गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, July 7, 2021

कविता- तिमी गएको त्यो प्रहर सम्झिएर

तिमी गएको त्यो बाटो
आकाश नियालेर हेर्दैछु
दुरदेशमा सुर्य न अस्ताउदा सम्म
झप्पक्क साँझ ओर्लिएर
आकाश बाट धर्तिमा अँध्यारो फर्किएपछि
अनि जुनको टहटह मधुरो प्रकासमा
मैन दिपका दिपशिखा हरु जलाएर
आजपनी तिम्रै बाटो कुर्दैछु बहिनी,
तिमी गएको त्यो प्रहर सम्झिएर

तिमी हाम्रो घरको अन्तिम सन्तान
तिमी खै कुन बिरामले थलिएर
ओछ्यान लागेर फुट्न नसकेका बाक्यहरु
थाङ्नाको टालो जस्तो भएको
तिम्रो रुइको शरीर
अनि तिम्रै पिरले
जुइन भएको आमाको शरीर
अस्थिपन्जर जस्तै बनेका
ती स्तन हरु चुसाउदै
स्मृतिमा धुमिल भैसकेको
तिम्रो अनुहार त, ठ्याक्कै थाहा छैन
तर यति पक्का हो
आमाको आँसु टप्लक्क
तिम्रो सरिरमा खसेको याद छ,
र, आज पनि तिम्रै बाटो कुर्दैछु बैनी
तिमी गएको त्यो प्रहर सम्झिएर

हामीलाई छोडेर यो दुनियाँ बाट
पाचै बर्षको उमेरमा
सेतो कात्रोमा तिमी निदाएको दिन
हरियो सानो बासको डोलिमा बाधेर
मलामीहरुले धुप पैसा र धान फ्याक्दै
सबैले तिमिलाइ अन्म्याएको दिन
छाती पिटेर रुदै गरेको आमाको
फरियाको छेउ समातेर
आमा बैनिलाइ लाग्यो भन्दै
म अभोध रुएको त्यो पल सम्झिदै
आज पनि तिम्रै बाटो कुर्दैछु बैनी
तिमी गएको त्यो प्रहर सम्झिएर ।

स्मृतिमा टोलाएर तिमिलाइ सम्झिए भने
अहिले पनि त्यो पर देखिएको बादल भित्र
मलाई झुक्याउन लुकामारी गर्दैछौ कि झै लाग्छ
कुक्कु, हा.... देखे गर्दै !
ग्वाम्लङ्ग मेरो ढाडमा उफ्रिन्छौ कि झै लाग्छ,
टालाटुली पुतली खेल्न जिद्दी गर्छौ कि झै लाग्छ
भाडाकुटी र बालुवा को भात पकाउछौ कि झै लाग्छ,
झुम्रोको बेहुला बेहुली बनाइ
बिहेको जन्ती जान्छौ कि झै लाग्छ
खेल्दा खेल्दै तिमिले हार्यौ भने
रुदै आमा संग पोल सुनाउछौ कि झै लाग्छ
त्यसैले अझै, सन्झ्याल बाट
तिमी गएको बाटो तर्फ हेरिरहन्छु बैनी
तिमी गएको त्यो प्रहर सम्झिएर ।

तिम्रो भौतिक शरीर कहिले नफर्किने गरेर
जादा सेतो बासको डोलिमा चुपचाप गएकी तिमी
फर्किदा अस्तु बनेर फर्किएकि थियौ तिमी
घरको दलिनमा तिम्रो खरानी राखेर
तेरौ दिनमा पुन तिमिलाइ बिदाई गरेपछि
आज बर्सौ बितेछ बैनी,
हाम्रो घरको आँगनमा
मखमली, गोदावरी र सयपत्रीले तिमिलाइ याद गरेको
यमपन्चकमा नौ रंगी रंगहरुले पर्खिएको
देउसी र भैलिले तिमिलाइ पर्खिएको
हो बैनी तिमी गएको बाटो भुलेर
एकछिन लाई आँखा चिम्लिएर हेर्छु तिमिलाइ
पुतली बनेर मेरो वरिपरि घुमिरहेकोछौ
र, अर्धचेतमा छामेर खोज्छु तिमिलाइ
लाग्छ, यतैकतै छौ तिमी
र, आज पनि तिनै स्मृति हरुले
तिमी गएको बाटो तर्फ हेरिरहन्छु बैनी
तिमी गएको त्यो प्रहर सम्झिएर ।

रचना- अर्पण योन्जन (शिरिष)
मिति- २३, असार २०७८
तदनुसार-७, जुलाई २०२१

No comments: