गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 21, 2010

धर्ती टेकी जुन टिप्दा झेल गर्‍यो जिन्दगी ले

रचना २०६७ पौष ७

धर्ती टेकी जुन टिप्दा झेल गर्‍यो जिन्दगी ले
आफु सँग आँफैले खेल गर्‍यो जिन्दगी ले ।

हाँसो बोकी मायाँ बाँड्ने कमलो त्यो मन मा
सुख्ख सँङ्ग दुख्ख रोपी खेल गर्‍यो जिन्दगी ले ।

सस्तो राम्रो बलियो भनी भनी शहर मा
दुनियाँ लाई ढाँटी किन मोल गर्यौ जिन्दगी ले ।

कहिले आधा कहिले पावा काँटा मिलाएर
तराजुमा दुख्ख राखी तोल गर्यो जिन्दगी ले ।

बिपत्तिमा आपत पर्दा मन बाँधी बाँधी
खडेरिमा बाढी आउँदा खोला तर्यो जिन्दगी ले ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

सिनो सँङ्ग ब्वाँसा बन्दै किन जिउछन मान्छे हरु

रचना २०६७ पौष ७

सिनो सँङ्ग ब्वाँसा बन्दै किन जिउछन मान्छे हरु
मृत्‍यु सँङ्ग डराउँदै किन रुन्छन मान्छे हरु ।

यौबन को प्यासी मन भुलाएर यतै त्यतै
रात सित बैश किनी किन जिउँछन मान्छे हरु ।

उज्यालोमा नचिने झै गर्छन् तिनै पुरुष हरु
साँझ पछी मेरै जोबन किन पिउँछन मान्छे हरु ।

यस्तो लाग्छ अभाबमा फाटेको त्यो तन लाई
ओल्टै पोल्टै एकान्तमा किन सिउँछन मान्छे हरु ।

मेरो लागि जल्न तयार हिजोका ति मर्द हरु
उमेर ढल्दा तिनै आज किन हिउँ छन मान्छे हरु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, December 16, 2010

उडी जाने बतास हरु बादल लिएर आउ

रचना २०६७ पौष ०२

उडी जाने बतास हरु बादल लिएर आउ
सावने झरी हरु मलाई भिजाएर जाउ ।

थाकेको छु म कुर्दा कुर्दै तिमी लाई
आएर तिमी तिर्खा मेटाएर जाउ ।

रुखे का यिनै मेरा मन हरु लाई
मौसमी बषन्त उपहार दिएर जाउ ।

म भोको छु यसै नपाइ प्रेम तिम्रो
लागेको प्यास जवानी को मेटाएर जाउ ।

खुशी हरु रहर हरु लिएर आउ तिमी
म कुर्छु सडक मा सँधै भेटएर जाउ ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

चडेर सोला चितामा,भन्दै थि उनी अस्ती

रचना २०६७ पौष ०२

चडेर सोला चितामा,भन्दै थि उनी अस्ती
मरेर फेरी जिउछु रे,भन्दै थि उनी अस्ती ।

चुसेर रस फुलको,बाटो मा मैले फ्याँके रे
ओइलेर सही जिउछु रे,भन्दै थि उनी अस्ती ।

गरेको भुल दुबै ले,लगाउँदै दोस मलाई
स्वार्थी लाई भुल्छु अबत,भन्दै थि उनी अस्ती ।

घरी घरी जिउँदै मार्यौ,चोखो मायाँ लाउँदा
नखाएको बिष लाग्यो,भन्दै थि उनी अस्ती ।

न मेटिने दाग मनको,बात उसलाई लाएँ रे
तिमी बिना नै बाँच्छु अब,भन्दै थि उनी अस्ती ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आउने रहर कहाँ थियो परदेश मा मलाई

२०६७ पौष ०१

आउने रहर कहाँ थियो परदेश मा मलाई
खोला तरी डाँडै काट्नु परदेश मा मलाई ।

दु:ख सङ्ग आँशु भएनी आफ्नै आँगन प्यारो
हाँस्ने मन ठ्याक्कै छैन परदेश मा मलाई ।

न जाउ भनी बाटो छेक्थ्यौ अस्रुधारा झार्दै
सम्झिएर छाती पोल्छ परदेश मा मलाई ।

न्यानो काख न्यानो हात न्यानो रात छाडी
चिस्यानिमा सताउँदै छ परदेश मा मलाई ।

आकाश छुने रहर बोकी सुन टिप्न आउँदा
गरिबीले गिज्याउँदै छ परदेश मा मलाई ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, December 15, 2010

जोडेर तोड्नु परे नाता,न लाएकै बेस

रचना २०६७ पौष १
गजल

जोडेर तोड्नु परे नाता,न लाएकै बेस
कफन दिने खुनी मायाँ,न लाएकै बेस ।

दुखी दुखी तिमी सँङ्ग,रम्नु भन्दा बरु
ढुङ्गा माथि मुटु राखी,न हाँसेकै बेस ।

किन रम्नु दुई दिने,राम छायाँ मात्र
रात डाकी जोबन यो,न साँचेकै बेस ।

फुल्न नपाई कोपिला मै,टिपी चुड्नु भन्दा
ओइली झर्ने फुलको थुङ्गा,न गाँसेकै बेस ।

जाली कुरा जाली मायाँ,गरी मार्छौ भने
तिम्रो हातको अमृत पनि न पिएकै बेस ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Friday, December 10, 2010

मैले रुँदा आकाश जस्तो तिमी कहाँ रुन्छौ

गजल रचना २०६७ मंसिर २५


मैले रुँदा आकाश जस्तो तिमी कहाँ रुन्छौ
धर्ती जस्तो शित् पोखेर तिमी कहाँ रुन्छौ ।

पत्थर को न पर्यौ तिमी कहाँ पग्लिन्थ्यौ र
छाती भित्र बिझाउने मन भए पो रुन्छौ ।

निल्काँडा को काँडा जस्तो घोच्ने तिम्रो बानी
ठेस लाग्दा कठै गर्ने तन भए पो रुन्छौ ।

बन जलेर खाग हुँदा निस्ठुरी त्यो मन लाई
न्याउल रुँदा सङ्गै रुने दिल भए पो रुन्छौ ।

हुनु पर्छ तिमी भित्र प्रिती गाँस्ने मुटु
बिछोडको पिडा तिम्लाई था भए पो रुन्छौ ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, December 8, 2010

न चाहेरै कती कुरो,हुँदो रैछ जिन्दगीमा

गजल रचना २०६७मंसिर्२२

न चाहेरै कती कुरो,हुँदो रैछ जिन्दगीमा
शिर माथि पिर पनि,फुल्दो रैछ जिन्दगीमा ।

फुल मात्र जिबन ठान्थे,हाँशो हुँदा खेरी
बल्ल आज थाहा पाएँ,काँडा जिन्दगीमा ।

कथा केहो ब्यथा केहो,थाहै थिएन हिजो
आँशु पनि हुँदो रैछ,रुँदा जिन्दगीमा ।

दुख्खै मात्र भोग्नु रैछ,अझै के छ बाँकी
पाप धर्म बाँकी होला,देखन जिन्दगीमा ।

लेखिएर न मेटिने,आफ्नै रैछ कथा
घाम पानी सँङ्गै हुने,यात्रा जिन्दगीमा ।

अर्पण तामाङ (योन्जन)
तरहरा- सुनसरी
हाल दोहा कतार

हाँसेरै आँशु टर्ने भए,दुखे पनि हाँसी दिन्थे

गजल रचना २०६७ मंसिर २२

हाँसेरै आँशु टर्ने भए,दुखे पनि हाँसी दिन्थे
बिना फुलको माला भए,मनैले बरु गाँसी दिन्थे ।

सारंङ्गिमा रेट्दा जिबन,पिर सबै भुल्ने भए
गाइने दाइको हत्केलामा,जिबन बरु राखी दिन्थे ।

छाती पिटी कहाँ रुनु,दुख्ख पर्‍यो भनी मलाई
दुनियाँमा मिल्ने भए,पिर सबै साटी दिन्थे ।

भाकल गरे भए भर्को,घुस चढाई मन्दिरमा
स्वार्थी मनले हुने भए,देवता लाई ढाटी दिन्थे ।

सबै समान किन हुन्न टेक्ने धर्ती एउटै हुँदा
सन्सार सुखी हुने भए आफ्नै शिर काटी दिन्थे ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, December 6, 2010

नमेटुन्जेल प्यास दिल्को भेट्थी हिजो अस्ती

गजल मिती २०६७ मंसिर २०

नमेटुन्जेल प्यास दिल्को भेट्थी हिजो अस्ती
बैगुनी ले गुन्ले तिर्छु भन्थी हिजो अस्ती ।

तिम्रो हात्ले दियौ भने बिष पनि सबै
हाँसी हाँसी पिइ दिन्छु भन्थी हिजो अस्ती ।

धेर भयो कि थोर भयो मेरो मायाँ कुन्नी
मेरो घरको बलेसिमा धाउँथी हिजो अस्ती ।

धाउनै छाडि आउनै छाडि पँधेरिमा पनि
मिर्मिरे मै घैला सङ्ग आउथी हिजो अस्ती ।

ऐँचो पैँचो पिरति मा न पाउँदा तिनै
सावाँ ब्याज सबै तिर्छु भन्थी हिजो अस्ती ।

अर्पण तामाङ (योन्जन)
तरहर-२ सुनसरी
हाल दोहा कतार

Sunday, December 5, 2010

म र मेरो इतिहाँसले ।।।

कविता मिती २०६७मंसिर १९

भञ्ज्याङमा भारी बोक्तै
जिन्दगीले उकालो चड्दा
मनको बिसौनिमा
खकन उभ्याउँछु म!
साँगुरिको उकालोले मलाई
घसेट्न सम्म घसेटेको छ !
लुमघाट को गर्तिरले
खिच्न सम्म खिचेको छ !
अनी त दौराको फेर समातेर
फाटेको टोपिले पसिना पुच्दै !
देउरालीको बरमा
सुइया........सुशेल्छु र थ्याच्छ बस्छु
भारिको जुइना कस्दै
र....! म.....!
आफ्नो ढाकर बिसाउँछु !
नियम र नियतिको
जिन्दगीको बक्र रेखा ठान्दै ।

बिकासले आकाश छोयो भन्छन सबै
खकन भिर्ने उकाली हरुमा
मटर हरु गूड्न थाल्यो
भाई भतिजा मुग्लान पसे
छिमेकी हरु !अरब छिरे
हुनेखाने हरु !
अलिक परै पुग्योरे !
अनी मेरो ..........!
दौरा फेरियो/मेरो ढाकर फेरियो
कालेटी परेका मेरो कुर्कुच्चा हरुको !
काचुली हरु फेरियो !
मेरो बैश फेरिएर
ऐना सामु आँफै उभिदा
चाउरी परेर अनुहार फेरियो
फेरिएन त केवल ........!
नुनको भारी/म/ साँगुरी डाँडा/ र लुमघाट को गर्तिर
सधैं.....उस्तै.....उस्तै.....
निरवत....निरवत....निरवत....!

त्यसो त उ बेला खबर हरु सुन्न
मुखियाकोमा भेला हुने गर्थ्यौ हामी
तर आज ......!
मेरो दौराको तुनामा झुन्डिने
सानो एफ.एम रेडियो साथी भएको छ
उकाली ओराली र भञ्ज्याङ धाउँदा
देश बिदेशको खबर सुनाउने भएको छ
र अनी एक अर्कामा हामी
उ मेरो र म उस्को साथी भएको छु !
र......देशमा यस्तो भएछ आजकाल
देश लाचार बनेर
ब्यथिती जनता हरुको
मस्तिक हरु थाकेर
मन हरु गलेछन ।
तेरो मेरोको प्रतिबिम्ब बाट
टुक्क्रिएको देशको
ऐना देखिदैछ ।
त्यहाँ म उभिएको छु/छौ
अनी देख्दैछु/छौ
आँफै लुटिएको
आँफै टुक्क्रिएको
आँफै भात्किएको
अनी राष्ट्रियता छिन्न भिन्न भएर
छात्तिमा देश दुख्दै !
आँखामा कालो पट्टी बाँधेर
मुक दर्शक भएका छौ
र एउटा नाटक मन्चन हुँदै छ
आफ्नै अस्तित्वको बलात्‍कृत द्रिस्य
बानेश्वरमा !
नाटक को नाम
इतिहाँसको कलङ्क ।
बश.....यती मात्र...भोगेको छ ।
म र मेरो इतिहाँसले ।।।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, December 4, 2010

धाउदिन डाँडा पारी आफ्नै कुवा खन्छु

गजल

धाउदिन डाँडा पारी आफ्नै कुवा खन्छु
तिर्खा लागे पानी पिउने मन्को कुवा खन्छु ।

आफ्नो जस्तो हुन्न रैछ अर्कै को खोलो
आँगनिको माझेरिमा तन्को कुवा खन्छु ।

आफ्नो भन्नु आफनै रैछ हिउँद सुके पनि
जसो तसो दु:ख परे बरु बलेसिमै खन्छु ।

धर्य गरी आशा गरे हुँदो रैछ एक दिन
अनी पनि हुन्न भने बरु इनार खन्छु ।

कसो मायाँ नपलाउलात मन्को पधेरिमा
आशा गरी जुनि जुनि त्यही मन खन्छु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, December 2, 2010

दुइ दिनको मात्र भए

गजल रचना २०६७मंसिर १६

दुइ दिनको मात्र भए डेरा सरे हुन्छ
चोट दिने मन भए अन्तै सरे हुन्छ ।

साधन होइन मेरो मायाँ लीलाम गरी बेच्ने
पैसा राखी तराजुमा अन्तै किने हुन्छ ।

भमरा झैँ डुल्ने भए फुल छानी छानी
जता पाउँछौ रस मिठो उतै घुमे हुन्छ ।

मेरो मायाँ प्यासी दिल्को प्याला पनि होइन
बजारमा मिल्छ होला त्यतै चुमे हुन्छ ।

मात लाग्ने नसा होइन रात डाकी डाकी
जता भेट्छौ रँगी चँगी उतै झुमे हुन्छ ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, December 1, 2010

बिछट्ट मायाँ,लाएँको थिए

गजल रचना मिती २०६७मंसिर १५

बिछट्ट मायाँ,लाएँको थिए,उसलाई सस्तो भो
जुनैको सामु,जोबन साट्दा,यौबन सस्तो भो ।

माग्दथिन मलाई,जुनेली रात,कोशेली भनेर
दिएथे मैले,उसैको लागि,त्यै रात सस्तो भो ।

लिदिन भन्दा,दिएर मुटु,बसाइ सरेछिन
नलाको चोट,दुखेर घाऊ,आघात सस्तो भो ।

भरोसा गरे,आँफै लाई बिर्सें,पल्भरको हेराइमा
चुराइ नजर,छुपाइ गइन,बचन सस्तो भो ।

फाटेको मनलाई,काँ टाल्न सक्छु,च्यातियो एक फेर
मनको सिउनी,उध्रेर जाँदा,जोबनै सस्तो भो ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार