३१ बैशाख २०६८
तिमीले पनि चिट्ठी खबर गरेनौ नि सानु
मागे जती दिलको भाँडा भरेनौ नि सानु
फुलको थुङा न फ्याँकेको कहाँ होर मैले ?
बरु आँफै दिलको खोला तरेनौ नि सानु ।
बलेसिको घर हुँदा तर्क्यौ आँफै अस्ती
बीहिबारे बजार आउँदा झरेनौ नि सानु ।
फुल रोपे भन्नु मात्रै फुल्यौ अन्तै तिर
रहर छँदा पिरति को सरेनौ नि सानु ।
अर्का को करेसा मा लालुपाते फुल्दा
काँडा सम्झी मै दुखीलाई हेरेनौ नि सानु ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, May 14, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment