०१-०६-२०११
तिमी त अचेल धनी भा छौ रे
मायाको खेती लगाको छौ रे ।
पँधेरी धारा चौबाटो बिचमा
यौबन को खोलो बगाको छौ रे।
पोखेर यौबन धनीको घरमा
पैसाको बिटो अघाको छौ रे ।
चिम्लेर आँखा सडक पेटी
बैशालु जोबन जगाको छौ रे।
आफन्त कोहो सबै लाई भुली
समाजको सिमा नगाको छौ रे।
अर्पन योन्जन
Sunday, June 5, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment