२४ बैशाख २०६८ समय २.४५
भक्कानेर नरौँ भन्छु तिम्रो कल्पनामा
चक्कानेर नरौँ भन्छु तिम्रो सम्झनामा ।
दियौ चोट दिन सम्म न बिर्सने गरी
आँखा छोपी नरौँ भन्छु तिम्रो भाबनामा ।
टुटाइ झार्यौ आकाशको तारा पनि तिम्ले
झस्किएर नरौँ भन्छु राती सपनामा ।
हराएको मुटु खोजी मायाँ गरे तिम्लाई
दूखाएर नरौँ भन्छु दिनको बिपनामा ।
सुख लियौ दु:ख दियौ भाग लाई मलाई
तड्पी अब नरौँ भन्छु तिम्रो बह्नामा ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, May 7, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment