गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, August 11, 2021

आखिर कहिले सम्म अघोषित हत्या गरिरहन्छौ

 म एउटा बिम्ब देखिरहेको छु

जिर्ण भएको, बूढो शरीर
ढाकाको फाटेको टोपी
टोपिबाट निस्किएको
उस्को सेतो फुलिसकेको कपाल
हातभरी नसा मात्रै अवस्थित
फाटेको दौरामा तुना चुटिएको
दुबै सुरुवालको घुडा टालिएको
कलौटी परेको चेहेरा ले
एयर्पोर्टको आगमन कक्षको
ढोकैमा घरीघरी उ नियाल्दै थियो
र, मैले सोधे

नमस्कार !
को आउदैहुनुहुन्छ तपाईंको ?
मेरो आवाज आए तिर
अँध्यारो भैसकेको उस्को आखाले
पुलुक्क म तिर फर्केर हेर्यो
र, मधुरो आवाजमा भन्यो
छोरो,

मैले अर्को प्रश्न तेर्साए
उसोभए खुशि हुनुहुन्छ बा ?

बा ! ले लामो सुस्केरा तानेर
टोपी फुकाएर गोजिमा हाल्दै भन्यो
के खुशी हुनु र, बाबू ।
बिदेशबाट छोरा को
लास आउदैछ भनेको सुनेर आए
छोराको अनुहार हेर्न
छातिमा गाँठो पारेर आए
दुई चिरा भएको मुटु, एउटै बनाएर
कर्णाली देखि काठमाडौ सम्म धाएर आए

म ! निशब्द चुपचाप भए ।

सेतो तुवाँलो झै त्यो आखामा
आँसु बगाउदै
मन्लाइ गाठो पारेर
बा ! भन्दै गए

मेरो पाँच भाइ छोरो
आफ्नै रगतको डल्लाहरु
आज सबै सकिए
आफ्नै अगाडी,
आफ्नै रगत रित्तिएको देखे
बुढेसकालको लौरो सबै भाचिए
जेठो अम्रिका गाको, उतै भासियो
आजसम्म फर्केर आएन,
माइलो, लाहुरे हुन्छु बा भन्थ्यो
कास्मिरको लडाइँमा मारियो
साइलो मेलाम्चिमा पसल गर्छु भन्थ्यो
यसैपाली बाढिले घरबार सहित बगायो
काइलो अरब गए बा भनेर गएको
आज बाकसमा फर्किदैछ,
जाँदा बा ! पिर नगरेस है
पैसा कमाउछु,
रिण तिर्छु
गैरिखेत उकास्छु भनेर गएको उ
कान्छो पनि बिदेशै जान्छु बा भाथ्यो
मेरो सबै काख रित्तियो
नजा छोरो भने,
टेरेन
घर बाट हिडेपछी
बाटैमा तुइना काटेर नदिमा डुबेर मर्यो,

बा ! आफ्नै कथा भन्दै थियो
मन थम्न सकिन
अनि म ओझेले परे
मेरो देशको रेमिटेन्स पठाउने
बाकसमा बाधिएर आइपुग्नु अघि

र, मैले मन मनै प्रश्न गरे
सरकार !
उस्को समाचार ले दुख्दैन तिमिलाइ
उस्को तस्बिर ले पोल्दैन तिमिलाइ
बाढी र पहिरोले बस्ती उठाउदा
उस्को आफन्त पहिरोले पुरिदा
उ घरबार बिहिन बनेर सुकुम्बासी हुदा
हेलिकप्टर ले दुई पोको चाउचाउ
खसालेर फर्किदा
एकातिर घर खेत आफन्त बगाएको पीडा
अर्को तिर भोक रोगले सताउदा
अलिकति पनि तिम्रो मन अमिलो हुदैन
मेरो प्रश्न तिमी लाई सरकार
आखिर यो नियती भोग्ने
हामीले कहिले सम्म ?

जयसिंह धामी हरु
महाकालिमा खसालिनु
संयोग हैन, प्रायोजित हो
उस्को मृत्यु प्राकृतिक हैन
तिमिले गरेको हत्या हो,
देश चलाउने हरु हो
तिमिले बेचेको माटोको
सुरक्षा गर्दा सिमानामा मारिनु
त्यो पनि तिमिले गरेको हत्या हो,
भिरपाखा खोलानालामा
बस्ती बसाउनु नियती हैन
हाम्रो गरिबीको उपहास हो
त्यसैले सरकार
तिमिलाइ मेरो प्रश्न
जयसिंह धामी हरुको प्रश्न
एयर्पोर्टको ढोका कुरेर
छोराको लास कुर्ने बाउको प्रश्न
आखिर कहिलेसम्म
हामी र हाम्रो
अघोषित हत्या गरिरहन्छौ

रचना- अर्पण योन्जन (शिरिष)
मिति- २७, श्रावण २०७८
तदनुसार- ११, अगस्ट २०२१

No comments: