गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, June 27, 2021

साँकुराको फुलहरु भएर

यता मेरो गाँउमा
छिपिदै गरेको त्यो सुर्यको तापले
साल्का पातहरु झरेर
टाकिका बुटाहरु ठुटै भएर उभिदा
बिरहमा न्याउल हरु रुदा
यता मनहरु च्यातिन्छन र,
उता रहरहरु आत्माहत्या गर्छन
यता रंगिन सपनाहरु
दाग्बत्ती दिन आतुर हुन्छन
अनी बाध्यताहरु मुग्लान हिड्छन
निराशिला पाइलाहरु
साकुराका सुन्दर जोबनहरु खोज्न

आज बर्सौ पछी फेरी
बिना मौसमको झरी पछी
त्यो सुर्योदयको बिहानिमा
बादलहरु फाटेर
निलो आकाशको छायामुनी
झुल्किएको त्यो बिहानिमा
उन्मत्त यौबन हरु पोखेर
प्रेमिल जोडीहरुलाई ओत लगाउँदै
भमराहरुको यौन क्रिडामा
हरेक नवजोडी हरुलाई
प्रेम गर्न सिकाइ रहेछ उ यतिबेला
साँकुराको फुलहरु भएर

हो मलाई, असाध्यै मन पर्छ
उस्को बैशालु यौबन हरुमा
समोहित हुन र हराउन
र,म आतुर हुन्छु नवदुलाहा झै
मेहेन्दिले पोतिएको उस्को हातको
लाजको घुम्टो उघारेर
आँफै लजाउदै आकाश नियाल्छु
उस्को कोमल्ताको हनिमुनमा
र, म, म हैन
अनी ऊ, ऊ हैन
मानौ मौन स्विकृतिमा
दुबइ फुलि रहेकाछौ
साँकुराको फुल हरु भएर

ग्रिष्म अघी र शिशिर पछी
परदेशमा साकुराहरु फुलिरहदा
घर देशमा,
बषन्तमा मलाई
साल्को चिउला झै भएर
पलाउन मन लाग्छ
टाकिको मुना झै पलाउन मन लाग्छ
फुस्रा कच्ची बाटहरुमा
शिरिस झै फुल्न मन लाग्छ
अनी त, अनी
झरी पछीको
त्यो सुन्दर बारीको कात्लामा
साकुरा झै फुल्ने
अरुको सेतै र निला
फुल हरु भएर फुल्न मन लाग्छ
र बैश बिसाउन मन लाग्छ
साकुराको फुल हरु भएर

रचना: अर्पण योन्जन (शिरिष)
मिती- ९,अषाढ २०७८
२३, जुन २०२१

Tuesday, June 15, 2021

छोरी तिमी रजस्वला भएको रात

 कविता- छोरी तिमी रजस्वला भएको रात


छोरी तिमी रजस्वला भएको रात
म प्रसब बेदनाले छट्पटिएर
फिटिक्क निदाएको छुइन
किनकी मलाई डर लागेको छ
कतै म तिम्रो अस्तित्व नमेटुँ
हो मलाई त्यो ईतिहास याद आउछ
१९८० अर्थात,
२४, जेष्ठ २०३८ को रात
एउटा दुखान्त रात
४१, बर्ष अघीको त्यो रात
आज सम्म गुमनाम भएको
निरा पराजुली हराएको रात
अनी बलत्कार गरी हत्या भएको
नमिता सुनिताको अन्त्यको रात
म कतै नरभक्षी नबनुँ
छोरी ! तिमी रजस्वला भएको रात

साच्चै कालो इतिहाँस बनेको त्यो रात
अनी २०१८ अर्थात !
२०७५ साउन १० को
युगौ पछीको यो रात
कहाली लाग्दो अर्को मिती थपिएकोछ
छोरी तिमी यता
रजस्वला भएकै रात
उता तिमी जस्तै अनी तिमी जत्रै
निर्मला बलत्कार भएको रात
रातभर छट्पटिएर रुएको
निर्मलाको आशुको
झरी बनेर खसेको त्यो रात
आमाको काख रित्तिएको रात
बाउको ममता च्यातिएर
छहारी ढलेको त्यो रात
म पुरुष हुनुमा छट्पटि रहेकोछु
आत्माग्लानिले पिल्सिएर
ज्वालामुखिको बिस्फोट झै
ग्लेसियर भएर पग्लदैछु
म समुन्द्रमा
बाफ बनेर उड्ने कोशीशमा छु
कतै म !
त्यो भोकाएको सिंह नबनुँ
छोरी तिमी रजस्वला भएको रात

यहाँ पुरुष सँङ्ग गासिएका
हरेक नाता संग डर लाग्न थालेकोछ
बाउको कर्तब्य संग डर लाग्छ,
काकाको जिम्मेवारी संग डर लाग्छ
मामाको ममता संग डर लाग्छ
दाइको स्नेह र भाईको प्रेम संग डर लाग्छ
साथीको मित्रता संग डर लाग्छ
अनी ! छिमेकिको आँगन सँग डर लाग्छ
हो आज मलाई आफ्नै छाया संग डर लाग्छ
कतै म त्यो राक्षश नबनुँ
छोरी तिमी रजस्वला भएको रात ।

आखिर कहिले सम्म
नमिता, सुनिता, निर्मला
भागीरथी र सबिताहरु
बलत्कार हुन्छन र मारिन्छन
ति कलीला अबोधहरु
फुल बनेर फक्रीन नपाउदै
निमोठिन्छन र ओईलाउछन
झरी पछीको असिनाले चुटेझै
त्यसैले छोरी
म आज
आफ्नै पुरुष्वत्व संग भागदैछु
किनकी,
म आफ्नो दुसित बिर्य संग डराउदैछु
कतै म त्यो चेतनहिन पशु नबनुँ
छोरी तिमी रजस्वला भएको रात


रचना- अर्पण योन्जन(शिरिष)
मिती- १, अशाढ २०७८
तदनुसार- १५, जुन २०२१

Sunday, June 13, 2021

प्रीय काली-4

 दिनाङ्क- २५, जेष्ठ २०७८

तदनुसार- ९,जुन २०२१

स्थान- परदेशको सानो कोठा ।

प्यारी कलौटी, सानेकी आमा ।
तिमिलाइ सम्बोधन गर्ने सबै सब्दहरु आज फिका बनेकाछन, बस यति मात्रै भन्छु प्यारो जीवन साथी तिमी लाई लाखौ लाख सम्झना सहित तिम्रो सिउदोको सिन्दुरको अरबौको आशीर्वाद र सम्झना अनि पुन उस्तै मीठो चुम्बन ल ।

सानेकी आमा, तिम्रो पत्र पाएपछि जति खुसी मिल्यो उतिनै दुखि भए पत्र पढिसकेपछी, किनकी आज तिमी संग संबाद गर्ने अक्षरहरु टुहुरा भएझै लाग्दैछ, मसिहरु कागजमा आफै बिमुख भएर निपहरु भाचिएझै लाग्दैछ, हरेक अक्षरमा पोखिने मसिका बुदबुद हरुमा तिम्रो पीडा छल्किएझै लाग्दैछ, तिम्रो पत्र पढिसकेपछी तिमिलाइ अर्को पत्र कोर्न सकिरहेको छैन, हाम्रो यो पारिवारिक प्रेमिल पत्रमा के लेखौ के लेखौ भएकोछु, भनौ म आफै रनभुलमा परेकोछु काली, मस्तिष्क हरु सबै चलायमान भएर पनि आज निष्क्रिय महसुस गर्दैछु किनकी तिमी र सानेको खबर पाउने आसमा तिम्रो पत्रको व्यग्र प्रतीक्षा गरिरहेको अवस्थामा तिमी यो महामारी जस्तो जघन्य डर लाग्दो रोग कोरोना संग लडिरहेको जब खबर पढ्न पुगे अनि मेरो एकछिनको लागित यो धर्ती फाटेर मेरो पाइला भासिए झै भयो, एकछिन को लागि भएपनी मैले युद्ध हारेको सिपाही झै भए, सन्सार मा मेरो भन्नू सबै सकिएको आभास भयो राजा साच्चै सबै रित्तिएको महसुस भयो, अनि आफैलाइ थाम्न नसकेर पसिना पसिना हुँदै थचक्क भुइमा बस्न पुगेछु, आशुको बलिन्द्र धारा कति बग्यो म आफैलाइ थाहै भएन र बेहोस भएछु,

तर धन्नले पत्र पढिरहदा साथीहरू साथमै भएकोले यता मलाइ केही हुन पाएन र साथीहरूले पानी छम्किएर एसि भित्र लगेर सुताएछन र बिउझिएछु बेहोसि बाट । हो सानेकी आमा, यदि तिमी र सानेलाइ केही मात्रै भयो भनेपनी म सहन र रहन दुबै सक्दिन त्यसैले हमेसा आफ्नो र नानिको ख्याल राखेस है ल ।

खैर केही छैन तिमी ठिक भैसक्यौ होला भन्ने आसा गर्दै भगवान् संग प्रार्थना गर्नेछु काली तिमी चाडै निको हुनेछौ र म पनि सकेसम्म दशै नत्र बैशाख सम्म हरहालतमा आइपुग्नेछु अनि तिम्रो सुनौलो सपना हरु सबै पूरा हुनेछन, हरेस खाने कुरा कहिले नगर्नु है ल राजा, किनकी त्यो घरको दिवालमा हामी तीन को तस्बिर झुन्ड्याउनु छ, मैले पठाइदिएको पस्मिनाको बर्को मेरै हातले ओढ्नुछ अनि तिमिले मेरो लागि भनेर बुनेर राखिदिएको त्यो सुइटर मलाइ पनि तिम्रै हातले लगाउनुछ र तिमिले मेरो कुममा तिम्रो दुई हातहरु राखेर औलिहरुको साङ्लो बनाइ मेरो घुच्चुकमा तिमिले दरो कसेर मेरो अनुहार हेरेर लजाउनुछ अनि तिम्रो शिरको दुबै भागमा हातले समातेर चिउडो माथी उठाएर तिम्रो निधार आँखा गाला र ओठ सम्मै मायाले चुम्नु छ ।

हो सानेकी आमा एकातिर जिम्मेवारी ले खप्लक्क निलेकोछ अर्को तिर मन भरी तिम्रो अवस्था को अवगतले हरेक दिन पिरै पिरले थिल्लिएको छु, केही दुखसुख सेयर गर्न पठाएको मोबाइल पनि सानेले खेलेर फुटाइहालेछ नत्र त तिमी र सानेको त्यो मायालु चेहेरा भिडियो कलमा घन्टौ हेरेर बिताउने रहर थियो, खैर ठिकैछ मान्छेको ज्यान भन्दा ठूलो मोबाइल हैन त्योत भोलि पनि किन्न सकिन्छ पिर नगर्नु है ल ।

सानेकी आमा हातको मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले भने झै दुख गरेर गाउमै बसेको भएपनी हुन्थ्यो तर के गर्नु रातदिनको भोको पेट अनि हरेक बर्खायाममा चुहिएको छानाले संगै बस्न दिएन, उता सरकार कोहि भोको हुनुपर्दैन भनेर भाषण दिन्छ यता हामी जस्तो ९० लाख युवा युवती र गरिब हरु हरेक दिन पसिना बेचेर अर्काको देशमा रगतको आँसु पिउदैछौ यो हाम्रो बाध्यता हैन नियती हो राजा नियती ।

सानेकी आमा खैर छोडौ यस्ता दुख पिर र गुनासाका पाटा हरु बरु तिमी लाई थाहाछ ? आजको दिन तिम्रो जन्म दिन अनि आजैको दिन मेरो पनि जन्म दिन अझ संयोगले यस्तो बनायो कि आजैकै दिन हाम्रो प्रणयदिन पनि त्यसैले पनि आजको दिन दुखको कुरा गर्ने हैन है ल, एकआपसमा प्रेम, अनुराग बाड्ने दिन हो, त्यसैले आज हामी दुबैलाइ जन्म दिनको शुभकामना र प्रणयबन्धन को धेरै धेरै पुस्प गुच्छा सहित न्यानो शुभकामना ल !

अनि साच्चै काली प्रेमलाइ तिमिले कसरी बुझेको छौ मलाइ थाहा छैन तर मलाइ यति थाहाछ कि तिमिले प्रेमलाइ बिबाह नै अन्त्य ठानेकी छैनौ किनभने जुनबेला म आफ्नै बाट लखटिएको थिए, त्यो बेला त्यो घडिमा मेरो दुखको ओत बनेर तिमिले आफ्नै जन्म दिएको बा को कुरालाइ पनि वास्ता नगरी मेरो हात थामेकी थियौ, हो तिमि ब्राह्मण कि छोरी अनि म तामाङ को छोरो त्यस्माथी पनि म सानो जातको अनि चिम्से आँखा नेप्टो नाक ठूलो निधार साच्चै भन्ने हो भने म अजबको बेढङ्गको तैपनी प्रेममा तिमिले केही हेरेनौ न मेरो रुप हेर्यौ न मेरो जात हेर्यौ न मेरो गरिबी हेर्यौ सबथोक लाई भुलेर मलाइ तिम्रो आफ्नो बनायौ र तिमी जतिको प्रेमलाइ म बुझ्न सक्दिन सानेकी आमा साच्चै बुझ्न सक्दिन,

अनि तिमी जतिको प्रेमलाइ परिभाषा पनि गर्न सक्दिन किनकी सानेकी आमा, जब म प्रेमको गहिराइमा डुब्छु र अल्मलिन्छु आखिर प्रेम केहो भनेर अनि सोच्छु प्रेम त फुल हो, तर फेरि यसो सोच्छु धत प्रेम फुल हैन किनकी फुल त बिहान फुलेर साँझमा ओइलाउछ, जस्तै कि रातभर फुलेर बिहान झरेर जान्छ पारिजात, उसोभए फुल प्रेम हुनसक्दैन किनकी फुल झै फक्रीएर क्षणभरमै झर्दैन प्रेम, अनि फेरि सोच्छु प्रेम पहाड हो, फेरि सोच्छु यो पनि हैन किनकी पहाड त टुट्छ अनि हो यो आफै टुट्दैन यहाँ मान्छेले ती पत्थर हरु तोड्छन फुटाउछन, उसोभए के प्रेम सागर होत ? अहँ ! त्यो पनि हैन किनकी यहाँ मान्छेहरु पिएर कहिले थाक्दैनन, र रित्याउछन पिएरै, म अनुत्तरित नै भए सानेकी आमा किनकी मेरो लागि ती फुल, पहाड अनि सागर हैनन सिर्फ तिमी हौ मेरो प्रेम र तिमिले दिएको मैले रंगाएको तिम्रो सिउदो र त्यो बाबा भनेर बोलाउने सानो अबोध हाम्रो साने ।

सानेकी आमा, कुरा जति गरेपनी सकिदैन, बिरामी मान्छे पत्र पड्दा पड्दै थाकेर निदाउछौ होला, बरु अन्त्यमा पल्लाघरे काका तल घोर्लेटारको मामा माइजू, र बुवा आमालाइ मेरो तर्फबाट साइनो मुताबिकको नमस्ते ढोग सुनाइ देउ है ल । बरु मिल्छ भने पर्तिर काकिको मोबाइल मागेर एकदिन भिडियो कल गरन है, तिमी लाई र सानी लाई हेर्ने ठूलो धोको छ भन्दै आजको पत्रको बिट मार्न चाहान्छु असिम असिम माया र प्यार हरु तिम्रो सामु पोखेर । हस्त पत्र लामो भयो बिदा भए ल ।

तिम्रै प्यारो महाराज चिम्से सानेकी बा।

आमा !

 आमा !

नौ, मैना गर्भमा राखेर
तिमिले जन्माए पछि
कन्दामुल र भ्याकुर को साहारामा
आफ्नो अस्तित्व बचाएर
तिम्रो लाम्टा परेका छाती चुसाएर
तिम्रो धोती च्यातेर
हिउँदको सिरेउटो
र, बर्खाको चिसो छलेर
तिम्रो चाउरी परेको गाला हरुले
ममताको मोइ खादै
पाखा, भित्ता, कन्दरा र जंगलमा
शरिरमा एउटा चोट नलगाइ
राउटेकी राजकुमारी बनाएर
खेल्दै हुर्काएकी मलाइ
आज म लुटिएको छु आमा
घानको मकै झै भुटिएको छु
ती अर्कै दुनियाँ को मान्छे बाट

हो आमा !
म आज तिनै नरपिसाच हरुबाट
छल्छाम र कपट गरेर
बलात्कृत भएको छु,
फुल झै मेरो जोबन
पापी हरुबाट चुटिएको छु
जोड्न नसकिने सिसा झै,
टुक्राटुक्रा भएर चोइटिएको छु,
हो आमा
ती पापिहरुले नसा पिलाएर
ती अर्कै दुनियाँको मान्छे बाट
म आज बलात्कृत भएको छु ।

हो आमा ।
तिम्रो जस्तो निस्चल
र, तिम्रो जस्तो निस्वार्थ प्रेम
अरुकसैको नहुने रहेछ
किनकी आमा
तिमिले जन्माएर हुर्काए देखि
बन जंगल र पाखा भित्तामा
नाचेर हुर्किएकी म
बाहिरी दुनियाँ नदेखी
ऐनाले नदेखेको मलाइ
अचनाक म हराएको रात
शहरमा क्यामेराले देखेछ आमा
र, गुडिया बनाएर नचाइ
क्यामेरा बाट सुरुभएको
मेरो मुस्कान
आज क्यामेरा बाटै अन्त्य भो आमा
हो आमा
ती निस्ठुरी शहरका मान्छेहरुबाट
म आज बलात्कृत भएको छु ।

साच्चै आमा
यो शहर पापी छ,
दुनियाँ को दुनियाँ संङ्ग
बेमत्लबी छ
दुई बर्से नाबलक देखि
नब्बे बर्सकी बृद्ध सम्म
बलात्कार हुन्छ ।
त्यसैले तिमी शहर न आउनु है आमा
नत्र तिमी पनि बलात्कृत हुनेछौ
साच्चै आमा
शहरमा देखिएको
झिलिमिली जस्तो
रंगिन मनहरु रहेनछन
यहाँको मान्छे हरुको
र,त आज म
ती अर्कै दुनियाँको मान्छे बाट
शहरका ती नरपशु हरुबट
बलात्कृत भएको छु
अब कहिलै हास्न नसक्ने गरि
पटक पटक
बलात्कृत भए आमा
हो, पटकपटक
बलात्कृत भए ।।।

रचना-अर्पण योन्जन (शिरिष)
मिति- २५, जेष्ठ २०७८
८, जुन २०२१

Thursday, June 3, 2021

बा ! शहिदको छोरा भन्न लाज लागेको छ !!!

 कविता- बा ! शहिदको छोरा भन्न लाज लागेको छ !!!

बा ! 😭😭
तिमिले बन्दुक बोके देखि
औशी घोप्टिएको रात,
आकास रिसाएर
बादल रुदै,
हाम्रो घरको छानाले
टप्प आँसु झारेको रात
अनि, रगतको फाल्सा पोखिएर
हाम्रो दुर्गती सुरुभएको रात
बा ! आज मलाइ !!
शहिदको छोरा भन्न लाज लागेकोछ ।

हो बा !
तिमिले देखाएको ती बाटो हरुमा
वर्गसंघर्ष र बर्गमुक्तिको सपना देखाएर
होमेका ती असंख्य योद्धा हरु
आज सहिद त बने
तर कस्को सहिद ?
तिम्रो, सरकारको वा देशको ?
आज बा,
सहिद हरु पनि
बटुवारा भएकाछन
उस्को, मेरो वा, खै कस्कस्को
बिभक्त भएकाछन
बा ! तिमी जस्तै कयौ सहिद हरु
चोकचोकमा मुर्ती भएर
देशको दुर्दशा र नेताको
प्रगती देख्न बाध्यछन
र, आज मलाइ
शहिदको छोरा भन्न लाज लागेको छ,

हो बा,
तिमिले बन्दुक समातेकै दिन देखि
आमाको सिन्दुरको दिन गन्ती
र, बहिनिको अस्मिताको
दुर्दशा सुरु भएको थियो ।
कालिगन्डकिको गर्तिर हुँदै
जल्जला पहाड उक्लिए देखि
होलेरि हानेर फर्किए पछि
तिमी पाल्पा हान्न रवना भएकै दिनदेखी
कयौको सिन्दुर मात्र पखालिएन बा !
कयौको सन्तान मात्र टुहुरा भएनन बा !
तिमिले समातेको बन्दुक संगै
जमिन, घरका भित्ता
बारिका कात्ला रुख
तातो गोलि र बारुध हरुले
छियाछिया पारेदेखी
आमाको सिन्दुर संगै
हामी पनि टुहुरा भयौ बा ।

तिमिले देखाएको सपना हरु
फगत सपना मात्रै थिए बा
किनकी आज प्रमाणित हुदैछ
तिमिले बन्दुक बोक्न सिकाएको
कलिला अबोध हरु
मलेसिया र अरबमा
बेल्चा हान्न बाध्य छन बा !
आखिर तिम्रा बन्दुक हरुले
तिमिलाइ सहिद बनाए देखि
यो देशले के पायो बा ।
आज मलाइ आकाश तिर फर्किएर
चिच्याइ चिच्याइ डाको छोडेर
तिमिलाइ सोध्न मन छ बा
आखिर, हिजो मैना सुनार हरु मारिए
आज निर्मला र भागीरथी हरु
बलात्कार गरेर मारिन्छन
हिजो देशको होनहार नागरिक हरु
कृस्णसेन र मुक्तिनाथ हरु मारिए
आज नवराज हरु मारिन्छन
फरक यतिनै हैन बा !
हिजो सपना देखाएर मारिए
आज यौन र जातिधर्मले मारिन्छन
त्यसैले तिम्रा अर्थहिन बन्दुक ले
आज मलाइ,
शहिदको छोरा भन्न लाज लागेकोछ

हिजो तिमी
समान्ताको सपना देखेर लड्यौ
आज हामी
भोकमरी र गरिबिको लागि
पल्पल मरेर लड्दैछौ बा !
रेमिटान्स को नाउँमा
४५ डिग्रीको रापमा
एक टुक्रो रोटिको लागि
आफ्नो सपना मारेर
स्वभिमान हरु बन्धकी राखेर
बहादुर भएर मर्दैछौ बा ।
हरेक दिन एयर्पोर्टको आगमन कक्षामा
लामबद्ध अनुसाती भएर
प्लास्टिकका कफन बाधेर
बाकसमा फर्किदैछौ बा ।
हो बा !
तिमिले बोकेको बन्दुक हरुले
तिमिलाइ सहिद त, बनायो बा !
तर,
बा ! आज मलाइ
शहिदको छोरा भन्न लाज लागेकोछ ।

रचना- अर्पण योन्जन (शिरिष)
मिति- १९, जेष्ठ २०७८
तदनुसार- २, जुन २०२१

प्रीय काली -3

 मिती-१७, जेष्ठ २०७८

तदनुसार-३१, मे २०२१
दिनाङ्क- बिहानको १०:३०
प्रीय काली !!
तिम्रो न्यानो अंगालोभरिको न्यानो स्पर्स गरी पठाएको ति लाखौं चुम्बन हरु सहस्र स्विकारेको छु। र उस्तै तिमीलाई पनि तिम्रो सानीको बा को तर्फबाट असिमित न्यानो माया र आशिर्बाद पठाएको छु तिमी र हाम्रो त्यो सानी पारीजातको लागि ।
साच्चै सानेकी आमा आजभोलि त पत्रहरुको सम्बोधन र सुरुवात गर्न मलाई पनि गाह्रो हुन्न कसरी र कहाबाट सुरु गरौ भनेर, किनकी तिमी जस्तो शुसिल जिबनसाथीले चुमी पठाएको पत्र पाउने बित्तिकै आजभोलि त पत्र लेख्न र सम्बोधन गर्न म पनि माहिर भएको छु किनकी आफुलाई प्रेम गर्ने मान्छे भएपछी त पत्रहरु आँफै कोरिने रहेछन, बस यती हो तिम्रो पत्र कहिले आइपुग्छ र मनभरिको गाठो हरु फुकाएर धित मरुन्जेल पढु र सम्बोधन गरु हुन्छ, फेरी यसो भन्दैमा पत्र पढेर मुसुमुसु नमुस्कुराउनु है ल । किनकी मलाई अझै पनि लाज लाग्छ, तिमीले भनेकी थियौनी हजुर त छोरीमान्छे हुनुपर्ने हो साच्चै सानेकी आमा आज पनि तिम्रो पत्रहरु पढेर उसैगरी लजाउछु जसरी हाम्रो अतितमा तिम्रो सम्मुख लाजले रातोपिरो हुन्थे ।
सानीकी आमा, साच्चै काली, कलौटी हुँदै सानेकी आमा सम्म हाम्रो सम्बन्ध आइपुग्दा पुरै युग बित्न लागिसकेछ रत आज सानेकी आमा भनेर बोलाउन पाएकोछु काली, म आज पनि महसुस गर्दैछु जिबनको गोरेटोमा कयौको सम्बन्ध जोडीन्छन छुटिन्छन कयौ आउछन जान्छन र सँधैको लागि अलपत्र पर्छन, तर म आज महसुस गर्दैछु सानेकी आमा माया भन्नु पनि एउटा विश्वाश, र समर्पण रहेछ, अनी मिठो अनुभुती रहेछ, जो तिमी र म बिचमा सँधै रहिरहयो शायद यसैमा म भागञमानी छु । हुनत जिबन र प्रेम केहो भनेर सोध्ने हो भने आनीछोइ डोल्मा र जिबन फुल होकी कडा भनेर झमक घिमिरे हरुलाई सोध्ने हो भने पनि शायद भन्न सक्दैनन होला तर म अझै पनि दोर्याइ तेर्याइ भन्छु काली जिबन सुखदुख मिलन बिछोड हरुको आरोह अबरोह हरुले भरिएको आथाह प्रेम सद्भाव बिचको विश्वाश र समर्पण नै हो राजा,
सानेकी आमा, जिबन प्रेम र अनुभुतिका कुरा गरिरहदा मनका कुरा पनि समेटिन पुग्छ र मस्तिष्कले चाँडै हार खान खोज्छ तर यो मन कदापि हार्न चाहदैन । यदी मस्तिष्क र मन थाक्यो भने हाम्रो सपना र रहर हरु, चुहिएको छानो ढलान बनाउने सपना हरु गर्वमै तुहिन सक्छन कहिले काँही चार दिवारभित्र खुम्चिन सक्छन । तर यो मन र मस्तिस्क लाई थाक्न गल्न नदिनु है, नत्र फेरि परिणाम तिमी आफै महसुश गर्न सक्छौ किनकी जुनबेला हामी दुइछाक को लागि आफन्तको अगाडि भौतारिएको थियौ त्यो बेलाको मुटु बिझाउने बचन र रातको त्यो चकमन्नतामा हामी दुबइले खसालेका आशुको ढिकाको पिडा सफलतामा परिनत हुनेछैनन, र म परदेश लाग्दा आफन्तले पैसा नपत्याएको जवाफ दिनुछ किनकी बल्लत बन्धकिमा राखेको पात्ले खेत उकासेको छौ र अझै धेरै गरेर ति आफन्तलाई जवाफ दिनुछ हामीले र ति खराब दिन हरुको जवाफ दिनुछ हामीले प्यारी सानेकी आमा जवाफ दिनुछ हामीले,
सानेकी आमा यो गन्थन कती गरौ बरु हामीले गरी खाएको देख्न नसकेर रिस राग र डाह गर्ने धेरै हुनसक्छन म नहुदाको पल तिमीलाई घर चलाऊन गाह्रो हुँदा सहयोगी मनको नाटक रचेर तिम्रो कलिलो यौबन माथि धावा बोल्न आउन सक्छन हाम्रो हुँदाछदाको सुन्दर संसार भाताभुङ्ग बनाउन सक्छन मन नबिगार्नु आत्मालाई दरो बनाउनु, बाकित म के भनुम तिमी आँफै बुझ्ने छौ, मैले भन्दा तिमी आँफै मलाई धेरै सम्झाउने मान्छे ज्ञानी छौ शुशिल छौ हाम्रो दु:खको दिन बुझेकी छौ, बाँकी त अब यो कोरोना सकिएछ भने यही दसैंमा फर्किने कोशीश गर्नेछु र त्यस्पछी तिमीले त्यो सानो नावालक संग एक्लै भित्तामा टासिएको तस्बिर सँग वार्तालाप गर्नु पर्नेछैन, अब त्यो भित्तामा मेरो एक्लो तस्बिर हैन म, तिमी, र हाम्रो सानीको तस्बिर झुन्डिनेछ, तिमीले मायाले बुनेको मेरो लागि त्यो सुइटर मात्र लाउन हैन सर्दी नलाग्ने गरेर तिम्रो न्यानो आलिंगनमा बाधिन आइपुग्नेछु किनकी यो हाम्रो सपना मात्रै होइन साच्चिकै तिम्रो काखमा जिबन बाँच्न आइपुग्नेछु सानेकी आमा,
र अन्त्यमा पल्लाघरे ठुल्दाइको हातमा एउटा मोबाइल पठाइदिएको छु, अनी त्यस्पछी मेसेन्जरमा भिडियो कल गरेर तिमी र हाम्रो सानो देवता लाई धित मरुन्जेल हेरेर खुशीको लामो सास फेर्ने धोकोछ, पत्रमा समेट्न नसकेको कयौ मिठा सपना हरु महसुस गर्ने धोकोछ, महिनौ पछी पत्र आउने आशा पाल्नु भन्दा अबको यो आधुनिक भौतिक बिकासको अबिस्कारले हामीलाई पनि अबस्यनै सहज गराइदिनेछ भन्ने आशा गर्दै तिम्रो सानेको बा यो पत्र बन्दगर्न चाहन्छु, हस्त आजलाई यतीनै र बाँकी अर्को पत्र नत्र तिमीले मोबाइल प्राप्त गरेपछी सुखदुख पोख्नेनै छौ भन्दै अन्त्यमा फेरी पनि मिठो माया सध्भाव र शुभ आशिर्स्बाद भन्दै पत्रको बिट मारे ल सानेकी आमा ।

उही तिम्रो सिउदोको सिन्दुर
सानेकी बा ।

उ ! निदाएको छ ।

 कविता- उ ! निदाएको छ ।


रोमका नयाँ निरो हरु,
मेरो देशमा पनि
लास हरुमाथी
मुरली बजाएर
उ अहिले थाकेकोछ
कहिले सम्म सुत्ने हो कुन्नी
भस्मासुर हरु, आनन्दले सुतुन
र, आफ्नै सुरमा उठुन
लाशहरुको बस्ती उठेपछी
ए ! ए!!
न उठाउनु उस्लाइ
अर्बौं भ्रष्टाचारले अघाएर
उ अहिले निदाएको छ ।

रोल्पा डोल्पा जुम्ला नदेखाउनु उस्लाइ
भोगरोग र अस्तब्यस्त नदेखाउनु उस्लाइ
आफन्त गुमाएका चीत्कार नदेखाउनु उस्लाइ
चेलिको बलात्कार नदेखाउनु उस्लाइ
बाग्मतिको लासहरु नदेखाउनु उस्लाइ
अझ आफ्नै खासले गरेको नदेखाउनु उस्लाइ
उस्को चित्त दुख्छ, सके तिमी नभन्नु उस्लाइ
ए ! ए !!
अहिले नउठाउनु उस्लाइ
अर्बौं भ्रस्टाचारले अघाएर
उ अहिले निदाएको छ ।

हो उस्लाइ आनन्दले सुत्न देउ
किनकी उस्लाइ लाज हुन्छ
उ सुतेको नाटक गर्दैछ,
आउने चुनाबलाइ थैलो भर्दैछ
कसैले नाकको डाडिमा
झिंगा बसेको नभनिदेउ उस्लाइ
फेरि नाकै काटेर फ्याकी दिन सक्छ
अनि म, उ ! कुरुप भएको देख्न चाहान्न
त्यसैले म उस्लाइ रिस उठाउन चाहान्न
ए !ए !
बिहानैको खबर नसुनाउनु उस्लाइ
भ्रष्टाचारले अघाएर उ निदाएको छ ।

ओम्नि, यति जेट नसोध्नु उस्लाइ
बालुवाटार र खुलामञ्च नसोध्नु उस्लाइ
भ्यक्सिन अक्सिजन नसोध्नु उस्लाइ
छिमेकिले आफ्नै ओछ्यान टेकेको
रात बिरात मधयरात भेटेको नसोध्नु उस्लाइ
तिमी जहाँ छौ त्यही ठिक भनेर नसोध्नु उस्लाइ
संबिधान र सपथ कस्तो हुन्छ नसोध्नु उस्लाइ
लाश पोलेर अहिले उ थाकेको छ
लोरि सुनेर निदाउन भक्तहरु बोलाएको छ
ए ! ए !
बिहानै शंख हरुको धुन नसुनाउनु उस्लाइ
कुम्भकर्ण झै उ निदाएको छ
अर्बौ भ्रस्टाचारमा उ अघाएको छ ।

यहाँ तिमी मर वा म ।
दुबै उस्तै उस्तै हो,
तिमी जलेको वा मैले जलेको
उस्लाइ कुनै पस्चताप छैन
किनकी यहाँ सबै ब्यस्त छन
कोहि अदालत तिर लाम लागेर
आफुलाइ कम्फरटेबल देखाउन
सर्बोच्चको आखिझ्याल मा
उ, आफैलाइ बहुमत सिद्ध गर्न
नागरिक्ताको प्रमाणीकरण गर्न ब्यस्त छन
कोहि चुच्चे नक्साले उचालिएको
चौडा छाती देखाउन ब्यस्त छन
त्यसैले उस्लाइ नउठाउ अहिले
सिमानामा नागरिक्ता बेचेर
उ, थाकेको छ
रास्ट्रबादिको प्रतियोगितामा
उ, नाङ्गिएको छ
र, उ अहिले थाकेको छ ।
ए ! ए !!
अहिले नउठाउनु उस्लाइ
अर्बौं भ्रस्टाचारले अघाएर
उ अहिले निदाएको छ ।

रचना- अर्पण योन्जन- शिरिष
१६, जेष्ठ २०७८
३०, मे २०२१