१५ बैशाख २०६८
किनार हरुले मलाई छेके छाल् भै बग्दा
दु:ख जती पेवा भयो आफ्नै भाग्यले ठग्दा ।
मिल्ने भए आँफै लेख्न सुख्खै सुख्ख लेख्थेँ
आँशु हरुले नयन ढाक्यो पिर हरुले डग्दा ।
लुछा चुडी गर्दा गर्दै आधा उमेर बित्यो
थाकी सके पाइला हरु कोसौ टाढा भाग्दा ।
दुख्ख सुख्ख रित सबै बहाना पो हो कि ?
छामी हेरेँ आँफै लाई बिउँझिएर जाग्दा ।
जती बुज्यो उती कठिन जिउनु पर्ने ब्यथा
झनै गहिरियो जिन्दगी यो सँघर्ष लाई नाग्दा ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Thursday, April 28, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment