रचना ०५ बैशाख २०६८
टुटेका ति सपना देख्न मन लाग्यो
बटुलेर मन हरु भेट्न मन लाग्यो ।
मायाँ गर्छु भन्नु पनी स्वार्थ हुने यहाँ
बैरी हुने समाज लाई रेट्न मन लाग्यो ।
कुरा काट्ने काटी रहुन जोरिपारी सबै
तिमी हिँड्ने बाटो सँधै छेक्न मन लाग्यो ।
उन्को दिलमा सानो ठाउँ थियो कि कतै?
ओइलिएको मन लाई रोप्न मन लाग्यो ।
लैजाला टिपी कसैले फुल जस्ती उन्लाई
बन्द नजर परेलिमा छोप्न मन लाग्यो ।
नोट: माथिका शेर हरुमा काफिया नमिल्दा नमिल्दै पनि मैले
देख्न, भेट्न,रेट्न, छेक्न, र रोप्न जस्ता शब्दवाली प्रयोग गरेको छु ।
किनकी मैले यस्लाई गजल भन्दा पनि मात्र रचना (स्रिजना)को रुपमा
हेरेको छु । त्यसैले अग्रज हरुमा पर्न जाने खुल्दुली प्रती क्ष्यमा
चाहन्छु । बाँकी तपाईं हरुकै हातमा ।
अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, April 23, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment