गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, April 24, 2011

तिमी छौ र म छु !!!

कविता ११ बैशाख २०६८

तिमी छौ र म छु
तिम्रो प्रेम छ र !
म बाँचेको छु !
कोशौ टाढा भएर पनि
म भित्र ....!
तिम्रो ढुक-ढुकी छ ।
बषन्त फुल्लान ?
ऋतु फेरिएलान ?
तर !
मेरो मायाँको याम उस्तै छ !
बेशी झर्दा गाएका
पिरतिका धुन हरु !
नाम्ला डोरी र डोको सँग
पात्ले खेतका सम्झना हरु !
आज पनि ताजै छन ।
********************
हो ! म !
तिमी देखी कोशौँ टाढा छु ।
यहाँ भिड हरु छन ।
कङ्क्रिटले ठडिएका
ठुला ठुला महल हरु छन
चारैतिर कोलाहल छ
सबै ब्यस्त
बेफुर्सुदिला सडक हरु पनि
चलायमान छन सबै/सबै थोक
म पनि हतारिन्छु
प्रत्येक दिन लाई
रातमा रुपान्तरण गर्न
किनकी !?
सिङ्गो रात हरुमा
तिमी लाई भेट्छु
चिम्लिएर यि आँखा
तिमी लाई देख्छु
र !
एउटा तस्बिर रै सहि !
उसै सङ्ग गफ गर्छु
केवल उसौ सँग
उ त्यो हो !
त्यो तिमी हौ ।
*******************
ठुलि ! तिमी लाई थाहा छ ???
यहाँ दाउरा चाहिन्न
बाल्न आगो चाहिन्न
चाहिन्छ त !केवल पानी
बस ८४ ब्यन्जन खाना बन्छन
तर ! म कहाँ बिर्सन्छुर ?
फुल्ल्व फाँटमा
मकै, कोदो, र धान गोड्दा
तिमीले बनाएको
सिन्की र गुन्द्रुक अचार
मकै भटमास र ढिँडो
भर्लाको पातमा
टाउको जुधाउँदै खाएको ।
मिस्टान हरुले
यहाँ मेरो पेट भरिन्न
डलर हरुले म कहिल्याइ अघाउदिन
मिनरल वाटर हरुले!
मेरो प्यास मेटिन्न ।
जहाँ तिम्रो बास छैन
जहाँ तिम्रो हातको गाँस छैन
जहाँ तिम्रो आभाश छैन
जहाँ तिम्रो मिठो मधुमाश छैन
त्यहा म ! सँधै भोको हुन्छु
किन कि ?
तिमी छौ र म छु
तिम्रो प्रेम छ र !
म बाँचेको छु !
केवल सम्झनामा ।
*******************
तिम्रो याद हरु साँचेर
म यहाँ डलर हरु
पशिना सँग साट्दै छु ।
तिमी त्यहा आँशु को भेल बगाँउदा
म यहाँ दुख्ख सँग सुख साट्दै छु
साँझ बिहान रात नभनी
अर्काको देश बनाउँदै छु ।
तिम्रो खुशी र मेरो खुशी
साहुको मा बन्धकी राखेर
हाम्रो खुशी हरु किन्दै छु ।
त्यसैले अब !
मैले साटेको पसिनाको मुल्यले
तिमीलाई !
चौबन्दी र फरिया ल्याइ दिदै छु ।
पर्दैन अब तिमीले
फरियाको फेरो सिउन
चौबन्दिको तुना टाल्न
चुढेको लाछाको जुइनो गाँस्न
भोकाएको पेटमा पटुकी कस्न
किनकी !
पसिना बेचेर मैले सुख किनेको छु ।
बर्सौ पछीको पुनरमिलनमा
तिम्रो चुरा पोते तिलहरी र नौगेडी
फर्काइ ल्याएको छु ।
सुनाउला रात हरु !
फेरी हामी दुई उसै गरी साटौँला
सुख्ख दुख्ख उसै गरी बाटौँला
किनकी !
तिमी छौ र म छु
तिम्रो प्रेम छ र !
म बाँचेको छु !

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: