गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, June 30, 2010

लेख्दा लेख्दै गजल हरु

गजल रचना २०६७ अशाढ १६

लेख्दा लेख्दै गजल हरु तिम्रो लागि गीत बन्यो
रेट्दा रेट्दै सारङ्गी मा तिम्रो लागि धुन बन्यो ।

हिड्दै थिए कतै टाढा तिम्रो गाउँ मा बास माग्दा
तिम्रो दिल मा बस्न पाउँदा मेरो लागि मित बन्यो ।

भोकै प्यासै तिम्रो सामु एक घुट्को पानी माग्दा
तिम्रो हात को मायाँ पिउदा मेरो लागि प्रित बन्यो ।

खेल खेल्यौँ रात भरी बाजी मारेयौँ जिन्दगी को
हार पनि तिमी सँग मेरो लागि जित बन्यो ।

एकै रात को बास पनि तिम्रो मेरो रित बन्यो
बिहान उठि बाटो लाग्द मेरो आँशु शित बन्यो ।


अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आज तिम्रो लागि भनेर

गजल रचना २०६७ अशाढ १६

आज तिम्रो लागि भनेर साँचे को कुनै प्रश्न छैन
आज तिम्रो लागि भनेर म सँग कुनै उत्तर छैन ।

जती जे छ तिमी मात्रै भन म सुनी रहन्छु
तिमी एक्लै बोल्यौ भनेर मन्मा कुनै रिस छैन ।

जब तिमी बोल्न थाल्छौ आइ मेरो समिप मा
हेरी रहुँ जस्तो लाग्छ मन्मा कुनै दोस छैन ।

जती बोल्छौ उती मिठो शुल हौ कि फुल हौ
टिपी लाउँ कि शिर माथि मन्मा कुनै काँडा छैन ।

यसै गर्छु तिमी सँग भनेर मेरो कुनै खाका छैन
तिमी गीत गाउ म सुनी रन्छु मेरो कुनै भाका छैन ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

जिन्दगी को डायरी भित्र

गजल रचना २०६७ अशाढ १६

जिन्दगी को डायरी भित्र तिम्रै कथा लेखी रन्छु
न सकिने दिल को मशी हृदय मा थपी रन्छु ।

दुर कतै क्षितिज मा फर्की आउन भुल्यौ भने
तिमी गाको बाटो कुर्दै तिम्रो पाइला कुरी रन्छु ।

हावा सँगै अँधेरी मा निभ्न कतै लाग्यौ भने
प्रतिक्षा मा आँफै जल्दै मन को तेल थपी रन्छु ।

ओठ तिम्रो हाँस्यो भने खुशी हरु रमाएर
बैन राखी जिन्दगी लाई सुख्ख हरु थपी रन्छु ।

तिमी सङ्ग बिताएका पल हरु माग्यौ भने
तिता मिठा सम्झना लाई गीत बनाइ लेखी रन्छु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, June 29, 2010

घाम लागेको दिन सँगै

अजल रचना २०६७ आशाढ १५

घाम लागेको दिन सँगै प्रिती बस्ने साँझ बनोस
अर्ध चन्द्र उदाउदा मायाँ बस्ने रात बनोस ।

कान्मा आइ साउती मार्दा न्यानो न्यानो उस्को श्वास
मिठा मिठा पल हरु जिन्दगी को साथ बनोस ।

दिप बाली रात सँगै जून्केरी ले गीत गाउदा
पुर्णिमा मा तारा सँगै चाँदनी को साथ बनोस ।

दुइटा प्राणी दुइटा मुटु दुइटा ढड्कन मात्र
रङ्गी चङ्गी बिहानी को इन्द्रेणी को रङ्ग बनोस ।

काँडा बिच फुल छुदा मायाँलु को हात बनोस
दुइटा मात्र पिरती को दुनियाँ मा जात बनोस ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आज आफै हार खाएँ

गजल रचना २०६७ आशाढ १५

आज आफै हार खाएँ लड्दा लड्दै जिन्दगी
आफ्नै छायाँ टाढा भयो हिड्दा हिड्दै जिन्दगी ।

चड्दै जाँदा उकाली मा साथ छुटी गयो
भाकल गरी चढाई दिए देउरालीमा जिन्दगी ।

तार्छु भन्दा मर्स्याङदी मा हात छुटी गयो
खहरे को भेल आइ बगाइ लग्यो जिन्दगी ।

सप्ना आउथ्यो नाना भाती सँग सँगै जिउने
देबदाश को पारो भयो सार् बिना को जिन्दगी ।

मर्न पनि न सकिने जिउन झनै गाह्रो
सास् छदै लास् भयो हार् खाए को जिन्दगी ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, June 28, 2010

नशा हो की जादु हो

गजल रचना २०६७ अशाढ १४

नशा हो की जादु हो तिम्रो भेट मलाई
मायाँ हो की मोहनि हो तिम्रो भेट मलाई ।

नाता जोड्यो फेश्बुक् ले साईनो के हो कुन्नी
काली भन्दा लजाउने तिम्रो नाम मलाई ।

नजर् छुपाई हिड्यौ भने देख्न मन लाग्ने
पानि जस्तो तिर्खा लाग्ने तिम्रो मायाँ मलाई ।

भर्भराउदो बैश तिम्रो रात डाकुँ जस्तो
नपिएरै मात लाग्ने तिम्रो मायाँ मलाई ।

बानि पर्यो भेट गर्ने सँधै फेशबुक् मा
ढिलो हुँदा बाटो कुर्ने बानि पर्यो मलाई ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

नसोचे को भेट भयो

गजल रचना २०६७ अशाढ १४

नसोचे को भेट भयो आज उनि सित
दिल खोलि बात भयो आज उनि सित ।

एउटै थियो गाउं घर हाट बजार एउटै
नभेटे को धेरै भयो आज उनि सित ।

कुन् शब्दले ब्यक्त गरु मेरा खुसी हरु
इन्टर्नेट् को बाटो गरि भेट् भो उनि सित ।

बोलि भने उस्तै लाग्यो रुप् भो कस्तो कुन्नी
स्वर्गै जिते जस्तो लाग्यो भेट्दा उनि सित ।

आदर् गरि ह्रिदय मा भेट् भो उनि सित
बर्षौ पछी दिल खोलि बात् भो उनि सित ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरि
हाल दोहा कतार

Sunday, June 27, 2010

कांडा रोपी पात छुदा

गजल रचना २०६७ अशाढ १३

कांडा रोपी पात छुदा खै कहां फुल भो
उनलाइ मायां लाउछु भन्दा खै कहां भुल भो।

हात समाइ उनि सङ्गै जिबन् काट्छु भन्दा
चिच्याएर गालि गरी खै कहां भुल् भो ।

किस्न भिर् को पैरो जस्तै पैरो गयो जिबन्
भुल्छु भन्दा उन्को मायां खै कहां शुल् भो ।

एउटा थियो चौतारि को बास बस्ने घर
सङ्गै तर्छु भन्दा जिबन् गन्डकि को भेल् भो।

दिप बिना अंध्यारोमा सलेदोको तेल् भो
मायां लाउछु भन्दा मैले खै कहां भुल् भो ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, June 26, 2010

आजकाल कबी भाको छु !

कबिता आजकाल कबी भाको छु ! रचना २०६७ आशाअढ १२

कबि !कबि!! भन्छन् सबै मलाइ
जोरि पारि आफन्त र साथि हरु !
खै कुन्नि !किन कबि भन्छन् मलाइ
आफन्त को फुर्काइमा होकि ?
कबि बन्ने रहर् र लहडमा
अक्षर हरुको !
जुइना बाट्न थालेको छु म ।
बाट्दा बाट्दै फुकेको होस या गाठो परेको
भ्रमित होस कि स्रिजित !
कलम का निप बाट निस्केका
अंम्रित होस या बिस बमन
शब्द हरुको !
कबि!भाको छु म आजकल।
हुनत !आजकल कबिता हरु !
गजलकार का गाजलि हरुको एक हुलले
बिस्थापित नारि कबिता हरु!
गाउं शहर छोडेर,भिर पाखा र गल्लि हरुमा
बेस्यागमन मा असरल्ल छरिएका छन् ।
हिजो गाउं समाज र देशको
उन्नति प्रगति र एकताको शन्देश
बाड्दै हिडेका कबिता हरु !
देशमा शान्ति खोज्दा खोज्दै
गाजलि हरुको !
प्रेम बियोग र मिलन को
कहर बहर र तखल्लुस हरु ले
बिस्थापित गरे पछि !
तिनै कबिता हरुको,इज्जत सम्हाल्दै
कोरिएका बिचारका बिम्ब हरु !
रचनामा प्रस्तुत हुदा !
कबिता!हरुको कबि भाको छु म आजकल ।
आफ्नै पैसाले आफै लाइ
बन्धकिको तमसुक बनाएर बेचिएको म !
आमा र सुन्तलिको ढुङ्रे बुलाकी
अनि !गैरि खेतको लाल्पुर्जा साहु लाइ रिण राखेर
आफ्नै पैसाले मेरै श्रम बेच्न
देश छोडेर प्रभासिएको मनले
स्रिजिएका पारिवारिक बेदनाका कथा हरु !
क,ख,र ज्ञ सम्म कोरिदा
साथी भाइ र आफन्तको
खै कुन्नि?कस्तो कबि भाको छु म!
परिवार र देश छोड्दा को पिडा मा
आजकल देशको सिमा दुख्दा
देश भित्रै आफन्त को मन फाट्दा
मै हु!भन्ने नालायक हरु ले!
देश र जनता लाइ अर्काको पोल्टामा हाल्न खोज्दा
जाति धर्म लिङ्ग बर्ण र क्षेत्रको आधारमा
मधेश जलेर खाग बन्दा
कपिलबस्तु हरु जलेर राख बन्दा
सडक पेटिमा चिच्याउदै हिडेका
रास्ट्रियता का इज्जत हरु !
आत्मा सम्मानका भिख मागि रहदा
मेरो कलम हरु कबिता बनेर !
कोरिन थालेका छन ।
त्यसैले !आमाले मेरो बाटो कुर्दा होस
या!सानेकी आमाले बैश कुरेर बस्दा
वा! कालापानी र सुस्ता मा
बिदेशिको बुटले बलात्क्रित हुदा
रास्ट्र,रास्ट्रियता,स्वधिन्ता र एकता
बिना सम्भिधानको देश !
कसौटिमा शेरिएर बांच्दा !
लेखिएका यि आवाज हरु ले
म !आजकल् कबि भाको छु ।
यथार्थ भित्र को होस या !
बन्द कोठा भित्र को कैदि कबि भाको छु आजकल
मायां प्रेमका शब्द हरु बटुल्दा
कसैको लागि प्रेमि कबि भाको छु !
युग र इतिहांसको कुरा गर्दा
राजाबादि कबि भाको छु!
पुजिबाद र समाजबादको कुरा गर्दा
काङ्रेसी कबि भाको छु !
जनबाद लाइ कलम ले लेख्दा
एमालेको कबि भाको छु !
क्रान्ति र परिबर्तनको कुरा गर्दा
माओबादि कबि भाको छु!
उन्नति र प्रगतिको कुरा गर्दा
चरमपन्थि र उग्रपन्थि को कबि भाको छु !
देश प्रेम र रास्ट्रियाता को कुरा गर्दा
आतङ्क बादि कबि भाको छु !
जे होस जसरी होस
यो बादै बाद भित्रको
एउटा आरोपित कबि भाको छु ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

फगत एक नजर मा

गजल रचन २०६७ आशाढ १२


फगत एक नजर मा आँखा जुद्द्यो भने
थाहै नपाई परेली मा मायां बस्यो भने ।

न भन्दिनु सानी त्यो प्रित हो
बास्ना ले त्यो यदी मायां बस्यो भने ।

कान्छा भनी सानी प्यार न भर्नु
सडक हो त्यो किनरा भेट भयो भने ।

आउने जाने धेरै हुन्छन मायां गर्ने पनि
पल भर मा सङ्का गर्नु साथ दिन्छु भन्यो भने ।

प्रेम पोख्दा तिम्रो सामु नजर छुप्यो भने
जिबन भरको साथ होइन बास्ना लुक्यो भने ।

अर्पण तमाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, June 24, 2010

एउटा फुल रोपुकी त

गजल रचना २०६७ अशाढ ११

एउटा फुल रोपुकी त ठुलि तिम्रो नाउं मा
चिट्ठी कोरी पठाउ कि त ठुलि तिम्रो नाउं मा ।

भेट घाट भाको छैन बोल्दा मात्रै यस्तो
किन लाग्छ यती मायां ठुलि तिम्रो नाउं मा ।

जोरी पारी छिमेक मा नाम तिम्रो सोददै
बलेसीमा बास माग्न आउंकी तिम्रो नाउं मा ।

फुल्यो भने एउटा फुल तिम्रो दिल भित्र
माला गांसी स्वयम्बरमा ल्याउकी तिम्रो नाउमा ।

पठाउ भने सिन्दुर तिम्लाई रिसाउने डर
देबिथान् मा चडाउकी त ठुलि तिम्रो नाउमा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

तिता मिठा सम्झना

गजल रचना २०६७ अशाढ १०

तिता मिठा सम्झना सांचेको थे जिन्दगी मा
उनकै मायां संङ्गालेर बांचेको थे जिन्दगी मा ।

नछुटिने हात थियो साथ थियो दुबै एक हुंदा
स्वर्ग मानी उनको काख बाचेँको थे जिन्दगी मा ।

छुट्ने छैन टुट्ने छैन भन्थे हाम्रो मायां
न सोचे को पल आयो कहर जिन्दगी मा ।

भन्थे उनी बनाउंला प्रिती बस्ने घर
मैले पनि कहाँ होर नसोचेको जिन्दगी मा ।

शनि दशा राउ केतु कस्तो बहर आयो
न चाहेरै पिउनु पर्‍यो जहर जिन्दगी मा ।

संधै उजाड हुने होकी गाउं बस्ती जस्तो
बन्दैन कि झिलिमिली शहर जिन्दगी मा ।

नदी बनी सागर पुग्यो कीनार् जिन्दगी मा
आउंदैन कि फर्की अब रहर जिन्दगी मा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 23, 2010

चक्काने को मुटु खोजे

गजल रचना २०६७ अशाढ ९

चक्काने को मुटु खोजे
भक्काने को मन खोजे ।

सुख दु:ख बाड्न लाई
बैगुनी को साथ रोजे ।

खडेरी मा हांगा रोपी
कांडा बीच फुल रोजे ।

छुरा घोप्ने पापी लाई
निस्वार्थ मा माया खोजे ।

शराबी मा नसा रोजे
नशा भित्र जिबन खोजे ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

एउटा याद अल्झिएछ

गजल रचना २०६७ अशाढ ९

एउटा याद अल्झिएछ उन्को पछेउरिमा
फुल बुट्ते चमेली अल्झ्यो पछेउरी मा ।

तारी लैजाउ भनिन उन्ले मन्को डुङ्गा चढि
त्यही मन अल्झिएछ रातो पछेउरी मा ।


ढक मक्क इन्द्रेणी को रङ्ग बीच जोबन
फुलै फुलको काडा बीच अल्झ्यो पछेउरी मा ।

आशा गले लाश ढले उन्को मायां ढलेन
फुल टिप्दा मन अल्झ्यो उन्को पछेउरिमा ।

तन मन कोपिला भयो हिजो आज
कस्तो हेराइ अल्झ्यो कुन्नी उन्को परेलिमा ।

देउराली मा कुन देउता को भाकल बाँकी रयो
भाकल सङ्गै शुल अल्झ्यो उन्को पछेउरी मा ।

तीन भञ्ज्याङ काटी गयो छोडि जाने ले
झल्को भने अल्झिएछ उन्को पछेउरी मा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, June 22, 2010

दिन ढल्यो रात गल्यो

गजल रचना २०६७ अशाढ ९


दिन ढल्यो रात गल्यो तिमी सङ्ग बोल्दा
मुटु पनि चोरि लग्यौ मन्को कुरा खोल्दा ।

नबोलु त तिमी सङ्ग लगाइ मोहनी
चोर्यौ कित रात बिच्छे तिमी सङ्ग बोल्दा ।

बोल्दा बोल्दै मन्को ढोका खोली दिए सबै
अलिकती माया थियो चोरेयौ कुरा खोल्दा ।

थाहा पाको भए चोरि दिउसै लाउथे ताला
सबै चोरि लगे हुन्थ्यो दिलको ढोका खोल्दा ।

एकै छिन् को भेट घाटमा तिमी सँग बोल्दा
चोर्न तिम्लाई बाँकी छैन मन्को कुरा खोल्दा ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, June 21, 2010

सुम्सी थान्बा पिन्बाला मायां

गजल रचना २०६७ अशाढ ८
तमाङ भाषा को गजल यस्को
अर्थ तल दिएका छन,अन्तमा
गई पढ्नु होला ।


सुम्सी थान्बा पिन्बाला मायां
ख्लासी निजी ङाला मायां ।

घादे सोसै दुखिला कर्म
थेदा बिसी थान्बाला मायां ।

खाला कि बिसी घादे च्यासै
देउराली ङ्ह्यानरी थान्छिनम मायां ।

थेदा म्हाइबान ङाला चू जुनी
रेसी ताइजी थान्बाला मायां ।

छार्बाला म्हेन्दो पिन्बला मायां
ख्लासी निजी दुखी ला मायां ।

अर्पण तमाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार
नेपालीमा

लुकाइ राखेको दिएथे माया
छोडेर गयो मेरो माया ।

कती बनाउनु दुखी को कर्म
उस्लाई भनी राखे को माया ।

आउछ कि भनी कती हेर्नु
देउराली डाडामा रखेर माया ।

उस्लाई खोज्दै मेरो यो जुनी
ओइलेर झर्यो राखे को मायां ।

फुलेको फुल दिएको माया
छोडेर गयो दुखी को मायां ।

Sunday, June 20, 2010

प्रेम्को बर्षात नभै सुखा परे पनि

गजल रचना २०६७ अशाढ ७

प्रेम्को बर्षात नभै सुखा परे पनि दिलको जमिन
खडेरी ले सुकेर आगै लागे पनि दिल को जमिन ।

तिमी लाई माग्ने छैन घुट्को थोपा पानी पनि
बरु चर्किएर प्रेमको को बाजो फुटोस् दिलको जमिन ।

जती जल्छ जल्न दिन्छु बोलाउदिन दमकल पनि
जलेरै खाग बन्छ बनोस बरु यो दिल को जमिन ।

तिमी ले नै बाजी मारेथ्यौ कल्कलाउदो बैश हुँदा
फुल फुलाउछु भनी खन् जोत् गरेथ्यौ दिल्को जमिन ।

काकाकुल रोएर छट्पतिए पनि यो दिल को जमिन
लाउदिन कुलो अब धाजै फाटोस यो दिलको जमिन ।

अर्पण तमाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, June 19, 2010

आउँला कि भन्दै

कबिता रचन मिति २०६७ असाढ ५

आउला कि भन्दै कुरेको थिए पर्देश जाने लाई
झ्याल मा बसी कुरेको थिए कसम खाने लाई ।
छुट्टीने बेला बिरह सांझ कोइली ले गाएथ्यो
कमाइ ल्याउछु सुनको थैला भनेर गएथ्यो ।।

म कती सम्झाऔ छोडेर मलाई मुग्लान धाउने लाई
भने कै थिए चाइदैन धन पिरती लाउने लाई ।
कसरी फर्काउ खबर पठाइ छाडेर जाने लाई
धागो ले बांधी पठाउकी चिट्ठी मनको राजा लाई ।।

सम्झिदा यता बाडुल्की त्यता लाग्यो कि सखा लाई
चसक्क मुटु दुखेर राती सम्झ्यो कि दुखी लाई ।
सपनी बिच देखेर मलाई शिरानी छाम्दो हो
भक्कानो मुटु पारेर छाती हात पाउ काम्दो हो ।।

लेको छु ब्रत भाकेर देवता हजुर को नाउमा
अघाको छौ कि खाली पेट छौ कि पर्देशको गाउंमा ।
हांसु त भने सखा लाई पिर म रोऔ कसरी
न हांशु भने मनको पिर म बुझाऔ कसरी ।।

म कती गनुं आकाशको तारा हेरेर जुन लाई
म कती कुरुं डाडा को बर पर्देश जाने लाई ।
अबत आउन सखी लाई सम्झी बसन्त डाकेर
म पर्खौ कती बैश लाई ढाटी सिउदो लाई ढाकेर ।।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Friday, June 18, 2010

नढाटेरै भन्नु पर्दा तिम्रो मायां मलाई

गजल रचना मिती २०६७ असाढ ४

नढाटेरै भन्नु पर्दा तिम्रो मायां मलाई
अंम्रित भन्दा बिश लाग्यो तिम्रो मायां मलाई ।

कहाँ देखु कहाँ भेटु हुन्थ्यो हिजो अस्ती
सलाई को काटी पनि राप भयो मलाई ।

यती धेरै पोल्छौ भन्ने थाहा पाको भए
ताप्नु थेन तिम्रो मायां अगेनु मा मलाई ।

पानी भए पिइ दिन्थे आगो पिउन गाह्रो
राप भन्दा ताप ठुलो तिम्रो मायां मलाई ।

किन ढाट्नु लुकाएर साचो मनका कुरा
जती ढाट्यो उती पोल्छ तिम्रो मायां मलाई ।

अर्पण तामाङ (योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, June 17, 2010

कती गर्नु तिमी सङ्ग पिरती का कुरा

गजल मिती २०६७ अशाढ ३

कती गर्नु तिमी सङ्ग पिरती का कुरा
खुकुरी को दाप भित्र लुकाइ राख्छौ छुरा ।

भरोसा नै छैन भने मायां किन लाउने
सय थरी सय कसम संधै त्यही कुरा ।

आफ्नै विश्वाश छैन भने देउता केको लागि
आफ्नै मुटु छामी हेर बीछोडिने कुरा ।

हद हुन्छ कुनै चिजको ढिपी गर्ने पनि
घुर्की लाउछौ छोडि जाने संधै उही कुरा ।

दोशी चस्मा हेराइ को दोशी तिम्रा कुरा
आँफै भन के लाई किने?सिन्दुर पोते चुरा ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 9, 2010

आउँला भनी पर्खाइमा

गजल लेखन मिती२०६७ जेष्ठ२६

आउँला भनी पर्खाइमा मेरो जिबन फुल्यो
पर्देशी को बाटो कुर्दा सिउदो मेरो फुल्यो ।

बेग हानी चरी उड्यो पुग्यो होला कहाँ
बाटो भुल्यो पर्देशी ले यता मन फुल्यो ।

लेखु भने कथा मेरो उडी गयो कागज
मसी भित्र याद अल्झ्यो जिबन त्यसै फुल्यो ।

नलेखे को कथा थियो तिम्रो मेरो बिचमा
पडुं भन्दा च्यातिएर जिबन त्यसै फुल्यो ।

फुल्यो कि त अर्कै फुल पराइ को देशमा
उनको पाइला पर्खाइमा मेरो मायां फुल्यो ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

निचोरेर ऐठन हुन्छ

गजल लेखन मिती२०६७ जेष्ठ२६

निचोरेर ऐठन हुन्छ यो मन डराउछ
सपनीमा पैरो जान्छ यो मन डराउछ ।

कैले देख्छु आधी हुरी कैले बाडी पैरो
झस्की उठदा बिछेउनामा यो मन डराउछ ।

सपनी मा मात्रै होकी बिपनिमा पनि
अन्तै डेरा सर्छौ भनी यो मन डराउछ ।

आज पनि उस्तै देखे बर ढलेको
गती बद्छ धद्कनको यो मन डराउछ ।

बुढो रुख को हांगा माथि कौवा कराउछ
भनु भने सङ्का होइन यो मन डराउछ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

खै के पायौ र तिमी ले ?

Monday, June 7, 2010

यहाँ धर्तिमा छ अशान्ति

गजल लेखन मिती २०६७ जेष्ठ २४

यहाँ धर्तिमा छ अशान्ति तिमी आकाशको जुन हेर्छौ
आफ्नै पाइला बन्दी छ तिमी खुला आकाशको कुरा गर्छौ ।

फाटेर भाईचारा यहाँ आफ्नै देश धुजा धुजा हुंदा
आफ्नै जमिन काटेर तिमी स्वर्गको कुरा गर्छौ ।

एकले अर्को लाई मारेर यहाँ देश रगतमा डुब्दा
शोकको शान्तापमा पनि तिमी हांसेर कुरा गर्छौ ।

सांच्चै स्वार्थी हौकी तिमी मन मात्रै कठोर तिम्रो
पराइले देशको सिमा मिच्दा तिमी आंगनको कुरा गर्छौ ।

धर्तिको सयौ फुल टिपी तिमी आकाशको तारा गन्छौ
आफ्नै स्वाभिमान नाङ्गो हुंदा तिमी अर्काको छायां हेर्छौ ।

अर्पण तामाङ
त्रहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, June 6, 2010

शिरमाथि चन्द्र सुर्य

गीत लेखन मिती २०६७ जेष्ठ २०

शिरमाथि चन्द्र सुर्य झन्डा फरफराउछ
चट्टान फोरी यही देशमा सुन लहराउछ ।

आपसमा हामी मिले पराइले छुन्न
हिमाल जस्तो शिर हाम्रो झुक्न दिनु हुन्न ।
बेशी झरे कोइली गाउछ लेक माथि डाफें
स्वर्ग जस्तै बन्छ नेपाल हामी सबले आटे ।
शिरमाथि चन्द्र...................
चट्टान फोरी....................
छोड्नु पर्छ हामी सबले गाउ छोडि लाग्ने
कायर छोरो होइनौ हामी शत्रु सङ्ग भाग्ने ।
माला गास्न सक्नु पर्छ सयपत्री फुल्दा
कस्को आट धावा बोल्ने दाजु भाई मिल्दा ।
शिरमाथि चन्द्र..................
चट्टान फोरी...................
छाती भित्र देशको मायां भुल्नु हुन्न बाटो
राख्नु पर्छ सन्तान लाई यो देशको माटो ।
हात मिलाई हिमाल तराइ मेची काली हिंड्ने
बेला आयो सबै मिली देशको लागि लड्ने ।

शिरमाथि चन्द्र सुर्य झन्डा फरफराउछ
चट्टान फोरी यही देशमा सुन लहराउछ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, June 3, 2010

आँफै मात्र खाऊं लाऊं भन्छौ

गजल लेखन मिती २०६७जेष्ठ २० बेलुकी ५ बजे

आँफै मात्र खाऊं लाऊं भन्छौ जोगाऊ भन्छौ पाखुरी
लाखौं सन्तान भोका छन यां मोटाऔ भन्छौ पाखुरी ।

ढले गलेको सडक किनारमा देख्दैनौ कि कसो
चिच्याइ रहेका भित्री आत्ममा बर्साऔ भन्छौ पाखुरी ।

सानो चोट लाग्यो भने दुख्यो भन्थेउ देश लाई
लर्बराउदा उठाउने खोइत आज तिम्रो पाखुरी ।

शिर ढलेको नजर गलेको यहाँ देश दुखेको
साच्चै देख्दैनौ कि देश चलाऊने उठाइ पाखुरी ।

बुजेर बुज पचाको हौकी आफ्नै आमा रुंदा
देशभक्त ले आशु पुछ्ने खोइत तिम्रो पाखुरी ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, June 2, 2010

कती राख्छौ लुकाएरै

गजल लेखन मिती २०६७जेष्ठ १९

कती राख्छौ लुकाएरै मनका कुरा मुटु भित्र
कती राख्छौ पिर ब्यथा लुकाएरै मुटु भित्र ।

उकुस मुकुस छिन्न भिन्न खहरेको भेल तर्दा
कती राख्छौ चोट हरु लुकाएरै मुटु भित्र ।

कती बस्छौ गुम्सिएर नभनेरै मनका कुरा
गाठो पारी बन्धकी मा लुकाएरै मुटु भित्र ।

कती चल्छन मन भित्र कृष्ण भिरको पैरो सरी
कती थेग्छौ उथल पुथल लुकाएरै मुटु भित्र ।

कती रुन्छौ एक्लै बसी त्रिशुलिको भेल तर्दा
कती खप्छौ एकान्त लाई लुकाएरै मुटु भित्र ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, June 1, 2010

भेटिन्छौकी भनी तिमी

गजल लेखन मिती २०६७जेष्ठ १८


भेटिन्छौकी भनी तिमी खोजी बसे कहाँ कहाँ
सपनाको खोजिमा खोजे मैले कहाँ कहाँ ।

संसार चलेनी दुर देश सम्म पुग्यौ तिमी जहाँ
सन्देश बोकी घर घरमा खोजे मैले कहाँ कहाँ ।

सन्देश लाने बादल फाट्यो चरी थाक्यो रुखमा
बही जाने हावा लाई खबर पठाइ खोजे मैले कहाँ कहाँ ।

न त भेटे नत देखे नत कुनै खबर निसानी
निस्ठुरिको मायां बिसाई खोजे मैले कहाँ कहाँ ।

दिन बित्यो रात ढल्यो छोडि जानेको खोजिमा
पारी गाउमा भेटिन्छौ कि खोजे मैले कहाँ कहाँ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार