१२ बैशाख २०६८
मन लाग्दैन आज भोली गित गजल लेख्न पनि
पिर हरुको पोको फुकाइ सबको सामु पोख्न पनि ।
म नै उस्तो हुँ कि कुन्नी ? उन्को मायाँ उस्तो
सँधै धाउने देउराली मा मन लाग्दैन छेक्न पनि ।
जती सम्झ्यो उती गाह्रो उनको नजर मलाई
प्रिती बास्ने चौतारीमा मन लाग्दैन देख्न पनि ।
उनको गित उनको भाका उनको शुसेली लाई
धुन दिने सारङ्गि लाई मन लाग्दैन रेट्न पनि ।
भयो अब पुग्यो मलाई पिडा दिने उस्को मायाँ
ढुकी ढुकी दोबाटोमा मन लाग्दैन भेट्न पनि ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Monday, April 25, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment