गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, June 5, 2011

तिमीले सोचे जस्तो !!

२३ जेष्ठ २०६८
कविता
तिमीले सोचे जस्तो !!


प्रिय !
मत संधै
शान्तिकामी मान्छे !
तिमीले देखेको स्वर्णिम
तिमी ले देखेको
म ! भित्र को म !!
तिमीले गरेको
म भित्रको अनुभव स्पर्श
कडा चट्टान हरु भन्दा
कोमल छु म !
तिमी ले सोचेको पहाड भन्दा
तिमी ले सम्झेको चिसो हिउँ भन्दा
कठोर छैन म !
बरु ! लाचार अबस्य छु ।
चुप चाप निशब्द !!
***********************
तिमी लाई थाहै छ ।
निलगिरिको संजिवनिले
लक्ष्यमण हरुले,
नयाँ जीवन पाए झै
अर्ध चेत मुलुकले
बिना अक्सिजन
मृत्‍यु शैयाको
बागमती किनार बाट
आइ सि यु को
भेन्टिलेसन फेर्दै
तिमी-म, र पुरै देश
आज बाँचिरहेका छौ ।
किन कि !
देश हाँक्ने डक्टर हरुले
लापारबाही गर्दा
साँढे तीन बर्ष देखी
नयाँ बानेश्वर को कुर्सी हरुमा
कैद भएको छु ।
शायद त्यसैले तिमी ले मलाई
पथ्थर देख्यौ होला !
********************
हो म !
आज भोली शुन्य छु ।
भिड भाड कोलाहल भित्र
आज भाईचारा हरु फाटेर
अस्त ब्यस्त बनेको छ
मेरो देश ।
आकुल ब्याकुल भएको छ
मेरो स्वाभिमान !
फाटेर धुजा धुजा हुँदा
मेरो राष्ट्रियता
र पनि म !
राष्ट्रिय नाच घर
र !
गुरुकुल बाट
अलिखित नाटक हरुको मन्चन
द्रिस्यलोकन गरी रहेको छु ।
किन कि म !
सेता परेवा हरु सँग
लाचार भएको छु ।
र !त्यसैले !!
म स्वयम्भु भएर
यि आँखा हरु चिम्ली रहेको छु ।
किनकी छटपटिनुको अर्थमा
म !
निरहार निशब्द !
बसेको छु ।
शायद त्यसैले
मलाई पहाड देख्यौ होला ।
**********************
जे भन/जसो भन
आखिर हुँ त तिम्रै ।
किन कि !
न म अधेरी बिनाको
जुन हुन सक्छु ।
न म तिम्रो गीत बिनाको
धुन हुन सक्छु ।
न म तिम्रो मुटु बिनाको
धड्कन हुन सक्छु ।
न म फुल बिनाको
सुबास्ना हुन सक्छु ।
बरु भन्यौ भने
निरन्तर बगी रहने
ईन्द्रवती हुन सक्छु ।
केवल सुसाउँदै
सललल .....सललल .....सललल.....!
********************
त्यसैले प्रिय !
म रिसाउने छैन
म झोंकिने छैन
किन कि म !
तिमीले सोचे जस्तो
पहाड भएको छैन ।
किन कि !
न यहाँ कुनै गल्ती भएको छ ।
न यहाँ कुनै आकाश खसेको छ ।
र यहाँ
माफ दिने र लिनेको
अर्थ देखिन ।
किन कि म !
तिमीले सोचे जस्तो
न पहाड भएको छु न चट्टान
केवल आफ्नै मुलुक को
लाचारी पनमा
केवल निशब्द थिए ।
त्यसैले !
हिजो
आज भोली
र !सँधै सँधै
केवल तिम्रै प्रिय हुँ ।
केवल..... केवल...... केवल......

अर्पण योन्जन (कान्छा भाई)
तरहरा-२ सुनसरी

No comments: