गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, June 19, 2011

मानब हरुको खोजिमा !!!

५ आशाढ २०६८
मानब हरुको खोजिमा

एक साँझ शहर मा
कन्क्रिट हरुको
पाइला बिछ्याउँदै
म निस्किए
मानब हरुको खोजिमा
नयाँ कोलम्बस हरु पछ्याउँदै ।
सुमेरु भ्रमण को
कैलाश हरु उक्लंदै
म नियाल्दै थिए
मानब र मानबता हरु !
टक्क अडिएर
एक्लो सागर थाम्न तम्सने
हुट्टिट्याउँ झै !
अरब सागरको
भुमध्य रेखा बिच
कतै नयाँ युगको
थालनि हुँदै छ कि भनेर !
केवल !आजको
स्वच्छ मानब हरुको खोजिमा ।
*********************
जिसस भएर हेरेँ
अल्लाह भएर हेरेँ
ब्रम्हा बिष्णु भएर हेरेँ
बुद्ध भएर हेरेँ ।
तर यहाँ त
मानब्ता र शान्ती को प्रतिस्पर्धा मा
पाउन्ड स्टलिङ
र डलर हरुमा !
धमा धम !
बधसाला हरु को पो
निर्माण हुँदै गरेको भेटे ।
तै पनि खोज्दै छु ।
कतै नयाँ मानब हरु
होमुपिथेकस र रामु पिथेकस हरु
फेरी भेटिन्छन् कि भनेर ।
किनकी !
भौतिक बादी युग
र..................!
ढुङ्गे युग हरुको फ्युजन बाट
समदर्सी युग हरुको
उत्पती हुन्छ कि भनेर !
जहाँ मैले चाहेको
मानब्ताको उत्पती होस
र.....यहाँ !
फेरी जिसस, अल्लाह
बुद्ध मानब हरुको जन्म होस
अनी यहाँ फेरी
हिटलर हरु ले
घरि घरि
सद्धाम, ओशामा भएर
जन्मिनु पर्दैन ।
मोनिका हरुको बुश र बराक हरु
अैन्स्टैन भएर जन्मनु पर्दैन
जस्ले फेरी
मानब बधसाला गरोस
******************
त्यसैले म !
यस्तो मानबको खोजिमा छु ।
जहाँ नेपोलियन,
अब्ब्राहम,
गान्धी हरुको जन्म होस ।
जस्ले हिन्दूको पुराण पढुन
जस्ले अल्लाहको कुरान पढुन
जस्ले जिससको बाइबल पढुन
जस्ले बुद्धको त्रिपिटक पढुन
र म सन्तुस्ट हुनेछु
यस्तो मानब हरुको जन्म देखी ।
त्यसैले आज सम्म खोज्दै छु
पथ हरुको पदचाप खोज्दै
भिडभाड र ब्यस्त शहर हरुमा
हरेक नव मानब हरुको
चेहेरा हरुमा !
कङ्क्रिट हरुको
पाइला बिछ्याउँदै ।।।

अर्पण योन्जन
तरहरा-२ सुनसरी








No comments: