गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, August 6, 2021

सपनाहरू ले छल गरायो आमा

आजभोली
फिटिक्कै सपनाहरु
राम्रो देख्दिन
कहिले ठूलो बरको
रुख ढलेको देख्छु
कहिले उकाली चड्दा
आफ्नै गोडा गलेको देख्छु
कहिले आफै दुलही बनेको देख्छु
कहिले आफै नाचेको देख्छु
एकाबिहानै
नराम्रो खबर सुन्नु रैछ
र, पो आजभोलि
नानाथरी सपना देख्छु

कहिले बाढी पैरो आएको देख्छु
कहिले घरको छाना खसेको देख्छु
सपनाहरू ले आजभोलि
मलाइ तर्साउन थालेकाछन
घरै अगाडि सुकेको रुखमा
कराएको कागले
मन भित्र बेचैनिको
लौरो बर्साउन थालेकाछन
हिजो रातभर झरी बर्सी रहदा
कुकुर रुएर हैरानि बनायो आमा
दिनभर आँखा फुर्फुराए
यो मनको चाल बढायो आमा
आज एकाबिहानै
नराम्रो समाचार सुन्नु रहेछ
हाम्रो घरको मुल खम्बा ढल्नु रहेछ
तिम्रो सिउदो पखालीनु रहेछ
र, पो
सपनाहरुले छल गरायो आमा

बा, बितेको खबर सुन्ने बित्तिकै
मेरो छहारी ढलेको थाहा पाए
दशैमा नाना ल्याउने
नाना संगै रातो मिठाई ल्याउने
छिन्छिन बज्ने हरियो चुरा ल्याउने
कान्छी !
तेरो लागि यो लाछा डोरि भन्ने
सँधैलाइ त्यो हात गलेको थाहा पाए
आँगनमा हाती घोडा गर्ने
मेरो सुरक्षाको
सिपाही ढलेको थाहा पाए
तिम्रो सिन्दुर पुछेको थाहा पाए
गलाको पोते चुडाएर
हातको चुरा फुटाएको थाहा पाए
तिम्रो रातो धोती फुकाएर
सेतो बस्त्र तिमिलाइ दिनु रहेछ
अनि म,
आज देखि टुहुरो कहलिनु हुनुरहेछ
र, पो आजभोलि
सपनाहरू ले छल गरायो आमा,

कुटुम्बको आँगन बाट हाम्फाल्दै
तिमिले जन्माएको
ताराबाजी लैलै खेलेको
तिम्रो आगन टेक्दा
बाको पार्थिब शरीर अगाडी
पहिलो चोटी
तिम्रो सिउदोमा सिंदुर नदेख्दा
गलामा पोते नदेख्दा
छिमेकिले तिम्रो चुरा फुटाउदा
यता मेरो मुटु फुटिरहेको थियो
र, आफै बिरुप भए आमा
र, पो आजभोलि
सपनाहरू ले छल गरायो आमा

नानी त आइस भन्दै
अनुहारमा चमक नदेख्दा
कतैबाट तिमी आउदा
तिमी आएको संकेत
आज चुरिले नदिदा
बिहानै उठ्नु अगाडी
घडिको आलाराम हैन
तिम्रो हातको चुरिको छुन्छुन्ले
बिहान भएको संकेत दिने गर्थ्यो
आज त्यो चुरी नबज्दा
तिम्रो सेतो बस्त्रमा
म आफै कफन बनेर
बेरिए आमा
तिम्रो !
बिधुवाको सेतो बस्त्र संगै
मेरो मन अमिलो भएकाछन
आँखा धमिला भएकाछन
सँधैलाइ खोसिएको
तिम्रो रातो बस्त्र संगै
तिमी बिटुलो हुनुरहेछ आमा
अनि म टुहुरो हुनु रहेछ
र, पो आजभोलि
सपनाहरू ले छल गरायो आमा😭

............✍️
रचना- अर्पण योन्जन (शिरिष)
मिति- २३, स्रावण २०७८
तदनुसार- ६, अगस्ट २०२१

No comments: