उ, त्याहा माथी हेरत
आज जुन र ताराहरुको
सम्सर्ग पछि, औसि छिपिएर
पुर्णिामा लजाएर तरुनी भएकोछ
र, उन्मत्त बैँस पोखिएर
उ, महिनावरी भएकोछ
अनि आज पन्ध्रौं दिनमा
रातहरु गर्भवती भएकोछ
नपत्याए भोलि बिहानै
भालेको डाक संगै
क्षितिजमा पुर्ब नियालेर हेर्नू,
रगतले रगताम्य लत्पतिएको
सानो बालक, सुर्य जन्मनेछ
तिम्रो र मेरो जिबनको
नयाँ बिहानी लिएर
किनभने,
आज रात गर्भवती भएकोछ ।
रातहरु बार बार गर्भवती भए
रातो सुर्य हरु जन्मिए
तर हरेक सुर्य हरु जन्मिनु अघि
रातहरुले प्रसब बेदना अघि
मृत्युको श्वास फेर्नुपर्छ
किनभने उ नारी हो
उस्लाइ दुख्छ,
उ चिच्याउछ, कराउछ, छट्पटीन्छ
र, पाचौ दिनमा उ मत्थर भएपछी
भोलिपल्ट उ तयार हुन्छे यौनक्रीडामा
नया सुर्य हरु जन्माउन
किनभने
आज रात गर्भवती भएकोछ ।
यहाँ हरेक सुर्य हरु
आफ्नो जन्म संगै
प्रत्येक घडिहरुमा
दिनहरु लिएर उदाउछ
र, ती घडि हरुमा
हाम्रो भाग्य, कर्म र फल लेखेर आउछ
अनि बन्दछ हरेक दिन एउटा इतिहास
र, अर्को एउटा इतिहास थप्नलाइ
पिडादायी मासिकस्राब पछि
आज रात गर्भवती भएकोछ,
संयोग कहिलेकाही
राता र सेता घरहरु बहुलाए भने
दिनहरु बिधुवा झै बन्छन
गर्भवती रात तुहिन्छन
सुर्यहरुको गला निमोठिन्छन
र भ्रुण हत्याहरु गरिन्छन
कालखन्ड हरु जन्मिन्छन दोहोरिन्छन,
कतै सुखानिको जंगल भएर
कतै पिस्करका डाँडाहरु भएर
कतै खोकुछिन्ताङ भएर
कतै रुकुम रोल्पा भएर
अनि फेरि अर्को सुर्य जन्मन लाई
तिमिले सहिद हुनुपर्छ
जस्तै,
७ साल१७ साल भएर
२६ र ३६ साल भएर
४६ र ५२ साल भएर
अनि ६२ र ६३ साल भएर
किनभने
आज रात गर्भवती भएकोछ
यहाँ सगरमाथाले उभिन नसक्दा
हिम्मत कसेर झापा हरु बिद्रोह गर्छन
जल्जला पहाड हरु उभिन्छन
त्यसैले घरिघरी जन्मने र मर्ने
दुरको त्यो सुर्य हैन
अब तिमी युवाहरुले
गर्भपतको दुस्साहस लाई रोक्न
आफै एउटा साहसी छोराछोरी भएर जन्मन
तिमिले यहाँ अब
लाटो पहाड भएर हैन
चिसिएको सगरमाथा भएर हैन
लम्पसार ती तराइका फाट भएर हैन
तिमिले अब अस्ताउने सुर्य र दिनको
सुनौलो अस्तित्वको लागि
अग्रगामी र गतिशिल भएर
सालको चुर झै भएर उभिनु पर्छ
र, अब तिमी अर्को बिहानिको लागि
जन्मन तयार भएर बस्नुपर्छ
युवा हो, किनभने
आज रात गर्भवती भएकोछ ।।।
रचना-अर्पण योन्जन (शिरिष)
मिति-२२, असार २०७८
तदनुसार- ६, जुलाई २०२१
No comments:
Post a Comment