यता मेरो गाँउमा
छिपिदै गरेको त्यो सुर्यको तापले
साल्का पातहरु झरेर
टाकिका बुटाहरु ठुटै भएर उभिदा
बिरहमा न्याउल हरु रुदा
यता मनहरु च्यातिन्छन र,
उता रहरहरु आत्माहत्या गर्छन
यता रंगिन सपनाहरु
दाग्बत्ती दिन आतुर हुन्छन
अनी बाध्यताहरु मुग्लान हिड्छन
निराशिला पाइलाहरु
साकुराका सुन्दर जोबनहरु खोज्न
आज बर्सौ पछी फेरी
बिना मौसमको झरी पछी
त्यो सुर्योदयको बिहानिमा
बादलहरु फाटेर
निलो आकाशको छायामुनी
झुल्किएको त्यो बिहानिमा
उन्मत्त यौबन हरु पोखेर
प्रेमिल जोडीहरुलाई ओत लगाउँदै
भमराहरुको यौन क्रिडामा
हरेक नवजोडी हरुलाई
प्रेम गर्न सिकाइ रहेछ उ यतिबेला
साँकुराको फुलहरु भएर
हो मलाई, असाध्यै मन पर्छ
उस्को बैशालु यौबन हरुमा
समोहित हुन र हराउन
र,म आतुर हुन्छु नवदुलाहा झै
मेहेन्दिले पोतिएको उस्को हातको
लाजको घुम्टो उघारेर
आँफै लजाउदै आकाश नियाल्छु
उस्को कोमल्ताको हनिमुनमा
र, म, म हैन
अनी ऊ, ऊ हैन
मानौ मौन स्विकृतिमा
दुबइ फुलि रहेकाछौ
साँकुराको फुल हरु भएर
ग्रिष्म अघी र शिशिर पछी
परदेशमा साकुराहरु फुलिरहदा
घर देशमा,
बषन्तमा मलाई
साल्को चिउला झै भएर
पलाउन मन लाग्छ
टाकिको मुना झै पलाउन मन लाग्छ
फुस्रा कच्ची बाटहरुमा
शिरिस झै फुल्न मन लाग्छ
अनी त, अनी
झरी पछीको
त्यो सुन्दर बारीको कात्लामा
साकुरा झै फुल्ने
अरुको सेतै र निला
फुल हरु भएर फुल्न मन लाग्छ
र बैश बिसाउन मन लाग्छ
साकुराको फुल हरु भएर
रचना: अर्पण योन्जन (शिरिष)
मिती- ९,अषाढ २०७८
२३, जुन २०२१
No comments:
Post a Comment