गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, April 23, 2011

म !युद्ध होइन !!शान्ती चाहन्छु !!!

कविता ७ फाल्गुन २०६७

आफ्नो स्वर्णिमको लागि
मायाँलु पत्र हरु कोर्ने मान्छे
स्वर्णिम भित्र !
कोमल मन हरुले !
प्रेमको भ्रुण रोप्ने मान्छे !
सदा प्रेम लाई मायाँ गर्ने मान्छे !
गुन्द्रुक र आलु हरु फलाउन
तल्लिन,आज तिम्रो मन हरु !
अचानक चट्याङ्ग परे झै
गोली र बारुद हरु !
पड्काउन थाले छौ ।
त्यसैले अब म !
बरुद को धुवाँ भित्रको
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
************************
मैले नदेखेको तिम्रो रुप हरु
आज युद्ध हरु लड्न थालेछन्
क्रान्ति उमार्ने
जेनी बोन्भोस्ट फालिन
र च्याङ्चिन तावाचिन को
इतिहाँश रट्न थाले छौ !
कोमल मन हरु बाट
प्रेम हरु झिकेर
धमा धम !
बम र बारुज सङ्ग
क्रान्तिकारी भएको छौ रे ?
बर्गिय दुश्मनको नाममा
आफन्त र प्रेमको गला घोट्दै छौ रे ?
त्यसैले स्वप्निल !
अब म !
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
**************************
तिमीले भने जस्तै !
म शान्तीकामी मान्छे
युद्ध हरु पढ्न सक्दिन
भावना हरु लाई निमोठेर
बन्दुक को नालमा
रगतको होली हरुमा
शान्तिको प्रेम रोप्न सक्दिन
जान्दा जान्दै! टाउका हरु काटेर
म !
जल्जला पहाड भएर उभिन सक्दिन ।
भोको पेट हरु बोकेर
कर्णाली हुन सक्दिन ।
खोकु छिन्ताङ्ग भएर गोली खाँदै !
सुखनिको जङ्गल पोत्न सक्दिन
त्यसैले अब म !
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
*************************
अनी तिमीले भने जस्तै
हो म ! तिखो तरबारमा निदाउन सक्दिन
गोला बम हरु लाई म !
शिरानी लाउन सक्दिन ।
घरको भित्ता हरु रगतका खोला हरुले
म ! रङ्ग्याउन सक्दिन
किन कि ?/मैले !
नागासाकी र होरोसिमा लाई पढेको छु ।
शिया सुन्नी र परमाणु हरुको नाममा
जिउँदो इराक जलेको देखे को छु ।
बामे सर्दै गरेको अफ्गानिस्तान
बल्दै गरेको देखेको छु ।
अनी !
इथोपिया,सोमालिया सुडान र लेबानन हरु !
अनी आफ्नै मुलुक !
तिम्रो युद्धमा पिल्सिएको देखे को छु ।
त्यसैले अब म !
तिम्रो !!
प्रेमिल स्वर्णिम हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
**************************
हो स्वप्निल !
तिमीले भने जस्तै
यहाँ युद्ध मा आफ्नो हुन्न
र युद्ध हरु जितिन्छन ।
यहाँ ग्लेसियर हरु पग्लेर
पहाड बने पनि !
तिम्रो युद्धले प्रतिपादन गरेको
नियमले युद्ध जित्ला!
इतिहाँश फेरिएला !!
तर म !युद्ध हुन सक्दिन ।
भन्छौ भने बरु म बुद्ध बन्न सकुँला
तिम्रो मनको कठघरामा
प्रेम ले बाधीएर रहुला !!
तर म !
तिमीले रोजेको युद्धमा
सिउदो र काख हरु !
रित्याउन सक्दिन ।
किनकी ?
म र तिमी पनि
तिनै आमा हरु बाट जन्म लिएको हुँ/हौ
बरु सक्छौ भने ??
आउ शान्तिको हात मिलाउँ
एउटा नयाँ युगको थालनि गरौ ।
किन कि तिमीले लेखेका
प्रेमिल भाब हरु !
आज पनि आलै छन
प्रेम दिवशको पत्र बनेर ।
यदी प्रेम र युद्धमा !
युद्ध रोज्छौ भने !!
म !तिम्रो !!
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कातार

No comments: