१ जेष्ठ २०६८
देश रोएको कस्ले हेर्छ लेख्ने मात्र न हो
ठुला कुरा गर्ने सबै देख्ने मात्र न हो ।
देश देश भन्ने हरु पर्देश पसे सबै
देश भक्ती गाउने हरु खोक्ने मात्र न हो ।
खोट लाउन तयार सबै गर्ने केही होइन
नेता नेता भन्दै सैबै भुक्ने मात्र न हो ।
दोस मात्र दिने हामी जुट्ने कोही होइन
छ सय एक भन्दै सबै झुक्ने मात्र न हो ।
पर्देश बसि मेरो भन्नु सुहाउँदैन हाम लाई
गोली चल्दा प्रतिकार मा लुक्ने मात्र न हो ।
अर्पण योन्जन
तरहरा-२ सुनसरी
Monday, May 16, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment