गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, July 30, 2021

भाउजू ! कहिलै सुख भएन ।

उ मेरो छिमेकि साइलो देवर
हाम्रा घरका भन्दा
महिनाले मात्रै कान्छो
खै केभो कुन्नी आज
थकित भएर
मेरो घरको बलेसिमा आएर
पिढिको खाबोमा अडेसा लागेर
थ्याच्च बस्यो
र, शिरको टोपी फुत्त थुतेर
भुइमा फ्यात्त फ्याक्यो
अनि, लामो सुस्केरा तानेर भन्यो
सुइया.....$$$$$$$$$
भाउजू ! कहिलै सुख भएन

भाग्य पनि कस्तो कस्तो
संगैका दमले हरु
भर्ती भए मुग्लान भासिए
कोहि गोरखपुर र जयनगरको रेल चढे
कोहि हवाइजहाज चढेर
हङकङ, मलाया, बुर्नाइ
युके र अम्रेकी सम्म पुगे
लाहुरे भएर,

सायद उ सोच्दो हो
संङैको बालसखा लाहुरे भए
अनि, उ जिन्दगीभर
भरिया भएर बाच्यो
सायद त्यसैले
उ, आज थकित भएकोछ
र, लामो सुस्केरा तानेर भन्यो
सुइया.....$$$$$$$$$
भाउजू, कहिलै सुख भएन

झुस्स दारीजुङ्गा
ज्योती हराएको अनुहार
राग हराउँदै गएको अँखा
खुम्चिदै गएको पाखुरिको छाला
महिनौ नधुएको स्टकोट
घुडा फाटेर प्वाल परेको सुराल
कयौंपटक चुडिएको चप्पलको फिता
टालोले बाधेर लगाएको त्यो पैतला
यी सबै संग कहिले गुनासो गरेन साइलाले
धेरै पछि जिन्दगी संग
उ हार खाएको जस्तोछ
हिम्मत हरु मरेको जस्तोछ
आफ्नै बिश्वास संग उ भत्किएकोछ
र, लामो सुस्केरा तानेर भन्यो
सुइया.....$$$$$$$$$
भाउजू ! कहिलै सुख भएन

गाउँमा मर्दा पर्दा
कैलै नाइ भनेन
घाँस दाउरा मेलापात
कहिलै जान्न भनेन
उकाली र ओरालिमा
ढाकर कहिलाइ बोक्दिन भनेन
जस्ले जे भन्यो सबै गर्यो
गर्दिन कहिलाइ भनेन
मन्ले दिनेले जति दियो
चुपचाप लियो,
कति दियौ पैसा कहिलाइ गनेन
ढेडो रोटो आटो पिठो
जस्तो दियो उस्तै खायो
कहिलै खान्न भनेन
दुखलाइ नजिक बाट
मीत लाएको मान्छे
खै कसरी आज उ थकित भएछ
र, लामो सुस्केरा तानेर भन्यो
सुइया.....$$$$$$$$$
भाउजू ! कहिलै सुख भएन

सायद आज उस्ले बिगत सम्झ्यो होला
सानैमा आमा बित्यो,
बाउ बेपत्ता भयो
पानी झरी बर्खा बादल भेल गर्दै हुर्कियो
बिहेपछी एउटा सन्तान दिएर
स्वास्नी पनि मरि
यतिका दशा खपेर पनि
भरिया भएर भारिले छोडेन उस्लाइ
सायद उस्को मस्तिष्क बाट
जिबनका बिम्बहरु ढलेका छन
सपनाहरू भत्किएकाछन
रहर हरु धुजाधुजा भएर च्यातिएकाछन
चट्टान हरु जस्तै बाध्यताहरु
जब जिम्मेवारीको शिरमा बजारिन्छ
अनि अक्रान्त बनेकोछ आज
बिस्तारै शिथिल बनेको मन्को गल्लिमा
उ साँघुरिदै गएको छ
उ हार्दै गएको छ,
उ गल्दै थाक्दै गएको छ
र, उस्ले आफैलाइ
भाग्यको कमारो बाहेक
केही देख्न छोडेको छ
नशा र घुडाका मासी हरु गलेर
मेरो घरको पिढिको खम्बामा
टोपी फ्याकेर बसेको छ,
खै कसरी आज उ थकित भएछ
डालोमा मकै छोड्याउदै
उस्को पशिनाले निथ्रुक्क भिझेको
अनुहार नियाल्दै सोधे
के भयो साइला ??
जवाफमा उस्ले
लामो सुस्केरा तानेर भन्यो
सुइया.....$$$$$$$$$
भाउजू ! कहिलै सुख भएन

रचना- अर्पण योन्जन (शिरिष)
मिति- १४, श्रावण २०७८
इस्बि- २९, जुलाई २०२१

No comments: