गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, July 10, 2021

प्रीय काली-5

 प्यारो मान्छे, सानेकी आमा,


धेरै सम्झना छ के भनुँ जबकी तिमी बाहेक मेरो मुटु भित्र र मस्तिष्क मा अरु को नै छर, अनि असिम माया को ठेली हरु पनि के भनुम प्यारी, बरु यसो भनुम जिबनभरी को न्यानो साथ र जिन्दगिको अभिछिन्न यात्रा सुखदुख कट्ने तिमि संगै कटाउने प्रण गरेर तिम्रो भएको म जुन्दिन तिम्रो सिउदोमा सिंदुर भरे त्यसै दिन देखि तिमिलाइ माया, प्रेम स्नेह जे भन ती सबै संगालेर धेरै धेरै आशीर्वाद है ल राजा,

लामो र अत्यास अनि कहाली लाग्दो यो पर्खाइको व्यग्र प्रतीक्षा पछि तिम्रो पत्र पाए, तर तिम्रो पत्र पाएको क्षणभरमै असार स्रावणमा उर्लिएको नारायणी झै उर्लिएको खुशी छताछुल्ल भएर बगाएको बस्ती झै बिरक्त भएको महसुस भयो, तिमिले मलाइ गरेको बिश्वास भनुँ वा मैले तिमिलाई गरेको बिश्वास यति कम्जोर बनेर पत्रको जवाफ आउँछ मैले सोच्न त के कल्पना पनि गरेको थिइन, आखिर आज यस्तै भयो, जुन तिमिले मेरो हातबाट सधाको लागि मेरो भएर बस्नको निम्ति काली मन्दिरमा गएर लागाएको सिन्दुर लाई कम्जोर सम्जियौ, म के भनुम राजा ? तिमिले जे सोचयौ जे बुज्यौ त्यस्मा तिमी पनि गलत छैनौ म त्यो बुझ्छु अनि तिम्रो हालत लाई, किनकी यतिबेला तिम्रो लागि त्यही नै सत्य हो,

सानेकी आमा, मलाई बिश्वास छ, हाम्रो मायामा यति छिटो घुन लाग्ने छैन, र मक्किएको दलिन झै छियाछिया भएर टुट्ने छैन, तर यतिबेला म संग तिमिले जे देख्यौ त्यो सबको प्रमाण दिने सामर्थ्य छैन सानू, किनभने तिमि घरदेशमा छौ म परदेशमा छु, त्यसैले चाहेर पनि प्रस्ट पार्न सक्दिन, तैपनी तिमिले नै मेरो जिन्दगी दिएको हुनाले त्यो सिउदोको सिन्दुर र तिम्रो मेरो प्रेमको उपहार आफ्नै सन्तान त्यो अबोध सानेको कसम खाएर भन्छु त्यो जेजति तिमिले देख्नु र पड्नु पर्यो त्यो सबै झुट हो सानू, तिमिले त्यो मोबाइल मा भेटेको कुराहरु सत्य हुन तर कहिलेकाही आफ्नै आखाले देखिएका कुरा सहि हुन्नन त्यो पनि सत्य हुन अनि मैले तिमिलाइ गरेको माया झुटो पनि त हैन, मलाइ बिश्वास गर सानू तिम्रो सिउदोमा सजिएर बस्ने तिम्रो काले कहिलै तिमिलाइ चोट पुर्याउने काम गर्न सक्दैन ।

हो सानू तिमिले जेजती देख्यौ भेट्यौ ती सबैको कारण यस्तो थियो म भन्छु र तिमी ध्यान दिएर सुन, यहाँ म संगै बस्ने साथिले मेरो मोबाइल बिग्रीयो केहिदिन तिम्रो मोबाइल चलाउन देउन भनेर लगेको थियो र त्यो मोबाइल मैले पनि चलाएको थिए र मैले मेरो मेसेन्जरको पासवर्ड लग आउट गर्न भुलेछु मैले पनि साथी हो बिश्वास गरे तर त्यस्ले मेरो आइडी बाट अरुकसैलाइ मेसेज च्याट गर्दोरहेछ र मेरो फेसबुक बाट फोटो सेभ गरेर त्यो केटि को फोटो जोडेर पठाउदो रहेछ जब मैले पछि तिमिलाइ घरमा पठाउन मोबाइल मागेर ल्याए र हेर्दा मेसेज र फोटो हरु देखे उसलाई कराए पनि र उस्ले तलाइ यहि अर्काको देशमा सडेर मर्ने बनाउछु भनेर धम्की दिदै झगडा गर्यो उल्टै, अनि त्यो मोबाइल मा भएको सबै सामाग्री डिलेट गरेर फ्याकेको हो र यहिनै सत्य हो सानू तिम्रो काले तिमिले दिएको प्रेम साथ सहयोग र यो नया जिबनको जिन्दगीभर रिणिछु र कहिले घात गर्ने छुइन

हो सानेकी आमा मेरो सानु, उता तिमी रिसले मुर्मुरिएर बसेको रहेछौ यहाँ सम्म कि ज्यानै फाल्ने सम्म को पनि सोचेको रहेछौ दुख लाग्यो तिम्रो पत्र पढेपछि किन यति कम्जोर भयौ र त्यस्तो कदम उठाउने कोसिस किन गर्यौ, यदि छोरी नहुदो होत अहिलेसम्म तिमिले मलाइ यो दुनियाँमा एक्लै पारिसक्ने रहेछौ तर धन्य भन्छु त्यो भगवान लाई, जस्ले हामीलाई साने दिएर तिम्रो गलत सोचको दुर्घटना बाट बचायो, र बिन्ती गर्छु सानू भुलेर पनि अब आइन्दा यस्तो कुकर्म नसोच्नु है ल, अनि एकछिन आँखा चिम्लिएर सोचत तिम्रो खुशिको निम्ति आफन्तको तगारो बनेर पैसा कमाउन पर्देश लागेको म यदि परदेशमै मरेर काठको बाकसमा म फर्किदा अनि त्यो एयर्पोर्टको आगमन कक्षमा तिमिले मेरो बाकसमा फर्किएको लास पर्खिएर बस्दा कस्तो हुन्थ्यौ होला, जब मेरो लास तिम्रो सामु आइपुग्दा मेरो लासमाथी हातको चुरा बजारेर तिमी डाको छोडेर रुनु पर्दा तिम्रो के हालत के हुन्थ्यो होला सानू सम्झत एक पल्ट , जादा जहाज मा गएको लोग्ने पैसा हैन कात्रो लिएर बाकसमा फर्किदा कस्तो हुन्थ्यौ होलि , हुनत यो सब भन्नलाइ मन त थिएन तर सम्झत सानू एकपल्ट, जस्तो तिमिलाइ मेरो मृत्यु असैय हुन्छ हो मलाई पनि तिमी अप्रीय भएको असैय हुन्छ त्यसैले अबदेखी जस्तोसुकै परिस्थिति र असमज्दारी भएछ भने पनि गलत कदम उठाउने छैनौ भन्ने बिश्वास छ मलाइ, र अबदेखी त्यस्तो कदम उठाउने छैन भने बाचा गर मलाई सानू, बाचा गर, किनकी हामी दुबै एक अर्काको परिपुरक हौ एक अर्काको धड्कन हौ एकले श्वास लिन छोडे हामी दुबै बन्द हुनेछौ,

सानेकी आमा तिमी छोरी मान्छे कोमल हुन्छौ अनि मलाइ यो पनि थाहाछ कि तिमी कुनैपनी कुरा सहजै पचाउन सक्दैनौ त्यसैले यताको मेरो अवस्थाको बारेमा भन्न सकेको थिएन तर आज तिमिले मलाइ भन्न बाध्य बनायौ राजा त्यो साथी संग झगडा परेपछि मलाइ मार्ने यतै सडाउने धम्की दिएको थियो, सायद त्यसैको मुताबिक उस्ले योजना गरेको रहेछ क्यारे र उस्ले मेरो रुमको साथीहरू ले रक्सी पिउदै गर्दा पुलिसलाई खबर गरेर समाती दियो अनि त्यो बेला म भर्खर नुहाएर रुम मात्रै प्रवेश गरेकोथिए तर अचानक आएर समातेर लग्यो र तीन महिना जेलमा राख्यो पछि अनुसन्धानमा सबैको नार्को टेस्ट गरेपछि मैले नखाएको प्रमाणित भएर तीन महिना पछि जेल बाट छुटे र अरु साथीहरू अहिले पनि जेलमै छन यसरि त्यो अधर्मिले फसाएर झन्डै मार्यो अनि फेरि जेलबाट छुटेको केहिदिनमा तिमिलाइ झै मलाइ पनि कोरोनाले समात्यो मैले त सोचेको थिए हाम्रो भेट हुदैन, सायद तस्बिरमा देखेको सानेको मुहार साचिकैमा देख्न नपाइ मर्छु भन्ने लागेको थियो, तिम्रो हातको सुइटर लाउन पनि नपाउने रहेछु भन्ने लागेको थियो, एकपल पनि तिम्रो न्यानो अंगालोमा निदाउन नपाउदै यो बिरानो देशमा मर्छु झै लागेको थियो, यता त्यहिबेला छ महिना देखि तिम्रो कुनै खोज खबर नपाउदा तिमिले पनि भुल्यौ कि भनेर खुब मन दुखेको थियो सानू साच्चै एउटा जीवन मरेर अर्को जीवन पाए तर तिमी त्यता रिसाएर बसेकि रहेछौ मलाइ थाहानै भएन र मैले पनि यो सब दुख तिम्लाइ सुनाएर किन दुखी बनाउ भनेर नभनेको मात्रै हो,

सानेकी आमा एउटा कुरा सुन है हामी लोग्ने मान्छेलाई समाजले रुनु हुन्न भन्ने मात्रै सिकायो तर हाम्रो पनि त रगत छ मुटु चल्छ मन दुख्छ के हामीलाई चै रुने हक छैन र राजा, नारिले सँधै रुएर लोग्ने वा प्रेमिको न्यानो र सुरक्षित अंगालो वा काख खोज्छ तर तिमी भनत के हामीलाई त्यो काख त्यो अंगालो चाहिदैन र ? के छोरा मान्छेले सँधै संघर्ष मात्रै गर्न जन्मिएको होर? त्यसैले हामी भित्र पनि भावना हुन्छ सपना हुन्छ रहर हुन्छ इच्छा हुन्छ तर अँध्यारो कुना वा एकान्त र बाथरुम को ढोका लाएर ढोका भित्र मात्रै रुन सक्छौ सानू साच्चै भनेको, दिल हामी भित्र पनि हुन्छ आखिर त्यही दिल थियो र त, आफ्नैले दुत्कारेर सडकमा फ्याकेको लाई तिमिले हात समाएर प्रेम गर्न सिकायौनि सानू,

पत्र लामो भयो सानू माफ गर, र अन्त्यमा अब धेरै गन्थन गर्न चाहान्न बस यति भन्छु म तिम्रो सिउदोको सिन्दुर मात्रै हैन अबत एउटा सन्तानको बाउ पनि हो मैले जिम्मेवार बाउ हुनुपर्छ अब त्यस्मा तिमिले अर्को इटा थप्नुपर्छ र हामी सफल हुनेछौ, सबै असमज्दारी र मनको तुस हरु फ्याकेर हिजो जस्तै आज र भोलि पनि प्रेम गरौ, हामीले गरेर खाएको देख्न नसक्ने हरुपनि धेरै छन तिनीहरु लाई पनि एउटा अन्तरजातिय बिबाह को सफल दाम्पत्य जीवन देखाउनुछ, अनि आउ सानु जान अन्जान मा भएको गल्तिहरु बिर्सिएर उस्तै प्रेम गरौ जस्तो हिजो गर्थ्यौ, टुटेको बिस्वास जोडौ, भत्किएको सपनाहरू फेरि सजाउँ, चुडिएका आसा हरु फेरि गासौ, चर्किएका अबिस्वासको भित्ताहरु टालेर इन्द्रेणी को रंग झै पत्र पत्र गरेर रङ्गयाउँ, र फेरि अर्को नया जिबनको सुरुवात गरौ भन्दै तिम्रो प्रेम, तिम्रो बिस्वास, सधै हिजो जस्तै आज पनि अटल रहोस भन्ने कामनाको साथ पत्रको अन्त्य गर्छु, मुटुभरी न्यानो माया साचेर ल, मेरो प्यारो मान्छे हस्त बाइ अर्को पत्रको जवाफ आएपछि पुन पत्र लेख्नेनै छु अहिले लाई यति नै ल प्यारी ।

उहीँ तिम्रो सानेको बा तिम्रो महाराज ।

No comments: