गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, June 3, 2021

उ ! निदाएको छ ।

 कविता- उ ! निदाएको छ ।


रोमका नयाँ निरो हरु,
मेरो देशमा पनि
लास हरुमाथी
मुरली बजाएर
उ अहिले थाकेकोछ
कहिले सम्म सुत्ने हो कुन्नी
भस्मासुर हरु, आनन्दले सुतुन
र, आफ्नै सुरमा उठुन
लाशहरुको बस्ती उठेपछी
ए ! ए!!
न उठाउनु उस्लाइ
अर्बौं भ्रष्टाचारले अघाएर
उ अहिले निदाएको छ ।

रोल्पा डोल्पा जुम्ला नदेखाउनु उस्लाइ
भोगरोग र अस्तब्यस्त नदेखाउनु उस्लाइ
आफन्त गुमाएका चीत्कार नदेखाउनु उस्लाइ
चेलिको बलात्कार नदेखाउनु उस्लाइ
बाग्मतिको लासहरु नदेखाउनु उस्लाइ
अझ आफ्नै खासले गरेको नदेखाउनु उस्लाइ
उस्को चित्त दुख्छ, सके तिमी नभन्नु उस्लाइ
ए ! ए !!
अहिले नउठाउनु उस्लाइ
अर्बौं भ्रस्टाचारले अघाएर
उ अहिले निदाएको छ ।

हो उस्लाइ आनन्दले सुत्न देउ
किनकी उस्लाइ लाज हुन्छ
उ सुतेको नाटक गर्दैछ,
आउने चुनाबलाइ थैलो भर्दैछ
कसैले नाकको डाडिमा
झिंगा बसेको नभनिदेउ उस्लाइ
फेरि नाकै काटेर फ्याकी दिन सक्छ
अनि म, उ ! कुरुप भएको देख्न चाहान्न
त्यसैले म उस्लाइ रिस उठाउन चाहान्न
ए !ए !
बिहानैको खबर नसुनाउनु उस्लाइ
भ्रष्टाचारले अघाएर उ निदाएको छ ।

ओम्नि, यति जेट नसोध्नु उस्लाइ
बालुवाटार र खुलामञ्च नसोध्नु उस्लाइ
भ्यक्सिन अक्सिजन नसोध्नु उस्लाइ
छिमेकिले आफ्नै ओछ्यान टेकेको
रात बिरात मधयरात भेटेको नसोध्नु उस्लाइ
तिमी जहाँ छौ त्यही ठिक भनेर नसोध्नु उस्लाइ
संबिधान र सपथ कस्तो हुन्छ नसोध्नु उस्लाइ
लाश पोलेर अहिले उ थाकेको छ
लोरि सुनेर निदाउन भक्तहरु बोलाएको छ
ए ! ए !
बिहानै शंख हरुको धुन नसुनाउनु उस्लाइ
कुम्भकर्ण झै उ निदाएको छ
अर्बौ भ्रस्टाचारमा उ अघाएको छ ।

यहाँ तिमी मर वा म ।
दुबै उस्तै उस्तै हो,
तिमी जलेको वा मैले जलेको
उस्लाइ कुनै पस्चताप छैन
किनकी यहाँ सबै ब्यस्त छन
कोहि अदालत तिर लाम लागेर
आफुलाइ कम्फरटेबल देखाउन
सर्बोच्चको आखिझ्याल मा
उ, आफैलाइ बहुमत सिद्ध गर्न
नागरिक्ताको प्रमाणीकरण गर्न ब्यस्त छन
कोहि चुच्चे नक्साले उचालिएको
चौडा छाती देखाउन ब्यस्त छन
त्यसैले उस्लाइ नउठाउ अहिले
सिमानामा नागरिक्ता बेचेर
उ, थाकेको छ
रास्ट्रबादिको प्रतियोगितामा
उ, नाङ्गिएको छ
र, उ अहिले थाकेको छ ।
ए ! ए !!
अहिले नउठाउनु उस्लाइ
अर्बौं भ्रस्टाचारले अघाएर
उ अहिले निदाएको छ ।

रचना- अर्पण योन्जन- शिरिष
१६, जेष्ठ २०७८
३०, मे २०२१

No comments: