आमा !
नौ, मैना गर्भमा राखेर
तिमिले जन्माए पछि
कन्दामुल र भ्याकुर को साहारामा
आफ्नो अस्तित्व बचाएर
तिम्रो लाम्टा परेका छाती चुसाएर
तिम्रो धोती च्यातेर
हिउँदको सिरेउटो
र, बर्खाको चिसो छलेर
तिम्रो चाउरी परेको गाला हरुले
ममताको मोइ खादै
पाखा, भित्ता, कन्दरा र जंगलमा
शरिरमा एउटा चोट नलगाइ
राउटेकी राजकुमारी बनाएर
खेल्दै हुर्काएकी मलाइ
आज म लुटिएको छु आमा
घानको मकै झै भुटिएको छु
ती अर्कै दुनियाँ को मान्छे बाट
हो आमा !
म आज तिनै नरपिसाच हरुबाट
छल्छाम र कपट गरेर
बलात्कृत भएको छु,
फुल झै मेरो जोबन
पापी हरुबाट चुटिएको छु
जोड्न नसकिने सिसा झै,
टुक्राटुक्रा भएर चोइटिएको छु,
हो आमा
ती पापिहरुले नसा पिलाएर
ती अर्कै दुनियाँको मान्छे बाट
म आज बलात्कृत भएको छु ।
हो आमा ।
तिम्रो जस्तो निस्चल
र, तिम्रो जस्तो निस्वार्थ प्रेम
अरुकसैको नहुने रहेछ
किनकी आमा
तिमिले जन्माएर हुर्काए देखि
बन जंगल र पाखा भित्तामा
नाचेर हुर्किएकी म
बाहिरी दुनियाँ नदेखी
ऐनाले नदेखेको मलाइ
अचनाक म हराएको रात
शहरमा क्यामेराले देखेछ आमा
र, गुडिया बनाएर नचाइ
क्यामेरा बाट सुरुभएको
मेरो मुस्कान
आज क्यामेरा बाटै अन्त्य भो आमा
हो आमा
ती निस्ठुरी शहरका मान्छेहरुबाट
म आज बलात्कृत भएको छु ।
साच्चै आमा
यो शहर पापी छ,
दुनियाँ को दुनियाँ संङ्ग
बेमत्लबी छ
दुई बर्से नाबलक देखि
नब्बे बर्सकी बृद्ध सम्म
बलात्कार हुन्छ ।
त्यसैले तिमी शहर न आउनु है आमा
नत्र तिमी पनि बलात्कृत हुनेछौ
साच्चै आमा
शहरमा देखिएको
झिलिमिली जस्तो
रंगिन मनहरु रहेनछन
यहाँको मान्छे हरुको
र,त आज म
ती अर्कै दुनियाँको मान्छे बाट
शहरका ती नरपशु हरुबट
बलात्कृत भएको छु
अब कहिलै हास्न नसक्ने गरि
पटक पटक
बलात्कृत भए आमा
हो, पटकपटक
बलात्कृत भए ।।।
रचना-अर्पण योन्जन (शिरिष)
मिति- २५, जेष्ठ २०७८
८, जुन २०२१
No comments:
Post a Comment