२१ जेष्ठ २०६८
तिर्खाए को ठान्यौ होला तिमी सामु आउँदा
भोकाए को मान्यौ होला दिनै पिच्छे धाउँदा ।
तिम्रो प्रितले छाती पिटी डाको छोडि रुँदा
घुर्काए को भन्यौ होला मनको पिर लाउँदा ।
बहाना मै थाती राख्यौ भरे भोली भन्दै
बन्दी गृह तिम्रो दिलको पिडा मैले गाउँदा ।
मायाँ को चोट रैछ मुटु भित्र को घाऊ
केही सन्चो भए जस्तो मिठो बोली पाउँदा ।
जान्दैन यो आस्रित चौका पन्जा छक्का
आँफै लाई भुल्छु बरु मनको डुंगा ख्याउँदा ।
अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी
Saturday, June 4, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment