गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, May 14, 2011

कान्छा भाई !!!

३१ बैशाख २०६८


अनवरत यात्रा
उदेस्य बिहिन यात्री
केवल
सुन्य बिन्दुको खोजिमा
अधर्मि लम्पसार फाँट
तर बैशालु
जुन र तारा हरु
शिरमा ! खप्लक्क
आकाश बोकेर
निस्पट कालो
औसिको चुक ओढेर
निरन्तर हिँडी रहेछ
एउटा अस्थिर पन्जिर
मानब मुर्ती
कान्छा भाई ।
********************
मस्तिक छ
मुटु छ ।
धड्कन छ ।
तर पनि निर्जिब झै
सखी र सखा हरुको
बिछोडमा ।
खसम र
बियोगमा
न्याउल झौ
उ ! रोइ रहन्छ ।
किन कि ???
नछ कसैको हात
नछ कसैको साथ
केवल सुन्य रात
कसैको
छट्पटिमा
बाँची रहेको छ
एउटा अस्थिर पन्जिर
मानब मुर्ती
कान्छा भाई ।
**************
उजाड उजाड
नागी डाँडा हरु झै
तुसारो हरुले खाएको
सेता बुकी हरु झै ।
गुरांसे पाखा हरुमा
रोइ रहने न्याउली झै
शिशिरको ठिहिमा
कठाङ्रीएका
चम्पा बाबरी
सुनखरी र चाँप झै
सिस्नो,अल्लो
र, अलैचिको रुखो पनले
पत्झडिएका
सल्ला, उत्तिस
र, धुपी हरु झै
बाँची रहेको छ
एउटा अस्थिर पन्जिर
मानब मुर्ती
कान्छा भाई ।
******************
अबत उस्को
मन हरु फाटेर
बादल भएको छ ।
तन हरु च्यातेर
हावा भएको छ ।
न टाल्ने टालो
न सिउने, सियो धागो
केवल एउटा जडौरी
किन कि !?
चाहनाको !
आकाश खस्यो
रहर हरुको
सगर डड्यो
त्यसैले !
उ आजकल
एक्लाई बाँची रहेको छ ।
एउटा अस्थिर पन्जिर
मानब मुर्ती
कान्छा भाई ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: