मिती ३० चैत्र २०६७
आज भोली तिम्रो बाटो कुर्न मन लाग्छ
भञ्ज्याङ को देउरालीमा झर्न मन लाग्छ ।
तिम्लाई भेटे देखी यता केभो कुन्नी मलाई
न झिम्काइ परेली लाई हेर्न मन लाग्छ ।
कहाँ छुपाउँ कहाँ लुकाउँ तिम्रो नजर लाई
गाँठो फुकाइ पिरती को बेर्न मन लाग्छ ।
न आउँदा साँझ पख पधेरि मा तिमी
तिम्रै घरको बलेशिमा सर्न मन लाग्छ ।
ढल्किएको उमेरमा नी यस्तो हुँदो रैछ
बुढेउली को तन्देरी पन फेर्न मन लाग्छ ।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, April 23, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment