गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, October 26, 2021

कथा- भाग-१०, एउटा प्रेम यस्तो पनि ।



बेलुकिको चार बज्यो, घडीले चार बजाए संगै आलारम फिट गरेर राखिएको टेबलको घडीले उठ्ने संकेत गर्दै कानको जालिनै फुट्ने गरेर टिङ्रिङ्ग टिङ्रिङ्ग लगतार बजिरहयो, जतिबेला सम्म म उठेर त्यस्लाई अफ गरिन तब सम्म मलाई उठ्न गाली गरिरहयो, सुत्न भनेपछी म साह्रै सौखिन, सुत्योकी मलाई लरतरो निन्द्राले छोड्दै छोड्दैन, जती सुत्यो उती सुत्न मन लाग्छ, अझै झन डिउटी जाने समय भएपछी त अझै दश मिनट जती सुत्न पाएपनी हुन्थ्यो झै, लाग्छ, तैपनी घडीको लगतार कचकचले गर्द म उठे, बाथरुम गए, नुहाइध्वाइ गरेर रूम फर्किए, खाना फ्रीजबाट निकालेर ब्यागमा हाले, अनी आफ्नो युनिफर्म लगाएर तयार भए, दिउसै ड्राइभरले आज बेलुकी अलिक ढिलो हुन्छ होला है भनेर फोन गरेर भनिसकेको थियो, शायद त्यसैले होला म रुम बाट तयार भएर बाहिर गेटमा आएर गाडीको प्रतिक्ष्या गरेको पनि एक घण्टा बितिसकेको थियो, मलाई लामो समय सम्म कुर्नुपर्दा दिक्क लागिसकेको थियो, अलिअली भित्रभित्रै रिस पनि उठ्दै थियो, फेरी एकमन्ले सोचे म रिसाउनुको कुनै तुक छैन, उस्को गल्ती पनि छैन, किनकी उस्ले त दिउसै कल गरेर बेलुकी अलिक ढिलो हुन्छ होला दाई त भनिसकेको थियो, त्यसपछी म फेरी भित्रै रुममा फर्किएर बस्न मात्रै के लागेको थियो, फोनको घन्टी बज्यो, गोजिबाट मोबाइल हतारहतार निकाल्दै रिसिभ गरे, कल ड्राइभर भाईको थियो, दाई सरि है, ढिलो भयो मान्छे ड्रप गरेर आउँदा, हजुर कहाँ हुनुहुन्छ, म बाहिर गेटमा आइसके, बस्नै मात्रै के लागेको थिए उस्को कल पछी हस म आए भन्दै कल काटेर बाहिर निस्किए, गाडीमा बसे, सिटबेल्ट लगाए, गाडी पूर्व तर्फ हुइकियो, हाम्रो काम गर्ने थलो तर्फ, संधै गाडीमा बस्ने बित्तिकै गाडीमा नेपाली दोहोरी घन्काउदै हसिलो मुहारमा गाडी हुइकाउदै ड्राइभिङ्ग गर्ने त्यो भाई आज चुपचाप थियो, मैले उस्को अनुहारमा हेरे, उस्को अनुहारमा प्रस्ट देखिन्थ्यो, उस्लाई आज कुनै तनाब छ भनेर, किनकी उस्को अनुहारमा कुनै खुशीको चमक थिएन उस्को, उसैत कालो बर्णको मान्छे झन चुपचाप भएर एकोहोरो अगाडि बाटोको लेन लाई मात्रै हेरेर ड्राइभिङ्ग गरेरको देखेर आज के भएछ यो मान्छेलाई भन्ने सोच्दै उस्को नियाउरो परेको मुखमा हराएको त्यो हासो र खुशी ल्याउने कोशीस गर्दै कुराको गाठो फुकाए, केभो कालु, आज चुपचाप् छौ, बोल्दा पनि बोल्दाइनौ, केभयो, उनी दाङ तिरको चौधरी भाई थियो, उस्ले आफ्नै भाषा निकाल्दै भन्यो, सारके के भनुम म दाई, आज अफिसमे धनेले मेरो गाडी लगेर गएको थियो, मार्केटमे अर्को गाडीलाई ठोकी दिएर आएछ, मैले बहुत गाली खान पर्‍यो, अथि हामरा दुई हजार रियल काट्छु भनेकोछ अफिसले, बहुत तनाबमा छु दाई, तपाईं आँफै भन्नुहोस् त अरुकसैले गाडी ठोक्छत मेरो के गल्ती, फेरी मैले आफ्नो खुशीले गाडी दिएको पनित हैन, अफिसकै कामले मेनेजरले नै दे भनेर दिएकोत होनी, मेरो केको दोश, निक्कै आक्रोसित भएर रिसले फन्फनिदै आफ्नो कुरा फटाफट भन्यो, मैले उस्लाई शान्तावना दिदै भने, ए ! त्यती नै हो, जाबो त्यतिको लागि केको तनाब लिएकोत नि, पिर गर्नु पर्दैन, सब ठीक हुन्छ, कहाँ ठीक हुनु दाई हामी जस्तो थोरै तनखा हुनेले कौन पैसाले तिर्ने होर, फाइन जती आफ्नो गोजिले भर्ने गाडी चै कौन कौनले ठोक्दै हिंड्ने, अनी घरमे के पठाउछु म, उस्ले आफ्नै भाषाको लवज समाउदै जङ्गिदै तनाबपूर्ण नेपालीमा जवाफ दियो, उस्को जवाफ मलाई खुब रमाइलो लागेको थियो, रमाइलो यो अर्थमा होइन कि उ तनाबमा छ, उस्को पैसा काटिन्छ, रमाइलो यस अर्थमा उस्को नेपाली भाषा पनि आफ्नै जातिय भाषाको लवज मिसिदै आउँदा रमाइलो लागेको थियो, उ बोल्दै जावोस अनी म त्यो बाङ्गोटिन्ङो नेपाली भाषा सुन्दै जाउँ, अनी उस्को त्यो मासुम चिटचिहाट संगै म फिस्स हासे, मेरो हासोले शायद उस्लाई झन तनाब थपिएको हुनुपर्छ, तपाईं हास्नु भाछ, अथि, हामीको कत्रो तनाब छ, उस्ले अरु आफ्नो दिक्दारी प्रस्तुत गर्‍यो, तिमी पिर नगर म हेडअफिसको एच आर डि मा कलगरेर भनिदिउला तिमीले ठोकेको होइन भने, किन तनाब लिन्छौ बेकारमा, मैले यती भनेपछी अलिक हसिलो अनुहार पार्दै भन्यो, होर दाई ? लन हजुरले त्यती भनिदिनुहोस, नत्रत मेरो त पुरै महिनाको तनखा गैहाल्छ, एच आर डि मा हाम्रै नेपाली त्यो पनि आफ्नै साथी भएकोले सजिलो थियो सोदखोज गर्नलाई, त्यसैले मैले पनि तुरुन्तै फोन लगाए अफिसमा, हौ सेवारो है सम्धी साप, साथी पुर्बी नेपालको पान्थर फिदिम तिरको लिम्बु भएकोले मैले लिम्बु भाषामै अभिबादन गरे, किन कि हामी साथी भएपनी एकले अर्कालाई जिस्किएर सम्धी भनेर सम्बोधन गर्थ्यौ, उताबाट पनि जवाफ आयो, हाउ सेवारो है सम्धी साप, अनी केछ हौ सम्धी साप, हौ ठिकैछ हौ भन्दै कुरालाई अगाडि बढाए, हैन आज धनेले गाडी ठोकेको भन्दै थियो यहाँ बिजयले उस्को पैसा कटिनेभो भनेर फुन्फुनाइ रहेकोछत, खै गाडी ठोके भन्दै थिए केटाहरुले इभ्वाइस आकोहोला उस्को नामको, उताबाट साथीको आवाज थियो, अनी फेरी मैले सोधे, हैन धनेले गाडी ठोकेको अनी पैसा चै किन उस्ले तिर्नेनी सम्धी साप, हैन गाडीको इस्तिमारा उस्को नाममा भएकोले उस्को नामबाट काटिने हो तर पैसा चै धनेले तिर्नुपर्छ, साथीको जवाफ थियो, हामीले नेपालमा गाडीको आधिकारीक कानुनी कागजपत्रलाई ब्लुबुक भने जस्तै यहाँ पनि ब्लुबुक संगै गाडीको पनि परिचय पत्र हुन्छ, त्यस्लाई इस्तमारा भन्ने चलन छ अरबिक हरुको भाषामा, यहाँको ईस्लामिक कानुन अनुसार जस्को नाममा गाडी रजिस्टर गरेको हुन्छ उसैको नाममा ट्राफिक फाइन आउने गर्छ, मैले मोबाइलमा कुरा गर्दा स्पिकर आउट गरेर बोलेको हुनाले बिजयले पनि सुनिरहेको थियो, उता बाट सम्धी साप यानिकी मेरो साथीको कुरा सुनिरहेको थियो, उताको जवाफ सुनेपछी भने केही मनमा थोरै सम्सय राख्दै अहिले भने ९५% प्रतिसत अनुहारमा उज्यालोपन ल्याउदै भन्यो, दाई हजुरलाई बहुतबहुत धन्यवाद छ है, अथि दुई दुई हजार रियल काट्दा त, मत मरी हाल्छु, उ केही हलुका हुँदै भन्दैथियो, हुनपनी हो, दुई हजार रियल भनेको नेपाली सानोतिनो चान्चुने रकम थिएन, अहिलेको चलेको रेटमा पनि सिधै ६० हजार नेपाली हुन आउथ्यो, एकपल्ट ट्राफिक भोइलेसन हुँदा नेपाली ६० हजार काटिन थाल्ने हो भनेत सालभरमा लाखौं रुपैया यतै छोडेर घर फर्कनुपर्छ, कयौ ड्राइभर हरुको यस्तै हालत भएर ५/६ महिनासम्म कहिलेकाहित घरमा पैसा नै पठाउन पाउदैनन, यहाँ कम्पनिले पनि जस्को नाममा गाडी दर्ता गरेर देकोछ उसैको जिम्मेवारीमा गाडी छोडेको हुन्छ, ट्राफिक भोइलेसन जती आउछ कामदार आँफैले तिर्न पर्ने नियम बनाउछन, त्यस्तो कम्पनिले यस्तो नियम नबनाउने हो भने ड्राइभरहरुले पनि गाडी जतासुकै कुदाउने लापरबाही गर्ने ट्राफिक नियम पालना नगरेर कम्पनिलाई डुबाएर छोड्छन, त्यसैले त्यस्तो नियम बनाएपछी ड्राइभर आँफैले अलिक ख्याल राखेर गाडी कुदाउछन । 

गाडी १५० को गतिमा हुइकियो, मैले एकसय बिस मुनी कुदाउन आग्र गरे, अघी भर्खरसम्म तनाबमा रहेको अनुहारलाई उज्यालो बनाउदै भन्यो, सर तपाईं नडराउनुहोस् म सुरक्षित पुर्याउछु तपाईंलाई, अघी भर्खर सम्म दाई भनेर सम्बोधन गर्ने मान्छेले बोली फेरेर म अहिले उस्को सर भएकोछु शायद अघिको त्यो अफिसमा कल गरिदिएको असर हुनसक्छ, मान्छेलाई आफुलाई हुदो हुँदा मात्रै बोलाउने सम्बोधन र साईनो बोलिहरु फेर्छन त्यसैले उस्को पनि गल्ती होइन किनकी उ पनि यही धर्तिको मान्छे नै हो, अलिअली त्यो गुण त सबैमा भैनैहाल्छ, एकतमासले हावाको बेगमा गाडी निरन्तर गुडिरहयो, लामो यात्राले गर्दा मलाई केही निन्द्रा जस्तो लागेर आयो, अस्पट महसुस गरे, उस्लाई गाडीमा गित बजाउन आग्रह गरे, उस्ले गीत बजायो, गीत बज्न थाल्यो, चोली के पिछे क्या हे, चुनरी के निचे क्या हे, मैले गित बजेको पाँच सेकेन्ड पनि हुन नपाउदै अनुहार खुम्च्याउदै भने धत यस्तो पनि गीत हुन्छ, त्यो पनि कुन जमनाको गीत हो, मेरो कुरा सुनेर उस्ले हाँस्दै भन्यो, ल सर यस्तै गीत त होनी लामो यात्रामा सुन्ने नत्रत निन्द्रा लागि हाल्छनी, उ दिल खोलेर हास्यो र पुन अर्को गीत फेर्यो, अहिलेभने गित गजबको थियो । 
बर्ष र दिनको रमाइलो चाड 
गाउँघरमा आइपुग्यो 
नेपाली जनको महान पर्ब 
आँगनमा आइपुग्यो 
हो दसैं आयो, दसैं आयो, 
कोदो फुल्यो बारीमा लरी लै 
धानको बाला झुल्यो खेतैमा । 

एक घण्टाको लामो अत्यास लाग्दो यात्रा अनी गाडीको हुइकाइको रफ्तार त्यसमाथी दसैंको गित बज्दा आफ्नो देशमा घर आँगन बाटघाटा जतासुकै दसैं भित्रीएको महसुस भयो, अहिलेनै भर्खरै दगुरेर घर पुगौपुगौ झै जस्तो भयो, गाडीको त्यो रफ्तार अनी दसैंको त्यो घन्किरहेको गितले मनमा केही रोमान्चक थपियो, त्यो हौसिएको मनले मोबाइल हेर्न मन लागेर आयो, त्यसैले डाटा अन गरेर ट्विटरतिर  छिरे, त्यहा कयौ ट्विट हरुको भिड भएको रहेछ, प्राय सबैको ट्विट् पड्दै गए, धेरैजसोले दसैंको शुभकामना पोस्टिदै थिए, जानअन्जान धेरैको दसैं शुभकामनामा मैले पनि लाईक र कमेन्ट गर्दैगए, यसरी नै ट्विटहरु पड्दै जादा एउटा यस्तो ट्विटमा अडिए, मन धमिलो भयो, साचिकै चाडपर्ब नजिकिदैगर्दा हरेक परदेशिएको नेपालीको मन न्यास्रो बनेर रुन्छ, आफन्त वा साथीभाइको गाउको सम्झना आउछ, झन परिवारको त सम्झना र याद भन्ने नआउने कुरै भएन, ट्विट पढे, पोस्टिएको टुइटले मन छुयो, मनमनै ति पोस्टिएको हरेक टुइटहरुको नोमिनेट गरे, नोमिनेट गर्दा मेरो मनले त्यही टुइटलाई टुइट अफ द डे मान्यो, ट्विटमा लेखिएको थियो,आजभोली उ बोल्दैन, खै किन हो कुन्नी थाहा छैन, तर मैले महसुस गर्न सक्छु, घर परिवार बाट टाढा बसेको त्यो पर्देशिलाई, दसैं आउँदा घरपरिवार, इस्टमित्र साथीभाइ आफ्नो जन्मघरको यादले त्यो मनमा कती ज्वराभाटा हरु निस्किएका होलान भनेर, जहाँ छौ, जस्तो अवस्थामा छौ, त्यही खुशी भएर रमाउनु है परदेशी, टुइटको अन्तिममा मुटु अंकित इमोजी पनि पोस्टिएको थियो, टुइट कस्को लागि थ्यियो वा थिएन थाहाभएन, तर टुइटको सारम्सले लाग्थ्यो उ पनि कुनै आफ्नो परदेशिको सम्झनामा, वा कयौ दिन देखी संबादबिहिन भएर बिछिप्त बनेको थियो, उ पनि शायद कोही आफ्नो प्रीय मान्छेको सम्झनामा चाडपर्ब नजिकिदै गर्दा मनहरु बिहल बनेर बिरही भनेको थियो, शायद उ आफ्नो प्यारो मान्छेलाई सम्झना चाहन्थ्यो, खैर जेहोस, यस्ता टुइटहरुले शायद म जस्ता कयौ परदेशिको मन छुएको हुनुपर्छ, मन छुनु मात्रै होइन मन रुएको पनि हुनपर्छ, किनकी जिम्मेवारीको भारिले थिचिएको एउटा परदेशिको बाध्यता यस्तै टुइटहरुले भने जस्तै हुन्छन, कयौ दिन देखी आफ्नो परिवार सखीहरु संग भेट्न रमाइलो गर्न पाएका हुँदैनन तर हरेक परदेशिको आफन्तहरुले यस्तै भन्दा हुन, यस्तै भावहरुमा कती परदेशीहरु आशुको ढिका खसालेर नुनिलो आशुमा रहर र इच्छा हरु साट्न वाध्य हुँदाहुन, जन्म दिने ति बाउआमा, भर्खरै विवाह बन्धनमा बाधिएका नवजोडीहरु होस् या सन्तानका जिम्मेवार पिता बनिसकेका प्रीय दर्शनिहरुको पती हुन ति सबै आफ्नो सपना रहर इच्छा चाहना लाई बन्धकी राखेर, सन्तानको सुन्दर भबिस्य खोज्दै सपनाको पिरामिड बनाउदै एउटा अकल्पनिय सुन्दर र मिठा उडान भरेर परदेशिएका हुन्छन, मरुभुमिको शहर भनेर चिनिने साउदी कतार दुबइ र मलेशिया हरुमा, तिनै टुइटमा भने जस्तै मेरो मन भित्र पनि कयौ ज्वारभाटा हरु उर्लन्छन अनी सेलाउछन मनको अद्रिश्य माझेरिमा । 

गीतको भाव, गाडीको रफ्तार, उराठ लाग्दो मरभुमिको बालौटे जमिनको बिचैबिच लमतन्न परेर सुतेको कालो अलकत्रे सडकलाई थिचोल्दै हामी बल्ल एक घण्टाको यात्रा पछी अफिस पुग्यौ, आजको पहिलो शनिबारको दिन, आजैबाट मेरो पद्दोन्नती भएको जागिरको जिम्मेवारी पनि सम्हाल्नु थियो, म डिउटी कोर्डिनेटर बाट डिउटी अफिसर भएको थिए, जुन मलाई सरप्राइाज्को रुपमा कम्पनिले मेरो जन्म दिनको दिन बर्थ डे मनाउदै दिएको थियो जस्लाई मैले आजबाट निभाउदै थिए, डेढ घण्टा ढिलो गरी पुगेको अफिस्मा रात्रीकाली सबै स्टाफहरु आएर आआफ्नो काममा लागि सकेको रहेछ, अफिसको अफिस ब्वाइ लाई बोलाएर रिसेप्सनमा जम्मा हुन भने, सबैजना भेला भए, सबैलाई रात्रीकालिन अभिबादन गर्दै भने, सबैले मलाई चिन्नै भाकोछ, बस आज देखी मेरो जिम्मेवारि फेरिएकोछ, म तपाईंहरुको डिउटी सिफ्ठ अफिसर हो, केही समस्या भए वा केही आवश्यक परे मलाई भन्नुहोला, बाँकी तपाईंहरु सबैलाई कामको बारेमा थाहा छदैछ, आगामी आउने दिनमा पनि तपाईंहरुको साथ सहयोग, पहिले झै हुनेछ भन्ने विश्वाशछ, कुनै पनि काम सफल तरिकाले सम्पन्न हुनलाई टिमवर्कको आवश्यकता हुन्छ, त्यसैले हामी सबैले एकले अर्कालाई सहयोग गर्दै पारिवारिक बातवरण निर्माण गर्दै हामी हाम्रो काम सम्पन्न गर्नेछौ, अहिलेको लागि पुन एकपल्ट यहाँ हरुको सहयोगको अपेक्ष्या राख्दै धन्यवाद भन्न चाहान्छु, धन्यवाद, मैले छोटो जानकारी दिएपछी सबैले बधाई सर भन्दै आ आफ्नो काममा लागे, म पनि बेलुकिको रिपोर्टिङ र अघिल्लो सिफ्ठ अफिसरले गरेको कामहरुको फेहरिस्ता हेर्दै आफ्नो काम सुरुगर्न तर्फलागे । 


निन्द्राले सताएपनी रातिको डिउटिमा काम भने खासै हुँदैन, त्यसैले केही एमेर्जेन्सी कल र काम बाहेक प्राय अरुकेही हुन्न, स्टाफहरु पनि सबै आआफ्नै अफिसमा कम्युटर र मोबाइलमा घोत्लिएका हुन्छन, टेक्निसियन हरुपनी कोही निदाएका हुन्छन, कोही मोबाइल खेलाउदै बसेका हुन्छन, कोही अफिसको पेन्ट्रीरुममा चियाकफी पिउदै गफिएका हुन्छन, भने कोही रिसेप्सनमा टिभी हेर्दै बसेका हुन्छ, मलाई पनि निन्द्रादेबिले हलुका च्याप्दै थियो, बेलाबेला कुर्सिमै ढल्किदै टहलाउने कोशीस गर्दै थिए भने घरि कम्युटरको अगाडि टेबलमै टाउको राखेर झुलाउथे, जसोतसो निन्द्रा भागाउने कोशीस गर्थे तैपनी रातको बार्ह बजेपछी बिहानको चार बजेसम्म निन्द्रा टार्न हम्मे पर्थ्यो, जब बिहानको चार बज्थ्यो त्यस्पछी भने निन्द्रा आँफै आफ्सेआफ भागथ्यो र फ्रेस महसुस हुन्थ्यो, त्यसैले रातिको बार्ह बजेदेखी बिहानको चार बजेसम्म रातिको डिउटिमा सबैभन्दा मुस्किल समय हुन्थ्यो, मलाई पनि समय कटाउन गाह्रो भयो, एकपल्ट बाहिर निस्किए, अक्टोबर महिनाको अन्तिमतिर भएकोले होला मौसम चिसिदै थियो, सररर एकपल्ट अफिसको चारैतिर एक चक्कर लगाए, त्यतिले नपुगेर गल्फकार को चाबी निकालेर क्याम्प को चारैतिर दुई फन्को लगाए, त्यस्पछी भने गालामा चिसोले हानेपछी भने निन्द्रा लाग्नलाई अलिक कम भयो, भित्र छिरे, क्याम्पको चक्कर लगाएपछी केही ठाउँमा बत्ती बिग्रीएको देखे र रिसेप्सनमा जब अर्डर बनाउन लगाएर इलेक्ट्रीसियन फारुक र पल डिसुजा लाई बनाउन पठाएँ, क्याम्पको उत्तर पटिको भागको बगैचामा पानीको नल फुटेर पानी बाहिर खेर गैरहेको रहेछ, दुइजना प्लम्बर रमेश र भिनेस लाई त्यता पठाएँ, उनिहरु पनि आआफ्नो टुल्स लिएर लोकेशन तर्फ हिंडे, म भने भित्र अफिसमा बसेर केही रिपोर्ट हरु बनाउन लागे, कम्प्युटरमा काम अपडेट गरिसकेर, पुन अघिको जस्तै झुल्न थाले, चिसोमा त्यत्रो राउन्ड लाएर फ्रेस भएर आउँदा पनि निन्द्राले पछ्याउन छोडेन, निन्द्राबाट भाग्न कती कोशीस गर्दा पनि नसकेपछी पेन्ट्रीरुम तिर लागे, कफीम्याट हालेर कप भरी कफी लिएर हातमा चुरोट सल्काउदै अफिस बाहिरको भर्र्याङ्ग मा निस्किएर आकाश नियाल्दै कफिको चुस्किमा चुरोटको धुवाँमा जिबन उत्सर्ग गर्न थाले, आकाशको मध्यभागमा रातको चन्द्रमा आएर खिस्स हासेझै प्रतित हुन्थ्यो, दसैंको नजिकै आएकोले गर्दा होला चन्द्रमा पूर्ण गोलाकार हुने तर्खरमा थियो, हामीले काम गर्ने अफिस देखी दश किलोमिटर पर ग्यास प्लान्ट थियो, प्लान्टको बिजुलिको उज्यालो म भएको ठाउँँ सम्म आएको थियो, चारैतिर सुन्सान चकम्मनता बाहेक केही थिएन, बेलाबेला टाढामा देखिएको मुख्य रोडमा केही गाडीहरुको घ्वाँ... गरेर एकोहोरो आवाज मात्रै सुनिन्थ्यो, रातको त्यो निरास लाग्दो समयमा नत कुनै लाटोकोसेरोको एकोहोरो आवाज, नत कुनै कुकुर भुकेको आवाज, नितान्त शुन्सान समय, कुनै सानो पात खसेपनी खस्याक्क आवाज आउने बातावरण, यस्ता द्रिश्यहरु नियाल्दै छिनभरमा चुरोट र कफी संग आफुलाई साटिए, चुरोटको समाप्ती संगै पुन भित्र प्रबेश गरे मोबाइलमा श्वेताता मैनाली द्वारा लेखिएको शिव पारीयारको आवाज रहेको गित लगाएर कुर्सिमै अगाडि पछाडि गर्दै सानो बच्चा कोक्रोमा झुला खेलेझै झुलिदै मनमा केके अनेकौ तर्कनाहरु सोच्नथाले, के सोचिरहेको थिए, म स्वयमलाई त्यो मध्यरातमा थाहा थिएन बस गित एकोहोरो बज्दै थियो बजी रहयो । 

लगायौ माया, साट्यौ नि मुटु, नभेटी नभेटी।
समुन्द्रै पारी, जोड्यौ नि दिल, नभेटी नभेटी।२
बारी यो ठुलो, दिलैको मेरो।
रोप्यौ है कान्छी, के त्यस्तो चिज, तिमीले।२
फक्रे नि म त, मायाको डिलमा।२
नभेटी नभेटी।

गीत बज्दै गयो, बज्दै गयो, निरन्तर बजिरहयो, जसरी गितले भन्दै थियो,लगायौ माया साट्यौनी मुटु नभेटी नभेटी, समुन्द्रपारी जोड्यौनी दिल, नभेटी नभेटी, साचैनै गितले भनेजस्तै गरेर जस्ले माया देखाएकी थिन, अनी जस्लाई म माया गर्न थालएको थिए, जस्को सम्पूर्ण मोहमा डुबेको थिए, हरपल हरक्षण यादहरुको पहाड बोकेर, जस्ले मलाई न देखेकी थिन, नत मैले नै उस्लाई, दुबैजना अनभेटी थियौ, अनदेखी थियौ, हामी बिच यदी थियोत केवल सामाजिक संजालले जोडी दिएको भावनात्मक सम्बन्ध र स्नेह मात्र, भौतिक रुपले हामी दुबै अन्जान थियौ एक अर्काको लागि, बेखबर थियौ दुबैको लागि, डिएमको संबाद बाहेक अरु कुनै कम्युनिकेसन भएको थिएन हामी बिचमा, तैपनी हामी कसरी थाहैनपाई नजिकिएका थियौ, कहिलेकाहित सोच्छु, यो भावना र मनको सम्बन्ध मान्छे मान्छे बिचमा कसरी स्थापित हुन्छ होला, कोशौदुरी टाढा भएरपनी यो नास्वर शरीरको रक्तसन्चार हरुले एकले अर्कालाई कसरी अपनत्व बनाइदिन्छ होला, यहाँ सम्मकी मान्छेहरु बिना आवाजमै एउटा अद्रिश्य मेसेजको संबादको भरमै एकअर्कालाई दुबैहुनुको भौतिक महसुस गर्नसक्छन, एकअर्कालाई छुन सक्छन, आलिङन गर्न सक्छन, सरिरको हरेक अंगहरुमा स्पर्स गर्न सक्छन, चुम्न सक्छन, अनी मेसेज र इमोजिकै भरमा छिनभरमै हास्छन, छिनभरमै घुर्काउछन, छिनभरमै रुन्छन, अनी छिनभरमै एकलेअर्कलाई फकाउदै आलिंगनमा कस्छन र एउटा अद्रिश्य तृप्‍तिमा आत्मासन्तुस्टी लिन्छन, जिबन उत्सर्ग भएको ठान्छन, र प्रेमको नाउमा आत्मालिन हुन्छ यो मायाको मायाबी मोहनी मोहमा । 

तीन बर्ष पछी म नेपाल गएको थिए, नेपाल जानु अगाडि महिनौ देखिको प्रेमिल संबादहरुले हाम्रो भरपुर माया, प्रेम बिजारोपण भएकोथियो, म नेपाल आउँदैछु भन्ने उस्लाई सुनाएपछी आएको पहिलो दिननै हाम्रो भेट्ने बाचा भैसकेकोथियो, म नेपाल आउने र दुबैजना भेट्ने उत्सुक्ता र खुशीले उ खुब गदगद भएकिथिन, मेरो नेपाल आगमनले उस्को खुशीको कुनै सिमा थिएन, उ भन्दै थिन महाराज हजुर आउनुभएपछी सबै भन्दा पहिला म हजुरलाई हग गर्नेछु, तपाईंको अंगालोमा आफुलाई बेरेर हजुरको प्रेममा समाहित गराउनेछु, हजुरलाई मेरो दुई हातले बेस्सरी कस्नेछु, जोडले बाधेर हजुरलाई नघाइन्जेल चुम्नेछु, र चुमिसकेर हजुरको दुई कुममा हातराखेर आँखाले भो नभनिन्जेल एकनिमेशले नियाल्नेछु, उ यस्तै केके बर्बराउथिन, समय संगै नेपाल ओर्लिएको थिए, उनी मलाई एयर्पोर्टमै लिन आएकी थिन, हातमा पुष्प गुच्छा र खादा बोकेर पारीजात लेखिएको प्लेकार्ड बोकेर आगमन कक्ष्यको वेटिङ्ग लाइनमा उभिएकी रहेछिन, मलाई देख्ने बित्तिकै ग्वाम्लङ अंगालो हालेर welcome to nepal महाराज भन्दै स्वागत गरिन, त्यसपछी बल्ल हातमा फुलको गुच्छा थमाइ दिदै खादा लगाइदिन, ट्याक्सी उसैले रिजर्भ गरेर पहिले नै ठीक्क पारेर ल्याकिरहेछिन, हामी दुबै ट्याक्सिमा चडयौ, ट्याक्सी एयरपोर्टको मुलढोका हुँदै बाहिरियो, हामी केहीछिनमै पशुपती गौशला, चाबहिल, धोबिखोला, नारायणगोपाल चोक हुँदै गंगाबु बसपार्क पुगेर एउटा होटलामा छिर्यौ, होटेल ओयोमा रुम बुकिङ गरेर हामी रुम भित्र प्रबेश गर्यौ, भित्र मात्रै के पुगेको थियौ उस्ले कफी अर्डर गर्दै कल काटेर पुन एयर्पोर्टको झै झम्टेर फेरी अंगालो हालेर मेरो अनुहारभरी जुठो लगाइ, मभने असहज हुँदै उस्को शरीरमा आफ्नो हातले राम्रो संग कस्न पनि सकिरहेको थिन, उ भने निरन्तर मेरो राजा, मेरो महाराज अनेकन शब्दहरु बक्दै मेरो अनुहारभरी चुम्दैथिन, म उस्को स्पर्स र उस्को प्रेमले बिस्तारै पग्लिदै थिए, उस्को तातोतातो श्वास र उस्को मुखबाट निस्किएको अस्पस्ट आवाजहरुले पग्लिदैथिए, उस्को त्यो न्यानो अंकमालले मेरो सबै शरीर तातिएर आएको अनुभुती गर्दैथिए, उस्को कसिला तर फुल झै कोमल अंगालोमा कसिदै गर्दा उस्को टम्म मिलेको गोरो छाती र उस्को पुट्ट कसिएका बक्ष्यस्थलले मेरो छातीमा स्पर्स गर्दा म भित्रभिरै थकित हुँदैथिए, मेरो सरिरको नसानसामा तिब्रगतिले रक्तसंचार प्रभाह हुँदैथियो, उस्ले अनुहारको सबै भागमा चुमी सकेपछी जब मैले उस्को दुबै गालाको दुई तिर हातको पन्जाले बिस्तारै समातेर उस्को निधार, आँखा गाला हुँदै जब ओठमा चुम्न लागेको थिए अचानक मोबाइलमा रिङ्ग बज्यो, मोबाइलको रिङ्ग बज्दै गर्दा झसँग भएर उस्को गालाबाट हात हटाएर वास्ताबिक्तामा बिउझदा म अफिसको कुर्सिमा बसेर एकोहोरो भएर टोलाई रहेको रहेछु, हतारहतार कल रिसिभ गरे, कल कुनै गेस्टको रहेछ, उस्को रुममा पावर सटडाउन भएकोले कल गरेकोरैछ, मैले रिसेप्सनमा जानकारी गराउदै टेक्नेसियन पठाउन भने, म भने यत्रो बेलासम्म गितको सुरसंगै आफ्नो पनि सुर गुमाउदै कल्पनामै हराइरहेको रहेछु, कहिलेकाही कल्पनाहरुपनी सपना जस्तै मिठा हुन्छन, तर झुटा हुन्छन, असत्यहुन्छन, जसरी सपनाबाट बिउझदा खाली ओछ्यान र संगै एक्लो रिसानी मात्रै हुन्छ, त्यस्तै कल्पनाको संसारपनी मिठो हुन्छ, सुन्दर हुन्छ, छिनभरमै, प्रेम बस्छन, विवाह हुन्छन, दुई जोडीहरु सम्भोग गर्छन, सन्तान जन्मिन्छन, संसारको सबैभन्दा सुखी परिवार बन्छन, तर ति सबै दन्त्यकथाको मिथक जस्तै मिथ्या हुन्छन, जुन मिनेटभरमा कल्पिएर मिनेटभरमै ति घरहरु ध्वस्त हुन्छन, परिवार हरु सबै बिखन्डन हुन्छन निमेसभरमै सकिन्छन, बिलाउछन, समाप्त हुन्छन, शायद पुडापाकाले त्यसैले भनेका होलान सपनामा लड्डु खाए जस्तो जिन्दगीमा हुन्न भुराभुरी हो भनेर । 

फोनको घन्टी संगै टुटेको मेरो कल्पनाको उनिसंगको मधुर मिलन, क्षणभरमै भाताभुङ्ग भयो, सपनाको संसारबाट वास्ताबिक धरतालमा फर्किदा म पसिना पसिना भएकोरहेछु, मुटुको केही चाल बढेकोरहेछ, हात र पाउ केही थर्थराए जस्तो, ओठमा कम्पन भएजस्तो महसुस भएको रहेछ, सम्झिए, कल्पना नै सहि, आहा कतिमिठो मधुरमिलन हामी दुई बिचको, त्यो कम्पन र उस्को तातो उस्णलाई सम्झिदै आँफैलाई लाज लागेर आयो, अफिसको ढोकाबाट बाहिर नियालेर हेरे, कतै मेरो अनुहारको एक्स्प्रेसन प्यासेजको कुनाबाट अरुकसैले हेरिरहेकोछ कि भनेर, कसैलाई देखिन, अनी आँफै पागल झै मुसुक्क मुस्कुराएर ढुक्क बने, घडी हेरे, मध्यरातको १:१५ बजेको रहेछ, यतिमैमा मोबाइलमा मेसेजको नोटिफिकेसन बज्यो, मेसेजमा हेरे, मेसेज तिनै नवआगन्तुक अन्जान मान्छेको थियो, गूड मर्निङ सर, हजुर त, डिउटिमै हुनुहुन्छ होला है, मैले पनि गूड् मर्निङ हजुर, जवाफ फर्काए, हजुर डिउटिमैछु, अनी हजुरको उठ्ने बेला भयो, मैले प्रतिप्रश्न गरे, उनले तुरुन्तै जवाफ दीन, उज्यालो पनि हुन लाग्यो, फेरी निन्द्रा पनि लागेन, हजुर डिउटिमै हुनुहुन्छ होला भनेर बोलाएकी हुँँ, बिहानको उज्यालो पनि खस्न नपाउदै यो झिस्मिसेमै सम्झिन मन लाग्छ र हजुरलाई पनि, उताबाट हासेको इमोजी मात्रै आयो, मैले फेरी अर्को प्रश्न तेर्साए, किन हास्नुभएको मेरो कुराले जोकर जस्तै लाग्यो हो, उताबाट उत्तर आयो, हैन हैन, तपाईंको बोल्ने शैली कती मिठोछ, ठट्टा गरेको पनि कती माधुर्य बोली झै लाग्छ, मेसेजमा पनि बोलिकै झल्को आउने गरेर बोल्नुहुन्छ, उनको प्रसम्सा आयो, म पनि केकम, उत्तर फर्काए, सुरुसुरुमा सबैलाई लाग्ने त्यस्तै हो हजुर, बोली मन पर्छ, साथ मन पर्छ, बात मन पर्छ, दुबैको हात मन्पर्छ, अनी रात मनपर्छ, यि सबै सकिएपछी झर्को लाग्न थालछ, भन्दै हासेको र लजाएको दुइटा इमोजी पठाएँ, उताबाट तुरुन्तै जवाफ आयो, है, कुरा गर्न त कस्ले पो सकोस र हजुरलाई, फेरी हाहाहा, दुबै हास्यौ मेसेज र इमोजिकै भरमा, निन्द्राले थकित हुन लागेको बेला उस्को आगमनले केही फ्रेस महसुस भयो, केही उमंग छाएर आयो र मैले कुरालाई लम्ब्याउदै सोधे, ए साची धेरै दिनदेखी हजुरलाई एउटा कुरा सोध्न मन लागिरहेको थियो, सोध्न सक्छुहोला, उताबाट हस भन्दै हातको थम्स पठाइन, मैले पुन सोधे, सुन्नुहोस्न, हामी बोलेको पनि यतिका दिन भैसक्यो तर आजसम्म तपाईं कोहोभन्ने सम्म पनि थाहाछैन मलाई त, अन्यथा अर्थ नलागोस है हजुर, प्रतेकदिन जसो बोलेकाछौ, दु:खसुख रेलाठट्टा पनि गर्छौ तर आजसम्म हाम्रो औपचारिक परिचयनै छैन, हजुरको शुभनाम केहो, कहाबाट हुनुह्न्छ, केगर्नुहुन्छ, केही थाहाछैन मलाई त, भन्न मिल्छ भने परिचय गरौन, उताबाट हासेको इमोजी संगै जवाफ आयो, अनी मेरो परिचयत टुइटरको प्रोफाइलमै छत पढ्नुभएनर ? मैले जवाफ फर्काए तर त्यहात केही अल्फाबेट र अंकहरु मात्रैछन त, कसरी हजुरको परिचय भयोर त्यस्तो, पुन उताबाट हाँस्दै भनी, सरि सर, मैले हजुरलाई ठट्टा मात्रै गरेको, खासमा मेरो नाम चादनि हो, तर घरका सबैले चन्द्रा भनेर बोलाउछन, साथीहरुले पनि चन्द्रा नै भनेर बोलाउछन, कहिलेकाहित म आँफै झुक्किन्छु मेरो नाम केहो भनेर, अनी कहिलेकाहित सोध्छु आँफैलाई म चादनि हुँँ कि चन्द्रा भनेर, घर नवलपरासी हो, विवाह पस्चात हाल काठमान्डौ, सालले राजाधानी बसेको दश बर्ष भयो, एक सन्तानको आमा, अनी मेरो रामको एक्ली सिता, मास्टर्स सकेर बेरोजगारी ग्रिहिणी भएर बसेकिछु, केही काम छैन, दिनभरी बाबु हेर्ने र बेलुकी श्रीरामजी को सेवा गर्ने, यही हो मेरो परिचय सर, मैले नामको परिचय मागेको उताबाट उन्ले त पुरै जन्म कुन्डलिनै लेखेर पठाइन, मैले धन्यवाद म्याम भन्दै आभार ब्यक्त गरे, त्यसपछी हाँस्दै, आँफैले मेरो परिचय सोध्नलागि अनुरोध गरे,  हजुरको त नामै काफी छ, यदी प्रोफाइलकै वास्तबिक नाम हो भने परिचय मागिराख्न परेन मैले तर अन्य कुनैभए भन्नुभएहुन्छ, उस्को जवाफ पछी उम त्यही भन्दै थम्प्स पठाएँ । 

केही थोरै रेलाठट्टा र परिचयमा रातको दुई बज्न लागेको थियो, मैले कुरालाई अझ अगाडि बढाउँदै भने तर हजुरको नामै काफी छ, कती सालीन, शितल, अनी प्रेमिल, प्रेमिल मात्रै हैन अरबौ मान्छेहरुको प्रेमको बिम्ब जो सधैं चम्किरहन्छ, आकाशमा चादनि बनेर, हरेक प्रेमिहरुले आफ्नी प्रेमिकालाई दिने कोसेली वा उपहार नै पुर्णेको जुन हो, जस्लाई हामी चन्द्रमा, चाँदनी वा जुन भन्ने गर्छौ, उ हरेकलाई बाडिन्छिन, सबैको साझा सामुहिक उपहार बनिन्छिन, तर सँधै अमुल्य र पवित्र बनेर आकाशमा चम्की रहन्छन, हरेक माया गर्ने जोडीहरुको प्रीयसिको बिम्ब बनेर सँधै शितल्ता छरिरहन्छिन, कहिलै नझर्ने, कहिलै नओलाउने गरेर, अजर अमर बनेर त्यो निलो आकाशमा कसैको मन नदुखाइ, मैले उनको नामको यतिलामो व्याख्या सहित मेसेज सेन्ड गरे, उताबाट मेसेज को रिप्लाई तुरुन्तै आयो, आहा मेरो नामको पनि यती मिठो अर्थ हुन सक्छर, कती मिठो बिम्ब बनाएर उभ्याइदिनु भयो मलाई, धन्यवाद हजुरलाई, मैले त आजसम्म मेरो नामको यती मिठो अर्थ निस्कन्छ सोचेको पनि थीन, म प्रेमिहरुको प्रतिक हुँँ वा हुन्छु भन्ने त थाहै थिएन, कवी न पर्नुभो, मलाई फुर्काउदै भनी, उनको कवी भन्ने शब्द संग मैले तुरुन्तै प्रतिबादगरे, कवी चै नभन्नुहोस् है मलाई, मलाई यो कवी भनेको मन पर्दैन, म कविता मन पराउछु, पढ्छु, सुन्छु, कहिलेकाही मनको रहर पोख्नलाई केही थोरै लेख्छु पनि तर म कवी होइन, किनकी ति कविहरुको झुन्डमा उभिन सुहाउदिन, म आफुलाई साहित्यको पूजारी भन्न रुचाउछु तर पारखी हैन, मेरो प्रतिबाद पछी हाँस्दै भनी, ओके हजुर ओके अब देखी कवी नभनौला हस खुश अबत, मैले केही जवाफ फर्काइन, म चुपचाप बसेको देखेपछी उताबाटै पुन अर्को मेसेज आयो, ओ हेलो जि, रिसाउनु भाको होर साचिकै ? प्लिज नरिसाउनुहोस्न है, बिन्तिछ हजुर रिसाउनु भयो भनेत मलाई नरमाइलो लाग्नेछ, तर एउटा कुरा साचोभन्छु, तपाईं मान्नुहोस् नमान्नुहोस् मेरो नजरमा त, हजुर साहित्यकार नै हो, मेसेज संगै हासेको इमिजो पनि, म भने उस्को मेसेज पड्दै उता टुइटरको टिएलमा गएर टुइट पोस्ट गर्दैथिए । 
 
ए दिल तुम बिन कही लग्ता नही हम क्या करे.......!
मनछुने गीत, अनी तिमी संगको आजको संबादले तिमी बाहेक यो मन कतै जानैमान्दैन, कसरी भनौकी म तिमीलाई भित्रभित्रै प्रेम गर्न थालेछु भनेर, टुइटको साथमा हासेर लजाएको स्टिकर पनि पोस्ट गरेको थिए, केहो यस्तो यो, खत्रै टुइट आएछत, हाँस्दै मेसेज गरिन, मैले टुइट गरेको लगतै उन्ले उतापनी हेर्न भ्याइहालेछिन, कोहो त्यो, जो संग प्रेम हुनथालेछ हजुरलाई, लौन मलाई पनि तिब्र जान्ने इच्छा भो, अनी हाँस्दै फेरी इमोजी, म पनि उस्को मेसेज आउने बित्तिकै एक्लै मुसुक्क हासे, सोचे, टुइटले काम गरेछ कि क्यायो, एकमनले त हजुरनै हुनुहुन्छ भनिदिउकी जस्तो लागेको थियो, फेरी त्यतितल गिरेर उस्को अगाडि आफुलाई चिनाउन पनि मन लागेन, र भने, ओइ यो कुरा गोप्यनै राखौला भन्ने गित थाहाछ हजुरलाई, थाहाछ तर किन, उनको प्रश्न, फेरी मैले उत्तर फर्काए, थाहाछ भने बुझ्नुहोस् कि दुलही भनेको घुम्टो भित्र नै भएको सुहाउछ, घुम्टो खोलेर पर्दा हटाएपछी त उ घरकी मालिकनी हुन्छिन, उनी बुहारी  हुन्छिन रहस्य की पोको हैन, जती छुपाउनमा मजाछ, घुम्टो खोलेपछी त्यो मजा कहाँ होलार, मैले हाँस्दै जवाफ फर्काए, उताबाट जवाफ आयो, टिएलमा पनि मलाईनै भनेझै लाग्ने चै किनहोला, संगै हासेको इमोजी, है, भनेर मैले टारिदिदै भने, अनी त्यता त बिहान भैसक्यो होइनर, उठने होलानी अब, उठने हो अब, उठेर चिया बनाउछु सबै बिउँझीसके, तर त्यो भन्दा पहिले हजुरलाई एउटा कुरा भनौकी भनेको सर, तर फुर्सदमा, कस्तो कुरा हो भन्नुहोस्न, मैले सोधे, आज हैन सर भोली भन्छु म, भोली अलिक फुर्सदमा पनि हुन्छु, बरु हजुरलाई पो कस्तो हुन्छ टाइम, मैले जवाफ दिए, डिउटी सकेपछी म खालिनै हुन्छु, भन्दा हुन्छ हजुरले, तर मलाई कौतुहल भोनित, उता बाट हाँस्दै भनी, कौतुहल हुनुपर्दैन, म भोली मेरो र मेरो कृष्णको कथा सुनाउछु, जहाँ हजुर जिबन्त रहनुहुनेछ, यसो भनेपछी म झन अचम्ममा परे, तपाईंको र तपाईंको कृष्णको कथा सुनाउदा म चै कसरी जिबन्त हुन्छुनी? मैले सोधेको जवाफ नदीई सर उज्यालो भैसक्यो अहिले लाई म जान्छु, भोली कुरा गर्नेछु हजुर संग, बाइ सि यु सर, शुभदिन हजुरलाई, यती भनेर उनी हतार हतार अफ्लाइन भैइन, म पनि रातभरीको कामको रिपोर्ट तयार गर्नतर्फ लागे, एकोहोरो बजिरहेको गितको ताल संगै उनिसंगको संबादमा समय कटेको पत्तै पाइन, यतिबेला सम्म बिहानको ४ बजिसकेको रहेछ, रिपोर्ट बनाउने काम सकेर म बाथरुम तर्फ लागे, त्यसपछी मुख धुएर पेन्ट्रीरुम तर्फ छिरे, कफी बनाए, बिहानिको पहिलो तातो बाफ माथि आकाशमा उडाउदै सुरुप सुरुप कफी पिउन लागे ।


रचना- अर्पण योन्जन (शिरिष) 
मिती- ९ र १० कार्तिक, २०७८ 
तदनुसार- २६ र २७ अक्टोबर २०२१ 

No comments: