गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, October 15, 2022

प्यारा बिधवा भएकी छु

 

खाउँ-खाउँ लाउँ-लाउँ भन्ने
बिसै बर्षको कलिलो उमेरमा 
मेरो खुशीमा दैब बेखुश भएपछी
मेरो सिउँदोमा आकाश खसेपछी
मेरो जिबनकै पर्खाल ढलेपछी
तिमी हिँड्ने गोरेटोमा मेरो पाइला गलेपछी
तिमीले देह त्यागेकै दिन देखी
प्यारा म बिधवा भएकी छु । 


माइतिको आँगन छोड्नु अगाडि
जग्गेको चार किल्ला बाँधेर
लगन गाँठोको फेरो समातेर 
संगै जिउने संगै मर्ने बाचा गरेर
पल्ला गाउँको पुरेत बा ले
जुठो खुवाइ दिएपछी
तिम्रो हुनुको धर्म निभाएकी थिए मैले । 


सारा गाउँले साक्षी राखेर
जल्दै गरेको चारुको अगाडि
अग्निकुन्डको कसम खाएर 
गलामा पोते लगाएर
त्यस दिनबाट आफ्नो अधिनमा बाधेका थियौ 
कलिलो चोखो सिउँदोमा
तिम्रो नामको सिन्दुर भरेर
तिम्रो जिबनको आधा हिस्सा बनेकी थिएँ 


जग्गेको थालिमा पानी राखेर 
औंठी लुकाइ खेल्दा
तिम्रो हातको स्पर्शले छुँदा
लाजले भुतुक्क बनेकी म
प्रणयबन्धनको पहिलो खेल जितेकी थिएँ
तर मलाई के थाहा प्यारा
त्यो दिनको खेलको जितपछी
जिबनकै ठुलो खेल हार्छु भनेर
साँच्चै नै त्यो कठोर पल
मृत्‍यु शैयामा तिमी निदाए पछी
प्यारा म बिधवा भएकी छु ।


तिमी परलोक भएकै दिन
मेरो नाम बद्लियो,
मेरो परिचय बद्लियो
मेरो रुप बद्लियो
मेरो रंग बद्लियो
मेरो सिउँदोको सिंदुर सँगै
मेरो गलाको पोते चुँडियो
फूल झैं जोबनका सपनाहरु चिमोटिए
यौबनका कलीला रहरहरु निमोठिए
सागरको चितामा तिमी जल्दै गर्दा
मेरो जिबनको रंगहरु जलाउदै गयौ
नदिमा बगेको तिम्रो अस्तुको खरानी सँगै 
मेरो अस्तित्व बगाउँदै गयौ
माइतिमा तिमीले दिएको सौभाग्य सँगै 
मेरो सर्बश्व संसार लिएर गयौ
त्यसैले त आज म
तिम्रो समाजले दिएको उपनाम बोकेर 
प्यारा म बिधवा भएकी छु ।


तिमीले छोडेर गएदेखी
हेरत मेरो सबै परिचय बद्लिएको छ
कोही मलाई अलछिनी भन्छन
कोही मलाई बोक्सी भन्छन
कोही मलाई पोइ टोकुवा भन्छन
कोही मलाई राणी भन्छन
सबै मलाई कुट्छन, पिट्छन
थुक्छन, दुत्कार्छन चिथोर्छन
चुटिएको डामिएको चोटै चोटको अनुहारमा
असलरल्ल केशहरु छोडेर
सेतो बश्त्रले ढाकिएको छु
तिमीले खोसेर लगेको रंग संगै 
प्यारा म बिधवा भएकी छु ।


यदी तिमी
आकाशमा देखिएको त्यो जून संगै
मलाई नियाली रहेका छौ भने 
तिमीलाई मेरो एउटा प्रश्न प्यारा
पुरुष दाशताको प्रतिक
सेतो बस्त्रमा नारी कहिलेसम्म हेपिन्छे
सस्कारको नाउँमा कहिले सम्म दबिन्छे
सतिले जलेको एउटा इतिहाँस
मिथक बनिसक्दा सम्म
नारी कहिलेसम्म
घरको हेला र माइतिको घृणा सहिरहन्छ ?
तिम्रो समाजले बनाएको बिभेदमा
आजसम्म म अनुत्तरित भएकोछु तिमीसंग
त्यसैले तिमीले देह त्यागेकै दिन देखी
प्यारा म बिधवा भएकी छु । 


रचना- अर्पण योञ्जन "शिरीष"
मिती- २९, असौज २०७९ 
 

No comments: