गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, June 3, 2021

बा ! शहिदको छोरा भन्न लाज लागेको छ !!!

 कविता- बा ! शहिदको छोरा भन्न लाज लागेको छ !!!

बा ! 😭😭
तिमिले बन्दुक बोके देखि
औशी घोप्टिएको रात,
आकास रिसाएर
बादल रुदै,
हाम्रो घरको छानाले
टप्प आँसु झारेको रात
अनि, रगतको फाल्सा पोखिएर
हाम्रो दुर्गती सुरुभएको रात
बा ! आज मलाइ !!
शहिदको छोरा भन्न लाज लागेकोछ ।

हो बा !
तिमिले देखाएको ती बाटो हरुमा
वर्गसंघर्ष र बर्गमुक्तिको सपना देखाएर
होमेका ती असंख्य योद्धा हरु
आज सहिद त बने
तर कस्को सहिद ?
तिम्रो, सरकारको वा देशको ?
आज बा,
सहिद हरु पनि
बटुवारा भएकाछन
उस्को, मेरो वा, खै कस्कस्को
बिभक्त भएकाछन
बा ! तिमी जस्तै कयौ सहिद हरु
चोकचोकमा मुर्ती भएर
देशको दुर्दशा र नेताको
प्रगती देख्न बाध्यछन
र, आज मलाइ
शहिदको छोरा भन्न लाज लागेको छ,

हो बा,
तिमिले बन्दुक समातेकै दिन देखि
आमाको सिन्दुरको दिन गन्ती
र, बहिनिको अस्मिताको
दुर्दशा सुरु भएको थियो ।
कालिगन्डकिको गर्तिर हुँदै
जल्जला पहाड उक्लिए देखि
होलेरि हानेर फर्किए पछि
तिमी पाल्पा हान्न रवना भएकै दिनदेखी
कयौको सिन्दुर मात्र पखालिएन बा !
कयौको सन्तान मात्र टुहुरा भएनन बा !
तिमिले समातेको बन्दुक संगै
जमिन, घरका भित्ता
बारिका कात्ला रुख
तातो गोलि र बारुध हरुले
छियाछिया पारेदेखी
आमाको सिन्दुर संगै
हामी पनि टुहुरा भयौ बा ।

तिमिले देखाएको सपना हरु
फगत सपना मात्रै थिए बा
किनकी आज प्रमाणित हुदैछ
तिमिले बन्दुक बोक्न सिकाएको
कलिला अबोध हरु
मलेसिया र अरबमा
बेल्चा हान्न बाध्य छन बा !
आखिर तिम्रा बन्दुक हरुले
तिमिलाइ सहिद बनाए देखि
यो देशले के पायो बा ।
आज मलाइ आकाश तिर फर्किएर
चिच्याइ चिच्याइ डाको छोडेर
तिमिलाइ सोध्न मन छ बा
आखिर, हिजो मैना सुनार हरु मारिए
आज निर्मला र भागीरथी हरु
बलात्कार गरेर मारिन्छन
हिजो देशको होनहार नागरिक हरु
कृस्णसेन र मुक्तिनाथ हरु मारिए
आज नवराज हरु मारिन्छन
फरक यतिनै हैन बा !
हिजो सपना देखाएर मारिए
आज यौन र जातिधर्मले मारिन्छन
त्यसैले तिम्रा अर्थहिन बन्दुक ले
आज मलाइ,
शहिदको छोरा भन्न लाज लागेकोछ

हिजो तिमी
समान्ताको सपना देखेर लड्यौ
आज हामी
भोकमरी र गरिबिको लागि
पल्पल मरेर लड्दैछौ बा !
रेमिटान्स को नाउँमा
४५ डिग्रीको रापमा
एक टुक्रो रोटिको लागि
आफ्नो सपना मारेर
स्वभिमान हरु बन्धकी राखेर
बहादुर भएर मर्दैछौ बा ।
हरेक दिन एयर्पोर्टको आगमन कक्षामा
लामबद्ध अनुसाती भएर
प्लास्टिकका कफन बाधेर
बाकसमा फर्किदैछौ बा ।
हो बा !
तिमिले बोकेको बन्दुक हरुले
तिमिलाइ सहिद त, बनायो बा !
तर,
बा ! आज मलाइ
शहिदको छोरा भन्न लाज लागेकोछ ।

रचना- अर्पण योन्जन (शिरिष)
मिति- १९, जेष्ठ २०७८
तदनुसार- २, जुन २०२१

No comments: