रचना १५ जेष्ठ २०६८
कहाँ गयौ भन काली, पुर्णिमा को जुन छोडि
कस्को भयौ भन आज, कान्छा भाईको गुन छोडि ।
तिम्ले मात्रै होला मलाई, चिन्न नसकेको
कता नाच्यौ भन काली, पिरतिको धुन छोडि ।
मेरो भन्दा सुन्यौ कि त, अन्तै मिठो गीत
किन सर्यौ बसाइँ काली, मेरो हुन छोडि ।
भने जती मागे जती, पुरा कै थें माग हरु
चट्टै भुल्यौ किन काली, कान्छा भाईको नुन छोडी ।
पैले किन बाचा लायौ, सँग सँगै जिउछु भनी
भुल्यौ नीत मै मोरो लाई, सम्झी रुन छोडि ।
अर्पण तामाङ (योन्जन)
Sunday, June 5, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment