गजल -१० बैशाख २०६८
उदाउँदो रहर मर्यो, तन् हरु ढले पछी
चाहनाको आकाश खस्यो, मन् गले पछी ।
बषन्तमा फुल्ने रहर, सिरौटोले खाँदा
कोपिलानी ओइली झर्यो, पवन ढले पछी ।
पर्खिएर बषन्त लाई, सिउँदो पनि फुल्यो
लाउँला भन्थे पिरती, यौबन बले पछी ।
उमेर छँदा नलाएको, मायाँ लाउँदा ऐले
हुन्न रैछ अर्थ कुनै, जोबन ढले पछी ।
बास्ना बिहिन फुल टिपी, शिरमा लाए पनि
ओइलिएर हाँगा भाँची, भुइमा झुले पछी ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, April 23, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment