Thursday, September 23, 2021
कथा-भाग-६, एउटा प्रेम यस्तो पनि ।
Monday, September 20, 2021
पर्खिरहेछन देउरालीहरु !!!
Friday, September 17, 2021
कथा-भाग-५, एउटा प्रेम यस्तो पनि ।
Sunday, September 12, 2021
कथा-भाग-४, एउटा प्रेम यस्तो पनि ।
Saturday, September 11, 2021
म कसरी छोरा भनुम ।
Wednesday, September 8, 2021
कथा- भाग-३, एउटा प्रेम यस्तो पनि ।
Sunday, September 5, 2021
कथा- भाग-२, एउटा प्रेम यस्तो पनि,
समयले कती चाडै कोल्टे फेरेछ आखिर घडीको सुइन हो उस्लाई कस्ले नै पो रोक्न, सक्छर ? उ, निरन्तर घुमी रहन्छ चली रहन्छ एक रफ्तारले प्रिथिबीको गोलो दुई ध्रुबहरु जस्तै सुर्यको परीक्रमा गरेझै, हरेक दिन टेबलमा भएको सानो घडीले मलाई झस्काउछ र उठाउने गर्छ हरेक दिनको पहिलो बिहानिमा मेरो निन्द्रालाई खल्बलाउदै, हो आज पनि बिहानै ३:४५ मा घडीको आलाराम ले उठ्न संकेत गर्यो, म निन्द्राबाटै छामछाम छुमछुम गर्दै घडीको आलाराम बन्द गर्ने कोशीश गर्छु तर हातले टेबलमा रहेको घडी भेटिन र आँखा मिच्दै उठेर बेडै छेउको झ्यालको पर्दा खोलेर बिहानी हुनुको अर्थ लगाउदै हाइ काड्दै अल्छि मानेर उठे, पारी क्षितिजमा अर्ध चन्द्रमा पश्चिम दौडने प्रकृयामा रहेछ, राम्रो संग उज्यालो भुइमा नखसेको हुनाले होला अर्ध जुनको मधुरो प्रकाश झ्याल बाट मेरो शिरानी सम्म ठिकियो, अनी मेरो रुम भन्दा पाँचसय मिटर पर रहेको मस्जिदबाट ईस्लाम धर्मलम्बी हरुको पहिलो हजान अल्लाह अक्बर इलाहा भन्दै एकोहोरो आवाज गुन्जिरहेको थियो, उठेर झ्यालबाट बाहिर नियालेर हेरेर जिउ तन्काउदा ओर्दा बिहानको चार बजिसकेको थियो, र वासरुम जानलाई तौलिया तयार गरेर ठीक्क के पारेको थिए अनी खै अचानक के कुरा खेल्यो मेरो मनमा र मोबाइलमा वाइफाइ अन गरेर हेरे केही कुनै नोटिफिकेशन हरु छनकी भनेर, फेसबुक र ट्विटरको सय भन्दा धेरै नोटिफिकेसन आएको रहेछ, अनी डिएम मा मेसेज बसेको हरियो सिग्नल देखे, मन कौतुहल भो मेसेजको हरियो सिग्नल देख्ने बित्तिकै डिएम तिर प्रबेश गरे र हेरे, म छक्क परे, असमन्जसन भो, के गरौ के नगरौ भो, खुशी भनौ कि के खै म अक्कनबक्क भएको थिए, बास्तबमा मानौ कुनै आफ्नो मन परेको चिज हराएर पुन धेरै दिनपछी भेटे झै मेरो अनुहारमा चमक छाएको थियो, जुन मेसेज देखेर आज दुई महिना पछी सुक्न लागेको मेरो मनको माझेरिमा फेरी हरियो आशाको दुबो पलाएको थियो, किनकी मलाई यतिधेरै खुशी दिने मेसेज त्यही थियो जुन उस्ले आज गरिकी थिइ र म पक्का भैसकेको थिएकी, यतिका दिनपछी मेसेज उसैको रहेछ, मेसेज एउटा पत्र झै निक्कै लामो रहेछ, मलाई हतार भो केछ यती लामो मेसेजमा कती खेर पढौ र कतिखेर सकौ झै भयो र उत्सुक्ता र खुशीको कौतुहल्ता बिच मैले पत्र झै त्यो लामो मेसेज पढ्न थाले, पत्रमा लेखिएको थियो ।
प्यारो मान्छे !
मिठो सम्झना साथै धेरै माया र अनगिनिती स्पर्स हरु पठाएकोछु तिमीलाई, मेरो घरको कौसिको कुर्सिमा म बसिरहदा मलाई छुएर बग्ने हावा हरुको एक झोका आसा छ तिमी भएको ठाउ सम्म मेरो आभास लिएर आउने छ र, तिमीलाई छुएर उ पुन फर्किएर भन्नेछ मलाई, मैले तिम्रो पारीजात लाई छुएर फर्किएकी छु भनेर, र म ढुक्क हुनेछु त्यतिबेला जतिबेला म हरेक बिहानी बार्दलिमा बसेर तातो कफिको बाफ संगै गुनासो गरिरहेको हुनेछु जुन बाफले पनि तिमीलाई छुएर आएको होस, जस्ले जुन बाफ र हावाले तिमीलाई छुएर फर्किनेछ म सम्म र म ति हावाहरुलाई अंकमाल गर्नेछु तब बल्ल म चैनको श्वास फेरेर हरेक दिनको सुरुवात गर्नेछु ।
प्यारु मलाई थाहाछ तिमी लाई सम्बोधन गर्ने कुनै त्यस्ता शब्द हरु मेरा लागि छैनन किन कि तिमीलाई सम्बोधन गर्ने उपनाम हरुको शब्द बुनेर टप्प टिप्पी तिमीलाई पहिरिदिउ तर त्यो हक म संग छैन आज सम्म, तैपनी मेरो आफ्नै मन र जिद्धिले तिमी लाई प्यारो मान्छे र प्यारु भनेर बोलाउने हिम्मत जुटाएकिछु कम्सेकम त्यती भनेर बोलाउने हक त दिन सक्छौनी है प्यारु ? ठिकैछ तिमी दिदैनौ भने पनि म आँफै भन्नेछु त्यो तिमीले चाहेर रोकेर वा बन्देज गरेर मलाई रोक्न पाउने छैनौ किनकी मैले तिम्रो भौतिक शरीर लाई भन्दा तिम्रो हृदयलाई माया गरेकिछु ।
प्यारो मान्छे म तिमी लाई कसरी भनौ मैले यो सहि गर्दैछु कि वा गलत म आँफै छुट्याउन सकिरहेकी छुइन, यो कतिको जायज हो वा नाजायज हो,मैले बुझ्न सकिरहेकी छुइन, जिबनको शुरुवातमा जतिबेला म बैंशालु थिए जतिबेला म बिस, बाइस बर्षको को उमेरको थिए त्यो बेलाको कल्कलौदो ऊमेरमा पनि मैले कसैलाई प्रेम गर्न सकिन नत मैले आभास नै गरे, तर आज जिबनको कयौ घुम्तिहरु पार गर्दै उकाली ओरालिहरुमा अनेकौ भोगाइ हरुसंगै जिबनले यतीधेरै पाठ सिकाइसकेर यतिबेला म तिमी संग प्रेम पड्दैछु माया पड्दैछु, प्रेम भित्रको अनुभुती पड्दैछु, अझ यसरी भनुँ मेरो मस्तिस्कले र मेरो आँखा भित्र जताततै तिमीलाई पड्दैछु, तिमीलाई पढ्नु भनेको मैले आफुले आफ्नै प्रेम र जिबनको पानाहरु पल्टाइरहेकोछु, म आफुलाई तिमी भित्र अनुभुत गर्दैछु, हिजोको दिन सम्म म मेरो लागि बाच्थे भने आज म तिम्रो लागि बाँच्न थालेकोछु, मलाई थाहाछ यो समुन्द्रपारिको भौतिक दुरीबाट तिमीले कहिलै छुन सक्नेछैनौ, तैपनी तिमीले आफ्नो त्यो पौरुश्ताको कशिलो अंगालोमा बाधेर मेरो हरेक अंगहरुलाई चुमेको अनुभुती गर्दैछु, अनी यो काल्पानिक नै सही तर तिम्रो भावनात्मक हृदयमा बाधिएपछि म पूर्ण नारी हुनुको अर्थ भेट्दैछु, अनी यतिबेला म सोच्दैछु म मेरै महराजको सिउदोको सिन्दुर भएर उसैको भौतिक स्पर्स बाट मैले दुई सन्तानहरुको जन्म दिएकोछु तर पनि सिउदोमा सिन्दुर भर्दैमा र भौतिक स्पर्स र सन्तानको आमा हुँदैमा प्रेम पूर्ण नहुनेरहेछ भनेर यतिबेला बुझ्दैछु, थाहाछैन आज मलाई त्यस्तो के यस्तो मदहोसी पिलायौ र म तिमीलाई एउटा प्रेमको कथा सम्झेर पाना पाना पल्टाएर तिम्रो हृदय पड्दैछु, एउटा सुनौलो सपना पड्दैछु जुन कहिले स्कुलमा पढाईएन ति अनुभब र स्नेहहरु, तर आज खै तिमीले मलाई त्यस्तो के पाठ पढायौ र म तिम्रो हरेक बोलिहरुमा, हरेक तिम्रो भाषाहरुमा तिम्रो हरेक हासोहरुमा, तिमीले लेख्ने हरेक कविताको भाव हरुमा प्रेम गर्दैछु, तिम्रो हरेक अक्षर हरुको व्याकरण हरुमा प्रेम गर्दैछु मानौ अब म तिम्रो हरेक मन भित्रको ढुक्ढुकी लाई र तिम्रो भावना अनी तिम्रो हरेक शब्द शब्दको मायाजालमा परेकोछु, मलाई थाहाछ प्यारु यो सब गलत हो, तर म के गरम मेरो मनले मेरो मस्तिस्कले गलत हो भनेर सुइकार्नै सकिरहेकी छैन, यता बर्सौ देखी विवाह बन्धन को एउटा रथलाई तानिरहेकी छु हाशिखुशी तर आज कयौ बसन्त संगै बिताएको आफ्नै महाराज संग मेरो मन र तन बिस्तारै टुटेर तिमी संग समाहित हुँदैछु मलाई डर लाग्दैछ कतै म जिबनको यो उतार्धमा आएर तिमीलाई प्रेम गरेर गल्ती त गर्दैछुइन, म प्रश्न माथि प्रश्न खडा गरेर उत्तर बिहिन भएकोछु प्यारो मान्छे, र आश गर्छु, बिन्ती छ तिमी संग यि सबैको उत्तर हरु तिमीले मेरो मेसेज हरु पढिसकेपछी पक्कै दिनेछौ भन्ने झिनो आशा गरेकोछु किनकी आशा सिवाय अरु केनै गर्न सक्छुर प्यारो जुन म तिमीले भन्नै पर्छ भनेर कर पनि त गर्न सक्दिन,
प्यारु तिमी लाई थाहा छ म दुई महिना सम्म तिमी संङ संपर्क बिहिन भएर बस्दा कयौ प्रश्न हरु गरी बसे आफुले आँफैलाई, कयौ नाजवाफ सवाल हरुले आँफैलाई पिडा दिइ बसे, हरेक रात संगैको जिबनसाथी मस्त निन्द्रामा हुँदा म तिम्रै बारेमा सोच्दा सोच्दै आँखा फिटिक्कै झिमिक्क हुन पाएनन, कयौ दिन आँखा बन्द नगरि उज्यालो भयो, शायद यो दुई महिन तिमी मेरो पर्खाइमा वा मेरो यादमा कुनै रात कुनै पल तड्पिएनौ होला तर यता म भने कतिखेर साँझ हुन्छ र अध्यारोको त्यो सन्नटामा आँखा बन्द नगरी तिमी लाई कल्पी रहुँ तिम्रै कल्पनामा उज्यालो बनाउँ मलाई यस्तै हतार हुन्थ्यो महाराज यस्तै हुन्थ्यो, तिमीलाई थाहैछ हामी बिचमा असल मित्रता बाहेक केही छैन भनेर बारबार तिमीलाई खबरदारी गराएर सिमा नाघ्न दीन तर यता म आँफै भने हरेक दिनको तिमी संगको संबादले नजानिदो पाराले तिम्रो बसमा परिसकेको थिए, तिम्रो मायाले मलाई अंगाल्दै थियो, र म अचानक सोच्न पुगे म गलत गर्दैछु मैले यस्तो गर्नु हुन्न भनेर तिमी बाट टाढा हुन्छु भनेर तिमीलाई खबरै नगरि तिमी बाट दुई महिना बेपत्ता हुन कोशीश गरे, तर सोचे जस्तो कहाँ हुनेरहेछ र प्यारु तिमी संङ दुई महिना सम्म बेखबर बस्नु भनेको म आँफैले बन्द कोठाको जेलखानामा कैद गर्नु झै थियो, आफुले आफ्नै मुटु आफ्नै भौतिक शरीरबाट झिकेर छुटाउनु जतिकै थियो, त्यसैले तिम्रो सामु टिएल र स्पेसमा न आएपनी लुकिलुकी आएर तिम्रो टिएल नियालेर पढेर फर्कनु मेरो दैनिकी थियो एउटा खुशी अनी पिडा संङै, र, अन्त्यमा आफ्नै दिल लाई कन्ट्रोल गर्न नसकेर आज यो मेसेज गर्न वाध्य भए, तिम्रो कुन मोहक्ताले तानेर हो कुन्नी म तिम्रो डिएममा नफर्की मलाई धरै भएन, त्यसैले यो मेसेजको अन्त्यमा सोध्न चाहन्छु यदी चाहन्छौ भने मेरो सवाल को जवाफ छोडेर राख्नेछौ भन्ने आशा बच्चाएर राखेछु, प्यारो मान्छे के यो दुई महिनामा म जस्तै तिमी पनि तड्प्यौ ? के मैले झै मेरो टिएल आयोकी भनेर चिहायौ ? के स्पेस तिर आउछ कि भनेर मेरो आवाजको प्रतिक्ष्या गर्यौ ? के मैले गरेको यो आसक्ती तिमीलाई गरेको तिमी प्रतिको प्रेम हो ? यदी हो भने प्रस्ट संङ भन प्यारु मलाई यो अँध्यारो सुरुङ्ग बाट बहिर निकाल बिन्ती छ तिमी लाई कि प्रेम गर्छु भन कि गर्दिन भन एउटा कुरा प्रस्ट भन प्यारु नत्र मलाई यो विवाह इत्तरको तिमी संङको एकोहोरो प्रेमले पागल बनाएको छ, मेरो आफ्नै महाराज प्रती मैले पाप गरिरहेकी छुकी मलाई हरेक प्रश्नको जवाफ देउ प्यारु हरेक प्रश्न को जवाफ देउ,
मैले धेरै पहिले एउटा कुनै उपन्यासमा पढेकी थिए
सम्झे त माया अमर छ
बिर्सेंत माया बेकार छ ।।
साच्चै नै प्यारो मान्छे माया जस्तो सम्झ्यो त्यस्तै नै हुन्छ होला, तर मेरो लागि मेरो माया मेरो प्रेम र मेरो जिबनको श्वास सबै तिमी भएको छौ, त्यसैले यो पत्रको भनौकी मेसेजको अन्त्यमा यस्को बिट मार्दै पुनश्च यदी गलतै भए पनि सपना र कल्पनाको भावसागर बाट तिमी लाई असिमित अशिम माया र न्यानो स्पर्स सहित अन्त्य गर्छु बिदा भए ल,
उही तिम्रो भन्न नसकेकी तिम्रो भौमान
तिम्रो नाम बिनाकी तिम्रो कथाकी पात्र बेनाम
पत्र श्वास भरमै कतिबेला सकियो, कती छिटो सकियो मैले पत्तै पाइन, पत्र भनौ कि मेसेजको शब्द शब्दको रस्वादन गर्दागर्दै नघाउदै अत्रिप्त हुँदाहुँदै साचिकै कतिबेला क्ष्यण भरमै पत्र टुङ्गिएको थाहानै पाइन, पत्र पढि सकेपछी मेरो ओठ तालु सबै सुकिरहेको थियो, म के सोच्ने केही मस्तिस्कमा ल्याउने केही सकिरहेको थिन, कतै खुशी त कतै धेरै डर थपिएको थियो मलाई मेरो आफ्नै पैताला मैले टेकेको धर्तिमा थियो वा थिएन मैले केही थाहा पाउन सकिरहेको थीन एकतमासले मनको ढुक्ढुकी बढेको थियो, केही नजानिदो पाराले हातको औंला हरु कापेर नौनारी खत्रक्क गले झै भएको थियो मैले मेरो आँखै अगाडि बली रहेको लाइट लाई पनि देखिरहेको थिन बिल्कुलाई मेरो अगाडि अध्यारो छाएको थियो, जती उ स्पेस र टिएल मा न आउँदा मन आतिएको थियो त्यो भन्दा धेरै उस्को पत्र मेसेज पाए पछी आतिएको थिए के जवाफ दिने के भन्ने के नभन्ने म आँफै अलमलमा परेको थिए म केही सोच्नै सकिरहेको थिन म सोच्दै थिए एउटा प्रेम यस्तो पनि हुनेरहेछ भनेर ।
रचना- अर्पण योन्जन (शिरिष)
मिती- २०,भदौ २०७८
तदनुसार- ५, सेप्टेम्बर २०२१
Thursday, September 2, 2021
कथा- भाग- १, एउटा प्रेम यस्तो पनि,
परदेशी जिबनको अनगिन्ती संघर्स हरुको एउटा श्रीङ्खला आज पनि उसैगरी ४५ डीग्रीको तातो रापमा गलाएर असाढ स्रावनको खेतमा जोतिने पशु झै दिनभरी नारिएर थकित मुद्रामा आफ्नो रुम तर्फ लाग्न सबैजना आफ्नो औजारहरु स्टोरमा बुझाएर हातमा हेल्मेट बोक्दै कम्पनिको बसमा चढ्न लामबद्ध भएर गाडी भित्र छिर्यौ, यहाँ लामबद्ध भएर बिहान बेलुकी लाम हुनु दैनिकी हो हाम्रो, यहाँ लाम नलागी केही हुँदैन बिहान डिउटी जाउ लाम लाग्नुपर्छ कुनै सिपाही झै, बेलुकी रुम फर्किनु लाम लाग्नुपर्छ, बजार जाउ लाम लाग्नुपर्छ, ब्याङ्कमा जाउ लाम लाग्नुपर्छ अनी बर्सौपछि घर फर्क एयर्पोर्टमा पनि लामबद्ध भएर लाम लाग्नुपर्छ, लाग्छ कहिलेकाहित यो लाइन त्यो बेला सुरुभएको हो जहाँ जिम्मेवारीको बोझ टाउको माथि आएको थियो, अनी यो लामबद्ध लाम त्यतिबेला टुङ्गिन्छ जतिबेला मृत्युको रथ चडेर आर्याघाटको स्वर्ग या नर्कको यात्रा नापिन्छ तर आजभोलि यहाँ मृत्युको राज चलेकोछ, मृत्युको राजमा आर्यघाट सम्म जानु र चितामा जल्न पनि लामबद्ध नै हुनुपरेकोछ, तैपनी मृत्युको अग्निकुन्डमा जलेर आकाश तर्फ धुवा बिलाउदै गएपछी वा जलेर राख भएको देहको खरानी नदिमा मिसिएर बगाएपछी अनी बल्ल यो लामबद्ध हुने लाम हरुले छोड्छ होला नत्रत जिन्दगी रहेसम्म जिन्दगीभर लाम लागेरै संघर्सहरु गर्नुपर्छ र पार गर्नुपर्छ कयौ दु:खसुख पानी झरी बादल बर्षा जाडो गर्मी कयौ जिबनका अनगिनी ऋतु र बषन्त हरु एउटा एकहुल बादल हरु जस्तै बनेर उड्नुपर्छ र छिनभरमै हराउनुपर्छ, नत्र जिबन रहेसम्म यो लाम हुने र लामबद्ध हुने अनी हरेक दैनिकिमा मान्छेले फलाम झै पिटिनुपर्छ नदिको बेगमा आएर ठोकिने ढुङ्गा झै ठोकिदै बग्नुपर्छ, धोबिको घाटमा लुगा चुटिएझै पछारे झै चुटिनुपर्छ बजारीनुपर्छ, र यसरीनै लामबद्ध भएर हामी बसमा चड्यौ तछाड र मछाड गर्दै ।
दिनभरिको थकानले डामिएको सरिरका जिउदो लासहरु बोकेर बस बिस्तारै आफ्नो रफ्तार १२० को स्पिडमा गती बढाउदै बासस्थान तर्फ हुइकिन थाल्यो, एकघन्टाको लामो यात्रा पछी हामी थकित भएर जसोतसो लखतरान अवस्थामा रुम पुग्यौ र म पनि हतारहतार पसिनाले निथ्रुक्क भिझेको सरिरको युनिफर्म फेरेर किचन तर्फ बेलुकिको खाना बनाउन तर्फ लागे, बाहिर प्रचन्ड गर्मी अनी जमिन तातिएर निस्किएको बस्फिकरणको ह्युमिडिटी दिनभरिको सास पनि बिसाउन नपाउने कामको चाप लाई पनि भुलाउने गरेर किचनमा खानपिन बनाइसकेर खाइवरी म बल्ल रातको ८.४५ तिर बेडमा पुगेर घरमा केहीछिन कल गरेर सन्चो बिसन्चो हालखबर सोधपुछ भयो र केहीछिन मै फोन संबाद सकेर सामाजिक सन्जाल तिर प्रबेश गरे, धेरै दिन भएको थियो मैले ट्विटर नचारेको पनि किनकी त्यहा कुनैपनी आफ्नो मनको बह पोख्ने गरेर दु:खसुख साट्न सकिने गरेर लामालामा भावनाहरु पोस्ट गर्न नसकिने, त्यसैले पनि म खासै त्यतातिर छिर्दिन थिए तर आज खै केभो कुन्नी मलाई ट्विटरमा छिर्न मन लाग्यो, र म ट्विटर तिर छिरे, त्यहा छोटाछोटा बिचारहरु पोस्टिने एप्स्मा पहिलो चोटि स्पेस भनेर एउटा ट्विटरको फिचर आएको रहेछ, मलाई थाहा थिएन स्पेस भनेको लाइभमा बसेर केही मानिसहरु संबाद गर्छन् र केही तल बसेर अरुका कुरा सुन्छन भनेर, जब मैले क्लिक गरेर भित्र छिरे मान्छेहरुको भिड देखे त्यहा बिभिन्न मान्छेहरु आफ्नो बिचराहरु पोख्दैथिए कोही सुन्दै थिए मलाई अनौठो लाग्यो, ओहो म कहाँ आइपुगे भने झै भान भो, कतै म गलत ठाउँमा ता आइपुगिन म एकछिन त अलमल्ल परे, मानौ म कुनै शहरको एउटा नौलो भिडभाडमा प्रबेश गरेको छु, जहाँ अजनबी मान्छेहरुको चेहेरा भन्दा सिवाय अरु केही हुँदैन हो मलाई पनि त्यस्तै महसुस भएको थियो मेरो पहिलो पटकको त्यो अन्तरिक्ष्या को भ्रमण भनौ सामाजिक सन्जालको बिल्कुलै नयाँ र नौलो फिचरसमा मानौ म एउटा ठुलो चलचित्र भवनको भित्री अँध्यारो सुरुङ्ग भित्र कुनै नाम चलेको चलचित्र हेर्न छिरेको छु र, त्यहा भित्र नौलो मान्छेहरुको भिडभाड र होहल्ला छ जहाँ चलचित्र चल्नु अघी मानिसहरु हल्ला गरेर बस्छन हो मलाई यस्तै भएको थियो पहिलो पल्ट यो ट्विटरको स्पेसको दुनियाँमा प्र्बेश गर्दा कतै अनौठो कतै रमाइलो केही रोमान्चक मेरो मस्तिस्कको बातवरण र मेरो मनले भनिरहेको थियो आहा यस्तो पनि हुने रहेछ ।
साचिकै नौलो अनौठो सन्सारमा मानिसहरु आ आफ्न बिचराहरु राख्ने क्रममा पालैपालो कोही परिचय गर्दै थिए, एउटाको पालो सकिएपछी अर्कोले गजल सुनाउथ्यो, उस्को पालो लगत्तै मुक्तकको पालो आउथ्यो भने कसैकसैले बिचबिचमा रेडियोमा बिज्ञापन बजे झै होहला गरेर माहोल लाई केही सुन्यता चिरेर रमाइलोपन पनि थप्ने रहेछ, तर त्यसरी होहल्ला र रमाइलो गर्दा भने एकले अर्कालाई महोदय भनेर खिल्ली उडाएको हो वा इज्जत दिएको मैले ठम्याउन सकिन तरपनी महोदय भनेर गरिएको सम्बोधनले एकलेअर्कालाई निक्कै नै खारिएको वा भद्र भलाध्मी भएको आभास दिलाउदो रहेछ त्यही आत्मारतिमा मान्छे रमाउदै भएपनी एकोहोरिएको माहोल लाई चिर्ने कोशीस गर्दो रहेछ भने एकजना कुनै रेडियो टेलिभिजनको वा स्टेज कार्यक्रमको प्रस्तोता झै होस्ट हुनेरहेछ र उस्लेनै कस्लाई स्पिकर दिने र नदीने तय गर्दोरहेछ र उसैले बोल्न अनुरोध र स्वागत पनि गर्दोरहेछ, आहा कस्तो राम्रो रेडियो झै बोल्न र सुन्न पाइने म प्रफुल्ल आनन्दित थिए अनी यस्तैमा बिचबिचमा गित आउने र रहर हुनेहारुले गीत पनि गाउने रहेछ यतिकैमा एउटा नारी प्रतिनिधिले निर्मला बलत्कारको प्रतिबिम्ब टिपेर लेखिएको कविता सुनायो म पनि चुप्चाप निसब्द सुन्दै गए कविता यथार्थ र वास्तबिक थियो मन कटक्क खायो मस्तिस्क केही भुइचालो गएझै भाताभुङ्ग बनाइ दियो अझ एक अर्थमा भन्ने हो भने कविताको बिम्ब समाजको ऐनाको वास्तबिक बिम्ब थियो यो घिन लाग्दो पुरुष प्रबिर्ती प्रती,
म कविता मन पराउने र कहिलेकाही लेख्ने मान्छे पनि, मलाई कविताको हरेक अंशहरुले निक्कैनै भित्र कतै छुइरहेको थियो, दिनभरिको थकाई सुपरभाइजरको गाली घामको त्यो चरा खस्ने तातो रापको गर्मिको यथार्थलाई पनि भुलेर म आज निक्कै शितल महसुस गर्दैथिए शायद हुन सक्छ बर्सौ पछी आज मैले मन परएको बिधा सुन्न पाएर होला सबै दु:खकस्ट छिनभरको लागि नै किन नहोस् म भुल्दै थिए, स्पेसको त्यो कार्यक्रम निकै रोमान्चक बन्दै गयो रात छिप्पिदै गयो मानिसहरुको भिडभाड झन थपिदै गयो, शायद हुनसक्छ पर्देशमा बस्ने पर्देशिहरुको सबै काम सकिएर फुर्सदिला बनेर केही समय कटाउन आउँदै थपिदै थिए होलान, यस्तैमा मलाई पनि होस्ट बाट स्पिकर दिएर बोलावट भो, म छक्क परे कसरी चिनेर दिए कि वा अन्जान्मा, खैर जेहोस् म केहीनसोची चुपचाप स्पिकर एक्सेप्ट गरेर अरुले बोल्ने ठाउँमा पुगे, कुनै अन्जान ब्यक्तिले जाने झै गरेर बोलावट हुँदा आफुलाई निक्कै ठुलो र बरिष्ठ सम्झिदै निकै केही जानेझै गरेर माथि पुगे, र उता होस्ट बाट आवाज आयो, सर नमस्कार यहाँको पनि केही छ भने सुनौन, केहीछ तपाईं संग ? यो प्रश्न मलाई थियो अनी केही डराको भावमा केही गल्ती बोल्छुकी भन्दै हड्बडाएर बोले सर नमस्कार ! म पनि एउटा कविता भन्छुनी है, मेरो बिनय थियो होस्ट संग, उताबाट सबैले हस सर जेछ सुन्नाउनुहोस हामी सुन्न तयार छौ भनेर अनुमती आयो,र मैले मेरो एउटा पुरानो कविता संकल्प शिर्षकको सुनाए, कविता पस्चात सबैले वाह ! वाही! गरे, तर त्यो प्रतिकृया सुनेर एकातिर खुशी बन्दै थिए आफ्नो भावना सुनाउन पाउदा भने धेरैपछी, तर प्रतिकृया सुनेर म लजाउदै पनि थिए म नतमस्तक भए के भनुम के नभनुम भो म आफ्नै प्रसम्सा सुन्दा आँफैलाई लज्जित महसुस भैइरहेको थियो,
धेरैपछी मलाई एउटा स्टेज मिलेको आभास भएकोथियो, मलाई एउटा रेडियोमा बोल्ने सपना पुरा भएझै ट्विटरको स्पेसले पुरा गरिदिएको थियो, शायद यो खुशी र यो रमाइलोपन पहिलोचोटी भएर होला म त्यो रात बिहानको २ बजे सम्म बसे उता स्पेस पनि भर्खर भर्खर आएको भएर होला अरुपनी रातभर बस्दा रहेछन मलाई पनि त्यस्तै भएको थियो र त्यो रात पहिलो चोटि भएर होला सुन्दासुन्दै कतिखेर फुस्स निदाएछु थाहै पाइन ।
बिहानको दुई बजे निदाएको मान्छे टेबलमा आलाराम फिट गरेर राखिएको सानो टेबलघडिको सुइले कतिचाडै बिहानको चार बजाइसकेको संकेत गरेर बिउझ्यायो र म आँखा मिच्दै उठेर नुहाएर पुन सँधाझै उस्तै आफ्नो कामको नित्यकर्मा तिर लागे, तर दिनभरिको कामको जिम्मेवारी भए पनि मलाई त्यो रातभरको रमाइलो कविता, गजल, मुक्तक, गित कानमा गुन्जिरहेको थियो, साचिकै सिनेमा हेरझै रातभरको रमाइलोपनको द्रिश्य झल्झली आँखाभरी आएको थियो, कतिबेला सुर्य अस्ताउछ र बेलुकिको ६ बज्छ र रुम पुगेर खाना बनाएर खाएर कतिबेला सेपेसामा पुगेर बोलौबोलौ भएको थियो, यसरी नै हरेक दिनको मेरो ब्यस्तता र थकानलाई मेटाउने मेरो प्यारो साथी बनिसकेको थियो ट्विटरको स्पेस,
प्रत्येक दिन डिउटी जानु र हतारहतार गरेर स्पेसमा बस्नु मेरो दैनिकी नै हुँदै गयो, हरेक दिन भिन्न कविता सुनाउदै गए सबैको हौसला वा फुर्काइ जे भएपनी मैले कविता सुनाउन हतार गर्न थाले जब मेरो कविता वाचन सकिन्थ्यो तब कविता माथिको टिप्पणी हुन्थ्यो, कतै खुशी र कतै आँफैलाई लाज लाग्थ्यो, आफ्नै कविता माथिको टिप्पणी र प्रसम्साले, यसैक्रममा स्पेसकै दौरानमा अन्य नयाँ सदस्य हरु पनि थपिदै गयो, बिस्तारै चिन्जान र पारिवारिक घुल्मेल र आत्मियता र स्नेहाता बड्दै गयो हरेकमा केहीन केही कला गला र संबादले एकले अर्कालाई नजिक ल्याउदै थियो, अहिले सम्झिदैछु म एउटा पल त्यो स्पेस सुरु भएपछिको केही दिनको कुरा थियो शायद यस्तै आजभन्दा पाँच महिना अघिको हो, यस्तैमा एकदिन मैले एउटा कविता सुनाए त्यो थियो ''आमा'' शिर्षकको त्यस्पछी मलाई डिएममा एउटा शंदेश आयो,
सर नम्स्कार !
मलाई रुवाउनु भयो, साचिकै यथार्थ र वास्तबिक समाजको ऐना बोकेको कविता भन्नुभयो, यती मिठो कविता सुन्न अवसर दिनुभएकोमा यहाँ लाई पुन हार्दिक धन्यवाद र सफलताको शुभकामना, आगामी आउने दिनमा पनि सर हजुरको कलमले निरन्तर्ता पावोस, पुनश्च शुभकामना तथा बधाई।
म असमन्जसमा परे आज सम्म मलाई यसरी खोपी शंदेश पठाएर मेरो सफलता को कामना गर्दै मेरो कविताले मन छुएको कसैले भनेको थिएन
केही सरम बोकेरै भएपनी लाजले नतम्स्तक हुँदै मेसेज माथि हासेको र लजाएको इमोजी पठाउँदै धन्यवाद हजुरलाई जस्ले मलाई हौसला प्रदान गर्नुभो,मैले आफ्नो औपचारिकता पुरा गरे, तर मेरो मेसेज पुग्न नपाउदै उताबाट केही रिसाएको वा प्रश्न बाचक चिन्न द्वारा सोधियो सर किन हास्नु भएको ? के मैले त्यस्तो हास्नु पर्ने गरेर कुनै केही बोलेर ? यदी त्यस्तो हो भने सरि है सर, तर म जोकर चै होइन। निकैनै तिक्ततापूर्ण सवाल थियो उताबाट, मैले हतारिदै जवाफ फर्काए, हैन हजुर जसरी हजुरले मलाई प्रसम्सा गर्नुभो म त्यस्को लायक छुइन त्यसैले हजुरले गर्नुभएको प्रसम्साले मलाई लाज लागेको हो बस मेरो मनोभाब यही थियो, अन्यथा सरी चाहन्छु मैले पनि सरिको भावमै जवाफ फर्काए, यसरी छोटो सवाल जवाफ हाम्रो पहिलो खोपी शंदेश थियो एक अर्कालाई,
दिनहरु सेकेन्ड मिनेट घण्टा दिन हुँदै महिना बित्दै गयो प्रत्येक दिन स्पेसको घनिस्टता सबै संग बड्गै गयो, दैनिक रमाइलो ठट्टा मा पनि पारीणत हुँदै गयो, लग्भग सबैजना संग चिनापर्चि र पारिवारिकता निकट्ता बड्दै गयो, तर यता मलाई भने यो स्पेसले दिएको घनिस्टता र स्नेहले केही राम्रा र सुन्दर मन र भावना भएको मित्रताहरु कमाउदै गएको थिए, हरेक दिन वहाँहरुकै फुर्काइ र प्रसम्साले कुनैन कुनै नयाँँ कविता हरु लिएर आऊनै पर्ने बाध्यता आइपर्यो, मेरो गाम्भिर्ता र मेरो ब्यक्तित्वलाई कायममा राख्न पनि मैले कविता लेख्नै पर्ने भयो, कुनैबेला पारिवारिक झमेला र जिम्मेवारीले लेख्न छोडिसकेको मान्छे वहाँ हरुकै कारणले अहिले पुन लगतारा लेख्न सुरु गरेकोछु, यस्तैमा मेरो कविताको खोपी शंदेश द्वारा प्रसम्सा र मेरो सफलताको शुभकामना ब्यक्त गर्ने मान्छे सित पनि नजनिदो पाराले नजिकैदै थियौ, हामी हरेक दिन प्राय दिन बिराएर सन्चोबिसन्चो र बिहान बेलुकिको कामना र हार्दिकता बाड्दै गयौ, हाम्रो न्यानो र चोखो मित्रता र घनिस्टताले कहिलेकाहीँ हसिमजाक पनि हुन थालयो, सर यस्तै हो भने त बर्बाद होला है ? पछी हजुर लाई गाह्रो होला भनेर प्रेमिल ब्यंग्य गर्थी, म पनि के कम तपाईं पिर नगरनुहोस म्याम बर्बाद भएछ भने म बेहोरौला नि ! मजाक मै जवाफ फर्काउथे म पनि, उनी उताबाट हासेको इमोजी फ्याकेर मेसेजको तल्लो लाइनमा लभ को चिन्न भएको इमोजी पठाउथिन, लाग्थ्यो मानौ हामी बिस्तारै मुनामदन मा पारीणत भए झै लाग्थ्यो कतै रोमियो जुइलियट को झै प्रेमिल जोडी हरुको कल्पना ले झस्काउथ्यो, तर सपनाबाट दुबैजना बिउँझीएर फर्किन्थ्यौ र पुन सम्हालिएर भन्थ्यौ सर यो हाम्रो चोखो मित्रता मात्रै हो है अन्यथा नलिनु होला अनी फेरी कुरै कुरामा आफ्नो सस्कार र सभ्यता प्रस्तुत गर्थी, अनी म पनि उस्तै जवाफ फर्काउथे पिर नगरनुहोस म्याम हामी एउटा मित्रताको सिमाना भन्दा पर पुग्ने छैनौ म ढुक्क छु र हजुर पनि ढुक्क हुनुहोस, म नारिको मन छुन सकौला तर तन छुएर एउटा नारिको नजरबाट गिर्न सक्दिन, मेरो जवाफ पुग्न नपाउदै पुन लब को इमोजी पठाउदै कती बौद्विक हुनुहुन्छ है, मलाई तपाईंको यही सालीन्ताले नै हजुर को नजिक ल्याएको हुँँ सर मेरो निकट्ता लाई गलत नठानियोस, साच्चै कती मिठो र घम्भिर सवाल गर्थी उनी, सालीन र भद्र पाराले जिस्कदै मलाई आफ्नो मित्रताको काडे तार न नाघ्न बराबर झक्झकाउथी, साचिकै हामी बिचमा नजानी नजानी कुन चै निकट्ताले हरेक दिन नजिक ल्याउदै थियो,हामी दुबै एक अर्कामा बिस्तारै एकाकार हुँदै थियौ, आखिर यो सम्बन्द्ध कहासम्म जाने हो थाहा थिएन, कहासम्म लाने हो थाहा थिएन, मानौ हामी दुई ध्रुबमा हुने बिपरित प्रेममा समाहित हुँदैथियौ वा अन्य केही, कहिले काही उस्को अनुपस्थितिमा सम्झिन्थे कल्पिन्थे आखिर हामी र हाम्रो सम्बन्ध केहो भनेर,आँफुले आँफैलाई प्रश्न गर्थे, तर म संग यि सवाल हरुको जवाफ दिने कोही थिएन, अनी मलाई थाहा छ मेरो प्रश्नको जवाफ दिने कोहिछैन
निक्कै दिन अगाडिको कुरा हो थोरै केही बिसन्चो भएर म ट्विटर र स्पेस तिर आउन सकिन कतै खोजखबर पनि गरिन कसैलाई जानकारी गराउन मन पनि लागेन, तर पनि मनलाई बान्दा बान्दै टिएलमा एउटा हस्पितल को तस्बिर पोस्ट गर्न पुगे, लगत्तै डिएममा मेसेज आयो, मेसेज हेरे मेसेज उसैको रहेछ, ए बैमान नमस्कार ! कस्तोछ हजुरलाई ? म पनि निक्कै ब्यस्त भए खासै स्पेस तिर जोडीएको छैन हजुरपनी ब्यस्तताले होला भन्ने लागेको थियो, तर बिरामी पो पर्नु भएको रहेछ,आत्मबल बलियो बनाउनुहोला, छिटोभन्दा छिटो निको भएर आफ्नो नियमित दैनिकिमा फर्किनुहोला, र हामीलाई अझ मिठामिठा कविता सुनाएर आनन्द दिन आउनुहोला है अनी म विश्वाशत छु कि तपाईं मेरो न्यानो मित्रताले चाडै फर्कनुहुनेछ, मेसेज पढि सकेपछी एकप्रकार को खुशीको रेखा हरु दौडिए मेरा नजरहरुमा, म आँफैमा हराए बिरानो यो मरुभुमीमा बिसन्चो भएर हस्पिटलको बेडमा सुत्त्दा पनि नदेखेरै नभेटेरै पनि आत्मियता दर्शाउने आखिर कोही त रहेछ मेरो लागि पनि कामना गर्ने, अलिकती मन भक्कानियो मन कताकता बिचलित बनेर आयो र बेडमै टप्प आशु खसेकै थाहा पाइन कहिलेकाही खुशीहरुमा पनि कसैको सानो केयर को मेसेजले पनि खुशी दिलाउदो रहेछ मान्छेलाई आज मलाई पनि यस्तै भएको थियो त्यसैले पूर्ण विवरण सहित मैले पनि मेसेजको जवाफ फर्काए,
प्यारो मान्छे आज पहिलो पल्ट ए बैमान भनेर गर्नुभएको सम्बोधनले आत्मियता महसुस गरेकोछु, म नतमस्तक छु, यो सम्बोधनको लागि धन्यवाद दिन सकिन, किनकी धन्यवाद जस्तो औपचारिक शब्द बोलेर हजुरको मित्रताको खिल्ली उडाउन चान्न म, त्यसैले मुरिमुरी आभारी छु, बस, अलिकती प्रेसर थियो, अनी भ्याक्सिन लगाएको निहुँ मात्रै भाको, हस्पिटलमा कुर्सिमा बसेको थिए त्यस्को १५ मिनेट पछी मुटु कामेको फिल भो, अनी मेरो त सेन्सर नै हराएछ शायद त्यसैले ढल्न पुगेछु बसेको कुर्सिमै, निदाएको जस्तो देखेर नर्सले बोलाँउदा नचलेपछी थाहापाएछ बिसन्चो भएको, धन्न बाटोमा गाडीमा थीन, नत्र आज सम्म मरेको पनि एक हप्ता पुगुसकेको हुनेरहेछ हस्पिटलमै भएकोले केही हुन पाएन, अहिले ठिक्छु, थोरै मुटु कामेको जस्तो महसुस हुन्छ, अहिले बिहान बिउझदा ज्वरो पनि घटेको रहेछ, शायद आज नत्र भोली सम्म रुम फर्कन्छु होला, हिजोसम्म मोबाइल हेर्न गाह्रो भएको थियो, घरमा त भनेकै छैन अझ उताबाट कल गर्दा पनि थाहा नपावोस भनेर उठेर बस्छु, अनी उता पनि बिरामी छन, त्यसैले पनि यता परदेशमा आफु बिरामी भएको देखाएर थप पिडा र पिर दिन मन लागेन, अनी तपाईं र स्पेसको सम्पूर्ण साथीहरुलाई धेरै मिस गरेको छु, मनभरी सम्झेकोछु, त्यो भन्दा धेरै तपाईं संगको ठट्यौली त झन धेरै मिस भएकोछ, कती मिठो आफ्नोपन दिनुहुन्थ्यो, सम्झिदैछु त्यो संबाद र बितेको यो एक हप्ता बर्सौ जस्तो महसुस भएकोछ, हस्पिटल बाट आज बिहान जान्छु भनेको जान दिएन, अनी अझै अरु दुई दिनको बेड रेस्ट दिएकोछ, त्यस्पछी त आइपुग्छु रुम र स्पेस दुबैमा, साथीहरुलाई धेरै माया सुनाइ दिनुहोला, आएर पुन यहाँ हरुलाई दिक्क लाग्ने गरेर कविता सुनाउनेछु, अनी शायद ब्यस्तताले गर्दा होला हजुरको मेसेज हरु खासै आउँदैन कतै दुइजनाको आपसी निजी संबादमा कुरैकुरामा रेलाठट्टा र हासो गर्दा हजुरको आत्मासम्मान मा चोट पुग्ने गरेर केही बोलेकी ! तर एउटा कुरा सत्य हो, स्पेसको माध्यम द्वारा भेट भएको मद्धे हजुर एउटा असल र आत्मिय साथी हुनुहुन्छ, फुर्काउन खोजेको होइन है, अहिले बिदा चाहन्छु, मेसेज पठाएँ, उता बाट दुखी भएको रुएको इमोजी आयो, झन मन दुखाएकी भनेर मन कटक्क खायो नमिठो लाग्यो, तर उनी अन्लाइनमै रहेछिन लग्गतै मेसेको जवाफ आयो बिरामी मान्छे अनी ब्यस्त मान्छे कतिधेरै दिमागलाई दु:ख दिनुभएको चिन्ता लाग्यो मलाई, मेसेज पढे उस्ले चिन्ता ब्यक्त गर्दै फेरी उही रुएको इमोजी पठाइ, म भाव बिभोर भए उस्को यो सदासायता देखेर, पुन मैले मेसेजको जवाफ फर्काए, दिमाग लाई दु:ख दिएको होइन प्यारो मान्छे यो सब तपाईं माथि तपाईंको ब्यबहारले उब्जाएको विश्वाश हो, विश्वाशले नै आजसम्म तपाईं नै हो भनेर बोल्दैछु नत्रत न मैले हजुरलाई प्रत्यक्छ्य देखेकोछु न हजुरले नै नत कुनै भ्वाइस संबाद एउटा स्पेसको आवाज र केही मुर्त डिएमा बाहेक अरुत केनैछर हामीलाई जोड्ने, अब हजुरले नै ढाट्नु भएको छ भनेत म के जानुम तर एउटा विश्वाशले नै हो आज सम्म को यो मित्रतामा कहिलेकाही लुकेर फेसबुक को वाल चोरेर तपाईंको तस्बिर नियालेर फर्किन्छु, थाहा छैन मलाई त्यो तस्बिर मा के आनन्द मिल्छ कुन आत्मा सन्तुस्टी मिल्छ ? हेर्छु जब तब देख्छु एउटा सालीन र गाम्भिर्य मान्छे जो मेरो नजरबाट कहिले झर्न वा गिर्न सक्दैन एउटा आत्मा बिस्वासी मान्छे म आँफै हराउछु त्यो तस्बिर हरु हेरेर त्यो ब्यक्तित्व संग,
यसरी सन्चोबिसन्चोको हालखबर को खबर सोधासोध हुन्थ्यो दिनहरु बित्दै गए मिठामिठा संबादहरु हुन्थे हामी बिचमा र सँधा झै उसैगरी हाम्रो संबाद हुन्थ्यो प्राय जसो बेलुकी समय गूड् नाइट बाट सुरुभएको संबाद कहिले कही हामी निक्कै पर सम्म पुग्थ्यौ र घरिघरि निक्कै रमाइलो गफ गरेर इमोजीले संकेत पठाएर दुबै खुब हसी रहेका छौ भन्ने संकेत दिन्थ्यौ दुबै तर्फ, आज पनि उसैगरी संबाद सुरु भयो गूड् नाइट असल मान्छे, मैले जवाफ फर्काए गूड् नाइट महाराज ! उताबाट जवाफ आयो यो महाराज भनेको चै केहो होनी भौमान, मैले मेसेज रिसिभ गर्ने बित्तिकै जवाफ फर्काए, महाराज आफुलाई आदर गर्ने स्नेह दर्शाउने असल मन भएको मान्छेलाई अपनत्व महसुस गरेर गरिने सम्बोधन हो जो मेरो मनको नजिक छ जस्तै हजुरले मलाई असल मान्छे, भौमान भनेर नाम दिनुहुन्छ हो त्यस्तै हो मेरो पनि, त्यसैले देखाउनु भएको अपनत्व आदरभाव मेरो लागि सँधै पूजानिय छ, हुनत म तपाईंलाई नाम दिन सक्ने हैसियतको त होइन तैपनी तपाईंको स्नेहले नै सँधै नजिक लगेर सम्बोधन गर्न वाध्य गराउछ, मेरो मेसेज उता जाने बित्तिकै सिन भएको देखाउछ र लग्गत्तै जवाफ आउछ अझ हासेको इमोजी थपेर आउछ मेसेज, धत लाटा हजुरलाई डर देखाएको मात्रै हो कती सारो सिरियस भाईहाल्नु भाको के फेरी ? यो साहित्यकार हरु लाई त केही भन्नै नहुने सिरियस लीहाल्ने अनी हासेको इमोजी, मैले जवाफ दिए म साहित्यकार होइन है मलाई यो शब्द मन पर्दैन अब देखी साहित्यकार नभन्नु होला म त्यो लेबलको होइन जती तपाईं सम्झनुहुन्छ, मत बस कहिलेकाही मनमा चोट पर्दा होस् वा तपाईं हरु जस्तो सुन्दर मन भएको हरुले फुर्काउदा लेख्छु, बस त्यतिनै हो मेसेज सेन्ड गरे, उता बाट पुन जवाफ फेरी उस्तै, अरुको लागि म जान्दिन तर मेरो लागि त प्रीय कवी हो तपाईं मैले आदर गर्ने साहित्यकार हो तपाईं यस्मा हजुरले मलाई अब्जेक्सन लाउन पाउनुहुन्न यो मेरो अधिकारको कुरा हो, तर मलाई त हजुर को जस्तो भावना पोख्न आउँदैन, मत यस्तो बिषयमा जिरो छु सर, दु:ख लाग्छ कहिलेकाही आँफैलाई, त्यसैले तपाईं मेरो आँखाको लागि साहित्यकार नै हो, हरेकले हरेक उमेर समुहको मन छुनेर गरेर लेख्न सक्दैनन त्यो क्ष्यमता तपाईं मा छ, त्यसैले पनि एउटा सफल साहित्यकार हुनुहुन्छ, उस्ले कती आदरभाव राखेर बोल्छ मेरो प्रसम्सा गर्छ तैपनी कहिले काहित खिल्ली उडाएझै पनि लाग्छ तैपनी मेरो लागि उ बिस्तारै आइडल बन्दै गएकोछ,
हरेक दिनजसो हाम्रो संबादहरु बाक्लिदै जादैथियो, मित्रताले प्रघाढ बनाउदै लादैथियो, र यिनै आत्मियपनले नै होला हामी कहिले बिषय प्रसंग त कहिले हासोमजाकमै समय कटाउथ्यौ र यसरी प्रत्येक दिनको संबाद शुभरात्री म्यामा,कित गूड् मर्निङ्ग म्याम सर बाट यसरी सुरु हुन्थ्यो, तर एकदिन निक्कै नै निरासभावले एउटा मेसेज पठाइन, सर धेरै सम्झना हाम्रो मित्रतालाइ कुनै दुई आत्माको प्रेम जस्तो नसम्झनुहोला, हामी नितात्न्त पारीपक्व उमेरका एक सह्रिदयी मित्र हौ, बाचुन्जेल एकले अर्काको मन नदुखाइ सुखदुख सेयर गरौ, जिबन आज छ भोली छैन, हाम्रो जिबन बिहान हुँदा कर्कालोको पातमा टप्किएको शितको थोपा जस्तै हो, थोरै हावा चल्दा पनि ढल्पल भएर पोखिन सक्छ अनी जती सुर्य छिपिदै जान्छ उतीनै शितको थोपा पनि सुक्दै बिलिदै हराउदै जान्छ, हो त्यस्तै हो मान्छेको काँचो शरीर एक मुठी सासले धानेको हुन्छ, झन यतिबेलात कोरोनाको महमारिले कतिखेर मरिने टुङ्गो छैन जताजतै मृत्युको बजार लागेकोछ कुन बेला जिबनको अन्त्य हुन्छ कसैलाई थाहाछैन मन अमिलो नबनाउनु होला बस बिन्ती गर्छु हाम्रो चोखो र पवित्र मित्रतालाई कहिले गलत अर्थ नलाउनुहोला अनी एउटा कुरा साच्चिकै मैले भन्नै पर्छ भौमान म हरेक प्रकारको मित्रताको सम्मान गर्छु, सबै प्रती उतिकै सम्मान छ मेरो, भावना सबैको आआफ्नै प्रकारको हुन्छन,आत्मियता पनि अलग हुन्छन, तर हरेक सम्बन्ध र मित्रताको म बराबर सम्मान गर्छु, ति मद्धेको तपाईं पनि एउटा मेरो स्नेही मित्रता हुनुहुन्छ जस्लाई म आँखा चिम्लेर विश्वाश गर्न सक्छु सम्मान गर्न सक्छु अपनत्व महसुस गर्न सक्छु, साच्चिकै भन्नु पर्दा मलाई हजुरको साहित्य, श्रीजना, र प्रस्तुतिको प्रसम्सक हुँँ र सम्मान गर्छु, यती भए ढुक्क भएर बुज्नुहोस, उस्को मेसेज सबै पढे निकै गम्भिर लाग्यो सम्झे आज सम्मानपुर्बक सालीन ढङ्गले किन यस्तो भनिरहेकोछ उ म छक्क परे के भनुम के लेखुम भो, एकछिन त असमन्जसमा परे, अनी फेरी मस्तिस्कलाई सम्हालेर पुन मेसेजको जवाफ फर्काए, प्यारो मान्छे मैले हजुरलाई एउटा कुरा पक्का गराउनै पर्छ, मान्छे जुनसुकै उमेर समुहका भएपनी कोही रुप रंग लाई प्रेम गर्छन्, कोही पहिरनलाई प्रेम गर्छन, कोही सारिरिक आकर्सणले प्रेम गर्छन् कोही मन पाउनत कोही तन पाउन प्रेम गर्छन्, प्रेमका अनेक अरंग हरु भए जस्तै हामी बिचको प्रेम एउटा असल मित्रताको प्रेम हो, जहाँ हाम्रो परिवार लाई पनि मिसाउन सकिन्छ, हामीले कोही कसै सँग लुकाउनु पर्दैन, पर्दा पछाडि उभिएर गरिने प्रेम वा मित्रता होइन हाम्रो, प्रेम सिर्फ बिपरित ध्रुबमा मात्रै हुन्न, प्रेम आमा बाउ, दिदिद्बहिनी, छोराछोरी आफन्त लाई पनि हामी प्रेम गर्छौ यो संसार चराचर जगत लाई पनि प्रेम गर्छौ हो हाम्रो प्रेम त्यस्तै मात्र हो, र म तपाईको भौतिक शरीर लाई होइन तपाईंको बौधिक्ता, तपाईंको ब्यक्तित्व, तपाईंको सालीन्ता तपाईंको भद्रता लाई प्रेम गर्छु इज्जत गर्छु बस मैले बुझेको यती हो, तपाईं ढुक्क हुनुहोस तपाईंको पछौराको छेउमा कहिले दाग लाग्न दिने छुइन एउटा असल मित्र बनेर, मैले जवाफ फर्काए उस्ले सिन गरेको देखायो, तर अरु बाँकी कुनै मेसेज वा इमोजी केही आएन,
आज एक महिना भयो न मेसेज आयो न कुनै टिएल न कुनै कतै स्पेसमा उ अनी उस्को आवाज, म् सोची रहेकोछु, आखिर उस्ले त्यस्तो डिएम छोडेर आजको दिनसम्म यात्राो दिन किन हराइन, आखिर उ को थिन, कहाँ गैन, आखिर उनी थिन चै कस्ती, मलाई हरेक दिन जसो डिएममा बोलेर उत्प्रेरणा उर्जा थपी दिने अनी स्पेसको को त्यो आवाज आखिर तिनै थिन त, आज अचानक उनी कहाँ कसरी किन बेपत्ता भई जसरी मानौ मौसम बिग्रीएको बेला बादल भित्र कयौ यात्रु बोकेर उडेको ककपिट बेपत्ता हुन्छ, हो आज मलाई यस्तै सोच्न वाध्य बनाएको छ, मेरो मन लाई तौलिएर होकी वा उस्ले यती धेरै स्नेह दिएर आज कहाँ गैन, साच्चिकै उस्को आक्रिती कस्तो थियो होला, म आज पनि उस्को बाटो कुर्दैछु कतै टिएल र डिएम गर्दै स्पेस्मा झुल्किन्छ कि भनेर, मेरा मन भित्र अनेकौ तर्कना हरुको बिचमा डराइ रहेकोछु, उस्ले लेखेको अन्तिम डिएम र उस्ले भने जस्तै मान्छेको जिन्दगी छोटो छ भने जस्तै कतै यो कोरोन महामारिमा कतै केहीत भएन ? म त्रासपूर्ण प्रश्न गर्छु र आँफै भन्छु अहँ त्यस्तो त नहोला त्यो कहाली लाग्दो सोचाइ लाई मेटाउन खोज्छु, आखिर एउटा स्पेस मार्फत भेटेको मान्छे को लागि आज एक महिना सम्म नदेख्दा नभेट्दा र उस्को आवाजलाई सुन्न नपाउदा किन यो मन तड्पिदैछ, हामी दुबैले एकले अर्कालाई असल मित्रतताको रट रटाए पनि आखिर हामी बिचमा त्यस्तो कुन संबेदना थियो जस्ले यती नजिक बनाएर आज टाढा हुँदा यतिको छट्पटी भएकोछ मलाई, के यो एक महिनाको अवधिमा बोल्न नपाउदा मलाई जस्तै उस्लाई पनि छट्पटिएको होला र ? कि उ सँधै लाई यो दुनियाँमा छैन, ...... अहँ त्यस्तो अशुभ हुन सक्दैन, मन लाई फर्काउछु, त्यो अशुभ खबर बाट, मानौ यतिबेला उस्को अनुपास्थितिमा बंगालको खाडीबाट उठेको मन्सुनी मन्को सुनामी हुँदै उस्को तस्बिरमा गएर ठोकिन्छ, र एकतमासले सामुन्द्रीक तट उभिएर पहाड बन्छ र बादल ठोकिएर मेरो आँखामा बर्षात हुँदैछ जुन सुनामी लाई रोक्न सकिरहेको छुइन, र यतिबेला म सम्झिदैछु र मन मनै भन्दैछु जिबनमा नसोचेको नभोगेको, एउटा प्रेम यस्तो पनि हुनेरहेछन, हावामा बिलिन हुँदैछ त्यो अभुतपुर्ब क्ष्यण जो अब कहिले फर्किएर आउदैन होला, त्यसैले आज अन्तिम पल्ट सोच्दैछु आखिर यस्तो पनि हुनेरहेछ "एउटा प्रेम यस्तो पनि"
रचना- अर्पण योन्जन (शिरिष)
मिती- १६ र १७ भदौ २०७८
तदनुसार- २, सेप्टेम्बर २०२१