देश बिर्सिएर इतिहाँस भुल्ने हरु
जो तिमी सजक हुनै पर्छ
समय संगै छाएको सन्नटामा
अर्को एउटा बिद्रोह हुनसक्छ
आजभोलि म
आधुनिक मेशिन हरुको
कि,बोर्ड हरु थिचेर
मस्तिस्क हरुको
संभोग गर्दैछु
चेतनाको स्खलन पछी
भावना हरुको बलत्कार हुनु अघी
बिचार हरु गर्भवति बनुन
र,
कतै,
तिमी संग
युद्ध गर्न सक्ने
कविता हरुको
जन्म हुन्छकी भनेर//
प्रत्येक दिनको सुर्योदय संगै
भोली बिहान
समचारको अर्को पंङ्तिमा
अर्को एउटा मृत्युको
दु:खद समाचार छापिनु अघी
अक्रान्त भएको मन बाट
कुनै ज्वालामुखी बिस्फोट हुनु अघी
मस्तिस्क हरुको ब्रम्हान्डमा
अर्को बिद्रोह हुनु अघी
आँधिहुरी अघिको सन्नटा झै
चुपचाप यो सुन्य समयमा
म,डराई रहेकोछु
कतै,
चेतना हरु गर्वधान हौन
र, तिमी संग
युद्ध गर्न सक्ने
कविता हरुको
जन्म हुन्छकी भनेर//
मलाई थाहाछ
मेरो गर्भ बाट
जन्मिएका कविता हरुले
तिमी फुट्नेछौ
तिमी टुट्नेछौ
तिमी टुक्रा टुक्रा भएर चोइटिनेछौ
र,नामोनिशान हुनेछौ
किनकी
तिमीले होस् गुमाएर
हिटलर र मुसोलिना हुन खोज्यौ भने
तिमीले चलाएका बारुद हरुले
क्षणिक बिजय प्राप्त गरेपनी
भोली उदाउने बिहानिको सुर्य संगै
मेरा कलमहरु राजश्वला हुनेछन
अनी यहाँ बुद्ध जन्मनेछन
र, शान्तिको परेवा
माथि आकाशमा उड्नेछन
एउटा अघोसित शान्तिप्रीय युद्धबाट //
मेरो एउटा बकपत्र तिमीलाई
मेरो एउटा बिन्तिपत्र तिमीलाई
म निदाएको छैन
म हारेको छैन
सगरमाथा ओढेर
पहाड भएर उभिने बिम्ब म
तराइका हरिया फाँटहरुमा खेल्ने म
कविताहरुको कविता म
म यहाँ आगो भएर बल्न सक्छु
ज्वाला भएर जल्न सक्छु
हिमाल भएर उभिन सक्छु
तिम्रो अन्याय अत्याचार हरु
ज्वालामुखिको चट्टान हरु भएर
बिस्फोट हुनसक्छु
आगोको लप्का हरु पिउदै
तिमीलाई राख बनाउन सक्छु
त्यसैले मलाई
तिमीले बुझ्ने कोशीस गर्नुपर्छ
मेरो कलम हरु सँग निहुँ नखोज्नु
मेरो शब्दहरु संग खेल्न नखोज्नु
मेरा अक्ष्यर हरुले
गरीबको बस्ती पुग्नु अघी
चेतनाको दियो जल्नु अघी
तिमीहरुले सुध्रीनु पर्छ
सच्चिनु पर्छ
नत्र,मलाई
अर्को बिद्रोहको डर छ
चेतना हरु
गर्वधान भएर
तिमी संग
युद्ध गर्न सक्ने
कविता हरुको
जन्म हुन्छकी भनेर//
रचना- अर्पण योन्जन (शिरिष)
मिती- ५, भदौ २०७८
तदनुसार- २१, अगस्ट २०२१
No comments:
Post a Comment