गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, May 14, 2011

धरो धर्म बाचा गर्छु कतै गाको छैन सानु !!!

३१ बैशाख २०६८

धरो धर्म बाचा गर्छु कतै गाको छैन सानु
सत्ते कसम पराइ लाई मायाँ लाको छैन सानु ।

जता चलोस हावा हुरी त्यतै तिर डुली हिँड्ने
तिम्ले सोचे जस्तो पराइ अझै भाको छैन सानु ।

विश्वाश राख त्यो मुटुमा सातै जूनी तिम्रै हुन्छु
साथ काख हात छोडि अन्त आको छैन सानु ।

मायाँ दिने तिमी हुँदा अर्कै को सिउँदो किन ?
पिरतिमा बिष घोली मैले खाको छैन सानु ।

गुनासोको खोलो बगाइ कता गयौ कुन्नी तिमी
बरु तिम्रो खोज खबर मैले पाको छैन सानु ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: