धरान जान छोडेर मध्यरातमा आफ्नो रुमा तर्फ लागे ।

भोलीपल्ट बिहानै भालेको डाकमै म उस्को होटलको बाहिरपट्टी कम्पाउण्डमा पुगे, उनिहरु सबैजना हिंड्नलाई तयार हुँदैथिए, सबैजना आआफ्नो झोला बोकेर बाहिर पार्किङ गरी राखिएको बसमा चड्न थाले, म कम्पाउन्डको भित्तामा बिजुली बत्तिको पोलको अँध्यारोमा छलिएर उनिहरु गाडीमा चढेको हेरिरहेको थिए, सबैजना गाडीमा चढिसके तर स्‍मृति आइनन, सबैजनले कराउन थाले, स्‍मृति ! स्‍मृति !! राती पनि अबेर सम्म कता गइन अहिले पनि ढिलो गर्छे, ओइ स्‍मृति जादैनस कि केहो छिटो आइज, उस्को केटी साथीहरुको चर्को आवाज थियो, पख पख आए भन्दै झोला घिसार्दै हतारहतार गर्दै आइन, निस्कने बेलामा चारैतिर आँखा डुलाइन शायद उ मलाई नै खोज्दैथिन, मैले उस्को आसाय बुझेर बिजुलिको पोलबाट निस्किएर उज्यालोमा उभिए, गाडी स्टार्ट भएर बिजयपुरको ओरालो तर्फ लाग्यो, घुम्ती नकटे सम्म राज म गए ल भन्दै हात हल्लाइ रहेकिथिन, म भने उनी गएको बाटो तर्फ एकनिमेसले आँखा पनि झिमिक्क नगरि हेरिरहेको थिए, टोलाई रहेकोथिए, नजानिदो पाराले मेरो जिबन छुट्दैथियो, मेरो श्वास म आँफै भित्रबाट निस्सासिदै थियो, जिबनको एउटा सुनौलो पल बिस्तारै ढुल्मुल हुँदैथियो, घुम्ती कटेपछी एकपल्ट गाडीको पिपीप गरेको हरनको आवाज सुनियो, त्यसपछी गाडी अद्रिश्य भयो, म एकतमासले टोलाई रहे ।

म उता पुगेपछी फोन गर है भनेर गएकी उ, कयौपटक फोन गरे तर फिटिक्क कल संपर्क भएन, आज महिनौ भयो, यहाँ ऋतुहरु फेरीए तर न उस्को कल संपर्क भयो नत उ फर्किएर आइन, यसरी भालेको पहिलो डाँकसंगै गएकी उ, आशु पुछ्दै गएकी उ, बसको झ्यालबाट् घुम्ती नकटुन्जेल हात हल्लाउदै गएकी उ, अर्कोपल्ट घुम्ने बहना गरेर छिट्टै भेट्न आउछु है राज भन्दै गएकी उ, कयौ महिनासम्म खोजखबर नभएपछी माया मार्नै लाग्दा आज अचानक उनी आइन, र, मेरो कानको जरी नजिकै तातो श्वास छोडेर भन्दैथिन, राज म आएनी, यि हेरत मलाई, यतिभनेर मेरो निधारमा चुम्बन गरेर गालामा चिमोट्दै फेरी फर्केर गइन, म नजाउ भन्दै रोक्ने कोशीस गर्दैथिए, तर उनी आफ्नो उही पहेलो कुर्थाको सलको पल्ला समाउदै हलुका मुस्कानमा हात हल्लाउदै उसैगरी गइन, म उस्को पछी दगुर्न थाले, म जती उस्को पछी दौडन्थे उनी उतिउती आफ्नो गती बढाउथिन, उनको पछी लाग्दालाग्दै मेरो एउटा ठुलो ढुङ्गामा खुट्टा ठोकिएर अचानक लडे, ढुङ्गामा जोडले ठोकिएको दुखाइले झसंग भएर बिउँझीए, बिउझदा म यतिमिठो सपना देखिरहेको रहेछु, निन्द्राबाट आँखा खुल्दा म कहाँ छु जस्तो लाग्यो, मैले यताउता छामे, म बेडमै रहेछु, मन चिसो भयो, बिउझदा देखेको त्यो सपना आहा कती मिठो थियो, मान्छेको वास्तबिक जिबनकै जस्तो भोगाइ, कुनै कथाको काहानी झै लाग्ने, कार्तिक महिनाको अन्तिम तिरको त्यो चिसो मौसममा बिउझदा त चिसोले गाला, नाक, कान चिमोटेको झै चिमोटी रहेकोरहेछ, हलुका घोप्टिएर सुतेको भएर होला देब्रे खुट्टा र देब्रे हात निदाएर झिनिनिनी.... भैरहेकोरहेछ, र म यती लामो अनी यती मिठो सपना देख्दा देख्दै त्यो ढुङ्गामा ठोकिएर सपनाबाट बिउँझीएको थिए ।


सपनाबाट बिउँझीए पछी टेबलमा राखेको घडीलाई हेरे, दिनको दुई बजेको रहेछ, समय अझै बाँकी रहेकोले फेरी निदाउन कोशीस गरे, तर निन्द्रा लागेन, बरु तिनै लामो सपनाको मिठो कल्पनाले डुबायो, सोचे सपनामा आउने त्यो पात्र को थियो होला, कसरी आयो होला, अनेकन कुरा खेलाउन थाले, कयौ दिन देखी बेपत्ता भएर अचानक उनी यतिलामो मेसेज लिएर उपस्थित हुनु अनी पुन भेट्ने खबर गर्दै फेरी अलाप हुनुमा सपना संग त्यस्तो के सम्बन्ध होला, रातको कुनै एउटा लामो अत्यास लाग्दो प्रहर जस्तै दिनमा सुतेको बेला यती लामो सपना देख्नु, सपनामै एउटा अन्जान मान्छे संग भेट हुनु, अनी मैले जिबनमै नभोगेको सडक मान्छेको रुपधारण गरेर आफ्नो काहानी सुनाउनु, पहिलो भेटमै प्रेमको अनुभुती जताएर उनी बिदा हुनु, अनी पुन छिनभरको लागि फर्किएर मेरो गालामा सुस्तरी स्पर्स गरेर बाइ भन्दै हात हलाउदै फर्किएर बिलाप हुनु, यो कस्तो संयोगहोला, म छक्क परे, साँचैनै उनिसंग जुनदिनदेखी स्पेसको बसाइबाट प्रतक्ष्य वा अप्रत्यक्ष्य संबादले हामी बिचको दुरिलाई नजिक ल्यादेखी म बारमबार अनौठो अनौठो सपना देख्नथालेकोछु, कहिले डर लाग्दो अजङको भिरबाट नदिमा उ खसेको देख्छु, कहिले म आँफै नेपाल फर्किएर उनी संग भेट भएको सपना देख्छु, आज यो तेस्रोपटक, फेरी अर्को अत्यास लाग्दो र डरलाग्दो सपना देख्दैछु, आखिर के हुँदैछ मलाई यसरी बारबार, किन अलगअलग सपनाले अत्याउदैछ मलाई, म डराए भित्र भित्रै बाट, अनी सम्झे पक्कै पनि यो सपना र आज बिहान आएको उस्को मेसेज संग कुनै न कुनै सम्बन्ध त होला, म यस्तै सोच्दै निकैबेर सम्म टोलाए, फेरी आफुलाई सम्हाल्दै निदाउन कोशीस गरे, पुन बिहानको झै ब्लाङ्केट ओढेर निदाउन खोजे, आँखा चिम्लिएर आफुलाई अँध्यारो बनाउने कोशीस गरे, त्यती गर्दा पनि नभएपछी उठेर रुमको सबै बत्ती अफ गरेर सबै झ्यालको पर्दाहरु पनि लगाए, रुमलाइ साचिकै अध्यारो बनाएर निदाउने भरपुर कोशीस गरे, तर पनि मेरो सबै मेहेनत ब्यर्थ गयो, जतिगरे पनि निदाउन सकिन, जती निदाउन कोशीस गर्छु उती त्यही सपना र मेसेजले सतायो, मनलाई अत्यास भयो, मनभरी बेचैन भएर आयो, केहीसिप नचलेपछी उठेर उनको मेसेजको जवाफ लेख्न थाले । 

प्रीय मान्छे, 
आज फेरी यो तेस्रो पटक हजुरलाई पत्र लेख्दैछु, हुनत यो पत्रको युगै नभएको अवस्थामा पत्र के भनुम, बरु यसरी भनुम, बिज्ञानको माध्यम द्वारा मेसेज लेख्दैछु, मेसेजको सुरुवात कहाबाट र कसरी गरौँ म केही सोच्न सकिरहेको छैन, मेसेज द्वारा हजुरलाई कसरी र के भनेर सम्बोधन गरुँ म आँफै राणभुलमा परेकोछु, साचै भनुम भने म यतिबेला शब्दबिहिन निसब्द भएकोछु, हजुरको त्यस्तो खबर सुनेपछी तपाईंको त्यो बिसम र कठिन परिस्थितीमा मायालु सम्बोधनहरु गरी मेसेज लेख्न बिल्कुलाई असमर्थ भएकोछु, त्यता तपाईं चोटैचोट र पिडामा अनी सोकमा डुबेको बेला म कसरी प्रेमिल भावहरु पोखेर मेसेज लेखौ, कुन चै त्यस्तो सहानुभुती दिउँ हजुरलाई, म संग न कुनै त्यस्ता शब्द छन जस्ले तपाईं र तपाईंको परिवारमा घटेको घटनालाई रोक्न सकोस, छेक्न सकोस वा तपाईंको दुखेको पिडाको मलम हुन सकोस, साचिकै म यतिबेला मेसेजको सुरुवात गर्ने मामिलामा एकोहोरो सम्बोधनबिहिन भएकोछु । प्रेमको स्पष्टिकरण हामी बिचको सम्बन्धको अर्थ सोधेर हजुर गायब भएदेखी कयौ दिन स्पेस र डिएमको बाटो हेर्नु मेरो दिनचर्या नै बन्यो, हरेक दिन मनलाई निरास बनाएर स्पेसबाट फर्किनु मेरो दैनिकी नै बन्यो, यसरी हरेकदिन हजुरको मायामा तड्पिएर यादहरुमा जिउनु मृत्‍यु जतिकै भएको थियो मलाई, यती हुँदाहुँदै पनि अचानक आएको तपाईंको मेसेजले न खुशी हुन सिकायो नत दुखी हुन नै, किनभने खुशी हौ त कसरी जो तपाईंको सबै विवरण थाहा पाए, दुखी हौँ त महिनौपछी तपाईंको खबर पाएको थिए, यस्तो दोधारे माझधारमा म कसरी सम्बोधन गरुम ।   

प्रीय मान्छे, यस्तो अवस्थामा औपचारिकताको सम्बोधन पोखेर म आफुले आँफैलाई कसरी तुच्छ बनाउँ, त्यसैले आजको यो मेसेजमा कुनै सम्बोधन नगरि हजुरलाई पर्न गएको त्यो कठिन घडीलाई धर्यधारणा गर्नसक्ने सक्ती मिलोस भन्नुको बिकल्प भन्दा म संग अरु केनैछर, केवल तपाईंलाई पर्न गएको त्यो दु:खद घडीलाइ सहानुभुती बाहेक दिनसक्ने अन्य केहीछैन म संग, भनिन्छ जन्म र मृत्‍यु सत्य हुन, तर कोही जिबन लिएर जन्मदा जगत हासेको हुन्छ, तर मृत्‍युमा आफन्त मात्रै रुएको हुन्छ, यही नै जिबनको सास्वत सत्य हुन, शायद त्यसैले होला हामी भन्ने गर्छौ जन्म जस्तै मृत्‍यु पनि अनित्य हुन, तर जन्मले दिएको खुशी जस्तो मृत्‍युले दिने पिडा र खालिपन कतैबाट र कहिबाट पुर्ती हुँदैन, भन्नलाई भन्नेको लागि सजिलो हुन्छ, जिबन र मृत्‍यु सत्य हुन, हामीले सुइकार्नु पर्छ भनेर, तर आफन्तको मृत्‍युको सोकमा डुबेकोलाई मात्रै थाहाहुन्छ पिडा केहोभनेर, मलाई थाहाछ आफन्तको मृत्‍युको पिडा कस्तो हुन्छ भनेर, किनकी यो परदेशी जिबन भोगेदेखी यता आजसम्म म परदेशमै रहदा मेरा कयौ आफन्तहरु गुमाएकोछु, त्यस्ता दु:खहरु पटकपटक बेहोरेकोछु, देखेकोछु, र सहेको पनि छु, भनिन्छ पाकेको घाऊ निचोरे छिट्टै निको हुन्छ, तर पाकेको मन कसरी निचोर्नु, किनकी मनलाई जती निचोर्यो झन उती दुख्छ, उती बल्झन्छ, मन हुन्छ नै त्यस्तै । 

 प्रिय मान्छे, आज पुरै एक युग बितेझै महिनौ बित्यो हामी बिचमा पनि मौनतामै, तर म महसुश गर्दैछु, किनकी जीवन एक यात्राहो, यात्राको क्रममा कति साथ भेटिएर छुटिन्छन, तर यहाँत हजुर र म बिचमा नत कहिल्यै दरिलो गरि कसियो, न त विचबाटोमै अलपत्र छुट्यो, बरु त्यो टुइटरको सानो सेप्सको बसाइले जुराएको हाम्रो सम्बन्ध दिनप्रतिदिन नजिक र आत्मिय भएको अनुभुती गर्दैछु, हो, म अचेल सोच्छु–कसैको साथ अनि माया भन्नु एउटा मिठो अनुभूति त रहेछ, साचिकै आज म अनुभूतिका कुरा गर्दैछु प्रीय मान्छे, जीवनका तीता मीठा अनुभूति तपाईंसँग पनि होलान, म संग पनि छन तर एक अर्काको अनुभुती बाँडीचँडी गर्न समयनै मिलेको छैन र पो, वास्तवमै भन्ने हो भने मान्छेले जिबनमा उकाली ओराली गर्दा हरेक मान्छेले जिन्दगीलाई आ–आफ्नै ढङ्गले अनुभूत गरेका हुन्छन, धेरैले भन्छन्–जिन्दगी त काँडा हो, आगो हो, फुटेको सिसाको धारिलो धार हो, आगो काँडा र धार माथि हिंड्न कठिन हुन्छ, अनी यिनै जिबनलाई थोरैले मात्रै भन्छन्–वाह जिन्दगी त फुल हो, शुभस्ना हो, अनी जिन्दगी जिउने पूल हो, शायद तिनै मद्धेकी झमक घिमेरिले पनि आफ्नै जिबनको मुल्याङ्कन गरेकिछिन जिबन फुल होकी काँडा हो भनेर, तर म भन्छु जिबन दुबै हो, जिबन भोग्न जाने फुलै फुल भने भोग्न नजाने काडैकाडा हो भनेर, त्यसैले जिबनको यात्रा सजिलो छैन, तर जिन्दगी असजिलो र कठिन हुँदाहुँदै पनि सहज बनाउने त आँफैले हो, मैले भन्न खोजेको पनि यही होकी तपाईं र मैले हिंड्ने गोरेटो पनि हामी आँफैले निर्माण गर्नुपर्छ, यात्रामा आइपर्ने समस्या र अबरोध बनेर खडा हुने काँडा लाई हामी आँफैले पन्छाउनु पर्छ, फाल्नु पर्छ ।   

प्रीय मान्छे, मैले यहाँ अनुभूतिका कुराहरु गरिरहदा हृदय भित्र मनका कुरा पनि समेटिन पुग्छ, यदी मन र हृदयका विषयमा धेरै बहस भए मस्तिष्क चाँडै हार खान्छ, मस्तिस्क हार खानु भनेको मन खुम्चिनु हो, मन खुम्चिनु भनेको भौतिक शरीर तन पनि थाक्नु हो, तर यो मन कदापि हार्न चाहदैन, न मस्तिष्क, त्यसैले हामीले सकेसम्म यो मन मस्तिस्कलाई चारदिवारमा बाधेर हैन खुल्लम खल्ला आकाश माथि उड्न दिनुपर्छ, उ आँफैलाई हावामा बिचरण गर्नदिनुपर्छ, बदलामा तपाईं आफै परीणाम महसुश गर्न सक्नुहुन्छ । 

प्रीय मान्छे, एउटा कुरा हजुरलाई थाहाछ ? सोच्दासोच्दै कहिलेकाही त यो मन उडेर तपाईं कहाँ भेट्न आइपुगौ झै हुन्छ, निमेशभरको लागि आँखा चिम्लिएर हजुरको न्यानो र कोमल अंगालोमा बेरिएर दुनियाँको सयर गरौ झै लाग्छ, कल्पनाको अर्को छुट्टै सुन्दर संसारमा हराउँ झै हुन्छ, बिलाउँ झै हुन्छ, तर कल्पनाको जिबनलाई अलिक पर राखेर हामीले वास्ताबिक्तामा जिउनुपर्छ, त्यही नै हाम्रो असली जिबन हो, यो मनले चाहने त के के हो केके, वास्ताबिक्ता लाई अंगाल्न नसक्दा कल्पनाले दिने क्ष्यणिक सुख र शान्तिलाई प्रेम गरेर दुनियाँ समाज परिवार भुल्दा कयौ अप्रीय घटनाहरु घट्छन र मान्छेहरु पछुताउछन पनि, तर हाम्रो निजी खुशीको सिमित स्वार्थमा फसेर जिन्दगीलाई धरापमा पार्नु तपाईंको मेरो महानता होइन, र अनजानमा हुने गल्तीको प्रयासचित हुन्छ तर जानिजानी गरेको गल्तिको क्ष्यम्य हुँदैन कदापी । 

प्रीय मान्छे, हजुर संग भन्ने भनाउने सुन्ने सुनाउने कुराहरु त कतिछन कती, तर के गर्नु समयले हामीलाई त्यो अवस्ता सम्म बाधेर राख्छ राख्दैन थाहा छैन तर त्यो भन्दा फरक हामी संग हाम्रो पारिवारिक र सामाजिक जिम्मेवारी पनि छन, तिनलाई भुलेर हामी हाम्रो निजी खुशीको लागि मात्रै अलग भएर बाँच्न पनि सक्दैनौ यो मलाई थाहा छ र हजुरलाई पनि, त्यसैले त जिबन एउटा आँफैमा सामाजिक प्राणी र सँधर्षै सँघर्षको रहेछ, कयौ मजबुरी र बाध्यताहरुले मान्छेलाई हरेक पल कठोर हुन सिकाउछ, तिनै कठोरताले सँघर्ष पनि सिकाउछ, शायद त्यसैले जिन्दगीमा संघर्ष एउटा कठिन शव्द हो, जो उच्चारणमा मात्रै पनि निकै अप्ठ्यारो अनी कठिन महसुश हुन्छ, साँच्चै नै ती संघर्षपूर्ण भोगाइहरु कस्ता होलान, कहिलेकाही मान्छेहरु अर्थात हामी जिन्दगीमा झिनामसिना कुरालाई वास्तै गर्दैनौ, तर तिनै सानातिना झिनामसिना कुराले हाम्रो जिबनमा कती महत्व अहम भूमिका राखेका हुन्छन, सानो उधाहरण सम्झिने हो भने हाम्रो चुलोमा दैनिक पाक्ने पकाइने खाना कती सहज र साधारण लाग्छन तर हामीलाई यही कुरा थाहै हुन्न कि तिनै बिहान बेलुकी पाक्ने दुई छाकको लागि मान्छे मानबबाट दानब बन्छ अनी घरदेशी बाट परदेशी, र मैले भन्न खोजेको यथार्थ पनि यही हो, जो जिम्मेवारीको पहाड बोकेर दुबैजना उभिएकाछौ एक अर्काको सम्मुख यतिबेला, हामी दुबैजना एकाकार भएकाछौ आफ्नो प्रेमको लागि, त्यसैले आशा गर्छु हाम्रो निजी खुशी र प्रेमले समाजलाइ बाधा नबनोस अनी परिवारलाइ पर्खाल नबनोस, दुबैको आजसम्म गरेको संघर्ष र मुल्यमान्यता पतन नबनोस, मेरो यही कामनाहुनेछ सँधै । 

प्रीय मान्छे एउटा कुरा भनुम ? स्पेसको बसाइ अनी स्पेस्कै एकले अर्कालाई सुनेको र डिएमको अमुर्त मेसेजकै भरमा हामीले एक अर्कालाई यती धेरै प्रेम गर्छौ, विश्वाश गर्छौ, र उतिनै इज्जत र स्नेह पनि, अनी उतिकै न्यानो आत्मियता पनि, साचैनै हामी एक अर्कालाई यती गहिरो प्रेम गरिरहदा पनि आ आफ्नो निजी परिचय आजसम्म न सोधखोज गरेका छौ, नत खुलाएकै छौ, तैपनी यो कस्तो अद्रिश्य प्रेम अनी आसक्ती हो दुबैमा, सोच्दा पनि अनौठो अनी सम्झदा पनि आँफैलाई लाज लागेर काउकुती लागेर आउछ, हाम्रो बेपर्बाह प्रेम सम्झिएर, यो यावत अज्ञात परिचयमा प्रेम गरेकोछु, विश्वाश गरेकोछु किनकी जिन्दगी देखी जिन्दगीमा आइपर्ने दु:ख कस्ट र समस्याहरु संग नहार्नु नथाक्नु भन्ने हजुरले हालसालाई बेहोर्नुभएको तनाबपूर्ण अवस्तामा पनि तपाईंले मलाई भुल्न नसकेको र गर्नु भएको प्रेमबाट मैले सिकेकोछु, जुन सपना छ तपाईं भित्र त्यो सपना तपाईंको मात्रै एकलौटी हैन अब हामी दुबैको संयुक्त सपना हो र हुनेछ, त्यसैले म भुल्ने छैन, बिर्सने छैन, तपाईंलाई जहिले सजिलोपर्छ, जहिले खुला दिल दिमाग लिएर आउन सक्नुहुनेछ त्यहिले सम्म म तपाईंको बाटोको प्रतिक्ष्या गरेर रहनेछु, यस्मा मलाई कुनै आपती छैन, तपाईंको त्यस्तो परिस्थिती थाहा पाएपछी पिडा त बेहद छ तर सहनै पर्छ सहन्छु पनि, किनभने अब प्रेमका एक किनरा होइनौ हामी, अबत एक अर्काको परीपुरक हौ, हाम्रो मन मस्तिक एक नदिका दुई किनरा भैसकेकाछौ र,त संगै बग्दैछौ आजसम्म पछ्याउदै ।        
                      
र, मेसेजको अन्त्यमा प्रीय मान्छे, प्रेमले मानिसलाइ अन्धो बनाउने होइन, प्रेम त जिबन ज्योतिको लागि हो, प्रेमले हामीलाइ बाच्न सिकाउछ, हास्न, सिकाउछ, पवित्र मनले गरेको प्रेमले ईतिहास सिकाउछ जहाँ सँधै प्रेम अमर रहन्छ, त्यसैले आउनुहोस हामी आज देखी एउटा लिखित बाचा गरौँ, कि ! जस्तोसुकै समय र परिस्थिती आएपनी हामी एक अर्कामा दुर रहेर पनि हाम्रो मन बिचार बचन र भावना बेग्लिने छैन, जस्तोसुकै कठिन् घडीमा पनि हामी पलायन बाटो रोज्ने छैनौ, हामी हाम्रा प्रेमलाई जिबन्त दिएर आफन्तको लागि र दुबैको निजी र परिवारको खुशीको लागि बाच्नेछौ, बचाउनेछौ, हरेस खाने छैनौ, भन्दै धेरै धेरै सम्झना अनी असिमित प्रेमको गुच्छा समर्पण गर्दै मेरो हजुरलाई न्यानो स्पर्स पठाएकोछु, आसाछ तपाईं भएको ठाउ सम्म आइपुग्नेछ र अंकमाल गर्नुहुनेछ,  अनी हजुरले नै भन्नु भएजस्तै हामी चाडै डिएम कल र स्पेसमा भेट्ने आसाको साथ अहिलेलाई बिदा हुन चाहन्छु, आशाछ हाम्रो चाहन र सपना चाडै पूर्ण हुनेछ, हजुरले भने जस्तै गरी । 

हजुरको हृदयनिवासी प्यारो मान्छे । 

मेसेज लेखिसकेर एकपल्ट सर्सर्ती पढे सबै, त्यसपछी मेसेज सेन्ड गरे, मेसेज पठाउने बित्तिकै कतै मेसेज हेरेको हरियो सिग्नल देखाउछ कि भनेर हेरिबसे, तर उताबाट मेसेज सिन गरेको हरियो सिग्नल देखाएन, त्यसपछी भने मोबाइल चार्जमा राख्दै टेबलमा राखिएको सानो घडीलाई हेरे, घडी आफ्नै गतिमा टिकटिक गर्दै लगातर घुमिरहेको थियो एउटा बन्द डब्बा भित्र, घडीको घण्टा काटाले दौडिदै बल्ल दिनको तीन बजाएको थियो, पुन बेडमा लम्पसार परे त्यसपछी भने मन र तन दुबै थकित भएर फुस्स निदाएछु ।    


रचना- अर्पण योन्जन (शिरिष)
मिती- १,२ र ३ मंसिर २०७८ 
तदनुसार- १७,१८ र १९ नोबेम्बर २०२१


       




        

No comments: