२१ बैशाख २०६८
झरेको फूल फेरी फक्रिन्छ भन्नु
मरेको चरी फेरी उड्छ ठान्नु ।
मुर्खता कती सम्म हो कुन्नी ?
आकाश को तारा हेरेर गन्नु ।
फर्केर फेरी आउँछ कि आउन्न
पर्देशी मायाँ आँफै ले जान्नु ।
तोडेर दिल आँफै ले हिजो
देउताको साक्षी पूजारी बन्नु ।
चर्केको ऐना टुक्रेको दिल ले
बिरह ब्यथा गाएर सुन्नु ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, May 4, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment