गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Friday, April 29, 2011

मन्द मुस्कान ओठ भित्र छुपाएर राख !!!

१६ बैशाख २०६८

मन्द मुस्कान ओठ भित्र छुपाएर राख
लाज जती घुम्टो भित्र लुकाएर राख ।

चोर्न आउला जुनेलीमा जुन पनि तिम्लाई
लज्जालु त्यो नजर लाई झुकाएर राख ।

फुल बनी फुल्यौ भने बगैँचा मा तिमी
भमरा ले चुमी देला झुलाएर राख ।

पापी मन हुने हरु आँधेरिमा आउँलान
दिलको ढोका बन्द राखी भुलाएर राख ।

आउँदा खबर गरी आउँला सपनिको बाटो
मलाई मात्र मनको ढोका खुलाएर राख ।

अर्पण तमाङ (योन्जन)
तरहर-२ सुनसरी
हाल दोहा कतार

Thursday, April 28, 2011

किनार हरुले मलाई छेके छाल् भै बग्दा !!!

१५ बैशाख २०६८

किनार हरुले मलाई छेके छाल् भै बग्दा
दु:ख जती पेवा भयो आफ्नै भाग्यले ठग्दा ।

मिल्ने भए आँफै लेख्न सुख्खै सुख्ख लेख्थेँ
आँशु हरुले नयन ढाक्यो पिर हरुले डग्दा ।

लुछा चुडी गर्दा गर्दै आधा उमेर बित्यो
थाकी सके पाइला हरु कोसौ टाढा भाग्दा ।

दुख्ख सुख्ख रित सबै बहाना पो हो कि ?
छामी हेरेँ आँफै लाई बिउँझिएर जाग्दा ।

जती बुज्यो उती कठिन जिउनु पर्ने ब्यथा
झनै गहिरियो जिन्दगी यो सँघर्ष लाई नाग्दा ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

पिरती को कुरा नगर लाए पछी गाह्रो होला

१५ बैशाख २०६८


पिरती को कुरा नगर लाए पछी गाह्रो होला
नलाउदैमा त यस्तो लाएपछी झन सारो होला ।

भन्छौ नि तिमी भन्नत मायाँ लाउँ लाउँ भनेर
हुँदा छँदा ठिकैछ अहिले पछी सबैको तारो होला ।

तिम्लाई जस्तो मलाई पनि प्रिती गाँस्ने मन छ
न सम्हाले यो मनलाई आँखाको छारो होला ।

तिमी पनि बैशालु छौ म पनि त बैशालु छु
बा आमा लाई टाउको दुख्ने पछी फेरी पारो होला ।

भन्छौ भने आँट गर बरु तिम्लाई माग्न आउँला
फुर्सदमा पछुताउँदा गला रेट्ने फेरी आरो होला ।



अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, April 25, 2011

मन लाग्दैन आज भोली !

१२ बैशाख २०६८

मन लाग्दैन आज भोली गित गजल लेख्न पनि
पिर हरुको पोको फुकाइ सबको सामु पोख्न पनि ।

म नै उस्तो हुँ कि कुन्नी ? उन्को मायाँ उस्तो
सँधै धाउने देउराली मा मन लाग्दैन छेक्न पनि ।

जती सम्झ्यो उती गाह्रो उनको नजर मलाई
प्रिती बास्ने चौतारीमा मन लाग्दैन देख्न पनि ।

उनको गित उनको भाका उनको शुसेली लाई
धुन दिने सारङ्गि लाई मन लाग्दैन रेट्न पनि ।

भयो अब पुग्यो मलाई पिडा दिने उस्को मायाँ
ढुकी ढुकी दोबाटोमा मन लाग्दैन भेट्न पनि ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, April 24, 2011

तिमी छौ र म छु !!!

कविता ११ बैशाख २०६८

तिमी छौ र म छु
तिम्रो प्रेम छ र !
म बाँचेको छु !
कोशौ टाढा भएर पनि
म भित्र ....!
तिम्रो ढुक-ढुकी छ ।
बषन्त फुल्लान ?
ऋतु फेरिएलान ?
तर !
मेरो मायाँको याम उस्तै छ !
बेशी झर्दा गाएका
पिरतिका धुन हरु !
नाम्ला डोरी र डोको सँग
पात्ले खेतका सम्झना हरु !
आज पनि ताजै छन ।
********************
हो ! म !
तिमी देखी कोशौँ टाढा छु ।
यहाँ भिड हरु छन ।
कङ्क्रिटले ठडिएका
ठुला ठुला महल हरु छन
चारैतिर कोलाहल छ
सबै ब्यस्त
बेफुर्सुदिला सडक हरु पनि
चलायमान छन सबै/सबै थोक
म पनि हतारिन्छु
प्रत्येक दिन लाई
रातमा रुपान्तरण गर्न
किनकी !?
सिङ्गो रात हरुमा
तिमी लाई भेट्छु
चिम्लिएर यि आँखा
तिमी लाई देख्छु
र !
एउटा तस्बिर रै सहि !
उसै सङ्ग गफ गर्छु
केवल उसौ सँग
उ त्यो हो !
त्यो तिमी हौ ।
*******************
ठुलि ! तिमी लाई थाहा छ ???
यहाँ दाउरा चाहिन्न
बाल्न आगो चाहिन्न
चाहिन्छ त !केवल पानी
बस ८४ ब्यन्जन खाना बन्छन
तर ! म कहाँ बिर्सन्छुर ?
फुल्ल्व फाँटमा
मकै, कोदो, र धान गोड्दा
तिमीले बनाएको
सिन्की र गुन्द्रुक अचार
मकै भटमास र ढिँडो
भर्लाको पातमा
टाउको जुधाउँदै खाएको ।
मिस्टान हरुले
यहाँ मेरो पेट भरिन्न
डलर हरुले म कहिल्याइ अघाउदिन
मिनरल वाटर हरुले!
मेरो प्यास मेटिन्न ।
जहाँ तिम्रो बास छैन
जहाँ तिम्रो हातको गाँस छैन
जहाँ तिम्रो आभाश छैन
जहाँ तिम्रो मिठो मधुमाश छैन
त्यहा म ! सँधै भोको हुन्छु
किन कि ?
तिमी छौ र म छु
तिम्रो प्रेम छ र !
म बाँचेको छु !
केवल सम्झनामा ।
*******************
तिम्रो याद हरु साँचेर
म यहाँ डलर हरु
पशिना सँग साट्दै छु ।
तिमी त्यहा आँशु को भेल बगाँउदा
म यहाँ दुख्ख सँग सुख साट्दै छु
साँझ बिहान रात नभनी
अर्काको देश बनाउँदै छु ।
तिम्रो खुशी र मेरो खुशी
साहुको मा बन्धकी राखेर
हाम्रो खुशी हरु किन्दै छु ।
त्यसैले अब !
मैले साटेको पसिनाको मुल्यले
तिमीलाई !
चौबन्दी र फरिया ल्याइ दिदै छु ।
पर्दैन अब तिमीले
फरियाको फेरो सिउन
चौबन्दिको तुना टाल्न
चुढेको लाछाको जुइनो गाँस्न
भोकाएको पेटमा पटुकी कस्न
किनकी !
पसिना बेचेर मैले सुख किनेको छु ।
बर्सौ पछीको पुनरमिलनमा
तिम्रो चुरा पोते तिलहरी र नौगेडी
फर्काइ ल्याएको छु ।
सुनाउला रात हरु !
फेरी हामी दुई उसै गरी साटौँला
सुख्ख दुख्ख उसै गरी बाटौँला
किनकी !
तिमी छौ र म छु
तिम्रो प्रेम छ र !
म बाँचेको छु !

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, April 23, 2011

म !युद्ध होइन !!शान्ती चाहन्छु !!!

कविता ७ फाल्गुन २०६७

आफ्नो स्वर्णिमको लागि
मायाँलु पत्र हरु कोर्ने मान्छे
स्वर्णिम भित्र !
कोमल मन हरुले !
प्रेमको भ्रुण रोप्ने मान्छे !
सदा प्रेम लाई मायाँ गर्ने मान्छे !
गुन्द्रुक र आलु हरु फलाउन
तल्लिन,आज तिम्रो मन हरु !
अचानक चट्याङ्ग परे झै
गोली र बारुद हरु !
पड्काउन थाले छौ ।
त्यसैले अब म !
बरुद को धुवाँ भित्रको
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
************************
मैले नदेखेको तिम्रो रुप हरु
आज युद्ध हरु लड्न थालेछन्
क्रान्ति उमार्ने
जेनी बोन्भोस्ट फालिन
र च्याङ्चिन तावाचिन को
इतिहाँश रट्न थाले छौ !
कोमल मन हरु बाट
प्रेम हरु झिकेर
धमा धम !
बम र बारुज सङ्ग
क्रान्तिकारी भएको छौ रे ?
बर्गिय दुश्मनको नाममा
आफन्त र प्रेमको गला घोट्दै छौ रे ?
त्यसैले स्वप्निल !
अब म !
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
**************************
तिमीले भने जस्तै !
म शान्तीकामी मान्छे
युद्ध हरु पढ्न सक्दिन
भावना हरु लाई निमोठेर
बन्दुक को नालमा
रगतको होली हरुमा
शान्तिको प्रेम रोप्न सक्दिन
जान्दा जान्दै! टाउका हरु काटेर
म !
जल्जला पहाड भएर उभिन सक्दिन ।
भोको पेट हरु बोकेर
कर्णाली हुन सक्दिन ।
खोकु छिन्ताङ्ग भएर गोली खाँदै !
सुखनिको जङ्गल पोत्न सक्दिन
त्यसैले अब म !
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
*************************
अनी तिमीले भने जस्तै
हो म ! तिखो तरबारमा निदाउन सक्दिन
गोला बम हरु लाई म !
शिरानी लाउन सक्दिन ।
घरको भित्ता हरु रगतका खोला हरुले
म ! रङ्ग्याउन सक्दिन
किन कि ?/मैले !
नागासाकी र होरोसिमा लाई पढेको छु ।
शिया सुन्नी र परमाणु हरुको नाममा
जिउँदो इराक जलेको देखे को छु ।
बामे सर्दै गरेको अफ्गानिस्तान
बल्दै गरेको देखेको छु ।
अनी !
इथोपिया,सोमालिया सुडान र लेबानन हरु !
अनी आफ्नै मुलुक !
तिम्रो युद्धमा पिल्सिएको देखे को छु ।
त्यसैले अब म !
तिम्रो !!
प्रेमिल स्वर्णिम हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।
**************************
हो स्वप्निल !
तिमीले भने जस्तै
यहाँ युद्ध मा आफ्नो हुन्न
र युद्ध हरु जितिन्छन ।
यहाँ ग्लेसियर हरु पग्लेर
पहाड बने पनि !
तिम्रो युद्धले प्रतिपादन गरेको
नियमले युद्ध जित्ला!
इतिहाँश फेरिएला !!
तर म !युद्ध हुन सक्दिन ।
भन्छौ भने बरु म बुद्ध बन्न सकुँला
तिम्रो मनको कठघरामा
प्रेम ले बाधीएर रहुला !!
तर म !
तिमीले रोजेको युद्धमा
सिउदो र काख हरु !
रित्याउन सक्दिन ।
किनकी ?
म र तिमी पनि
तिनै आमा हरु बाट जन्म लिएको हुँ/हौ
बरु सक्छौ भने ??
आउ शान्तिको हात मिलाउँ
एउटा नयाँ युगको थालनि गरौ ।
किन कि तिमीले लेखेका
प्रेमिल भाब हरु !
आज पनि आलै छन
प्रेम दिवशको पत्र बनेर ।
यदी प्रेम र युद्धमा !
युद्ध रोज्छौ भने !!
म !तिम्रो !!
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कातार
कविता ७ फाल्गुन २०६७



आफ्नो स्वर्णिमको लागि

मायाँलु पत्र हरु कोर्ने मान्छे

स्वर्णिम भित्र !

कोमल मन हरुले !

प्रेमको भ्रुण रोप्ने मान्छे !

सदा प्रेम लाई मायाँ गर्ने मान्छे !

गुन्द्रुक र आलु हरु फलाउन

तल्लिन,आज तिम्रो मन हरु !

अचानक चट्याङ्ग परे झै

गोली र बारुद हरु !

पड्काउन थाले छौ ।

त्यसैले अब म !

बरुद को धुवाँ भित्रको

प्रेमिल स्वर्णिमा हुन सक्दिन

किन कि ?

म !युद्ध होइन

शान्ती चाहन्छु ।

************************

मैले नदेखेको तिम्रो रुप हरु

आज युद्ध हरु लड्न थालेछन्

क्रान्ति उमार्ने

जेनी बोन्भोस्ट फालिन

र च्याङ्चिन तावाचिन को

इतिहाँश रट्न थाले छौ !

कोमल मन हरु बाट

प्रेम हरु झिकेर

धमा धम !

बम र बारुज सङ्ग

क्रान्तिकारी भएको छौ रे ?

बर्गिय दुश्मनको नाममा

आफन्त र प्रेमको गला घोट्दै छौ रे ?

त्यसैले स्वप्निल !

अब म !

प्रेमिल स्वर्णिमा हुन सक्दिन

किन कि ?

म !युद्ध होइन

शान्ती चाहन्छु ।

**************************

तिमीले भने जस्तै !

म शान्तीकामी मान्छे

युद्ध हरु पढ्न सक्दिन

भावना हरु लाई निमोठेर

बन्दुक को नालमा

रगतको होली हरुमा

शान्तिको प्रेम रोप्न सक्दिन

जान्दा जान्दै! टाउका हरु काटेर

म ! जल्जला पहाड भएर उभिन सक्दिन ।

भोको पेट हरु बोकेर

कर्णाली हुन सक्दिन ।

खोकु छिन्ताङ्ग भएर गोली खाँदै

!सुखनिको जङ्गल पोत्न सक्दिन

त्यसैले अब म !

प्रेमिल स्वर्णिमा हुन सक्दिन

किन कि ?

म !युद्ध होइन

शान्ती चाहन्छु ।

*************************

अनी तिमीले भने जस्तै

हो म ! तिखो तरबारमा निदाउन सक्दिन

गोला बम हरु लाई म !

शिरानी लाउन सक्दिन ।

घरको भित्ता हरु रगतका खोला हरुले

म ! रङ्ग्याउन सक्दिन

किन कि ?/मैले

!नागासाकी र होरोसिमा लाई पढेको छु ।

शिया सुन्नी र परमाणु हरुको नाममा

जिउँदो इराक जलेको देखे को छु ।

बामे सर्दै गरेको अफ्गानिस्तान

बल्दै गरेको देखेको छु ।

अनी !

इथोपिया,सोमालिया सुडान र लेबानन हरु !

अनी आफ्नै मुलुक !

तिम्रो युद्धमा पिल्सिएको देखे को छु ।

त्यसैले अब म !

तिम्रो !!

प्रेमिल स्वर्णिम हुन सक्दिन

किन कि ?

म !युद्ध होइन

शान्ती चाहन्छु ।

**************************

हो स्वप्निल !

तिमीले भने जस्तै

यहाँ युद्ध मा आफ्नो हुन्न

र युद्ध हरु जितिन्छन ।

यहाँ ग्लेसियर हरु पग्लेर

पहाड बने पनि !

तिम्रो युद्धले प्रतिपादन गरेको

नियमले युद्ध जित्ला!

इतिहाँश फेरिएला !!

तर म !युद्ध हुन सक्दिन ।

भन्छौ भने बरु म बुद्ध बन्न सकुँला

तिम्रो मनको कठघरामा

प्रेम ले बाधीएर रहुला !!

तर म !
तिमीले रोजेको युद्धमा
सिउदो र काख हरु !
रित्याउन सक्दिन ।
किनकी ?
म र तिमी पनि
तिनै आमा हरु बाट जन्म लिएको हुँ/हौ
बरु सक्छौ भने ??
आउ शान्तिको हात मिलाउँ
एउटा नयाँ युगको थालनि गरौ ।
किन कि तिमीले लेखेका
प्रेमिल भाब हरु !
आज पनि आलै छन
प्रेम दिवशको पत्र बनेर ।
यदी प्रेम र युद्धमा !
युद्ध रोज्छौ भने !!
म !तिम्रो !!
प्रेमिल स्वर्णिमा हुन सक्दिन
किन कि ?
म !युद्ध होइन
शान्ती चाहन्छु ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कातार

न फुल न बषन्त न कुनै आयो मधुमाश

०४ चैत्र २०६७

न फुल न बषन्त न कुनै आयो मधुमाश
आएर चोरी लग्यो थ्यो त्यो कुनै बदमाश ।

फुल्दा फुल्यो ढकमक्क फुल सरी यौबन
टप्प टिपेर लग्यो थ्यो त्यो कुनै बदमाश ।

लायो गोड्यो बगैचामा जिबन भर्यो उसै
चुसेर रस थुक्यो भुईमा थ्यो कुनै बदमाश ।

थिए कती सपना सजेका रात सुनौलो भरी
आइ सपना ब्युँझाई गो थ्यो त्यो कुनै बदमाश ।

न रङ्ग न बास्ना न कुनै अब यहाँ बषन्त
कुल्ची गयो सडकमा थ्यो त्यो कुनै बदमाश ।

अर्पण योन्जन
सुनसरी
हाल दोहा कतार

दुखाएर हाँस्नु पर्ने जिदगी को रित यस्तै

दुखाएर हाँस्नु पर्ने जिदगी को रित यस्तै
स्वाभिमान कुल्ची हाँस्ने यहाँको रित यस्तै !

न पिरोले को कहाँ छर आँशु झर्दा यहाँ
गला समाइ घाँटी रेट्ने यहाँको रित यस्तै ।

भने जस्तो सोचे जस्तो हुन्न साथी यहाँ
प्रित लगाई हित भुल्ने यहाँ को मित यस्तै ।

हुँदा पो आफ्ने मान्छे पनि नहुँदा सबै बैरी
चडेर शिखर के भोर? यहाँ को जित यस्तै ।

लेख्दा कबिता बन्ने गाउदा गजल हुने रे?
सुर ताल बिनाको यहाँ को गित यस्तै ।

अर्पण

आज भोली तिम्रो बाटो कुर्न मन लाग्छ

मिती ३० चैत्र २०६७

आज भोली तिम्रो बाटो कुर्न मन लाग्छ
भञ्ज्याङ को देउरालीमा झर्न मन लाग्छ ।

तिम्लाई भेटे देखी यता केभो कुन्नी मलाई
न झिम्काइ परेली लाई हेर्न मन लाग्छ ।

कहाँ छुपाउँ कहाँ लुकाउँ तिम्रो नजर लाई
गाँठो फुकाइ पिरती को बेर्न मन लाग्छ ।

न आउँदा साँझ पख पधेरि मा तिमी
तिम्रै घरको बलेशिमा सर्न मन लाग्छ ।

ढल्किएको उमेरमा नी यस्तो हुँदो रैछ
बुढेउली को तन्देरी पन फेर्न मन लाग्छ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

टुटेका ति सपना देख्न मन लाग्यो

रचना ०५ बैशाख २०६८


टुटेका ति सपना देख्न मन लाग्यो
बटुलेर मन हरु भेट्न मन लाग्यो ।

मायाँ गर्छु भन्नु पनी स्वार्थ हुने यहाँ
बैरी हुने समाज लाई रेट्न मन लाग्यो ।

कुरा काट्ने काटी रहुन जोरिपारी सबै
तिमी हिँड्ने बाटो सँधै छेक्न मन लाग्यो ।

उन्को दिलमा सानो ठाउँ थियो कि कतै?
ओइलिएको मन लाई रोप्न मन लाग्यो ।

लैजाला टिपी कसैले फुल जस्ती उन्लाई
बन्द नजर परेलिमा छोप्न मन लाग्यो ।

नोट: माथिका शेर हरुमा काफिया नमिल्दा नमिल्दै पनि मैले
देख्न, भेट्न,रेट्न, छेक्न, र रोप्न जस्ता शब्दवाली प्रयोग गरेको छु ।
किनकी मैले यस्लाई गजल भन्दा पनि मात्र रचना (स्रिजना)को रुपमा
हेरेको छु । त्यसैले अग्रज हरुमा पर्न जाने खुल्दुली प्रती क्ष्यमा
चाहन्छु । बाँकी तपाईं हरुकै हातमा ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

उदाउँदो रहर मर्यो, तन् हरु ढले पछी

गजल -१० बैशाख २०६८

उदाउँदो रहर मर्यो, तन् हरु ढले पछी
चाहनाको आकाश खस्यो, मन् गले पछी ।

बषन्तमा फुल्ने रहर, सिरौटोले खाँदा
कोपिलानी ओइली झर्यो, पवन ढले पछी ।

पर्खिएर बषन्त लाई, सिउँदो पनि फुल्यो
लाउँला भन्थे पिरती, यौबन बले पछी ।

उमेर छँदा नलाएको, मायाँ लाउँदा ऐले
हुन्न रैछ अर्थ कुनै, जोबन ढले पछी ।

बास्ना बिहिन फुल टिपी, शिरमा लाए पनि
ओइलिएर हाँगा भाँची, भुइमा झुले पछी ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार