गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Thursday, June 3, 2021

प्रीय काली -3

 मिती-१७, जेष्ठ २०७८

तदनुसार-३१, मे २०२१
दिनाङ्क- बिहानको १०:३०
प्रीय काली !!
तिम्रो न्यानो अंगालोभरिको न्यानो स्पर्स गरी पठाएको ति लाखौं चुम्बन हरु सहस्र स्विकारेको छु। र उस्तै तिमीलाई पनि तिम्रो सानीको बा को तर्फबाट असिमित न्यानो माया र आशिर्बाद पठाएको छु तिमी र हाम्रो त्यो सानी पारीजातको लागि ।
साच्चै सानेकी आमा आजभोलि त पत्रहरुको सम्बोधन र सुरुवात गर्न मलाई पनि गाह्रो हुन्न कसरी र कहाबाट सुरु गरौ भनेर, किनकी तिमी जस्तो शुसिल जिबनसाथीले चुमी पठाएको पत्र पाउने बित्तिकै आजभोलि त पत्र लेख्न र सम्बोधन गर्न म पनि माहिर भएको छु किनकी आफुलाई प्रेम गर्ने मान्छे भएपछी त पत्रहरु आँफै कोरिने रहेछन, बस यती हो तिम्रो पत्र कहिले आइपुग्छ र मनभरिको गाठो हरु फुकाएर धित मरुन्जेल पढु र सम्बोधन गरु हुन्छ, फेरी यसो भन्दैमा पत्र पढेर मुसुमुसु नमुस्कुराउनु है ल । किनकी मलाई अझै पनि लाज लाग्छ, तिमीले भनेकी थियौनी हजुर त छोरीमान्छे हुनुपर्ने हो साच्चै सानेकी आमा आज पनि तिम्रो पत्रहरु पढेर उसैगरी लजाउछु जसरी हाम्रो अतितमा तिम्रो सम्मुख लाजले रातोपिरो हुन्थे ।
सानीकी आमा, साच्चै काली, कलौटी हुँदै सानेकी आमा सम्म हाम्रो सम्बन्ध आइपुग्दा पुरै युग बित्न लागिसकेछ रत आज सानेकी आमा भनेर बोलाउन पाएकोछु काली, म आज पनि महसुस गर्दैछु जिबनको गोरेटोमा कयौको सम्बन्ध जोडीन्छन छुटिन्छन कयौ आउछन जान्छन र सँधैको लागि अलपत्र पर्छन, तर म आज महसुस गर्दैछु सानेकी आमा माया भन्नु पनि एउटा विश्वाश, र समर्पण रहेछ, अनी मिठो अनुभुती रहेछ, जो तिमी र म बिचमा सँधै रहिरहयो शायद यसैमा म भागञमानी छु । हुनत जिबन र प्रेम केहो भनेर सोध्ने हो भने आनीछोइ डोल्मा र जिबन फुल होकी कडा भनेर झमक घिमिरे हरुलाई सोध्ने हो भने पनि शायद भन्न सक्दैनन होला तर म अझै पनि दोर्याइ तेर्याइ भन्छु काली जिबन सुखदुख मिलन बिछोड हरुको आरोह अबरोह हरुले भरिएको आथाह प्रेम सद्भाव बिचको विश्वाश र समर्पण नै हो राजा,
सानेकी आमा, जिबन प्रेम र अनुभुतिका कुरा गरिरहदा मनका कुरा पनि समेटिन पुग्छ र मस्तिष्कले चाँडै हार खान खोज्छ तर यो मन कदापि हार्न चाहदैन । यदी मस्तिष्क र मन थाक्यो भने हाम्रो सपना र रहर हरु, चुहिएको छानो ढलान बनाउने सपना हरु गर्वमै तुहिन सक्छन कहिले काँही चार दिवारभित्र खुम्चिन सक्छन । तर यो मन र मस्तिस्क लाई थाक्न गल्न नदिनु है, नत्र फेरि परिणाम तिमी आफै महसुश गर्न सक्छौ किनकी जुनबेला हामी दुइछाक को लागि आफन्तको अगाडि भौतारिएको थियौ त्यो बेलाको मुटु बिझाउने बचन र रातको त्यो चकमन्नतामा हामी दुबइले खसालेका आशुको ढिकाको पिडा सफलतामा परिनत हुनेछैनन, र म परदेश लाग्दा आफन्तले पैसा नपत्याएको जवाफ दिनुछ किनकी बल्लत बन्धकिमा राखेको पात्ले खेत उकासेको छौ र अझै धेरै गरेर ति आफन्तलाई जवाफ दिनुछ हामीले र ति खराब दिन हरुको जवाफ दिनुछ हामीले प्यारी सानेकी आमा जवाफ दिनुछ हामीले,
सानेकी आमा यो गन्थन कती गरौ बरु हामीले गरी खाएको देख्न नसकेर रिस राग र डाह गर्ने धेरै हुनसक्छन म नहुदाको पल तिमीलाई घर चलाऊन गाह्रो हुँदा सहयोगी मनको नाटक रचेर तिम्रो कलिलो यौबन माथि धावा बोल्न आउन सक्छन हाम्रो हुँदाछदाको सुन्दर संसार भाताभुङ्ग बनाउन सक्छन मन नबिगार्नु आत्मालाई दरो बनाउनु, बाकित म के भनुम तिमी आँफै बुझ्ने छौ, मैले भन्दा तिमी आँफै मलाई धेरै सम्झाउने मान्छे ज्ञानी छौ शुशिल छौ हाम्रो दु:खको दिन बुझेकी छौ, बाँकी त अब यो कोरोना सकिएछ भने यही दसैंमा फर्किने कोशीश गर्नेछु र त्यस्पछी तिमीले त्यो सानो नावालक संग एक्लै भित्तामा टासिएको तस्बिर सँग वार्तालाप गर्नु पर्नेछैन, अब त्यो भित्तामा मेरो एक्लो तस्बिर हैन म, तिमी, र हाम्रो सानीको तस्बिर झुन्डिनेछ, तिमीले मायाले बुनेको मेरो लागि त्यो सुइटर मात्र लाउन हैन सर्दी नलाग्ने गरेर तिम्रो न्यानो आलिंगनमा बाधिन आइपुग्नेछु किनकी यो हाम्रो सपना मात्रै होइन साच्चिकै तिम्रो काखमा जिबन बाँच्न आइपुग्नेछु सानेकी आमा,
र अन्त्यमा पल्लाघरे ठुल्दाइको हातमा एउटा मोबाइल पठाइदिएको छु, अनी त्यस्पछी मेसेन्जरमा भिडियो कल गरेर तिमी र हाम्रो सानो देवता लाई धित मरुन्जेल हेरेर खुशीको लामो सास फेर्ने धोकोछ, पत्रमा समेट्न नसकेको कयौ मिठा सपना हरु महसुस गर्ने धोकोछ, महिनौ पछी पत्र आउने आशा पाल्नु भन्दा अबको यो आधुनिक भौतिक बिकासको अबिस्कारले हामीलाई पनि अबस्यनै सहज गराइदिनेछ भन्ने आशा गर्दै तिम्रो सानेको बा यो पत्र बन्दगर्न चाहन्छु, हस्त आजलाई यतीनै र बाँकी अर्को पत्र नत्र तिमीले मोबाइल प्राप्त गरेपछी सुखदुख पोख्नेनै छौ भन्दै अन्त्यमा फेरी पनि मिठो माया सध्भाव र शुभ आशिर्स्बाद भन्दै पत्रको बिट मारे ल सानेकी आमा ।

उही तिम्रो सिउदोको सिन्दुर
सानेकी बा ।

No comments: